SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » यति राति किन बन्दुक पड्कियो दरबारमा ?
मननीय अंश

यति राति किन बन्दुक पड्कियो दरबारमा ?

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 26, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

साँझ कसैलाई भोक थिएन । दिनभर आगो खाइएको थियो, आगै पिइएको थियो । बडासाहेब अझै उस्तै आहत भइरहेका थिए । कतिखेर, कतिखेर त्यही आहतकुण्डमा क्रोधाग्नि दन्काइरहेका थिए । धनहजुरीको कोठाभित्र, धनहजुरीकै पलङको छेउमा आफ्नो शिर राखेर भुईंमा बसेका थिए उनी ।

गजेन्द्रबाबु, उनकी श्रीमती, तेजेन्द्रबाबु र मालिक पनि छेउछाउमा थकित भएर बसिरहेका थिए । म ढोकाबाहिर उभिएको थिएँ । छड्के आँखाले भित्र हेरिरहेको थिएँ । बडासाहेब कतिबेला धनहजुरीलाई सम्झेर ’मेरी छोरी कहाँ गयौ नि ?’ भन्दै रुन्थे, कतिखेर, ’मेरो इज्जत फाली तेल्ले, त्यो मरी आजदेखि मेरा लागि !’ भन्दै दाह्रा किट्थे ।

तेजेन्द्रबाबु बडासाहेबको सबैभन्दा छेउमा बसेका थिए । उनले आफ्नो पितालाई सम्झाउने हर तरहले कोसिस गरिरहेका थिए । उनको आफ्नै अनुहारमा भने क्रोध थियो । त्यो क्रोध कोसँग थियो ? त्यही तत्त्वसँग, जसले उनको पिताजीलाई रुवाउँदै छ त्यतिखेर । को हो त्यो तत्त्व ? यहीँ त गलत हुन्छ मान्छे अक्सर ।

‘को हो ?’ होइन ‘के हो ?’ हो अहम् कुरो । यही सानो प्रश्न वाक्यले समग्र परिस्थितिलाई आमूल परिवर्तन गरिदिन सक्छ तर यहीँ फेल खान्छ मान्छे । तेजेन्द्र बाबुले आफैँलाई सोधेको त्यो प्रश्न नै गलत थियो । त्यसले सही जवाफ कसरी पैल्याओस् ।

तेजेन्द्रबाबुको जस्तो क्रोध गजेन्द्रबाबुको अनुहारमा भने थिएन । उनी स्वभावैले गम्भीर थिए, त्यो दिनको गम्भीरता झनै फरक किसिमको थियो । मालिकको ध्यान गजेन्द्रबाबुको अनुहारले खिचिरहेको थियो । गजेन्द्र बाबुका आँखाहरू फूलेर रात्तिएका थिएनन् ती तिखारिएर धारिला भएका थिए । मौन रहेरै बडासाहेबलाई हेरिरहेका थिए उनी तर उनको घाँटीको किलकिलेमा सुस्त कम्पन छुटिरहेको थियो । मानौँ उनीभित्रको शब्दवायु बाहिर आउन खोजिरहेछ र किलकिलेको ढोका ढक्ढक्याइरहेछ । गजेन्द्र बाबुको आवरणभित्र मानौँ कुनै आयुध तयारी हालतमा छ । मालिकलाई त्यस्तो लाग्यो । मालिकको मनको भित्तामा छटपटीको माकुराले कुनै अज्ञात भयको जालो बुन्न थाल्यो ।

रातको आठ बजिसकेको थियो । धनहजुरीको कोठा केही समय मौन भयो । केहीबेरपछि त्यो मौनतालाई तोड्दै गजेन्द्रबाबु बोले, ’मित, हजुर आराम गर्न जानुस् ।’

’होइन मित, ठीकै छ ।’

’मलाई बुबाहजुर र भाइसँग केही जरुरी बात गर्नु छ मित, कृपया ।’

गजेन्द्रबाबुको आवाज दरिलो थियो र अनुहार पनि तेजिलो । मालिकले एकपटक गजेन्द्रबाबुको अनुहारमा हेर्नुभयो तर त्यसरी हेर्दा उहाँको आँखा चहर्यायो । मालिकले बडासाहेबलाई हेर्नुभयो । उनको अनुहारले मालिकलाई बेवास्ता गरेझैं देखियो । मालिक चुपचाप उठ्नुभयो र केही नबोली कोठाबाहिर आउनुभयो । बाहिर निस्केपछि मालिकले मलाई हेर्नुभयो । हामीसँगै तल बैठकमा झर्यौं । बैठकमा झर्दाबित्तिकै मालिक रोकिनुभयो र एकपटक माथितिर हेर्नुभयो अनि मलाई हेरेर दिउँसो जस्तै कानैनिर फुसफुसाउनुभयो ।

’आजको बतास ननिको लागिरहेछ । हाम्रा खेमाका भुसतिघ्रेहरूलाई चौकन्ना गर् । सिकारी बन्दुकहरू भरेर राख्न भन् ।’

मालिकको इसारा नबुझिने छँदै थिएनन् । आइलागे जाइलाग्नु थियो तर मेरो अवचेतन बेस्मारी हल्लियो । अनौठो प्रकारको डरले हल्लियो ।सेतीकी आमा, वैद्यका लोग्नेस्वास्नी, के अब यो दरबारमै हत्याकाण्ड मच्चिँदै थियो त ? अहोे ! यो पहेँलो फूलको आशक्तिले अझ कतिको रगतको भोग माग्ने हो ?

’मालिक, के बन्दुक जरुरी छ ?’

मैले डराई डराई बिन्ती बिसाएँ । मेरो कुरा सुनेर मालिकले मेरो अनुहारमा हेर्नुभयो । उहाँका आँखाहरू ठूला भए ।मलाई च्याप्प कठालोमा समातेर उहाँले आफ्नो कोठामा लैजानुभयो । कोठाभित्र छिराएर मलाई हुत्याइदिनुभयो । म अगाडिको भित्तामा पुगेँ । डराई डराई मालिकतिर फर्केँ । जब फर्केँ उहाँ मेरो सामुन्ने नै हुनुहुन्थ्यो । मेरो अनुहारको नजिकै उहाँको क्रोधित अनुहार बिम्बित थियो । उहाँले क्रोधमै भन्नुभयो,

’तँलाई था’छ, पारसमणिको एक दानाको मूल्य कति छ ? चार पाउन्ड । एउटा कोर्सको एकसय बीस पाउण्ड । याने लगभग दुई हजार भारु, याने लगभग तीस तोला सुन । तीस दाना बेच्दा मेरो भागमा दश तोला सुन । पृथ्वीको कुनै अञ्जान सहरमा यो फूलका कारणले को अञ्जान म¥यो ? मलाई के फरक पर्छ ? तँ सोच्, अमलापुरको यो फाँटमा हामी कति हजार फूलहरू हुर्काउन सक्छौँ? यो फूलको खेती होइन सेवकराम, यो सुनको खेती हो । यसको आशक्तिमा खिचिएर अब म धेरै अगाडि बढिसकेको छु । हरहालमा यो अमलापुरमा फूलहरू उघाउनु छ । म पछाडिफर्किन सक्दिनँ अब । हरेक व्यवधानहरूलाई सखाप पार्न जरुरी छ । सोचेको थिएँ सोझो औँलाले घ्यू निक्लेला, तर अब टेढो औँला गर्नुपरे पनि तयार । आजको रात केही नहुन पनि सक्छ तर मैले गजेन्द्र सेनको आँखामा जे देखेको छु त्यो बेवास्ता गर्न सकिने कुरा होइन । आजको रात चौकन्ना रहन जरुरी छ । बुझिस् अब कुरा ?’

’तर मालिक यो दरबारमा कुनै अन्जान सहरका अन्जान मान्छेहरू बस्दैनन् । यो त हजुरको आफ्नै मितघर हो मालिक ।’

’अरे छोड् मितघर ।मलाई कुनै सौख थिएन मित लगाउँदै हिँड्ने । फेरि तँलाई थाहा छ, यो नातो किन गाँसेको हुँ मैले । हेर् हामीसँग समय छैन । आफ्नो सुरक्षाकै खातिर पनि हामी चौकन्ना हुन जरुरी छ ।’

’हस् मालिक, हजुरको जो इच्छा !’

आखिर एउटा नोकरले अरू के भन्न नै सक्थ्यो र ?

’यता सुन् राम्ररी ।’ मालिकले मेरो कानमा फेरि फुस्फुसाउनुभयो ।

मालिकले भनेअनुसार मैले भुसतिघ्रेहरूलाई चौकन्ना भएर तयारी हालतमा बस्न लगाएँ । हामीले बैठकमा बलिरहेका दुई लालटिनहरूमध्ये एउटा फुकेर निभायौँ । माथि धनहजुरीको कोठाबाट मधुरो अस्पष्ट आवाज आइरहेको थियो । हामीले गल्लीको बत्ती पनि फुक्यौँ । मालिकको कोठाको बत्ती पनि फुक्यौँ । भान्साको बत्ती निभिसकेको थियो । दरबार पछाडिको टहरो यसै पनि अँध्यारो नै थियो ।त्यता पनि हामीले नजर राख्न लगायौँ । भुसतिघ्रेहरूलाई अध्याँराको आडमा हाम्रो सुरक्षाको घेरा तयार गर्न लगायौँ र चुपचाप कान ठाडो पारेर कोठाभित्र बस्यौँ । दरबारभित्र अध्याँरो भए पनि बाहिर भने जून लागिरहेको थियो, सायद पूर्णिमा नजिकिँदै थियो । शुक्रवारको त्यो सौम्य रातमा दरबारभित्रको मनोदशा भने असौम्य हुँदै गइरहेको थियो । त्यस्तै नौ बज्न लागेको हुँदो हो । माथि चलिरहेको मधुरो वार्तालाप एकाएक चर्को हुन थाल्यो ।

’के भन्छस् तँ ? तँ होसमा त छस् गजेन्द्र ?’ बडासाहेब कड्किएको आवाज आयो ।

’म त होसमै छु बुवाहजुर । तर के हजुर होसमा होइसिन्छ ?’ गजेन्द्रबाबुको आवाज पनि चर्को थियो ।

’हाऽऽ आफ्नै बाउ र खानदानको इज्जत फालिस्, अझै ठूलो स्वर गर्छस् ?’

’जसलाई हजुर इज्जत भन्दै होइसिन्छ नि बुवाहजुर ? त्यो इज्जत होइन अहम् हो, आडम्बर ।’

’चुप लाग्, यही हो तेरो शैली आफ्नो बाउसँग बोल्ने ?’

’कति चुप लाग्ने बुवाहजुर ? हजुरको यही अहंकारका कारण हो हामी दाजुभाइ यहाँ बस्ननखोज्ने । हजुरको यही दम्भले सधैँ थिच्छ हामीलाई ।’

’मुख सम्हाल् केटा । खुरूक्क भन्, कहाँ भगाएर पठाइस् मेरी छोरीलाई ?’

’मेरी छोरी ?कति सजिलरी भनिस्यो है हजुरले ? के छोरीलाई छोरीको दर्जा दिइस्यो कहिल्यै ? दिइस्सेन । यदि दिइसिन्थ्यो भने धनुको मर्जीको खिलाफ जबर्जस्ती बिहे गर्दिसिन्थेन हजुरले । धनु जहाँ छे खुसी छे बुवा हजुर, हजुरले चिन्ता नगरिस्यो अब ।’

’तेरा कारणले आज के के भयो, यत्रो जात्रा मच्चाएर के पाइस् तैँले ?’

’के भयो र ? एउटा घमण्डको सिसा थियो, तोडियो । बुवाहजुर हजुरले किन बुझ्ने कोसिस गरिसिन्न ? धनु त्यो केटालाई अत्यन्त माया गर्छे । ऊबिना बाँच्न सक्दिने ।’

’बकबास नगर् । गिरिधारीको खानदानसँग सम्बन्ध जोडिनुको अर्थ बुझेको छस् तैले ? समयअनुसार आफूलाई बदल्नुपर्छ । गिरिधारीको सम्बन्ध राजासँग छ । उनको पहिचान विभिन्न जिल्लाका प्रहरी प्रशासनका हाकिमहरूसँग पनि उत्तिकै राम्रो छ । देशमै गन्यमान्य छ त्यो परिवार । कहाँ सजिलै मिल्छ यस्तो परिवारसँग सम्बन्ध जोड्ने अवसर ? के तैँले बुझेको छस् कति ठूलो बेइमानी भयो उनीहरूमाथि ?’

’के हजुरको वचन राख्नका खातिर धनुले सुली चड्नु पर्ने थियो ? वचन राख्नका लागि धनुलाई बेचिदिने हो बुवाहजुर ? ऊ बाख्राकी पाठी हो कि हजुरकी छोरी ?’

’बस् बस् भयो, हजुरहरू झगडा नगरिस्यो ।’ मुक भएर झगडा सुनिरहेका तेजेन्द्रबाबुलाई अति नै भएछ सायद रोक्ने कोसिस गरे । तर गजेन्द्रबाबुको बोली रोकिएन ।

’हजुरलाई के भएको छ बुवाहजुर ? बैनीको कुरा छोडिस्यो, आफूलाई हेरिस्यो त हजुरले । कठोर नै भए पनि हजुर यस्तो पापी त होइसिन्नथ्यो । कहिलेबाट यसरी हत्याको श्रृंखला चलाउन सुरु गरिस्यो हजुरले ? जसले हामीलाई हुर्कायो, बढायो, त्यस्ती धाईआमाको हत्या गराइदिस्यो हजुरले, किन बुवाहजुर ? यो घरको लागि आफ्नो जिन्दगी नै बिसाइदिएकी सेती बहिनीलाई गिद्घले लुछे झैँ लुछेको थाहा पाएर पनि केही गरिसेन हजुरले । आखिर मेरो मितले के जादु चलाएका छन् हजुरमाथि कि हजुरले हरेक कुरामा आँखा बन्द गरिसेको छ ? के आवश्यक थियो आज वैद्यको घरमा आगो लगाउन ? भाग्ने भागिसकेका थिए, किन मार्नुपरेको थियो उनीहरूलाई ? कति जनालाई बलि चढाउँदै हिँडिसिन्छ बुवा हजुरले मितको वेदीमा चढाएर ?’

’के भन्छ यो ?’ बडासाहेब झस्किए । यतिबेला बल्ल उनको आवाजको पारो केही घटेको जस्तो सुनियो ।

’मैले कहाँ मार्ने आदेश दिएँ वैद्यलाई ? धम्काएको मात्र हुँ । यसले पनि त कोर्रा हानेकै थियो त ।’

’बाहिर गएर हेरिस्यो बुवाहजुर, अझै पनि धुवाँ सेलाएको छैन होला ।’

’तब कसले ? बोधीले ?’

बडासाहेब आश्चर्यमा बोले, पूरै दरबारमा सिरिङ्ग काँडा उम्रियो । मैले मालिकलाई पुलुक्क हेरें । मालिक उभिएकै अवस्थाबाट हलचल गर्नुभएन । उता संवाद जारी नै थियो ।

’हो, हजुरले ठीक भनिस्यो । यो सब मितकै कर्तुत हो । यो मात्र होइन बुवाहजुर उनी एउटा भयङ्कर योजना लिएर गाउँ पसेका छन् । अस्तिको रात हजुरले मितको जुन फूलखेतीको बारेमा कुरा गरिसेथ्यो त्यो फूलखेती होइन बुवाहजुर, त्यो एउटा विषखेती हो । म हजुरलाई चाँडै नै यसको बारेमा सजग गराउनेवाला थिएँ ।’

’विषखेती? के भन्दैछस् ?’

’हो बुवाहजुर, त्यो विषखेती हो । पटनामा मैले यसको सुइँको पाएको थिएँ । त्यहाँ उनले यो फूलखेती गर्थे तर पछि धेरैले थाहा पाएपछि त्यहाँ यो खेती बन्द गरे । यदि मलाई पहिले नै थाहा हुन्थ्यो कि उनी फेरि त्यै खेती गर्ने योजना बनाएर यहाँ आएका छन्, म उनलाई उतिबेला नै रोकिदिन्थेँ । मितले यहाँ मान्छे मार्ने विषफूलको खेती गर्न लागेका छन् बुवाहजुर, हजुरलाई मुर्ख बनाइराखेका छन् । उनले नै मारे हाम्री धाईआमालाई, उनले नै लुटे इज्जत सेतीको, उनले नै लगाए आगो धनुका हुनेवाला सासुससुराको जिन्दगीमा । यो सब रक्तपातको कारण उनै हुन् बुवाहजुर । यो सब हालतको जिम्मेवार उनै हुन् ।’ गजेन्द्र बाबुले दृढतापूर्वक आफ्ना कुराहरू राखे । यता तल कोठाभित्र हाम्रो हालत फितलो हुँदै थियो ।

’हे भगवान्, यस्तो षड्यन्त्र ? यस्तो धोखा? बोधी ! नालायक ! धोकेबाज ! आज तेरो काल आएको रहेछ ।’

गजेन्द्रबाबुको पूरा कुरा सुनेपछि बडासाहेब क्रोधित भए ।

’आज नमारी छोड्दिनँ यसलाई ।’

उनको आवाज कोठा बाहिरबाट आएको सुनियो ।

’पर्खिस्यो बुवाहजुर, बन्दुक नै सबै कुराको समाधान होइन ।’ पछाडिबाट गजेन्द्रबाबुको आवाज आयो ।

’रुकिस्यो बुवाहजुर ।’ तेजेन्द्रबाबुको आवाज गजेन्द्र बाबुको भन्दा पनि नजिकबाट आइरहेको थियो ।

बडासाहेब हुर्रिँदै तल आए र हाम्रो ढोकाअगाडि उभिएर बन्दुकको निशाना लगाउन खोजे । तर उनले गल्ली र मालिक बस्ने कोठाभित्रको अँध्यारोको ख्याल गर्न बिर्सिए ।

रातको नौ बजेको थियो । दिनभरको तमासाले त्रसित भएका गाउँलेहरूले जुनेली रातमा भर्खर आँखा बिसाएका थिए । तब अचानक रातको सन्नाटा चिर्दै दरबारतिरबाट बन्दुक पड्किएको ठूलो आवाज आयो र गाउँसम्मै सुनियो ।

’ड्वाङ्गऽऽऽ’

गाउँलेहरूको होसहवास उड्यो ।

’यति राति किन बन्दुक पड्कियो दरबारमा ? के अशुभ हुन लाग्यो यो ?’

यता बडासाहेब हाम्रो कोठाको बाहिर गल्लीमा रगताम्य भएर ढले । मालिकले समाएको बन्दुकबाट धुँवा पुत्ताइरहेको थियो । तत्कालै तेजेन्द्रबाबु कराउँदै तल दौडिएको आवाज आयो । तुरुन्तै अँध्यारोमा लुकेर बसेको एउटा भुसतिघ्रेले बन्दुक पड्कायो । तेजेन्द्रबाबु बैठकमै ढलेर छट्पटाउन थाले । हतारिँदै तल झरेका गजेन्द्रबाबु कसो कसो छलिएर आँगनसम्म दौडिए । उनलाई अर्को भुसतिघ्रेले आँगनमै बन्दुक पड्काइदियो । आत्तिएर कुनाको कोठामा बसेकी गजेन्द्रबाबुकी श्रीमतीलाई अर्कोले गोली दाग्यो ।

दरबारबाट एकपछी अर्को ’ड्वाङ्, ड्वाङ्’ बन्दुक पड्किएको आवाज आइरह्यो । कुनै ठूलो अनिष्ट भयो आज दरबारमा ।कानलाई चनाखो पार्दै गाउँलेहरूले छेउमा सुतेका आफ्ना बाल्खाहरूलाई तानेर चरप्प च्यापे ।

यता दरबारभित्र तीनओटा लासहरू ढलेका थिए, बाहिर आँगनमा अर्को एउटा लास र पछाडि टहरामा पनि केही नोकरनोकर्नीहरू लास परिसकेका थिए । अकल्पनीय, बीभत्स घटना मेरो आफ्नै आँखासामुन्ने घट्यो । म स्तब्ध भएँ । दरबारभरिबारुदको गन्ध व्याप्त थियो, जसमा आलो रगतको गन्ध मिसिएको थियो । त्यो गन्धले मेरो आन्द्रा बटारिएर आयो ।मलाई बान्ता आउला झैँ भयो । दरबारभित्रको त्यो बीभत्स हत्याकाण्डको साक्षी बनेका मेरा आँखाहरू अनौठो गरी बटारिए । भनन रिँगटा लाग्यो । म बेहोस भएछु ।

(प्रकाशोन्मुख उपन्यास ‘पहेँलपुर’बाट)

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 768
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नेपाल भारतको ‘भाइ’ होइन

September 26, 2021

सुगम डोल्पा

September 26, 2021

सरकारको जिम्मामा दरबारको सम्पत्ति

September 24, 2021

पुस्तक अंश : राणाकालमा झाङ्गिएको ट्युसन प्रवृत्ति

September 20, 2021

पुस्तक अंश : मैले नजन्माएको छोरो

September 20, 2021

देवकोटा साहित्यका मननीय अंश

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.