रमेश पौडेल वरिष्ट रेडियोकर्मी र साहित्यकारका रूपमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय चित्रकारका रूपमा पनि त्यतिकै सशक्त छ । उनी निरन्तर शब्द र रङसँग खेलिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको दुई शब्द बोलको मुक्तक समेटिएको छ ।
सम्पा. |
जुँगा फुलेपछि कालो लाउनु पर्ने
नफाटेको ठाउँमा टालो लाउनु पर्ने
हे प्रभु ! फरक रहेछ- थाल र कुर्सी
टुसुक्क बस्न पनि पालो लाउनु पर्ने ।