रामगोपाल आशुतोष युवा पुस्ताका सशक्त कवि एवम् सञ्चारकर्मी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘यो समय’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आज मानवीय चरित्र कमजोर बन्दै गएको पक्षप्रति व्यङ्ग्य गरेका छन् ।
-सम्पा. |
भुक्ने, टोक्ने र बिक्नेहरूकै हो ।
इतिहास
जित्नेहरूको लागि हो ।
नियम त
मिच्नेहरूकै लागि हो ।।
थोक, खुद्रा
अर्थात होलसेलमै
नैतिकता
बिक्नेहरूकै लागि हो ।
झुकेकै छन्
काला सामु गोरा सधैँ
स्वतन्त्रता
मिच्नेहरूकै लागि हो ।
ए वर्जित मौनता !
ए निषेधित स्वाभिमान !!
ए विक्रीको सार्वभौम पहिचान !!!
कृपया आइएल्ज वा टोफल
हिन्दी वा अन्य वैकल्पिक भाषा सिक्दै गर
किनकि
यो समय
भुक्ने, टोक्ने र बिक्नेहरूकै हो !