- मुक्तक
निशा के.सी समकालीन पुस्ताकी सफल मुक्तककार हुन् । उनका मुक्तकले तीव्र अनुभूतिलाई अभिव्यक्त गरिरहेका हुन्छन् । के.सीको कलम अन्य विधाका साथै मूलतः मुक्तक विधामा चलिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको लुकामारी खेल्ने गर्थें बोलको मुक्तक समेटिएको छ । यस मुक्तकले अतीत स्मृतिवाट वियोगका बिचमा अतीतको सुमधुर सम्बन्धको सुमधुर स्मृति अभिव्यक्त छ ।
-सम्पा. |
लुकामारी खेल्ने गर्थें, शरदको जूनसँग
जोडिएको हुन्छ नाता, बैगुन अनि गुनसँग
सखी, तिमी पत्याऊ नपत्याऊ तिम्रो जस्तै
मेरो पनि नाता थियो, बाँसुरीको धुनसँग ।