- कविता
आफ्नै सन्तति झैँ गरी हृदयले शिक्षा दिने शिक्षक
हान्छन् वाण भने दुवै नयनले थर्काउँदै बालक
वास्ना बन्नु थियो अहा शरदको आँधी बन्यो शिष्यको
यस्ता शिक्षक हुन् त्रिदेव कसरी ? कर्तव्य बिर्सन्छ जो ।।
हामी बुद्धि विवेकशील नर हौँ प्राणी सबै बन्धु हुन्
भन्छन्, छन् अपराधमै जन अझै हिंसा फगत् रोज्दछन्
हाँक्दैछन् रथ रातमा सुर बनी बल्दैन भित्री दियो
सच्चा सारथि आज भन्नु कसरी कर्तव्य बिर्सन्छ जो ।।
रित्तो हात म जन्मिएँ अवनिमा रित्तै छ जानु अब
भन्छन्, नाति पनातिसम्म त पुगोस् जम्मा गरौँ वैभव
इच्छा यो मनमा लिई पथ भुल्यो पैंसा भनी दौडियो
श्रद्धाभाव रहन्न ती मनुजमा कर्तव्य बिर्सन्छ जो ।।
धारा छन् घरमा तथापि जलका थोपा झरेनन् कुनै
मात्रै पोल नयाँ बने हृदयमा बत्ती पुराना उनै
बाटामा गजधम्म बस्दछ अझै डुब्रन्छ साँढे छ जो
हाम्रा सेवक हुन् भनौँ, कि नभनौँ कर्तव्य बिर्सन्छ जो ।।
आपैmमात्र सदैव बक्बक गरी आफ्नै गला गाउँछन्
सुन्दैनन् अरूका मिठा धुनहरू आफै ठुलो ठान्छन्
सानामा प्रियभाव छैन अरूमा सम्मान गर्दैन त्यो
त्यस्ताको जयगान घट्दछ सदा कर्तव्य बिसन्छ जो ।।
आपैm ठान्दछ विज्ञ भन्दछ अहो ! मै मूल हूँ ज्ञानको
के जान्थ्यो ? भवसार सागर यहाँ मात्रै अहङ्कार त्यो
ईष्र्या, व्रmोध सगाल्छ भित्र मनमा षड्यन्त्रमा व्यस्त त्यो
हुन्थ्यो स्वागत के ? छ निन्दित सधैं कर्तव्य बिर्सन्छ जो ।।
चङ्गा भै नभमा उडे पनि अहो बिर्सन्छ धागो भने
पक्कै आउँछ याम दुर्दिन यहाँ एक्लो भएरै रुने
लाखौँ छन् खहरे, सयौँ नदनदी थोरै पुगे सागर
साच्चै सागरझैँ बनौँ अघि बढौँ यी पाखुरीका भर ।।
त्यागौँ दम्भ सबै मनोमहलको भित्रै बनौँ सुन्दर
मोती, स्वर्ण, मुगा, हिरासरह भै बाँचौँ गरौँ गौरव
ढुङ्गामा पनि जाग्छ पीपल यहाँ संघर्ष गर्दै उठौँ
अर्काकै हित निम्ति जीवन दिई सत्भाव छर्दै बढौँ ।।
सल्यान दमाचौर, हाल : बानेश्वर काठमाडौँ