अम्बिका भण्डारी बिहानीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी साहित्य र सङ्गीतका क्षेत्रमा समर्पित प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनका दुई वटा मुक्तक रचना समेटिएका छन् । यीमध्ये पहिलो मुक्तकले राजनीतिक विषयमा र दोस्रो मुक्तकले मनदुखेको बेला संसार उस्तै देखिने भावनात्मक विषयमा हल्का व्यङ्ग्य गरेको छ ।
-सम्पा. |
भोट र चोट
भोट दिएर भोलि चोट पर्छ कि हजुर
हरेक मन मुटुमा खोट पर्छ कि हजुर
समय हो आउँछ जान्छ नरोकिन्छ न छेकिन्छ
ढुङ्गा जस्तो मुटुमै फेरि भोट पर्छ कि हजुर ।
मन पोलेको बेला
भीर डाडाँ सम्मै देख्छु मन पोलेको बेला
झरि बादल डम्मै देख्छु मन पोलेको बेला
हृदयका आँखा ज्यादै गहिरा हुँदा रहेछन्।
पापी मुहार जम्मै देख्छु मन पोलेको बेला ।