ड्रिम १०० कोरियामा बसोबास गर्ने प्यूठानबासी नेपालीहरूको साझा संस्था हो । यस संस्थाले नेपालको प्युठान जिल्लालाई कार्यक्षेत्र बनाएर विविध गतिविधि गर्दै आएको छ । यस संस्थाले पछिल्लो समय कोरोनाको समस्यामा केन्द्रित गरेर जिल्लाभित्रका बालबालिकाका बिच भर्चुअल कविता प्रतियोगिता गरायो । त्यस प्रतियोगितामा पुरस्कृत कविताहरूलाई साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको छ।
माधव बराल मगर कक्षा ११ का छात्र हुन् । उनी श्री सरस्वती माध्यमिक विद्यालय, सरुमारानी –०१, प्यूठानमा अध्ययनरत छन् । उनी सरुमारानी –०१, बांगेशाल, प्यूठान मगर परिवारमा जन्मिएका थिए । उनले यस प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका थिए । यहाँ उनको त्यही पुरस्कृत कविता विद्यार्थी र कोरोनालाई समेटिएको छ । -सम्पा. |
विद्यालय बन्द भयो
विद्यार्थी अलमलियो
वरिपरि बरालियो
बजार जान पनि पाएन
घरमा चैनले बस्न पनि पाएन ।
विद्यार्थी भएर हेर्दा
आशा थियो,
सपना थियो
देखिन छोड्यो कसैमा जाँगर
कोरोनाको निहुँ छ
किताब छैन स्कुल छैन
मात्र खाने जाँगर ।
भन्थे गुरुले
समय हुँदा सुतेर ठग्नेको
आफ्नै बन्नेछ पश्चातापको सागर
यहाँ हुन थाल्यो
ज्यान बच्ला नबच्ला डर ।
न रह्यो विधानै विद्यार्थीमा
न विद्यालय खोल्ने हिम्मत छ कसैमा
अनलाइनको हल्ला सुनाए
डिजिटल तयारी सुनाए
यथार्थ देखिएन कतै पनि
माना जुटाउन गाह्रो हुनेले
अनलाइन पढ्ने कसरी ?
मिहिनेतीको मिहिनेत साथमा
रहेन कुनै मूल्य
घरघरै थुनिए मानिस
छात्रवृत्तिमा पढ्ने सपना
सर्टिफिÞकेट थाप्ने सपना
सबै तुहिए विद्यार्थीका
कमाएर खाने सपना
सबै तुहिए मजदुरका ।
कोरोनाको बहाना देखे पनि
देखिएन रोकथामको उपाय
के गर्नु भनेर शिक्षा शिक्षा शिक्षा
मासिने भयो साक्षरता ।
थन्किए स्कुल जाने झोला
झोलामा बस्यो कमिलाको गोला
लाग्यो माकुराको जालो
तनाब देख्छु जताततै
साथीको देख्दिन पढाइमा लगाव
छैन मेरो पनि पढाइमा लगाव ।
कोरोना केही होइन भन्दाभन्दै
धेरैको जीवन गयो
जीवन रहनेको पनि बेहाल भयो ।
कतै लापर्वाहीले खायो आफैलाई
लापर्वाह देशले रुवायो हामीलाई ।
मास्कको ब्यापार मालामाल भयो
भ्याक्सिनको व्यापार झन् चर्को भयो
मास्क, साबुनपानीको कुरा खुब भयो
हात मुख जोड्न कठिन भयो
माक्स परको कुरा भयो
साबुन झन् परको कुरा भयो ।
कसैको व्यापार मालामाल
क्सैको भयो बेहाल
नेता गर्छन् कमिसनमा तानातान
कुर्सीले हानाहान
विद्यार्थी के गर्नु
सबै विद्यालय बन्दछन् ।