खिमा पोख्रेल साहित्यिक क्षेत्रकी नवप्रतिभा हुन् । उनको जन्म २०५७ चैत २५ गते मुक्तिप्रसाद उपाध्याय र गणेश उपाध्यायकी सुपुत्रीका रूपमा गौंमुखी गा.पा ४ प्युठानमा भएको हो । हाल उनी पशुपति बहुमुखी क्याम्पस शिक्षाशास्त्र संकाय तेस्रो वर्षमा अध्ययनरत छन् । भाषा शिक्षणकै विद्यार्थी हुँदा उनको साहित्यिक अभिरुचि निकै गहिरो छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनका तीन वटा मुक्तक समेटिएका छन् । यी मुक्तक रचनाले सामाजिक विकृति विसङ्गतिका विविध पक्षलाई देखाएको छ ।
-सम्पा. |
कसरी बाँचुँ म ?
सारा सहर विकृति छ, कसरी बाँचु म
आफन्त नै यहाँ शत्रु छ, कसरी बाँचु म
किनेर ल्याएको जहर नै नक्कली परे पछि
अभाव, दुः ख, यातनाको विचमा कसरी बाँचु म ?
थिएन
ती गरिबको दुःख धुने साबुन थिएन
बिहान बेलुकी पकाइ खाने तिहुन थिएन
गाउँमा कैयौं घरदेखि स्निग्ध भएको छु म
मानवता देखाउने त्यहाँ कुनै भगवान थिएन ।
छाडा
जति दुरी बढाउन खोज्यो टाढा भैदिन्छ
आफ्नो भनी अँगाल्न खोज्यो काँडा भैदिन्छ
सम्बन्धमा विश्वासको अनावृष्टि भएपछि
सम्झाउन खोज्यो उल्टै आफू छाडा भैदिन्छ !
गौमुखी ,प्युठान