- गजल
![]() -सम्पा. |
निरन्तर नै घायल बने चोटबाट
कति त नफुल्दै झरें बोटबाट ।
अनायास सस्ता भए लान्छनाले
बिना दोष दोषी बने खोटबाट ।
सुकर्म सुविचार सुमार्ग हो ठूलो
कहाँ मान इज्जत बढ्यो कोटबाट ?
नरोकी अघि बढ्नेले नै हो जित्ने
फर्कन्न पछाडि जो अठोटबाट ।
कमाए जमाए यसैमा रमाए
कहाँ कस्ले हाँसो किने नोटबाट ?
इलाम, हाल काठमाडौं