- गजल
विपिन अगस्ति निरन्तर गजल विधामा केन्द्रित रहेर कलम चलाइरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको निरन्तर घायल बनेँ बोलको गजल रचना समेटिएको छ । यस रचनाले वियोगात्मक भावनालई मूल विषयवस्तु बनाएको छ ।
-सम्पा. |
निरन्तर नै घायल बने चोटबाट
कति त नफुल्दै झरें बोटबाट ।
अनायास सस्ता भए लान्छनाले
बिना दोष दोषी बने खोटबाट ।
सुकर्म सुविचार सुमार्ग हो ठूलो
कहाँ मान इज्जत बढ्यो कोटबाट ?
नरोकी अघि बढ्नेले नै हो जित्ने
फर्कन्न पछाडि जो अठोटबाट ।
कमाए जमाए यसैमा रमाए
कहाँ कस्ले हाँसो किने नोटबाट ?
इलाम, हाल काठमाडौं