लीलाराज दाहाल (बाग्मती, सर्लाही) युवा पुस्ताका सक्रिय कवि एवम् आख्यानकार हुन् । उनका कविता, गीत, जगल र मुक्तकका साथै लघुकथाहरु बाक्लै प्रकाशनमा आइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको बिझाउँदैन पचिसक्यो बोलको गजल समेटिएको छ । यस जगल रचनाले समसामयिक विसंगतिका विविध पक्षलाई समेटेको छ । -सम्पा. |
बिझाउँदैन पचिसक्यो गाली आजभोलि
पानी होइन आँसु बग्छ खाली आजभोलि !
इमान, जमान मासियो हराए इमानदार
सलबलाउँछन् यताउता जाली आजभोलि !
समयकाल साह्रै अचेल खराव भएको छ
रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि !
गुमनाम छन् नैतिकताका पुजारीहरु त
ठग, सैतानहरू पाउँछन् ताली आजभोलि !
फूल फुल्नै छाडिसक्यो उजाड भो वाग
कुर्सी खोस्नै ब्यस्त छन् माली आजभोलि ।
वागमती ,सर्लाही