SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली कोश परम्परामा चिकित्सा शब्दसागर
सम्पादकीय

नेपाली कोश परम्परामा चिकित्सा शब्दसागर

Sahitya SagarBy Sahitya SagarFebruary 13, 2023Updated:February 16, 2023No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपाली भाषाको विकासका विविध आयाम छन् । यसको विकास नेपाली विषयवस्तुका क्षेत्रमा मात्र प्रयोग गरेर हुन सक्तैन । यसलाई सबै विषयक्षेत्रमा प्रयोग गर्न सम्भव बनाउन बहुविषयगत प्रयोग आवश्यक छ । भाषाको विषयगत र बहुविषयगत प्रयोगको एउटा आधार शब्दकोशको निर्माण र प्रचलन हो । कुनै भाषामा जति धेरै विषयक, अन्तरविषयक, एकभाषिक, द्विभाषिक र बहुभाषिक शब्दकोश बन्छन् त्यस भाषाको विकास त्यति नै व्यापक हुँदै जान्छ । भाषासाहित्यको विकासमा साहित्य र पठनपाठनले मात्र पुग्दैन त्यसलाई भाषावैज्ञानिक जीवन्तताका बन्धन र कोशलगायत शब्दभण्डार सुरक्षाका बन्धन एवम् भण्डारण सूत्रहरूमा पनि निरन्तर बाँधिरहनुपर्दछ । यस्ता काममा सम्बन्धित क्षेत्रका सरकारी निकायका साथै जानकार प्रबुद्ध व्यक्तित्वहरूले पनि समानान्तर रूपमा क्रियाशील रहनुपर्दछ । यस सन्दर्भमा वैयक्तिक र निजी क्षेत्रको प्रयासमा भएको नेपाली चिकित्सा शब्दसागर (२०७७) निकै महत्त्वपूर्ण कार्यका रूपमा नेपाली कोशपरम्पराले प्राप्त गरेको छ ।

नेपाली भाषामा विविध शब्दकोश बनेका छन् । नेपाली बृहत् शब्दकोशदेखि नेपाली शब्दसागर, नेपाली शब्दभण्डार, प्रयोगात्मक नेपाली शब्दकोश  र प्रज्ञा नेपाली बृहत् शब्दकोश, बृहतत्तर नेपाली शब्दकोशसम्म विभिन्न बृहत् कोश निर्माणका अभ्यास भएका छन् । यसबिचमा नेपाली संस्कृत, संस्कृत नेपाली र नेपाली अङ्ग्रेजी एवम् अङ्ग्रेजी नेपाली शब्दकोशहरूको अभ्यास बाक्लै भएको देखिन्छ । यस्ता द्विभाषिक एवम् नेपालका अन्य भाषालाई जोडेर त्रैभाषिक शब्दकोशहरू पनि बनेका छन् । यसै कोशका कोशार विनयकुमार शर्मा नेपालका संलग्नतामा नेपाली गणित शब्दकोश पनि बृहत् कोशकै रूपमा निर्माण भइ प्रकाशनमा आइसकेको छ । यस्ता केही विषयगत कोश बने पनि चिकित्सा शब्दसागर जति मोटो कलेबर र फराकिलो प्रभाव छोड्ने विषयगत कोशको भने नेपाली भाषामा अभाव थियो । यस्तो कोशको निर्माण प्राविधिक र पारिभाषिक शब्दका नाममा र आगन्तुक शब्दका नाममा नेपाली भाषाको आफ्नो पहिचान गुम्ने खतराबाट प्रतिरक्षाका लागि ब्रह्मास्त्र निर्माण हो । यस्ता ब्रह्मास्त्र जोसुकैले निर्माण गर्दैनन् र खेलाउन पनि सक्तैनन् । भाषा र कोशका क्षेत्रमा लामो समय तपस्या गरेका तपस्वीले मात्र यस्ता कोशको निर्माण गर्ने सामर्थ्य राख्छन् । यस सामर्थ्यका दृष्टिले चिकित्सा शब्दसागर उल्लेख्य छ ।

नेपाली भाषाका सम्बन्धमा प्राविधिक र पारिभाषिक शब्द भनेर केही शब्दहरू विद्यालय र विश्वविद्यालयका अनिवार्य नेपाली पठनपाठन हुने विषयका रूपमा एउटा पाठ पढाइन्छ । भाषातत्त्वको एउटा पाठमा आंशिक रूपमा पठनपाठनबाहेक विविध विषयमा के कस्ता शब्दावली प्रयोग हुन्छन् भन्ने विषयमा भरपर्दो अध्ययन अध्यापन पनि हुँदैन । सम्बन्धित क्षेत्रमा पनि सान्दर्भिक प्रयोग भइरहेको हुँदैन । इन्जिनियर, डक्टर, वकिल, पाइलट, ड्राइभर, शिक्षक, प्रशासक, नेता, अभिनेता आदि सबैले परेका ठाउँमा आगन्तुक शब्दले नै काम चलाइरहेका हुन्छन् । हामी पनि उनले प्रयोग गरेका आगन्तुक शब्दहरू जानीनजानी उच्चारण गरिरहेका, दु:खसुख बुझिरहेका र प्रयोग गरिरहेका हुन्छौँ । यसले बिस्तारै हाम्रो आफ्नो भाषाको प्रयोग क्षेत्रको अवस्था खुम्चँदै जान्छ । आगन्तुक शब्दको कोशीय प्रवृष्टिको र प्रयोगगत स्वीकृतिको बाटो हुँदाहुँदै पनि त्यसले बिस्तारै सम्बन्धित भाषाका मौलिकतामाथि प्रहार गर्न थाल्छ । यस किसिमको प्रहारबाट मुक्ति र खुम्च्याइबाट व्याप्तिका लागि हाम्रो शब्दभण्डारमा हरेक आगन्तुक शब्दका अनुदित शब्द पनि हुनुपर्छ । तिनको प्रयोग पक्ष समाजमा रहे पनि तिनको निर्माण र भण्डारणका लागि नयाँ नयाँ शब्दकोशको निर्माणको आवश्यक छ ।

शब्दकोशको परम्परालाई मात्र हेर्दा हाम्रामा भाषिक शब्दकोशहरू प्रशस्तै बने पनि अन्तर्विषयक र विषयगत शब्दकोशहरू यसरी बहुल सामर्थ्यका साथ निर्माण हुन सकिरहेका छैनन् । त्यही अभावको परिपूर्ति स्वरूप नेपाली भाषामा चिकित्सा शब्दसागर प्रकाशन भएको छ । यस शब्दकोशलाई कोशकार विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल लम्साल र डा. विपिन नेपालका विशेषज्ञता र सामूहिक प्रयासस्वरूप प्रकाशनमा ल्याइएको छ । यस कोशको प्रधान सम्पादकका रूपमा विनयकुमार शर्मा नेपालको योगदान छ र अन्य लेखकको पनि आआफ्ना ठाउँमा योगदान छ । यति गहन र कठिन कार्यको सफलताका लागि लेखकहरूमा हार्दिक बधाई ।

उक्त लेखकमध्ये विनयकुमार शर्मा नेपाल नेपाली भाषाका साथै बहुभाषिक कोशकारका रूपमा परिचय बनाइसकेका प्रतिभा हुन् । उनले आफ्ना पिता वसन्तकुमार शर्मा (शर्म्मा) नेपालसँगै कोश लेखन र सम्पादनको अभ्यास थालेर आफै मौलिक कोशहरू प्रकाशन गरेका छन् । प्रकाशमणि दाहाल कोशकारका साथै सर्जक र अनुवादक पनि हुन् । कमल लम्साल र विपिन नेपाल मेडिकल डक्टर हुन् । यहाँ कोशकार, अनुवादक र विषयविशेषज्ञको कलम एउटै कोशको निर्माणमा तीन वटा पोया बनेर बाटिएकाले यस शब्दकोशको आधिकारिकतालाई पुष्टि गरेका छन् । यस कोशमा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डीन प्रा.डा. दिव्या सिंह शाह, स्कुल अफ मेडिकल साइन्सेज्का डीन प्रा.डा. राजेन्द्र कोजु, नेपाल नर्सिङ परिषद् बाँसबारीकी अध्यक्ष प्रा. गोमादेवी निरौला, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठका शुभकामना मन्तव्यका साथै कोशकार विनयकुमार शर्माको लेखकीय भूमिका रहेका छन् । यीमध्ये नेपालको लेखकीय नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेको छ । कोशको मूल सामग्री आरम्भ हुनुपूर्व एक पेज एब्रिबिएसन दिइएको छ (पृ. उ.न) । यसले शब्दकोशका खास सङ्केतलाई बुझाएको छ, जुन कोशविज्ञानसम्मत देखिन्छ । परिशिष्टमा कोशकारहरूको परिचयका साथ रङ्गीन चित्रसहित प्रस्तुत यस शब्दकोशको तयारी निकै मिहिनेतका साथ भएको बोध यसको सरसरती पठनका क्रममा हुन्छ । बिचबिचमा पनि केही महत्त्वपूर्ण शब्दका अर्थ र तिनका उदाहरणसहित चित्रसमेत दिइएको छ ( पृ. ९,११, १६–२०, २४, २८, १०७१ आदि) । यसले कोशमा रहेका खास खास शब्दमाथि पाठकको ध्यान जाने देखिन्छ र यो आजसम्म विश्वमा बनेका यस प्रकृतिका कोशमा देखिएको साझा विशेषता पनि हो । यस कोशमा सङ्केतसूचीका साथै सम्बन्धित क्षेत्रका सङ्क्षिप्त शब्दको अर्थ पनि समेटिएको छ (पृ. १७७९–१७७९) । यो पक्षलाई कोशवैज्ञानिक दृष्टिले पनि सबै कोशमा समेटिनै पर्ने अनिवार्य पक्षका रूपमा लिइन्छ । त्यसो नभए कोशका पाठकहरू अलमल पर्न सक्छन् । कोशका विषयमा अन्य कुनै विवरण दिइएको छैन ।

प्रस्तुत कोशमा नेपाली उच्चारणलाई लेखकहरूले एउटा निश्चित मानकमा राखेका छन् । अङ्ग्रेजी भाषाका कतिपय शब्दहरू नेपालीकृत उच्चारण हुने र तिनको अङ्ग्रेजी उच्चारण फरक हुने कुराले अफ्ठ्यारो भने पारेकै देखिन्छ । यद्यपि यसका विषयमा कोशकार नेपालको कथन छ :

यहाँ अङ्ग्रेजी उच्चारणमा कथ्य र लेख्य अथवा बोलचाल र स्तरीय लेखनको फरक खटकिन्छ । अझ उहिलेदेखि अहिलेसम्म युरोप, अमेरिका अरब र भारत हुँदै हाम्रामा आइपुगेको अङ्ग्रेजी उच्चारण धेरैजसो खुसीखुसी चलिरहेको हुन्छ । जस्तो बोलचालमा प्रोटिन, प्लास्टिक, गुलकोज वा ग्लुकोज, पोटासियम, मालिग्न्यान्ट, अब्जेक्टीभिटी, एबिलिटी, टाइफाइड, थाइराइड, डिप्रेसन भन्ने मान्छेले प्रउटीन, प्ल्यास्टिक, ग्लूकउस, पट्यासियम, मलिग्नन्ट, ओब्जेक्टीभटि, अबीलटि, टाइफोइड, थाइरोइड, प्रेग्नन्ट लेख्दा लौ खत्तम पो पारेछ भन्लान् , अझै डाक्टर खालेले । (पृ. उ.न)

कोशकारको यो भनाई व्यवहारिक रूपले स्वीकार्य भए पनि कोशमा शुद्धले प्रविष्टि पाउँछ र बोलचालका शब्दले बोलचालकै रूपमा मात्र प्रविष्टि पाउँछन् । यस पक्षलाई कोशकारहरूले बुझेरै प्रयोग गरेको देखिन्छ । सकेसम्म छरितो र सरल भाषामा प्राविधिक र पारिभाषिक शब्दलाई नेपाली अनुवाद दिने प्रयत्न छ ।

चिकित्सा शब्दसागरको अङ्ग्रेजी नाम Dictionary of Medical, Nursing and Allied Health जुराइएको छ । कोशकारहरूको उद्देश्य अङ्ग्रेजीमा पनि नाम राखेर चिकित्सा, नर्सिङ र एलाइड हेल्थका पाठकहरूलाई आकर्षण गर्न खोजे जस्तो देखिन्छ । यसको नाम चिकित्सा नेपाली शब्दसागर मात्र भनेको भए पनि पुगिहाल्थ्यो भन्ने पनि लाग्छ । कोशभित्र अङ्ग्रेजीमा पनि अर्थ रहेकाले यसलाई द्वैभाषिक कोशका रूपमा सहज मान्नुपर्छ । निकै आकर्षक लेआउट र हार्ड कभरमा प्रकाशन गरिएको यो कोश निजी क्षेत्रबाट नेपाली भाषा र वाङ्मयका लागि निकै गहन उपहार हो ।

प्रस्तुत चिकित्सा शब्दसागरमा चिकित्सा क्षेत्रका आधुनिक वैज्ञानिकका साथै प्राचीन आयुर्वैदिक एवम् व्यवहारिक स्वास्थ्यसँग सम्बन्धित ७० हजारभन्दा बढी शब्दहरू समेटिएका छन् । यो शब्दकोश अङ्ग्रेजी–अङ्ग्रेजी र नेपाली भाषामा द्वैभाषिक शब्दकोशका रूपमा विन्यस्त छ । यसमा एक हजार सात सय ७६ पृष्ठ पाठ्य सामग्री रहेको छ भने १ सय २८ पृष्ठ चिकित्सासम्बन्धी रङ्गिन चित्रहरूको नामसङ्केतसहित सङ्कलन रहेको छ (पृ. १७८९–१९१६) । यस सङ्कलनका चित्रहरू मानव शरीर र स्वास्थ्यसँग सम्बन्धित ज्ञानका लागि बहुउपयोगी देखिन्छन् । कोशलाई नियमित प्रयोग गर्न नजान्ने पाठक वा प्रयोक्ताले चित्रको मात्र प्रयोगले पनि लाभ लिन सक्ने र स्वास्थ्यसम्बन्धी शब्दभण्डार बढाउन सक्ने देखिन्छ । भूमिका खण्ड र उक्त खण्डको समेत संयोजन गर्दा समग्रमा यस कोशका एक हजार नौ सय २० पृष्ठ रहेका छन् । कृतिको कलेबर र मिहिनेत प्रशंसायोग्य छ र यसका आधारमा पाँच हजार रुपियाँ कोशको मूल्य पनि स्वाभाविकै लाग्छ । यस कोशले चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत, अध्ययनरत डाक्टर, नर्स, अस्पताल, विद्यालयका उच्च कक्षा (११ र १२), महाविद्यालय, विश्वविद्यालयका अध्यताका साथै प्रशासन, चिकित्सालय, अदालत, प्रहरी, पत्रकारलगायत सर्वसाधारणहरूलाई लाभ पुर्‍याउने खालको छ । यो शब्दकोश पल्टाउँदा नेपालका स्थानीय स्वास्थ्यचौकीसम्म पुगोस् त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमार्फत सर्वसाधारणमा चिकित्सा क्षेत्रसँग सम्बन्धित चेतना फैलियोस् भन्ने लागिरहन्छ ।

व्यावहारिक रूपले अहिले नेपालका प्राय: चिकित्सकहरूले अङ्ग्रेजी भाषा नै प्रयोग गर्छन् । बिरामी, बिरामीका आफन्त वा आम जनमानसमा चिकित्सकले जुन कुरा बुझाउन र परिभाषित गर्न खोजिरहेका हुन्छन्, त्यो कुरा प्रस्ट रूपमा पुगिरहेको हुँदैन । चिकित्सकहरूले यस शब्दकोशको प्रयोग गरे र सर्वसाधारणका मर्का बुझ्ने प्रयत्न गरे भने आम जनमानसलाई यथार्थ बताउन सक्छन् । कोशकारहरूले अङ्ग्रेजी माध्यममा पढेका चिकित्सकको नेपाली भषा बहुल कार्यक्षेत्रमा काम गर्दाका धेरै चिकित्सकको अनुभव र चिकित्साशास्त्रतर्फको अध्ययन रुचिको बाढीलाई हेरेर पनि यो कोश निर्माण गरेको बुझिन्छ । यसको प्रयोग धेरै भन्दा धेरै हुन सकोस् र नेपाली मसाजमा चिकित्साक्षेत्रका पनि अनुदित पद पदावलीहरू सहज रूपमा प्रयोग हुन सकून् भन्ने उद्देश्य यस कोशका कोशकारको देखिन्छ । यस उद्देश्य एवम् कामनाप्रति हाम्रो पनि सलाम र शुभकामना ।

नेपाली कोश परम्परामा विभिन्न विधाका कोशहरू निस्किएका छन् तर यति वृहत् आकारमा विषयगत कोश आउन सकेका थिएनन् । त्यसमा पनि चिकित्साक्षेत्र जस्ता पूर्णत: अङ्ग्रेजीमै कामचलाउ क्षेत्रलाई समेटेर यति वृहत् पाठ्यसामग्री नेपाली पाठकलाई छँदै थिएन । यो वाङ्मयिक बाँझो फोराई निकै सहासिक देखिन्छ । यो चिकित्साशास्त्रका अध्यापक र विद्यार्थीका लागि मात्र नभई नेपाली भाषा र वाङ्मयका लागि निकै महत्त्वपूर्ण प्राप्त हो । यस प्राप्तिका प्रयत्नका निम्ति पनि कोशकारहरूलाई बधाई ।

कुनै कोश पहिलो संस्करणमै पूर्ण हुँदैन । लाखौँ करोडौँ खर्च गरेर दर्जनौँ विशेषज्ञ खटाएर संस्थान एवम् विश्वविद्यालयहरूले सम्बन्धित विधाकै केन्द्रीय विभागहरूका परिचालन गरेर निकालेका कोश पनि पहिलो संस्करणमा केही न केही त्रुटि बोकेर सार्वजनिक हुन्छन् । यस कोशमा त्यस्ता केही कमीकमजोरी अवश्यै छन् । तिनको रौँचिरा अध्ययन कोशकारहरू वा कोशका गम्भीर समीक्षकहरूले गर्लान् । केही कसर भए पनि अहिलेलाई प्रथम पटक यस कोशले नेपाली चिकित्साविज्ञान र परम्परित लोकचिकित्सा पद्धतिसमेतका शब्द सङ्ग्रह गरी नेपाली भाषाको क्षेत्रमा र कोशपरम्परामा महत्त्वपूर्ण योगदान दिएको स्वर्णिम पक्षले त्रुटिगत अँध्यारा पाटालाई प्राय: छोपेको छ। यस कोशलाई कोशकारहरूले आठ वर्ष लगाएर तयार पारिएको भनेका छन् । यसको १९२० पेजको कलेबरले स्वयम् त्यति समय र अझ बढी बाह्र चौध घण्टे आठ वर्ष पनि लागेको बताउँछ । यसका लेखक सम्पादक त धन्यवादका पात्र छन् नै प्रकाशक शब्दार्थ प्रकाशन पनि धन्यवादको अंशियार संस्था बनेको छ । चिकित्सा शब्दसागरलाई साहित्यसागरको सम्पादकीय स्वागत अभिवादन ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 875
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.