![]() -सम्पा. |
मलाई देशको चिन्ता बढेको साँझमा दुख्छु
खबर नेपालको बारे पढेको साँझमा दुख्छु ।
नचढ्नू काँध अर्काको यसै भन्थे बुढापाका
अरूकै काँध नेपाली चढेको साँझमा दुख्छु ।
नलड्नू भाइमा कोही लडेमा हुन्छ नोक्सानी
लँगौटी भाइको खोस्दै लडेको साँझमा दुख्छु।
कसैले त्याग्न सक्तैनन् बडो आनन्दको कुर्सी
सबैको प्राण कुर्सीमा अडेको साँझमा दुख्छु ।
बचाऊ देशको माटाे भनी मुर्छा परिन् आमा
यसै पीडा व्यथा झन् झन् गडेको साँझमा दुख्छु ।
बहर : बहरे हजज मुसम्मन सालिम
