SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » लघु कविता : प्रस्तावित उपविधा ‘आगो’
लघुकथा

लघु कविता : प्रस्तावित उपविधा ‘आगो’

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 19, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

साहित्यलाई समाज, स्थानीय परिवेश, सञ्चार माध्यम, राजनीति, विश्व परिवेश र घटना–परिघटनाले प्रभावित गरेको हुन्छ । साहित्यको सोहीअनुरुप विकास पनि भैरहेको हुन्छ । नेपाली साहित्य पनि विश्व साहित्य र विशेषगरी पूर्वीय देशहरु (जापान, कोरिया, चीन आदि) को साहित्य तथा भारतलगायत मध्यपूर्वका देशहरुमा प्रस्फुटन भएको साहित्यबाट समेत प्रभावित र विकसित हुँदै आज यो स्थानसम्म आइपुगेको छ ।

कविता एक सशक्त र प्रभावकारी साहित्यिक विधा हो । ठूला–ठूला महाकाव्यदेखि साना तथा सूक्ष्म कविताहरू पनि नेपाली भाषामा पढ्न पाइन्छ । नेपालमा समकालीन स्रष्टाहरूले लघु कविताको नयाँ–नयाँ प्रयोगहरु प्रकाशमा ल्याइरहेका छन् । लघु कविताका अनेकौं विधाहरु माझ भर्खरै प्रयोगवादी कवि श्री पुष्करराज रेग्मी अथकले जम्मा आठ अक्षरका दुई–दुई अक्षरका शब्दसहित चार पंक्तिमा परिकल्पना गरिएको लघु कविता विधा शीतलाई प्रकाशमा ल्याउनुभएको छ ।

यस विधालाई धेरै पाठक र रचनाकारहरूले रुचाएका छन् । नयाँ–नयाँ रचनाहरु सामाजिक सञ्जालमार्फत शुभचिन्तक पाठकहरु माझ पस्केका छन् । आधुनिक व्यस्त संसारमा छोटो मीठो रुचाइने कुरा क्रिकेटको टी– २० प्रतिस्पर्धाले प्रमाणित गरिसकेको छ । लामो–लामो महाकाव्य, खण्डकाव्यहरूको आफ्नै गरिमा छ । यस्तो साहित्य रचना गर्न लामो समय, गहिरो अध्ययन र ज्ञानको जरुरत पर्दछ । यस्तो साहित्यप्रति समर्पित स्रष्टा र पाठकहरु मात्र आकर्षित हुने यथार्थ हाम्रो सामु छ ।

स्मरण रहोस्, लघु कविता रचना गर्न लघु ज्ञान वा अल्प ज्ञान काफी छ भन्न खोजेको कदापि होइन । वर्तमान परिप्रेक्षमा थोरै समयमा रचना गर्न सकिने र केहि साहित्यिक अनुशासन कायम गरी रचना तथा पठन गर्नसकिने तथा साहित्यको भोक थोरै भए पनि मेट्न सकिने रातो राम्रो गुलियो मीठो भने झैँ च्वाट्ट चुट्ट गर्न सकिने लघु कविताको अनेकौं रुपहरु हाम्रासामु छन् जस्तै– मुक्तक, हाइकु, तांका, उदक, खोरिया, सिर्ज, फांचल, सेदोका, छेस्का, छोक, एलाक, रुवाई, लोक पद्य, कबित्, कूट पद्य, शायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पुर्बी, केश्रा, खिचडी, युग्मक, बाछिटा, सुसेली, साइनो, टुक्का, झर, चोखा, तप्कना, ॐ आदि ।

यी सबै छोटा/लघु/सुक्ष्म कविताहरूले आफ्नो पहिचान स्थापित गरेका छन् वा पहिचान स्थापित गर्ने क्रममा रहेका छन् र यी सबैका विशेष सर्जक र पाठकहरु पनि छन् ।

यसै सन्दर्भमा नयाँ प्रयोगका रुपमा मैले पनि एउटा छुट्टै संरचनाको नयाँ उप विधा ‘आगो’ को परिकल्पना गरेको छु । आगोमा पाँच/ पाँच अक्षरका दुई पंक्तिमा जम्मा दश अक्षर हुनेछन् ।

यसका पनि केही सीमितता र परिधि छन् । तथापि केही साहित्यिक अनुशासन कायम गर्न सके यो विधा पनि सजिलै रचना गर्न सकिने चोटिलो र दूरगामी असर गर्न सक्ने क्षमताको आगो सिर्जना गर्न सकिन्छ भन्ने मेरो राय रहेको छ । नाम आगो भए पनि यसले समाजलाई शीतलता प्रदान गर्दै सकारात्मक र रचनात्मक दिशातर्फ डोर्याउने छ । आशा छ यो उपविधा आगोले सम्पूर्ण साहित्य प्रेमी समाजलाई तताउने छ ।

सम्भव छ विभिन्न लघु कविताको आँधीमा आगो पनि कसैसँग ठोक्किन सक्छ र आगलागी हुन सक्छ । तसर्थ, प्रसव वेदनाबाट मुक्त नहुँदै विभिन्न आलोचना र आक्रमणको सामना पनि गर्नुपर्ने हुन सक्छ ।

आगोले पनि फुकीफुकी पाइला चाल्नु जरूरी छ । धेरै अध्ययन र अनुसन्धान पश्चात आगोलाई छुट्टै उपविधाको रुपमा प्रस्तुत गरिएको छ । कसै–कसैले आगोको साइनो एकापसमा समानझैं लाग्ने  झर  र टुक्का नाम गरेका उपविधासँग छ पनि भन्न सक्छन् । यो सन्दर्भमा मेरो जिकिर निम्नानुसार रहेको छ :

सबै लघु कविता हरु कविता विधाकै उप विधा भएकाले केही न केही समानता हुनुलाई अन्यथा लिनुहुँदैन । ठ्याक्कै समानता वा हुबहु हुन गएमा पहिचानको समस्या हुन सक्छ र थप अनुसन्धान वा बहसको विषय हुन् सक्छ । तर, केही तात्विक भिन्नता भएमा पहिचान गरी सोही रुपमा ग्रहण पनि गर्नुपर्ने हुन्छ ।

झर लघु कविताको संरचना दुई पंक्तिमा स्वतन्त्र छ, भन्नुको तात्पर्य दुई पंक्तिमा जति पनि शब्द हुन सक्छन् । तर, आगो लघु कवितामा ५÷५ अक्षरका २ वटा पंक्तिमा जम्मा १० अक्षर छन् र जुनसुकै परिस्थितिमा पनि अक्षर थपघट हुन सक्दैनन् ।

झरमा अनुप्राश वा लयको त्यति ख्याल गरिएको छैन भने आगोमा दुबै पंक्तिको कुनै एक समकक्षी वा समानान्तर वा सामुन्नेको शब्दको अनुप्रास मिलेकै हुनु जरूरी छ । तसर्थ, कुनै स्वतन्त्र झरले आगोको रुप लिन सक्ला तर कुनै पनि नियमबद्ध आगोले स्वतन्त्र झर को परिचय दिन सक्दैन ।

त्यस्तै टुक्का उपविधाले अन्त्यानुप्रासलाई जोड दिएको छ । तर, एकाक्षरी अनुप्रासलाई मान्यता दिएको छैन तथा थोरै अक्षरदेखि धेरै अक्षरसम्मको हरफहरु र दुबै हरफमा समान संख्यामा अक्षरहरु हुनुपर्ने भनिएकाले टुक्का उपविधाचाहिँ आगोको केही नजिक हो कि जस्तो भान पर्न सक्छ । तर, आगोको निश्चित अक्षरको संरचना र जुनसुकै समकक्षी शब्द वा सामुन्नेको शब्द र एकाक्षरी शब्दको पनि अनुप्राश मिलेमा ग्राह्य हुने स्वतन्त्रता रहेको छ ।

टुक्कामा शब्दहरु दोहोरिँदैनन् भने आगोमा शब्दहरु दोहोरिन, तेहोरिन वा चारपटकसम्म आउन सक्दन् । तसर्थ, आगो विशिष्ट र सबै उपविधा भन्दा पृथक पहिचानका साथ उपस्थित छ । अझै पनि पहिचानको द्वन्द्व देखिएमा समयक्रममा त्यसको निरुपण पनि प्रबुद्ध पाठक  र विज्ञ समालोचकहरुबाट हुँदै जानेछ भन्ने विश्वास रहेको छ ।

संरचनागत हिसाबले मात्र तुलना गर्ने हो भने झरमा दुई हरफ हुन्छन्,  शेर वा सायरीमा दुई हरफ हुन्छन्, युग्मक, टुक्का, लोक दोहोरी र लोक पद्यमा पनि दुई–दुई हरफ नै हुन्छन् । आल्हामा दुईदेखि चार हरफ र छोटा कविता (छोक) मा एक देखि चार हरफ हुन्छन् । रुवाई र मुक्तकमा पनि चार–चार हरफ हुन्छन् । त्यस्तै सुसेली र हाइकुमा पनि समान तीन–तीन हरफ तथा पहिलो, दोस्रो र तेस्रो हरफमा क्रमशः ५, ७, ५ अक्षर रहेका छन् ।

त्यस्तै दुई वटा गजल सरह एउटा मुक्तक हुन्छ । त्यसो भन्दैमा पहिले अस्तित्वमा आएका उपविधाले पछि जन्मेका उपविधालाई निषेध गर्न मिल्दैन । अन्यथा माथि उल्लेख भएका सबै उपविधामा सबै उपविधा भन्दा पुरानो उप विधाले अरु सबैको अस्तित्व स्वीकार गर्नु हुँदैन । तर, पनि माथि उल्लेख भएका सबै उप विधाहरु अस्तित्वमा छन् र आ–आफ्नो यात्रामा चलायमान छन् । नत्र कविता वा काव्य विधा बाहेक अरु कुनै उपविधाको कल्पनासम्म पनि गर्न सकिँदैन ।

शब्दको गन्ती र  हरफको गन्ती बराबर हुँदैमा मात्र एउटा उपविधा अर्कोसँग मिलेको वा एउटै उपविधा हो भनी ठोकुवा गर्न वा एउटा उपविधाले अर्को उपविधाको क्षेत्रमा प्रवेश गर्यो भन्न वा फलानो उपविधाको सर्वाधिकार हो भनी अड्डी लिन मिल्दैन । हरेक उपविधाको संरचनागत नियमहरु फरक–फरक हुन्छन् । कसैलाई निषेध नगरी सबैको अस्तित्व स्वीकार गर्दै अगाडि बढेमा साहित्यको श्रीवृद्धि हुनेछ न कि अराजकता जन्मिनेछ ।

यसै सन्दर्भमा नेपाली भाषाका मूर्धन्य साहित्यकारहरू मध्येका एक र नेपालका भूतपूर्व प्रधानमन्त्री वीपी कोइरालाका साहित्य सम्बन्धीका उद्गारहरु उल्लेख गर्न आवश्यक ठानेको छु ।

·         कुनै पनि कला मर्यादित हुँदैन । आफ्नो मर्यादा यसले आफै सिर्जना गर्छ ।

·         मेरो साहित्यिक उद्देश्य नियम बनाउने नभएकाले त्यसमा इन्साफ खोजी गरेमा त्यो त्यहाँ पाइने छैन ।

·         जीवनका अनन्त ज्वालाबाट टिपेका शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिंगो हो – कविता ।

·         लेखकको स्वतन्त्र अभिव्यक्तिमाथि भाषिक विद्वता छाँटिनु उपयुक्त होइन किनभने स्वतन्त्र अभिव्यक्तिमाथि भाषिक अभिव्यक्ति छाँटिन थालियो भने भाषा र साहित्यको विकास अवरुद्ध हुन्छ ।

·         कला, साहित्य मानिसको अन्तरप्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । उसलाई हिँडिसकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन । आफूले हिँड्ने बाटो आफैं बनाउन चाहन्छ । भौतिक तृप्ति भन्दा दैविक असन्तोषलाई ऊ अँगाल्छ । फ्रायडको सिद्धान्तलाई म मान्दछु । तर, अझ अघि बढेर म आज नैतिकतामा पुगेको छु ।

·         राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला ।

·         म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।

·         भाषा व्याकरणका अधिनमा रहनु हुँदैन किनकि व्याकरण पनि राजनीति जत्तिकै अग्राह्य चिज हो । भाषा जति उन्मुक्त रहन्छ त्यति नै त्यो गतिशील रहन्छ ।

भाषा र साहित्यको विकास हुन एकपटक विकृत वा अराजक भएमा क्रमिक विकासभन्दा चाँडो फड्को मार्छ भन्ने बुझाइ भाषा विज्ञहरुका साथै वीपी कोइरालाको पनि रहेको ज्ञात हुन्छ । जुन विधाले समयको मार सहन गर्दै आफ्नो यात्रा कायम राख्न सक्दछ र स्वस्फुर्त रुपमा सर्वस्वीकार्य हुँदै आफ्नो अस्तित्व जोगाउन सक्दछ त्यो विधा वा उप विधा सबैले ग्रहण गर्दछन् ।

आगो किन ?

आगो एक दहनशील पदार्थहरूको तीव्र अक्सीकरण हो, जसले उष्मा, प्रकाश र अन्य अनेक रासायनिक प्रतिकारक उत्पादनजस्तै कार्बन डाइअक्साइड र पानी उत्पन्न गर्दछ । अक्सीकरणबाट उत्पन्न ग्यास आयनीकृत भएर प्लाज्मा पैदा गर्दछ । दहनशील पदार्थमा सन्निहित अशुद्धिका कारण ज्वालाको रंग र आगोको तीव्रतामा अन्तर हुन सक्छ । सामान्यरूपमा आगो दाह पैदा गर्छ, जसमा भौतिकरूपबाट पदार्थहरूलाई क्षतिग्रस्त गर्ने क्षमता छ ।

नेपाली बृहत् शब्दकोष अनुसार आगो – ना. सं – अग्निे १. तेज पुँज वा दाहक तत्वको दृश्यरुप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; २. रीस, क्रोध हो ।

मैले कल्पना गरेको आगो को परिभाषा पनि कथम् कदाचित माथि उल्लेख गरे जस्तै नै हो । आगो समाजमा विद्यमान छ जुन आंधी बेहरिको संगतमा पुग्यो भने समाजलाई तहस नहस गर्न सक्छ र त्यहि आगो सौम्य र शालीन वायुको संगतमा पुग्यो भने समाजलाई न्यानो उर्जा प्रदान गर्नुका साथै प्रकाशले ज्वाजल्यमान गरी सही दिशा पत्ता लगाउन पथ प्रदर्शकको काम पनि गर्दछ । मेरो आगोले समाजमा भएका विकृतिमाथि तीक्ष्ण प्रहार गरी समाजमा सकारात्मक सुधार ल्याउनेछ र सम्पूर्ण प्राणी जगतलाई वात्सल्यमय वातावरणमा जिउने प्रेरणा प्रदान गर्नेछ ।

मलाई लाग्छ, कुनै पनि साहित्यको भनौं वा कवितालाई कुनै निश्चित परिभाषाभित्र कैद गर्नु अन्याय हुन सक्दछ । साहित्यलाई स्वतन्त्र उड्न दिनु पर्दछ अनि मात्र भावको गहिराइमा डुबुल्की लगाउन सकिन्छ । तापनि, हरेक वस्तुको नाम र पहिचान हुन्छ । त्यसकारण लघु कविता आगोलाई महसूस गर्नेहो भने निम्नानुसार को न्यूनतम पहिचान हुनु जरुरि छ ः

पाँच अक्षरको दुई पंक्तिमा जम्मा दश अक्षरमा रचित विभिन्न भावहरु सहितको अर्थपूर्ण र परिपूर्ण लघुत्तम काव्य रचना नै आगो हो ।

प्रयोगवादी कवि पुष्कर राज रेग्मी अथकका अनुसारः दुई पञ्चाक्षरी पंक्ति सहित दशाक्षरको संरचनामा विम्ब, प्रतीक र रसमय भावमा सिर्जना गरिएको वजनदार झट्का दिन सक्षम कविताको लघुत्तम रुप नै आगो हो ।

आगो नवजात शिशु सरह भएकाले धेरै हेरचाह र पालन पोषणको जरुरत छ । समयको पदचाप पछ्याउँदै जाने क्रममा अवश्य पनि आगोको विकास हुनेछ र यसको परिभाषाले पनि परिष्कृत र पूर्ण रुप ग्रहण गर्नेछ । तसर्थ; तल उल्लेख गरिएको लघु कविताको रुपलाई आगो भन्दा उपयुक्त शब्द अरु हुन सक्दैन भन्ने मेरो बुझाइ हो ।

किन पाँच ? 

पाँच–पाँच अक्षरका दुई पंक्तिले आगोलाई प्रतिनिधित्व गर्नेछन् । धार्मिक र संस्कृतिक दृष्टिकोणले अंक पाँच को विशेष महत्व छ । हाम्रो शरीर आगो पानी, हावा, माटो र आकाशजस्ता पञ्चतत्वले बनेको छ । मानव शरीरमा पनि पाँच ज्ञानेन्द्रीय, पाँच कर्मेन्द्रीय र हात खुट्टामा पाँच–पाँच औंला जस्ता चेतना र काम गर्ने अंग छन् । पाँच पाण्डवले पनि अधर्ममाथि धर्मको विजय भएको महाभारतको युद्ध जितेका थिए ।

महाभारतमा पनि पाँच अक्षर छन् । कुन्ती, अहिल्या, सीता, द्रौपदी र मंदोदरीजस्ता पन्चकन्याले हाम्रो पौराणिक समाजमा सतीत्व र स्त्रीत्वको उदाहरण पेश गरेका छन् । स्त्री अबला होइन, स्त्री महान छिन् । स्त्री क्रान्तिकारी छिन् र स्त्री समाज परिवर्तनमा नेतृत्वदायी भूमिका पेश गर्न सक्ने वीरंगना हुन् ।

त्यस्तै पञ्चामृत, पञ्चगब्य, पञ्चस्नान, पञ्चदान, पञ्चाङ्ग, पञ्चशील, पञ्चाग्नि आदि जस्ता धार्मिक, सांस्कृतिक र पारम्परिक तत्व तथा क्रियाकलापहरू छन् । त्यस्तै दैवी पीडा पनि अग्नि, जल, रोग, दुर्भिक्ष र महामारी गरी पाँच प्रकारका छन् । स्वर पनि मूलरुपले अ, ई, उ, ऋ र लृ गरी पाँच नै छन् ।

वसन्त पञ्चमीबाट अक्षरारम्भ गर्ने लगायत ऋषि पञ्चमी, नाग पञ्चमी, विवाह पञ्चमीजस्ता तिथिहरुको विशेष महत्व छ । तसर्थ, आगो निर्माण गर्दा पनि यिनै पाँचको सशक्त प्रतिनिधित्व होस् भनी हरेक पंक्तिमा पाँच अक्षरको कल्पना गरिएको छ ।

किन दश ?

भगवानका मत्स्य, कुर्म, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार छन्, अधर्ममाथि धर्मको विजय तथा असत्यमाथि सत्यको विजयको प्रतीक स्वरूप हिन्दुहरुको महान चाड दशैं हो । पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैकृत्य, वायव्य, इशान, आकाश र पाताल गरी दश दिशा, दश–दश वर्षको समय दशक, गाई, तिल, सुन, भूमि, घ्यू, कपडा, चाँदी, नुन, सखर र फलाम गरी दश दान र दश अंकको क्षमता, अंकहरु पनि दशवटा छन् तथा अंक निर्माणमा एक शुन्य थप्दा त्यसले दशको प्रतिनिधित्व गर्दछ र संख्याको आकार र भार पनि सोही अनुरुप बढ्दै जान्छ । तर, उक्त शून्य दायाँतिर थप्ने कि बायाँतिर थप्ने जानकारी आफूलाई हुनु पर्दछ ।

माथि उद्धृत गरिएका प्रसंग र तिनको महत्वलाई मनन गरि नै समग्रमा दश अक्षरको आगोको कल्पना गरिएको छ । पहिलो पंक्तिको पाँच अक्षरले उठान गरेको विषयको गाम्भीर्यतालाई, शून्यतालाई र अधुरोपनलाई दोस्रो पंक्तिको पाँच अक्षरले पूर्णता दिनेछ र दशको सामर्थ्य प्रस्तुत गर्नेछ भन्ने विश्वास गरेको छु ।

आगोले विनाश होइन, समाजलाई न्यानो प्रदान गरोस् । आगोले विग्रह होइन, अँध्यारोमा हराएकाहरुलाई आशाको ज्योति प्रदान गरोस् । महाकाव्यबाट मात्र होइन आगोबाट पनि महान सन्देश दिन सकिन्छ तथा महाकविले मात्र होइन, भुइँकविले पनि सिर्जना गर्न सक्दछ भन्ने सकारात्मक सोचका साथ अगाडि बढ्नु जरूरी छ । लामा कविताका लप्का मात्र होइन, सानो झिल्को आगो पनि पढ्न जरूरी छ ।

अरिङ्गाल सानो हुन्छ । तर, टोकाई खतरनाक हुन्छ । त्यस्तै, जिरे खुर्सानी सानो छ, तर यसको तीखोपना कम दमदार हुँदैन भन्ने कुरालाई समस्त साहित्यिक समाजले मनन गर्दै सकारात्मक टिप्पणी र समालोचनाको आशा गर्दछु । यसले जस्तो नाम छ ‘आगो’ उपविधाले त्यस्तै जल्दाबल्दा र तातो विषयहरुको उठान गर्नेछ र समाजमा थोरै भए पनि सकारात्मक परिवर्तनको पक्षमा योगदान गर्नेछ भन्ने आशा गरी निम्नानुसारको साहित्यिक अनुशासनको पालना गरी छोटो मीठो र कालजयी रचना गर्न सकिने छ भन्ने समेत आशा गरिएको छ ।

आगोसँग सम्बन्धित केही शब्दावलीहरू

दुई हरफको पूर्ण लघु कवितालाई आगो भनिएको छ भने उक्त लघु कविताको कुनै एउटा शब्दलाई फिलिंगो नाम दिइएको छ । आगोको पंक्तिलाई झिल्को पहिलो पंक्तिले विषय उठान गर्ने भएकोले फुकान झिल्को र दोश्रो पंक्तिले विषय वस्तुको बैठान वा पूर्णता दिने भएकाले बुझान झिल्को भनिएको छ ।

एक आगोभन्दा बढी र दश आगोसम्मको एउटै विषय वस्तुमा रचित आगोहरुको संगालोलाई मन्त्र वा लप्का, दशभन्दा बढी र सयसम्मको एउटै वा पृथक विषयमा रचित आगोहरुको संगालोलाई धुनी भनिएको छ ।

त्यस्तै सयभन्दा बढी सयौं, हजारौं आगोहरु तथा अनेकौं विषयमा रचित आगोहरुको संगालो रहेको पुस्तक वा काव्यलाई महाधुनी भनिएको छ । आगोको दुई पंक्तिलाई पूर्ण कविता मानिए पनि समय, विषय वस्तु र सन्दर्भले आगो कविता लामो रुपमा रचना गर्न सकिने स्वतन्त्रता छ ।

आगोको प्रभावकारिताको मापदण्ड पनि तोकिएको छ । आगोले उठान गरेको विषयमा भएको सटीक र चोटिलो  प्रहारले उत्पन्न गहनता, माधुर्यता, कटाक्ष, प्रभाव र वजनलाई थोरै बाट बढ्दो क्रममा क्रमशः ताप, धुवाँ, कोइला, खरानी र पञ्चमहाभूत गरी वर्गीकरण गरिएको छ ।

आगो सिर्जना गर्ने सर्जक वा कवि लाई  उपाशक, मन्त्र वा लप्का सिर्जना गर्ने सर्जक वा कवि लाई पुजारी, धुनी सिर्जना गर्ने सर्जक वा कवि लाई सन्न्यासी, महाधुनी सिर्जना गर्ने सर्जक वा कवि लाई योगी वा हवनकर्ता भनी नामाकरण गरिएको छ ।

आगोका विशेषताहरु

१. पाँच–पाँच अक्षरका दुई पंक्तिमा जम्मा दश अक्षर हुनुपर्ने ।

२. शब्दहरू एकदेखि पाँच अक्षरसम्मका राख्न सकिने ।

३. सकेसम्म पहिलो र दोस्रो पंक्तिको कुनै न कुनै समकक्षी एक शब्दको (एकाक्षरी समेत) अनुप्राश मिलेको हुनुपर्ने ।

४. संरचनाअनुसार बढी शब्दहरू जोडेर एउटा शब्द वा एउटा शब्दलाई पनि बढी शब्दमा टुक्रयाइराख्न सकिने ।

५. एउटै आगोमा शब्दहरू दोहोरिन, तेहोरिन वा चार पटकसम्म पनि आउन सक्छन् ।

६. पहिलो पंक्तिले विषयको उठान गर्ने र अर्को पंक्तिले उत्कर्ष वा बैठान÷समाधान÷सम्भावना दर्शाएको हुनु पर्ने ।

७. दश अक्षरी आगोले पूर्णता दिन्छ भन्ने मान्यता रहे पनि न्यायोचित सन्दर्भ सम्बोधनका लागि एउटै विषयवस्तुमा एकभन्दा धेरै आगोहरुको प्रयोग गरी पूर्णता प्रदान गर्न सकिनेछ र यो अवस्थामा मन्त्र वा लप्का र सो भन्दा लामा रचनाहरुको शीर्षक पनि दिन सकिने छ ।

८. कुनै वस्तु वा व्यक्तिको पहिचान विशेष हुन्छ, जसलाई सम्बन्धित व्यक्ति वा वस्तुको वास्तविक यथार्थता भनी परिचित गराइन्छ भनेजस्तै खाँटी वा आदर्श आगोमा २+१+२ गरि तीन शब्दको पाँच अक्षरको पहिलो पंक्ति र सोहीअनुसार दोस्रो पंक्ति वा ३ + २ वा २ + ३ अक्षरको पहिलो र सोही अनुसारको दोस्रो पंक्ति हुनुपर्ने तथा दुबै पंक्तिको सबै समकक्षी शब्दहरूको अनुप्रास मिलेको हुनुपर्ने छ ।

जस्तै–

बोल्यो कि पोल्यो (२+१+२)

मान्छे शहर (२+३)

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 603
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

किसानको पीडा

September 28, 2023

भरिया

September 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.