SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » प्रगतिवादी साहित्य
सम्पादकीय

प्रगतिवादी साहित्य

Sahitya SagarBy Sahitya SagarJune 24, 2022No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रगति संस्कृत शब्द हो । यो शब्द संस्कृत व्याकरणको ‘गम्’ धातुको गमन अर्थ दिने र ‘प्र’ उपसर्ग लागेको र ‘ति’ प्रत्यय लागेर बनेको छ । ‘प्रगति’ शब्दको अर्थ अघि बढ्नु वा बढ्ने, उन्नति गर्नु वा गर्ने, परिवर्तन ल्याउनु वा ल्याउने गुण वा परिणामको वृद्धि गर्नु, कुनै वस्तुलाई परिवर्तन गर्नु वा गर्ने भन्ने हुन्छ । यस्तो चेतना बोकेको साहित्य लेखनलाई प्रगतिवादी साहित्य भनिन्छ र यसै अर्थमा प्रगतिवादको अर्थापन र प्रयोग हुँदै आएको छ ।

‘प्रगति’ शब्दको अङ्ग्रेजी रूपान्तरण ‘प्रोग्रेस’ हो र प्रगतिवादको अर्थ ‘प्रोग्रेसिज्म’ र यसबाटै निर्माण भएको साहित्यलाई सम्बोधन गर्ने प्रगतिवादी साहित्य अङ्ग्रेजीको ‘प्रोग्रेसिभ लिटरेचर’का रूपमा परिचित छ । भनिन्छ एक्काइसौँ शताब्दीको साहित्य प्रगतिवाद र मनोविज्ञानका केन्द्रमा घुमिरहेको छ । यस अर्थमा पनि प्रगतिवादी साहितयको चर्चा विश्वपरिवेशमा बाक्लै रूपमा भएको छ ।

विश्वसाहित्यमा रुसी लेखक म्याक्सिम गोर्कीको नाम अग्रगन्य प्रगतिवादी साहित्यकारका रूपमा आउँछ । विश्वसाहित्यमा र नेपाली साहित्यका सन्दर्भमा पनि माक्र्सवादी साहित्यको सन्दर्भमा प्रगतिशील र प्रगतिवादको चर्चा गरिन्छ । यस किसिमको साहित्यलाई क्रमशः सांस्कृतिक रूपान्तरण र वैचारिक èाृङ्खलाको पनि संवाहक लेखन मानिँदै आएको छ । यस वादले साहित्यकलासँगै समानान्तर रूपमा विचारको पनि अपेक्षा गर्दछ । अहिले यस वादलाई प्रगतिवादी चिन्तनयुक्त, सृजना र समालोचना कार्यसँग जोडेर अध्ययन गरिन्छ । यस वादकेन्द्रित अनेक विषयहरू विश्वविद्यालयमा पढाइहुन्छन् भने अकेक कृतिहरू प्रकाशित छन् । कारण आजको भौतिकवादी युगको मूल आधार स्रोत माक्र्सवाद वा प्रगतिवादलाई मानिन्छ । यस अर्थमा पनि प्रगतिवादको चर्चा बाक्लै हुने गरेको छ ।

आज प्रगतिवाद शब्द सामाजिक आर्थिक तथा सांस्कृतिक जीवनसँग आबद्ध बन्दै गएको छ । कुनै पनि विषयवस्तुमाथिका चिन्तनमा भौतिक यथार्थ र जीवनको यथार्थतासँग जोडिने भएका कारण यसको अर्थ विस्तार र अझ विस्तारित बन्दै गएको छ । माक्र्सवादी आस्था राख्ने र नराख्ने सबैले यस वादको पठन गरेको र विमर्श गर्ने गरेका छन् । यस कारण पनि यसले साहित्यमा निकै फराकिलो परिधि ओगटेको छ ।

समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, अन्तराष्ट्रिय संवन्ध, दर्शनशास्त्र आदि सबै विषयमा माक्र्सवादको निकटतम सम्बन्ध छ । त्यसरी नै साहित्यमा माक्र्सवादी साहित्य प्रगतिवादी साहित्य हो र नै प्रगतिवादको अर्थ विशिष्ट र विस्तारित दृष्टिले पारिभाषिक अर्थमा प्रयोग हुन्छ । प्रगतिवादलाई माक्र्सवादी दर्शनको मूलभूत विचारधारामा आधारित भएर विकसित बन्दै आएको साहित्यको धारा विशेषका रूपमा हेरिन्छ । यस अर्थमा यसको चर्चा अर्थशास्त्र र साहित्यमा बढी हुन्छ ।

माक्र्सवादी साहित्यलाई नेपाली सन्दर्भमा प्रगतिशील साहित्य भन्ने गरिन्थ्यो । यसलाई राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वान्तमक भौतिकवादका रूपमा अर्थापन गरिँदै आएको छ । यी विविध पक्षलाई समेत ध्यानमा राखेर साहित्यमा प्रगतिवाद भन्न थालियो र अहिले यही नाम प्रचलनमा छ । साहित्यका सन्दर्भमा माक्र्सवादी वा साम्यवादी चिन्तन दृष्टि र त्यसअनुकूलका अनुशासनतर्फ उन्मुख भएर साहित्यको सृजना गर्नु प्रगतिवादी साहित्य सृजन कर्म हो । प्रगतिवादउन्मुख साहित्यलाई प्रगतिशील र प्रगतिशील र प्रगतिवाद दुवै पक्षलाई अधिकतम समेट्ने साहित्यलाई प्रगामी साहित्य भनेर पनि चर्चा गरिँदै आएको छ । प्रगतिशील, प्रगामी, प्रगतिवाद जस्ता शब्द नेपाली साहित्य जगत्मा प्रचलित माक्र्सवादी, समाजवादी, सामाजवादी यथार्थवादी र आलोचनात्मक यथार्थवादी साहित्य लेखनका लागि प्रयोग गरिने मानक शब्दावली हुन् ।

ऐतिहासिक दृष्टिले प्रगतिवाद सामाजवादी यथार्थका नामबाट आरम्भ भएको आन्दोलन हो । यस आन्दोलनले जीवन र जगत्का यथार्थ र भौतिक सत्यलाई उद्घाटित गर्दै क्रमशः साहित्यिक चेतना र त्यसप्रतिका चिन्तनलाई यथार्थपरक बनाउन उत्प्रेरित गरिरहेको छ । सामाजिक अर्थ तथा राजनीतिक व्यवस्थामा रहेको सामन्तवाद, पुँजीवाद, यथास्थितिवाद जस्ता प्रतिक्रियावादी चिन्तनका परिपोषक पक्षसँग सम्बद्ध सामाजिक, आर्थिक, राजनीतिक, नैतिक, साहित्यिक, धार्मिक रूढिहरूको विपक्षमा आफूलई उभ्याएर समाजवादको स्थापना गर्नु साहित्यमा समाजवादी यथार्थवादको प्रतिष्ठापन गर्नु, सामाजिक यथार्थमा आएका विकृतिलाई निराकरण गर्दै नयाँ विचार र सम्भावनासहित मानवताका उच्च सबालहरूलाई स्थापित गर्न सहयोगी भूमिका खेल्नु प्रगतिवादको मूल लक्ष्य हो ।

प्रगतिवादको साहित्यिक लक्ष्य जनवादी शक्तिलाई सङ्गठित र प्रतिक्रियावादी शक्तिलाई विघटित गर्दै वर्गीय दृष्टिवाट माक्र्सवादी द्वन्द्वात्मक भौतिक यथार्थवादका आधारभूत मूल्यलाई प्रतिष्ठापित गर्नु हो । यस आधारमा नेपाली साहित्यमा प्रगतिवादको चर्चा गर्दा सम्बन्धित स्रष्टाको साङ्गठानिक र वैचारिक अवस्थालाई पनि आधार मानिन्छ तर यो आधार त्यति बलियो बनिरहेको देखिँदैन । समाजवादी चिन्तन राख्ने गैर कम्युनिस्ट लेखकका कृतिमा पनि प्रगामी चेतना हुन सक्छ । नेपालका सन्दर्भमा यस्तो चेतनाको खोजी अभ्यास भएको छैन । मूलतः प्रगतिवादको आत्म समाजवाद र मर्म साम्यवादमा निहित हुन्छ । माक्र्सवादी राजनीतिक अनुशासनमा सर्वहाराको पक्षधरता र तिनका केन्द्रबाट सर्वहारा पक्षको उत्थान र सत्ताप्राप्तिमा निहित हुने दृढ अठोटलाई सघाउँछ । यसले त्यस राजनीतिक मर्मसहित नारीपुरुषका विभेद, सांस्कृतिक सर्वोच्चता आदिका कतिपय मानकको विरोध गर्दै मानवीय समानता र स्वतन्त्रताका पक्षमा आवाज उठाउँछ । यस अर्थमा माक्र्सवाद मानवतावाद पनि हो ।

मानवतावादका दृष्टिले मान्छेमा निहित असीम शक्तिलाई सर्वाेपरि मान्दै समसामयिक समस्याप्रति माक्र्सवादी दृष्टिकोणको अभिव्यक्ति, मानवभित्रको विद्रोही चेतको र क्रान्तिकारी भावनाको प्रकटीकरण, फासीवादी चरित्रको र बहुमुखी अधिनायकवादी चरित्रको विरोध, जनतामाथि हुने बहुमुखी शोषणको विरोध, धार्मिक रूढि, लोकविश्वास र अन्धविश्वासका अवैज्ञानिक पक्षको विरोध नै मोटामोटी प्रगतिवादका मूलभूत प्रवृत्तिगत मापदण्डहरू हुन् । यस आधारमा प्रगतिवादले मान्छेमा रहेका विशिष्ट शक्तिबारे बुझ्न मानवलाई नै जागृत गर्दछ ।

माक्र्सवाद मानवतावाद हो भन्ने आधारहरू अनेक छन् । विश्वप्रसिद्ध माक्र्सवादी लेखक म्याक्सिम गोर्कीका अनुसार मान्छेभन्दा ठूलो अन्य कुनै शक्ति देखिन्न । मान्छे समस्त वस्तु र चिन्तनको स्वयं स्रष्टा हो । मान्छे आफैमा समस्त पक्षको चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिको भावी स्वामी हो (लिटरेचर एन्ड लाइफ, पृ. ५६) । यस दृष्टिले माक्र्सवाद वा प्रगतिवादलाई मानवतावादसँग जोड्छ । मानवको प्रगति र समाज उन्नति प्रगतिवादको लक्ष्य हो । यस दृष्टिमा प्रगतिवादले जीवनप्रतिको विश्वस र वैज्ञानिक दृष्टिकोण राख्छ । यसले द्वन्द्वात्मक भौतिकवादीे आधारमा आर्थिक अवस्था र यसको अपचलनलाई नै सम्पूर्ण विसङ्गति र विषमता मान्दै आर्थिक स्रोत र साधनको समान विभाजन तथा वितरणलाई महत्व दिँदै मानवीय समानता वा प्राकृतिक र राज्यका साधन स्रोतमा समान मानव हकका पक्षमा आवाज उठाउँछ । कलालाई अभिव्यक्तिको साधन मात्र मानेर मूलतः व्यक्तिमाथि समाजको अङ्कुश रहनु पर्ने कुरामा जोड दिन्छ । प्रगतिवादको दृष्टिकोण पूर्णतः भौतिकवादी हुन्छ र यसले ईश्वर, आत्मा, धर्म, स्वर्ग, नरक, भूतप्रेतलगायत अन्धविश्वास, भाग्यवाद, रहस्यवाद आदिलाई कति पनि मान्यता दिदैँन । यही मान्यताका आधारमा पनि यस्तो साहित्यलाई प्रगामी साहित्य भनिएको हो । यसले अनेक पक्षमा मानव जातिको प्रगति र उन्नतिको कामना गर्दछ ।

माक्र्सवादी चिन्तनले पाश्चात्य शासनप्रणाली र राजनीतिलाई प्रभावित पारे जस्तै प्रगतिवादले साहित्यको परिधिमा पनि साहित्यिक विचारधारालाई प्रभावित पार्दै आएको छ । यस विचारले आफ्नो स्थापना भन्दा अघिको पतनोन्मुखी तथा रूढिवादी तत्त्वका विरुद्धमा आफ्नो आवाज उठाउने प्रवृत्तिलाई विस्तारै यथार्थवादलाई प्रतिष्ठित बनाउने आधारका रूपमा लिइन्छ । यस वादले जीवनका विषमतालाई निवारण गरेर मानवताको प्रतिष्ठा र सम्मान गर्ने आदर्श प्रदान गरेको छ । मूलतः साहित्यमा सामाजिक यथार्थवादी दृष्टि, समसामयिक वैज्ञानिक चेतना, मानवीय दायित्वका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भावधाराको सचेत ग्रहण, शोषक वर्गप्रतिको तीव्र एवम् सालीन घृणा र शोषित वर्गप्रतिको तीव्र एवम् हार्दिक सहानुभूति, अन्यान्य, अत्याचार, सामन्तवाद र पूजीवाद विरुद्ध क्रान्तिकारी एवम् विरोधी भावना, निरन्तर समाज र व्यक्तिका जीवनको परिवर्तनको कामना, नारी पुरुषको समान हैसियत आदि नै प्रगतिवादको मूल उद्देश्य हो । यस वादको आधार चिन्तन राजनीतिक चिन्तन भए पनि साहित्यमा एकाकार हुँदै यसले समग्र मानव उत्थानका पक्षमा आवाज उठाउँदै आएको छ ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 576
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.