निर्मलरमण पराजुलीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले समाजमा हुने छोरी र बुहारीको भेदको अन्त्यको कामना गरेको छ ।
-सम्पा. |
आफ्नी छोरीजस्तै प्यारी, बुहारी पनि सोचिदिए
छोरीको भाव बुहारीकै, अनुहारमा खोजिदिए
पक्कैपनि सुंदर बन्थ्यो, यो सामाजिक परिवेश
बुहारी विधवा हुँदा फेरि, असल वर रोजिदिए ।