- गजल
![]() -सम्पा. |
तुच्छ बचन, उच्च बिचार-होला यस्तो ?
खरानी बाटी, डोरी तैयार-होला यस्तो?
“महाराजा”ले बोले भन्दैमा,पत्याउनु,
हसियाको झैं,खुर्पाको धार-होला यस्तो?
बाढी आएको उर्लदो नदिमा”म” पसें ,
बगायो भने “तँ” जिम्मेवार-होला यस्तो?
” रिस उठ्या बेला, कसैले बेद पढ्दैन”,
यसरी बोल्नु,उच्च संस्कार-होला यस्तो?
दुँदा दुँदै – गाईले , दूध लुकायो भने,
पाडो लाएर , दूध पगार- होला यस्तो?
यो युगमा-“म”नै हूँ ” ब्रह्मा बिष्णु महेश,
“मेरो”छ शक्ती, अपरम्पार-होला यस्तो ?