-सम्पा. |
अतृप्त चाहनाको मझेरीमा
निर्मलरमण पराजुली ..
तन मनमै
दुःखको सित परेको छ
कसरी ब्यक्त गरोस्
ग्रहण लाग्यो मुहारमा
रुझेका परेलीले
मुस्कानको परिभाषा
कसरी बुझोस्
दुखले बास गर्यो मनमा
आँसुमा
खुशी खोजेर भेटिन्न
खुसी उमङ्गका तरङ्ग
छर्न सकिन वेदनामा
आस्था श्रद्धामा
ग्रहण लागेको छ
दिशाहीन बनेको छ
जीवन प्रेम मार्गमा
समर्पणको टिका लगाएर
बिश्वासको
दियो जलायको थियो
फुटिदियो नयनमा
बाक्लो कुहिरो लाग्यो
सपनामा
खुसी हर्षका छाल छैनन्
हृदयको प्रेम कुन्डमा
हृदयको पिंजडामा
कुञ्जिका सपनाहरू
आक्रान्त छन्
आशाको सङ्घारमा
खुसी वेदनामा
निस्सासिएको छ
दुःखी छ जीवन
अतृप्त चाहनाको मझेरीमा
हृदय जलेर
खुसी पुत्ताई रहँदा
कहाँ भेटिन्छ खुसी
रुझेका मेरा यी परेलीमा
उध्रिको विश्वास
सिउने सियो धागो
हराएको छ
आज मेरो जीबनमा !
![निर्मलरमण पराजुली](https://i0.wp.com/sahityasagar.net/wp-content/uploads/2023/01/Nirmal-raman-parajuli.jpg?fit=94%2C100&ssl=1)