विनयकुमार शर्मा नेपाल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम आख्यान, निबन्ध र कविताका विविध उपविधामा चलेको छ । उनी कोशकारका रूपमा पनि स्थापित छन् । साहित्यिक पत्रकारका रूपमा पनि उनको परिचय बलियो छ । उनका मुक्तकका कृतिहरूको सङ्ख्या पनि उल्लेख्य छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘हामी पात्र हौँ’ मुक्तक रचना समेटिएको छ । यस रचनाले सर्जकलाई सिर्जनाले नै पछ्याउने पक्ष उद्घाटित छ । सम्पा. |
मनुष्य आउँछ र जान्छ सम्झना गर्ने हामी धात्र हौँ
समय नि आउँछ र जान्छ गणना गर्ने हामी मात्र हौँ
पछि लागेको म हैन बरु तिमी हौ मेरो प्रिय कविता
झुल्न सक्ने, भुल्न सक्ने र फुल्न सक्ने हामी पात्र हौँ ।