मान भुजेल मूलतः मुक्तककार हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनका दुई वटा मुक्तक रचना समेटिएका छन् । यी रचनामध्ये पहिलोमा वैदेशिक रोजगारीका पीडालाई समेटेको छ भने दोस्रोले लोभका कारण हुने क्षतिलाई देखाएको छ । -सम्पा. |
वैदेशिक रोजगार
जाँदा घर बारी बन्धकी राखी आकाशमा
युवा जोश कतारमा, भ्रष्ट छ सिंहदरबारमा
कमाउँदा कमाउँदै सग्लो ज्यान नफर्कने भो
फर्किन्छ निस्वास बन्द काठको बाकसमा ।
भुइँ र पोल्टो
कसैलाई हठबन्धन फुटाउनु थियो, तातो तीर छोडियो
कसैलाई मुखियाको बाजी मार्नु थियो, बाचा बन्धन तोडियो
लोभले लाभ, लाभले बिलाप उखान गर्छ्न् मान्छेहरू
लोभले नै कसैको भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो ।
ललितपुर