- कविता
डा. पद्म देवकोटाको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी नेपाली र अङ्ग्रेजी साहित्यका विशिष्ट स्रष्टा एवम् द्रष्टा व्यक्तित्व हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मागी खाने आदत’ शीर्षकको गीतिकविता समेटिएको छ । यस कविताले नेपाली जातिको समृद्ध हुँदाहुँदै पनि अरूको भर पर्ने चरित्रको उजागर गरिएको छ ।
– सम्पा. |
मागी खाने आदत यो किन लाग्यो लत ?
फाँटैफाँट जमिन छन् अन्न तरकारी
फलाएर खान पुग्ने जिब्रो फटकारी
तर कठै ! भोकानाङ्गा बस्छन् विना छत ।
नेपली छन् सधैँ तयार खियाउन नङ्ग्रा,
दुःख अनेक खपी खपी चलाउँछन् जीवन ।
खेर जान्छ जलस्रोत, दुब्लाउँछन् वन,
लिखुरे झैँ खान्छन् भ्याकुर पहिरण भ्वाङ्ग्रा ।
भिल्ल नै पो भयौँ कि क्या ? मणि नचिनेर ?
सपनामा तरङ्गिई सुख कल्पिएर
कुन मुलुकले आजसम्म विकास गर्या छ र ?
भाषणकै भरमा मात्रै देशै हुत्तिएर
गरीखाने मुलूकले उन्नति है गर्छ,
भाषणमै सिमित मुलूक सँधै जिल्ल पर्छ ।