खिना पोखरेल नवोदित प्रतिभा हुन् । उनको परिचय साहितयसागरको १०० शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनका दुई वटा मुक्तक रचना समेटिएको छ । यी रचनाले सरल भाषामा विपरीत अलङ्कार प्रस्तुत गरेका छन् ।
-सम्पा. |
अर्थ के ?
सुन्नेले नसुनेपछि सुनाउनुको अर्थ के
तालविनाको बाजा बजाउनुको अर्थ के
सम्बन्धको पहिले नै अवमूल्यन भएपछि
अव ती प्रेमपत्र पठाउनुको अर्थ के ?
नपाएपछि
आफन्त नै आफन्तको कुनै भर नपाएपछि
खोज्दा खोज्दै कतै कुनै घर नपाएपछि
भौँतारिएर हिँडिरहेको छु म गल्ली गल्लीमा
किन्नको लागि कतै कुनै थर नपाएपछि ।
पशुपति बहुमुखी क्याम्पस, काठमाडौँ