- गजल
![]() -सम्पा. |
ढल्कियो साँझ छ रात बाँकी
मनैमा लाख छ बात बाँकी ।
ओइलाए झरे आशाका थुङ्गा
यो सम्झनाको छ पात बाँकी ।
दियौ तिमीले आदत नशाको
घटेन दर्द छ मात बाँकी ।
बल्झेर दुख्छ घाउ विगतको
पीडामा पीडै छ खात बाँकी ।
तिमीले त अझै दिए सहन्छु
छ भने चोट र घात बाँकी ।
माइजोगमाई १ इलाम,