- गजल
विपिन अगस्तिको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ । उनी मूलतः गजलकार हुन् । यस गजललो मानव सम्बन्धका घात प्रतिघातलाई समेटेको छ ।
-सम्पा. |
ढल्कियो साँझ छ रात बाँकी
मनैमा लाख छ बात बाँकी ।
ओइलाए झरे आशाका थुङ्गा
यो सम्झनाको छ पात बाँकी ।
दियौ तिमीले आदत नशाको
घटेन दर्द छ मात बाँकी ।
बल्झेर दुख्छ घाउ विगतको
पीडामा पीडै छ खात बाँकी ।
तिमीले त अझै दिए सहन्छु
छ भने चोट र घात बाँकी ।
माइजोगमाई १ इलाम,