- कथा
सरस पाण्डे युवा पुस्ताका निकै आशालाग्दा आख्यानकार हुन् । उनको कलम साहित्यका विविध विधामा चल्दै आएको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको साफल्य शीर्षकको कथा रचना समेटिएको छ । यस रचनाले अघिल्लो पुस्ताका छोरीहरूको शैक्षिक संघर्षलाई निकै सशक्त ढङ्गले उठाएको छ । यस कथाले राजनीतिमा असक्षम मानिसहरू कसरी भोला दाइ बनेर सक्षम मानिसहरूलाई तल पारिरहेका छन् भन्ने पक्षलाई पनि समेटिएको छ । यो अघिल्ला दुई दशकको नारी शिक्षा र पछिल्ला दशकको राजनीतिक चेतनाको कमजोरीलाई सम्बोधन गर्ने कथा हो ।
-सम्पा. |
मेरी आमाले मलाई बाख्रा चराउन गोठालो पठाउनुहुन्थ्यो । छिमेकी दाइ हाँस्दै मलाई खिसी गर्दै स्कुल जानुहुन्थ्यो । स्कुल जान त छोरो हुनुपर्छ तँ त छोरी होस् भने जस्तो गरेर ती दाइले गिज्याउनुहुन्थ्यो ।
आमालाई म पनि स्कुल जान्छु भन्थेँ । तर जान दिनुहुन्नथ्यो । एकदिन बाले हिँड्न सक्छेस् भने स्कुल जा‘ यी शब्दहरू भैँमा खस्न नपाउँदै लगाइरहेकै घाँगरमा म त्यही गिज्याउने दाइको पछि लागेकी थिएँ । ‘अरूलाई कतै जान नपर्ने यसैलाई चाहिँ जता पनि कुदिहाल्नु पर्ने । छोरी मान्छेले किन पढ्नुपर्यो । जति पढे पनि जिउ गह्रौँ नबनाई सुख छैन । माइतै बस्न पाउने हैन ।’ आमा अरू के के भन्दै हुनुहुन्थ्यो ।
सुनेका कुरा पनि मैले बुझ्न सकेकी थिइनँ । म घरबाट निकै पर पुगिसकेकी थिएँ । अरू दिदीहरू घरकै काम गरेर बस्नुहुन्थ्यो। मचाहिँ कहिलेकाहीँ हजुरबासँग गाउँतिर पनि जान्थेँ । दिदीहरू काम छल्न हिँडेकी भन्दै कराउनुहुन्थ्यो ।
हजुरबाले घरमा नेपाली कागजमा गाउँतिरका काकाहरूलाई अगाडि राखेर,ूकति चाहियो रु कहिले फिर्ता गर्छस् रु फिर्ता नगरे के हुन्छ बुझ्या छस् नि रुू यस्तै भन्दै लेखेर औँलामा कालो दलेर त्यो कागजमा लगाउन लगाएर पैसा दिएर पठाउनुहुन्थ्यो । एकदिन हजुरबालाई मैले त्यो कागजमा लेख्न मलाई पनि सिकाइदिनु न । म नि लेखेर पैसा माग्छु नि भन्दा, ूकति कराउँछे योस यसाँ लेख्न त पढ्नुपर्छ ।ू भन्नुभएको थियो । त्यसैले स्कुल जान पाएकोमा मलाई ज्यादै खुसी लागेको थियो । किनकि पढेर हजुरबाले जस्तै कागजमा लेखेर पैसा कमाउनु थियो मलाई । त्यो पैसाले नजिकैको पसलमा गएर पिपलमेट चक्लेट किनेर खानु थियो । त्योभन्दा ठूलो सपना देख्नसक्ने भएकी पनि थिइन । सात वर्षकी त थिएँ ।
स्कुल जाँदा र आउँदा झण्डै दुई घण्टाको बाटो हिँड्नु परेको थियो त्यो दिन । घर आइपुग्दा सहनै गाह्रो पर्ने गरी खुट्टा फतक्क गलेको थियो । बसेको ठाउँबाट उठ्न पनि हम्मेहम्मे भएको थियो । भोलि स्कुल जान पाउँदिन भनेर गाह्रो भएको कुरा कसैलाई भनिनँ । चुपचाप सहेर पूजाभाँडा माझेँ । पाँच तुम्लेट पानी बोकेँ । त्यो मरै भागको काम थियो । त्यसपछि त झनै लखतरान भएँ । बसेको ठाउँमै निदाएछु । भोलिपल्ट घामले उठाएपछि बिउँझिएँ । उठ्दा मुसाले पेटमा लात्ती हानिरहेको थियो ।
हाम्रो पूर्व, पश्चिम,उत्तर र दक्षिण चारैतिर खेतबारी थिए । हजुरबा प्रधानपञ्च भएपछि यी सारा जमिन उहाँले नै जोडेको कुरा हजुरआमाले सुनाउनुहुन्थ्यो ।
हाम्रो घरमा खान लाउन दुस्ख थिएन । कामको भने सोचेभन्दा बढी दुस्ख थियो । कहिले त लाग्थ्यो हजुरबाले यी खेतबारी सबै बेचेर काठमाडौँमा घर किनेको भए पनि हुन्थ्यो नि । हामीले पनि सहरमा पढ्न पाउँथ्यौँ ।
राजधानीबाट नजिकै पर्ने धादिङ जिल्ला त्यो पनि काठमाडौँको चन्द्रागिरि नगरपालिकाले छोएको गाउँका धेरैजसो परिवार काठमाडौँ पसिसकेका थिए । हाम्रो हजुरबा चाहिँ ूखेतबारीको लोभले सहर नपस्नुभएको रे ।ू हजुरआमा भन्नुहुन्थ्यो । मकै छर्ने, गोड्ने,भाँच्ने, धान रोप्ने,गोड्ने,काट्ने,चुट्ने, बाख्रा ब्याएको दिन, भैंसी ब्याएको दिन र प्रत्येक दुई महिनामा पर्ने श्राद्धको दिन चाहिँ मैले स्कुलको मुहार देख्न पाउँदिनँ थेँ । यी दिनहरूमा म कि खेतमा हुन्थेँ । कि बारिमा हुन्थेँ । कि त चौरमा बाख्रा धपाइरहेको हुन्थेँ ।
‘ओई रमे तँ त कहिलेकाहीँ स्कुल जान्छेस् । तलाई पढ्न के आउँछ हँ ?’ जति आए नि तलाई केभो ? ‘तँ त फेल हुन्छेस् ।’ भनेर सधैँ खिसी गर्थ्यो भोला दाइ ।
भए म हुन्छु तँ पास भए भैगो त । म स्कुल जान नपाएको झोकमा ती नाम मात्रका भोला दाइलाई तँ भनेर जवाफ दिन्थेँ ।
स्कुल गएको झण्डै एक वर्षपछि वार्षिक परीक्षा भयो । रिजल्टको दिन आमालाई स्कुल जाउँभन्दा, ‘घरको काम को गर्छ ? म भ्याउँदिनँ । भोलाकी आमा जान्छे रे उसैसँग जा ‘ म केही नबोली भवानी काकीसँग स्कुल गएँ । बाटामा काकीले,’रमा तँ त स्कुल धेरै गएकी छैनस् । पास त हुन्नस् होला । पास भइनस् भने तलाई स्कुल नपठाउने भन्दै थि तेरि आमा ।’ मलाई एक्कासी ज्वरो फुट्लाजस्तो भयो । आखाँमा के जमेजस्तो भयो । बाटै देखिनँ । म थचक्क बसेँ । भवानी काकी र दाइ अगाडि लम्किसकेका थिए । काकीलाई सायद म पछिपछि छु भन्ने लाग्यो होला । पछाडिबाट हेडसरले रमा भनेर बोलाएपछि म उठेँ । किन बसेकी यहाँ रु यत्तिकै । हिॅंड स्कुल जाउँ ।
मलाई स्कुल जान मन लागेन । घर फर्किन झनै मन लागेन । ‘पाङ्ग्राको भिरबाट मान्छे लडेर मरेको रे । त्यहाँ मान्छेलाई तान्छ । त्यहाँ पुगेपछि अलि छिटो लम्किनु ।’ आमाले भन्नुभएको सम्झेँ । त्यसपछि मलाई पाङ्ग्राको भिर नजिक गएर बस्न मन लाग्यो ।’ रमा सञ्चो छैन हो ? किन टोलाएको ?’ म झसङ्ङ भएँ । सर म फेल भएकी छु हो रु कसले भन्यो तिमीलाई रु भोलाले । धत् १ लाटी त्यैभर पो टोलाकी रहिछे । तिमी त पास भएकी छ्यौ । त्यो भोला बरू फेल भएको छ । अब भोलिदेखि भोला र तिमी एउटै कक्षामा पढ्ने हो । ल हिँड स्कुल दश बज्न लागिसक्यो ।
म चङ्गाभन्दा हलुङ्गो मन बनाएर स्कुलतिर कुदेँ । म पास भएकोमा हेडसरले बोकेर स्कुल नजिकैको पसलमा लानुभयो । पिपलमेट चक्लेट किनेर खुवाउनुभयो । भोला दाइको अनुहार अध्याँरो थियो । भवानी काकी दाइलाई गाली गर्दै हुनुहुन्थ्यो । दाइको अनुहार अध्याँरो देख्दा दाइ पनि पास भएको भए हुन्थ्यो जस्तो लाग्यो ।
हेडसरले बेलुका घरमा आएर बाआमालाई, ‘रमा राम्रो पढ्छे । एकपटक सिकाएपछि दोर्याउनै पर्दैन । दिनदिनै स्कुल पठाइदिनुस् प्रथम हुन्छेू, भन्नुभयो । बाआमाको अनुहारमा पनि त्यस दिन खुसी पोतिएको थियो । भोलिपल्ट कक्षामा नेपाली पढाउने मिसले, ‘भोला तिमी पनि ऊ जस्तै पास हुने गरी पढ्नुपर्छ हैू, भन्दै मलाई देखाउनुभयो । स्कुल छुट्टी भयो । हामी सँगै घर फर्कियौँ । अरू दिनजस्तो दाइले बाटोमा मलाई केही भनेर जिस्क्याउनु भएन । अँ , त्यसदिनदेखि भोला दाइले मलाई कहिल्यै जिस्क्याउनुभएन ।
कथा भन्दैगर्दा सुरुमा सबैको अनुहार मलिनो थियो । कथा सकियो । सबैको अनुहारमा खुसी छाएको छ । “म्याम हजुरकै कथा त होइन रु” भगवतीको प्रश्नले म हाँसे । “होइन होला, भोला नाम गरेको मान्छे त छैन हाम्रो गाउॅंमा । यो भगवती पनि के भन्छे,म्यामको नाम रमा हो त रु” जनकको उत्तरले प्रश्न सोध्न तयार भए जस्ता देखिने अरूका आँखाले सन्तुष्टि पाएको चाल पाएँ । घण्टी बज्यो । म अर्को कक्षातिर लागेँ ।
पेन्सन पाकिसकेको भए पनि म स्कुल जाँदैछु । जुन स्कुलमा कखरा सिकेँ । त्यही स्कुलले मास्टर्नी बनायो । अहिले सबैको प्रिय म्याम भएकी छु । मैले नाम परिवर्तन गरिदिएको भोला दाइको कान्छी छोरी भगवती दश कक्षामा पढ्छे ।
भोला दाइ राजनीति गर्नुहुन्छ । बाटोमा कहिलेकाहीँ भेट हुन्छ । “रमा केही पर्र्यो भने भन है ।म ठाउँमा छु । सबै मान्छे चिनेको छु ।” उहाँको सानै देखिको आफू ठूलो बन्नुपर्ने बानी अझै हटेको छैन । म हुन्छ भन्दै आफ्नो बाटो लाग्छु ।