SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाल भारतको ‘भाइ’ होइन
मननीय अंश

नेपाल भारतको ‘भाइ’ होइन

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 26, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कुराकानी गर्न मन पराउने आफ्नो बानी भएर पनि होला मैले नेपालका सबै राजनीतिक दलका शीर्षस्थ नेतालाई अनौपचारिक रुपमा नियमित भेट्ने गर्थेँ ।

राजदूत भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित उहाँको निवासमा भेटघाट गर्दै थिएँ । हामीले बनारसको लाङ्ग्रा आँस जस्तै स्वाद हुने रसिलो माल्दह आँप खाँदै थियौं र हिन्दीमा कुराकानी भइरहेको थियो ।

माधव नेपालले मलाई हेर्नु भयो र दुबै मुलुकबीचको सम्बन्धलाई भारतले भाइ-भाइको सम्बन्धको रुपमा व्याख्या गर्नुको कारण सोध्नुभयो । यस्तो सम्बन्धमा एउटा ठूल्दाई र अर्को सानो भाइ हुने गर्छन् । नेपाल सानो भाइ हुन चाहँदैनथ्यो । नेपाल भारतको मित्र मात्रै हुन चाहन्थ्यो, समान साझेदार हुन चाहन्थ्यो, न घटी न बढी ।

पक्कै पनि उहाँको मनमा तत्कालीन विदेशमन्त्री स्वर्गीय सुस्मा स्वराजले भनेको कुरा खेलिरहेको थियो । स्वराजले भारत बिग ब्रदर होइन, आफ्नो सानो भाइको ख्याल गर्ने ठूल्दाई (elder brother) हो भन्न मन पराउनुहुन्थ्यो । नेपालप्रति उहाँले देखाउनुभएको मायामा कुनै खोट थिएन तर नेपालीहरुले यसलाई संरक्षक बन्न खोजेको (patronizing) भनेर बुझे ।

काठमाडौंस्थित दशरथ रंगशालामा एउटा फुटबल प्रतियोगिता भइरहेको थियो । फुटबल भनेपछि नेपालीहरू हुरुक्कै हुन्छन् तर युवामाझ क्रिकेटको लोकप्रियता पनि बढिरहेको पाइन्छ । सन् २०१३ को सेप्टेम्बरमा भएको उक्त खेलमा भारत र अफगानिस्तान भिडिरहेका थिए । भारतीय टोली नजिकै रहेको दर्शकको भीडले धोती भन्दै भारतविरुद्ध होहल्ला र विरोध गरिरहेको थियो ।

त्यतिबेला धोती शब्द सुनेपछि भारतीय खेलाडीहरू पक्कै पनि तीनछक परे होलान् । धोती भनेको भारतीय मैदानी क्षेत्रमा बस्ने पुरुषले लगाउने पोशाक हो र यो साँस्कृतिक एवं जातीय हिसाबले पहाडी समुदायभन्दा पृथक तराईमा बस्ने मधेशी समुदायलाई अपमान गर्नका लागि प्रयोग हुने आम शब्द पनि हो ।

मधेशीहरू उत्तर प्रदेश र बिहारका मानिस जस्ता देखिन्छन् । यदि भारत र अन्य तेस्रो मुलक (पाकिस्तान नै किन नहोस्) बीच खेल भएमा तेस्रो मुलुकलाई समर्थन गर्ने उपत्यकाको आम प्रचलन नै बनेको छ ।

म आफ्नो कार्यकालको सुरूमा काठमाडौंको मुटुमा अवस्थित हनुमान ढोकातर्फ झण्डासहितको गाडीमा जाँदै थिएँ । हामीले न्यूरोड नजिकै पुगेपछि ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएका टि-शर्ट लगाएका युवायुवतीहरूको भिड देख्यौं । नेपालको लुम्बिनीमा बुद्ध जन्मेको कुरा ऐतिहासिक तथ्य हो । प्रदर्शन नजिकै पुग्न लागेपछि मेरा सुरक्षा अधिकारी केही आत्तिए । हामी तत्कालै फर्कनु पर्ने नत्र अवस्था खराब हुन सक्ने उनको भनाइ थियो । र हामीहरू फर्कियौं ।

बुद्ध लुम्बिनी (नेपाल) मा जन्मेको तथ्यलाई जन प्रदर्शनमार्फत् नेपालले किन जोड दिइरहेको छ भनेर म निकैबेर घोत्लिएँ । यो विषय नेपालमा किन संवेदनशील विषय बनिरहेको छ ? यदि कुनै भारतीयले भारत नै बुद्ध भूमि हो र भारतमै बुद्ध जन्मेको भन्यो भने नेपालमा विरोध प्रदर्शन हुन्छ ।

सन् २०२० को अगस्टमा विदेशमन्त्री एस. जयशंकरले कन्फेडेरेशन अफ इन्डियन इन्डष्ट्रीद्वारा आयोजित वेबिनारमा भारतका दुई महान व्यक्तित्वमध्ये बुद्ध एक भएको एउटा (निर्दोष) टिप्पणीपछि नेपालमा ठूलै प्रदर्शन भएको थियो । बुद्ध भारतीय नभएको नेपालीहरूको दाबी थियो ।

बौद्धिक, पूर्व-कर्मचारी र पूर्व प्रधानमन्त्रीले समेत उक्त टिप्पणी गलत भएको बताए । नेपालको परराष्ट्र मन्त्रालयले ‘नेपालको लुम्बिनीमा गौतम बुद्ध जन्मेको कुरा स्थापित र अखण्डनीय तथ्य भएको’ भन्दै आधिकारिक वक्तव्य जारी गर्‍यो । उक्त वक्तव्यमा लुम्बिनी बुद्ध धर्मको जग भएको उल्लेख थियो । वक्तव्यले सन् २०१४ मा नेपालको संविधानसभामा प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शान्तिका प्रणेता बुद्ध नेपालमा जन्मिएको भनेर गरेको भाषणतर्फ समेत संकेत गरेको थियो ।

भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको कुरामा कुनै शंका नभएको र विदेशमन्त्रीले भारत र नेपालबीच रहेको बुद्ध धर्मको साझा विरासत/सम्पदालाई औंल्याउन खोजेको भन्दै उत्पन्न परिस्थितिलाई थप चर्किन दिएन ।

बुद्ध नेपालमा जन्मिएको भनेर नेपालले निकै गौरव गर्छ र यो राष्ट्रिय पहिचानसँग जोडिएको छ । भारतले यो विरासतलाई छिन्ने/कब्जा गर्ने प्रयास गरेको बुझाइका कारण नेपालले यसको कडा विरोध गर्दै आएको छ ।

हालैको एउटा घटनाले समेत आफ्नो साँस्कृतिक पहिचान भारतको भन्दा फरक रहेको भनेर जोड दिने वा देखाउने नेपालको आकांक्षा प्रस्ट रूपमा प्रतिबिम्बित गर्छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणलाई नेपालीमा अनुवाद गरेका आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा बोल्दै भारतले आफ्नो भूमिमा नक्कली अयोध्या खडा गर्न ऐतिहासिक र साँस्कृतिक तथ्य बङ्ग्याउन खोजेको बताएका थिए । वास्तविक अयोध्या नेपालको वीरगंजमा रहेको उनको दाबी थियो ।

‘हामी अहिले पनि भ्रममा छौं- हामीले भारतका राजकुमार रामलाई सीता दियौं भनेर’, ओलीले भनेका थिए, ‘तर, भारतका राजकुमारलाई होइन, सीता अयोध्याका रामलाई दिएका हौं ।’ त्यतिबेला सञ्चार र यातायातको कुनै साधन नभएकाले निकै टाढा रहेको भारतको अयोध्याका राजकुमार जनकपुर आउन नसक्ने उनको तर्क थियो ।

नेपालका कैयौं नेताले उनको अभिव्यक्तिको आलोचना गरे । तर ओलीको भनाइले अति राष्ट्रवादी सोचको प्रतिनिधित्व गर्छ र यही सोचमार्फत् उनले नेपाल र भारतलाई जोड्ने प्राचीन साँस्कृति एवं ऐतिहासिक सम्बन्धलाई इन्कार गरिरहेका छन् ।

त्यसैगरी, अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा यसै वर्षको जुन २१ मा ओलीले भारतबाट नभई नेपालबाट योगको सुरुवात भएको दाबी गरे । अर्को कुरा, ओलीका पुर्खा कुमाइ ब्राह्मण उत्तराखण्डको काली कुमाऊ क्षेत्रबाट आएका हुन सक्ने सम्भावना धेरै देखिन्छ ।

मैले उल्लेख गरेका यी किस्साले नेपालको सत्तासीन सम्भ्रान्त वर्ग बस्ने काठमाडौं उपत्यकाको मनोविज्ञानलाई झल्काउँछन् । नेपालको राजनीतिमा यही उपत्यकाको वर्चश्व/प्रभाव बढी छ । विगतमा/कुनै समय यही उपत्यकालाई नै नेपाल भनेर चिनिन्थ्यो ।

यो मनोविज्ञान वामपन्थी तथा कम्युनिष्ट शक्तिभित्र बढी व्याप्त देखिन्छ भने नेपाली काँग्रेस जस्ता लोकतान्त्रिक शक्तिमा कम छ । तराईकेन्द्रित शक्तिभित्र यस्तो मनोविज्ञान कत्ति पनि देखिँदैन । तर, यस्तो मनोविज्ञान नेपाली युवायुवतीमाझ पनि बढिरहेको छ र यसप्रति भारत संवेदनशील हुनुपर्छ ।

कुनै पनि दुई मुलुकबीच कायम हुने सम्बन्धमध्ये नेपाल-भारत सम्बन्ध सबैभन्दा घनिष्ट र जटिल सम्बन्ध पनि हो । हामीलाई जोड्ने हरेक कुरा (जस्तै- धर्म, सँस्कृति, परम्परा, भाषा, पारिपारिक सम्बन्ध) ले तनाव समेत निम्त्याउँछन् । हरेक हिन्दूले पूजापाठपूर्व गर्ने धार्मिक संकल्पमा समेत नेपाललाई भारतखण्ड भनेर उल्लेख गरिएको छ ।

भारतीयहरूले साँस्कृतिक समानता रहेको भन्दा नेपालीहरू आक्रोशित हुन्छन् वा यस्तो कुरा मन पराउँदैनन् । र, यी विषयलाई बारम्बार उठाइरहँदा/गिजोलिरहँदा प्रत्युत्पादक बन्न सक्छ ।

आफ्नो मौलिक पहिचानसम्बन्धी नेपालको धारणा के हो ? यो कसरी भारतभन्दा भिन्न छ ? आकार तथा जनसंख्या निकै फरक भएको र तीनतिरबाट भारतले घेरिएको अवस्थाका कारण रक्षात्मक/त्रसित मानसिकता (siege mentality) र यसबाट मुक्त हुने आकांक्षा जन्मिएको हो/हुन सक्छ ।

साथै, नेपालीहरूले भारतमाथिको अत्यधिक निर्भरतालाई मन पराउँदैनन् । यही कारण, उनीहरूले भूगोलको कुरा उठाउँछन् वा आफ्नो भूगोलमाथि गर्व गर्छन् ।

नेपालले आफ्नो राष्ट्रिय पहिचानका लागि दाबी गर्ने दुईवटा अद्वितीय कुरामा बुद्धको जन्मस्थल र विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश हुन् । तर दुबै सम्पदा साझा हुन्- बुद्धको जन्मस्थल साझा बौद्ध विरासतले गर्दा भारतसँग र सगरमाथा भूगोलका कारण चीनसँग जोडिएको छ ।

(नेपालका लागि पूर्व भारतीय राजदूत रन्जीत रेको किताब ‘काठमाण्डु डिलेमा: रिसेटिङ इन्डिया-नेपाल टाइज’ बाट साभार गरिएको । द प्रिन्टमा प्रकाशित उक्त अंशलाई अनलाइनखबरले भावानुवाद गरेको हो ।)

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 1,112
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

यति राति किन बन्दुक पड्कियो दरबारमा ?

September 26, 2021

सुगम डोल्पा

September 26, 2021

सरकारको जिम्मामा दरबारको सम्पत्ति

September 24, 2021

पुस्तक अंश : राणाकालमा झाङ्गिएको ट्युसन प्रवृत्ति

September 20, 2021

पुस्तक अंश : मैले नजन्माएको छोरो

September 20, 2021

देवकोटा साहित्यका मननीय अंश

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.