मान भुजेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी सामाजिक एवम् साहित्य क्षेत्रमा परिचित छन् । प्रस्तुत शृङ्खलामा उनका दुई वटा मुक्तक रचना समेटिएका छन् । यी रचनाले प्रेम प्रणयकै पक्षलाई समेटेको छ ।
-सम्पा. |
मायाले भन्यौ दिलमा
मायाले भन्यौ दिलमा तिमीबाहेक कोही छैन बसेको अचेल
मायाले भन्यौ पछिल्लो गाँसपछि छैन खाना रुचेको अचेल
मेरो भागमा न तिम्रो चोखो प्रेम पर्यो, न कुनै स्वर्गीय सुख
मायाको चटकविना सूर्य पनि नउदाउने भएको छ अचेल ।
सलाईको काँटी बाल
सलाईको काँटी बाले जस्तो हेराइले जिउँदै जलेझैँ भएँ
हाँसको जस्तो चालले काँडाको बिचमा फलेझैँ भएँ
जिन्दगीमा कहिले नाम, कहिले दामको पछि लाग्दा
कहिले पूरा नहुने सुखको त्यो मृगतृष्णाले गलेझैँ भएँ ।