अम्बिका भण्डारी बिहानीको परिचय साहित्यसागरको सयौँ शृङ्खलामा समेटिइसकेको छ । उनी मुक्तक, कविता गीत र गजल रचना गरिरहेकी छन् । प्रस्तुत शृङ्खलामा उनका दुई वटा मुक्तक रचना समेटिएको छ । यी मध्ये पहिलो रचनाले नेतृत्व वर्गको बढी बोल्ने र जनआधार गुमाउने प्रवृत्तिको उजागर गरिएको छ भने दोस्रो मुक्तक रचनाले शृङ्गारिक चेतना अभिव्यक्त गरेको छ । -सम्पा. |
सरकारका कुरा
घरी घरी सरकारले के के कुरा उठाउँछन्
जनताले बिश्वास गर्ने भरोसा झन टुटाउँछन्
किन यस्तो मनपरी बोल्छन् होला फेरि फेरि ?
छिन छिनमा जनताको गाली मात्रै जुटाउँछन्। ।
तिमी र म
तिमी आगो बन म पानी बनाँैला
घमण्डलाई नष्ट गर्ने ज्ञानी बनाँैला
मुटु मुटु जोडे पछि दरबार बन्छ पिरतीको
तिम्लाई राजा बनाएर म रानी बनौँला ।
कास्की ।