आर. आर. चौलागाईं हेटौँडालाई कर्मभूमि बनाएर साहित्य साधना गरिरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिएकाले यहाँ उनको सारभूत परिचयसहित एउटा मुक्तक रचना समेटिएको छ । यस मुक्तकले वर्तमान हल्लाका पछाडि दौडने समाजलाई व्यङ्ग्य गरेको छ । -सम्पा. |
प्रमाण नहेरी मुद्दा छिन्यो भने के हुन्छ ?
भाउ नबुझी सामान किन्यो भने के हुन्छ ?
मान्छेहरू त्यत्तिकै अन्धाधुन्ध कुदेका छन्
खोस्टा नझिकी मकै पिन्यो भने के हुन्छ ?