दुर्गाकिरण तिवारीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘वाह भन्नुहुन्छ’ मुक्तक समेटिएको छ । यहाँ एउटाले अर्कालाई अफ्ठारामा पारेर छोड्ने प्रवृत्तिको विरोध छ ।
-सम्पा. |
विज्ञहरू छिद्र भ्वाङ छेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ
अति उदारभावले आँत सेकिदिनुहुन्छ,वाह भन्नुहुन्छ
फोस्रो मान सान राखिदिन अनेकौं कष्ट उठाउँदै बरा
धर्मराएका खुट्टा आफैँ टेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ।
कास्की, हाल काठमाडौँ