रश्मि रिमाल बालसाहित्य र कविता विधामा निरन्तर कलम चलाइरहेकी छन् । विभिन्न सङ्घ संस्थामा रहेर साङ्गठनिक जिम्मेवारी पनि पाइरहेकी रिमालको साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘नारी’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नारी अस्मिताको विषयलाई उठान गरेको छ ।
-सम्पा. |
हो म आगोको मान्छे
तातो बनेर जाँन्दाजान्दै पनि
तिमीले यहाँ चलायौ
दुर्याग्य! हो
तिमी डढ्यौ त म के गरौँ
तिमीलाई डढाउने
मेरो कुनै रहर थिएन ।
हो बाँच्नका लागि
विवशताको दोबाटोमा
पसल थापेर बस्ने
मेरो इच्छा थियो
तर के गर्नु
मलाई कसैको मन
दुखाउनु छैन
तिमी स्वतन्त्रता छौ ।
बदनाम रेड लाइटभित्र म छु
मसँगको सानित्यमा रमाउनेको
कुनै अर्थ छैन
हे प्रभु तिमीसँग त बिटुलियौ म के गरौँ ।
हो मेरो स्पर्शले तिमी
जाडोले कठ्याङिग्रयौ त म के गरौँ !