शिव अधिारी (इलामे जेठो) को परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको एउटा मुक्तक रचना समेटिएको छ । उनले विविध विधामा कलम चलाए पनि मुक्तकलाई नै प्रिय विधा बनाएका छन् र मुक्तकमै प्रबन्ध सिर्जनासमेत गरिसकेका छन् । यहाँ समेटिएको ‘अधुरो’ शीर्षकको मुक्तकले अधुरो प्रेम प्रसङ्गलाई प्रस्तुत गरेको छ ।
-सम्पा. |
तिमीतिरै तानियो नि, मन म के गरुँ ?
देख्न,बोल्न नमिल्ने भो, भन म के गरुँ ?
भेटेजति तिम्रा तस्वीर ,भेला गरेर नि,
हेर्छु आँखा नझिम्क्याई, कन म के गरुँ ?
माई न पा -१०,
लुम्बाक,इलाम