विपिन अगस्तिको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको जगत यो शीर्षकको गजल रचना समेटिएको छ । यस रचनाले सामाजिक वेथितिका बहुमुखी पक्षलाई समेटेको छ । सम्पा. |
जगत यो नरककै, हाराहारी लाग्छ ;
यहाँ हर भलाद्मी , दुराचारी लाग्छ ।
हल्लाएको देख्छु कुकुर पुच्छरैले ;
यहाँ भैँसी भन्दा, सिङै भारी लाग्छ ।
सबै छन् आआफ्नै ,गफैमा अडेका ;
आजकल त दुनियाँ,हावादारी लाग्छ ।
छन् धर्म र संस्कार,सारा खस्किएका ;
रक्षक नै भक्षक ,धुन्धुकारी लाग्छ ।
भेटिन्छन् अनुहार , र भाषा अनौठा ;
अचेल त यो देश नै, मेचीपारी लाग्छ ।