पुष्पा वस्नेत कास्कीमा बसेर निरन्तर साहित्य र समाजसेवाका बहुआयामा समर्पित प्रतिभा हुन् । उनी गण्डकी प्रदेशकी सभासद् पनि हुन् । उनको कलम कविता गीतका साथै मूलतः मुक्तक विधामा चलेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘अन्योलमा छु’ मुक्तक रचना समेटिएको छ । यस रचनाले मानवीय घात प्रतिघातलाई नै विषय र विम्बका रूपमा प्रयोग गरेको छ ।
-सम्पा. |
अन्योलमा छु म यसै अनिर्णयको बन्दी बनेर
सक्दिन गर्न विश्वाश आफ्नो या पराई भनेर
सम्झिन्छु म धोका दिनेहरू पराई मात्र थिएनन्
त्यसैले त सक्दिन लिन बदला टाउकाहरू गनेर !