ऋषिराम खनाल नेपाली साहित्यमै उच्च शिक्षा लिई साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनी बुद्धिजीवी परिषद्को केन्द्रीय तहमा रहेर साहित्यिक गतिविधि गरिरहेका छन् ।
-सम्पा. |
घुमिफिरी ठुलोचाड दशैआयो स्वदेशमा
थुक निल्दै बसेको छु मरुभूमि बिदेशमा ।
छैनन् क्वै साथमा आफ्ना बातगरी रमाउन
फुट्यो भग्यको भाँडो भयो बाधा जमाउन ।
आँखाबाट बगे पानी रोकिएन कसैगरी
उर्लिएको नदीजस्तो बग्योआँसु सधैभरी ।
आमाले ताइमा रोटी आगोबाली पकाउछिन्
अगेनामा रुँदै बस्ने छोराछोरी फकाउछिन् ।
छोरो मावल जानेरे छोरीको पनि आश छ
सकिन बुझ्न आमाको किन! मन निराश छ ।