दिनेश अधिकारी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कवि प्रतिभा विशिष्ट छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको राष्ट्रियता शीर्षकको कविता समेटिएको छ । यस कविताको रचना काल र आजमा थुप्रै अन्तर आए पनि यस कविताले उठाएको राष्ट्रियताको चेतना सदाबहार देखिन्छ । सम्पा. |
उनीहरूले मबाट
मेरो
कछाड खोसे
लँगौटी लुटे
र, रबाफिलो जिब्रो फड्काएर
बेसरी अर्थ्याएस्
राष्ट्रियता !
सम्पत्तिभन्दा प्रिय
र, मायाभन्दा मूल्यवान हुन्छ
हामीले यसको मर्यादा बढाउनु पर्छ
थपे–
खै१ टोपी पहिरेकोरु
खै१ दौरा–सुरुवालमा डटेकोरु
आफ्नो साँचो परिचय भनेको राष्ट्रियता हो
राष्ट्रियता !
आँखाको नानीभन्दा प्यारो हुन्छ।।।
ला१ भनेर दिन
उनीहरूको हात
बलिको पर्याय हुन सकेन
जोरूँ न त भन्दा
जो, आफूसँग थियो-
शरीरको मयल
कपडाको सट्टामा प्रयोग हुन सक्ने सम्भावनै थिएन
म-
सुनिरहेँ
हेरिरहेँ
पर्खिरहेँ
गाउँदैर सुसेल्दै-
राष्ट्रियता आमाको काखभन्दा प्यारो हुन्छ
उनीहरू-
मलाई निर्वस्त्र छोडेर गए !
(धर्तीको गीत कवितासङ्ग्रह)