SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » रमेश–रोचक दोस्ती
बिभिन्न साहित्य/कला

रमेश–रोचक दोस्ती

Sahitya SagarBy Sahitya SagarAugust 21, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

निर्मल अर्याल

सत्र सालताका रोचक घिमिरे, भैरव अर्याललगायतको टोली साहित्यिक पत्रिका ‘रचना’ प्रकाशनको तयारीमा जुटिसकेको थियो । ‘रचना’लाई निरन्तर गुणस्तरीय रूपमा प्रकाशन गर्न सम्पादक रोचक एक जना भरपर्दा मित्रको खोजीमा हुनुहुन्थ्यो किनकि जागिरे भैरवको साथ सहयोग उहाँलाई अपर्याप्त हुन्थ्यो । यही मेसोमा भैरवले अर्का साहित्यकार रमेश विकललाई रोचकसँग परिचय गराउनुभयो । त्यसपछि झन्डै पाँच दशकसम्म विकल र रोचकको मित्रता यसरी घनीभूत भयो कि उहाँहरू दुईको दोस्ती देखेर धेरै साहित्यकार इष्र्यालु पनि भए । २०६५ सालमा जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारार्थ भर्ना भएका बेला बेहोश हुनुअघिसमेत विकलले रोचकको नाम लिएबाट उहाँहरू दुईको मित्रता कुन हदसम्म थियो, सहजै अनुमान लगाउन सकिन्छ ।

उमेरको कुरा गर्ने हो भने विकल रोचकभन्दा करिब १३ वर्षले जेठो हुनुहुन्थ्यो । हाम्रो सामाजिक परिपाटीमा १३ वर्ष जेठोलाई साथी बनाउनु व्यावहारिक रूपमा त्यति सहज देखिँदैन तर असल मित्र हुनका लागि उहाँहरू दुईलार्ई भने उमेरको गजबारले कहिल्यै छेकेन । जीवनपर्यन्त एकअर्कालाई ‘तिमी’ सम्बोधन गर्दै सुखदुःखका अनुपम साक्षी भइरहनुभयो । कलमले साथ छाडेपछि यो धर्ती नै छाड्ने उद्घोष गर्नुभएका विकलको निधन भएको १३ वर्ष भइसक्यो । उमेरले आठ दशक टेकिसकेका रोचक भने अझै भैरव अर्याल, रमेश विकललगायत मित्रमण्डलीका साथ सहयोगबाट प्रकाशन सुरु गरिएको ‘रचना’ छाप्नमै व्यस्त हुनुहुन्छ । यसबाहेक भैरव पुरस्कार गुठी र रमेश विकल साहित्य प्रतिष्ठानको नेतृत्व गर्दै आफ्ना आत्मीय मित्रद्वयको स्मृतिलाई अजर, अमर बनाउन उत्तिकै तल्लीन हुनुहुन्छ ।
विकलसँगको पहिलो भेटलाई रोचक यसरी स्मरण गर्नुहुन्छ, ‘एक दिन साँझ भैरवले मलाई नक्साल भगवती बहालको एउटा चिया पसलमा लगे । त्यहाँ उत्तरपट्टिको छेउको सिटमा दक्षिण मुख फर्काएर बसेका एक जना युवा चिया सुक्र्याइरहेका थिए । घुम्रिएको कपाल, ससानै कद र टोलाएको अनुहार लगाएका ती मान्छेका आँखा एकैतिर मात्र एउटा मोहकतातिर केन्द्रित थिए । उनीसँग चिनारी गराउँदै भैरवले मलाई भने, रमेश विकल, त्यसताका श्यामप्रसादजीको साहित्य (पत्रिका)मा छापिएको ‘लाहुरी भैँसी’ कथा पढेर कथाकार विकलको म प्रशंसक भइसकेको थिएँ । उनको कथा सङ्ग्रह ‘बिरानो देशमा’ पनि खारिसकेको थिएँ । भैरवले त्यसरी सुइँको नदिई उनीसँग चिनाउँदा एक छिन त म अक्क न बक्क भएँ । विकलको व्यक्तित्वबारे आफूले जुन अड्कल काटेको थिएँ, त्यससँग यस छाँटकाँटको मान्छे मिल्न गएजस्तो लागेन ।’ (रमेश विकल विम्ब एक प्रतिविम्ब अनेक– स्मृतिग्रन्थ) । उता विकल भने रोचकलाई भेट्दाको पहिलो क्षणलाई यसरी व्याख्या गर्नुहुन्छ, ‘कमिज सुरुवाल, टोपी र मामुली कोट लगाएर बसेको स्वभावमा अलि गम्भीर र सङ्कुचित भाव लिएको २०–२२ वर्षे केटो । त्यसमाथि सानो गाँठीको, चुस्स परेको अनुहार, बाँध्ने नाक र बाक्लो (झन्डै एकआपसमा जोडिएका) काला आँखी भौँ ।’

रोचकले अड्कल काटेको विकल यथार्थमा मिल्न नगए पनि तत्पश्चात् रोचक–विकलको जोडी भने धुमधमाकासँग मिल्यो, साहित्य सेवामा अनवरत् लागिप¥यो । रचना प्रकाशनका अतिरिक्त देशका विभिन्न ठाउँमा भएका साहित्यिक सम्मेलन र गोष्ठीमा पनि विकल र रोचक एकसाथ सहभागी हुनुभयो । विदेश सयर पनि सँगै गर्नुभयो । यस अर्थमा दुवै जना जीवनका कतिपय महìवपूर्ण क्षणमा एकअर्काका साक्षी हुनुभयो । दुखद र सुखद स्थितिलाई नजिकबाट हेर्ने र बेहोर्ने अवसर पाउनुभयो । विकलको बसाइ त्यसताका निकै दुर्गम मानिने जोरपाटी आरुबारीमा थियो । रोचक भने सबैतिरबाट पायक पर्ने राजधानीको टङ्गाल निवासी । त्यसैले राति घर जान अनुकूल नभएको बखत विकलले धेरै रात रोचकको घरमा बिताउनुभयो, विशुद्ध पारिवारिक सदस्यसरह नै । भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ, विजय मल्लसहितका अन्य वरिष्ठ साहित्यकारहरूसँग समेत राम्रै उठवस भए पनि विकल आफ्ना कतिपय कृतिको पहिलो पाठक हुने अवसर रोचकलाई नै दिनुहुन्थ्यो । रोचकका अनुसार ती कृतिको आलोचना, प्रत्यालोचना र छलफल गर्न विकल सदा तत्पर रहनुहुन्थ्यो, जुन विशिष्ट गुण अरू साहित्यकारमा दुर्लभ हुन्थ्यो ।

साहित्यमा सक्रियता सँगसँगै विकलले सरकारी र गैरसरकारी विभिन्न सङ्घ–संस्थामा संलग्न भएर सेवा गर्नुभयो । रचनाका लागि रोचकलाई साथ सहयोग दिइरहँदा विकल कहिले शिक्षक त कहिले शिक्षा मन्त्रालयको कर्मचारीका रूपमा सक्रिय रहनुभयो । उता रोचकका लागि भने रचना प्रकाशनका अलावा अरू ‘अर्जुनदृष्टि’ केही रहेन । रचनामा उहाँको योगदानको विकल लगायतका मित्रमण्डलीले सधैँ खुलेर प्रशंसा गर्नुभयो । ज्ञानगुनका कुरा–२५ मा विकल लेख्नुहुन्छ, ‘रचनाको इतिहास रोचक इतिहास हो । रचना पत्रिकालाई जसरी चलाइयो र आजसम्म चलाइएको छ, त्यसको अगाडि–पछाडि, दायाँ–बायाँ सिङ्गो रोचकको प्रयास छ । उसको एउटा सपना छ, एउटा निष्ठा र लगन छ, एउटा विशुद्ध सेवा भाव छ । त्यसमा न उसको आर्थिक महìवाकाङ्क्षा छ, न ख्यातिको, न पुरस्कारको अपेक्षा छ, न जयजयकारको । उसको सपना रचनासँगै जन्मन्छ, आकार लिन्छ, रचनालाई नै बोकेर आर्थिक, पारिवारिक, निजी अस्तित्वका अनेकन काँटिला झाडी पार गर्दै निरन्तर अगाडि बढ्छ र रचनासँग बाँचिरहन्छ । यसरी रोचकले रचनालाई निरन्तरता दिएर नेपाली साहित्यको एउटा युगलाई निरन्तरता दिएको छ ।’

नेपालको सन्दर्भमा ‘पद’ पाउन मरिहत्ते गर्ने परिपाटी पुरानै हो तर विकल–रोचकको मित्रतामा पद भन्ने कुरा गौण थियो । मदनमणि दीक्षित तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त भएपछि घनिष्ठताका आधारमा उहाँले रोचकलाई प्राज्ञ बन्न प्रस्ताव राख्नुभयो तर रोचकले प्राज्ञका लागि आफूभन्दा विकल नै उत्तम पात्र भएकाले आफ्नो ठाउँमा विकलको नाम सिफारिस गर्नुभयो । विकलप्रति रोचकको यस किसिमको समर्पण देखेर आश्चर्यचकित भएका दीक्षितले धेरै पछिसम्म पनि रोचकको त्यागलाई नेपाली साहित्यको एक दुर्लभ घटना भनी व्याख्या गर्नुभयो ।

साहित्यबाहेक समाजसेवा, चित्रकला, मूर्तिकला, सङ्गीतलगायतमा समेत उत्तिकै रुचि राख्नुहुने बहुआयामिक व्यक्तित्व विकलको रोचक मुक्तकण्ठले तारिफ गर्नुहुन्छ । रोचक भन्नुहुन्छ, ‘कठिन स्थितिमा पनि कहिल्यै हार नखाने, आफ्नो स्वाभिमानमा हिलो छ्याप्न खोज्नेप्रति आक्रामक, गलत कुरामा कसैसँग सम्झौता नगर्ने, निर्भिक र सदा श्रमरत निरन्तर साहित्य साधनारत व्यक्तित्वको नाम नै रमेश विकल हो । उनी सामान्य मानिस नै हुन् । उनलाई फुक्र्याउन अनावश्यक तारिफ गरेर चरमचुलीमा पु¥याउन खोज्नु उनको अवमूल्यन गर्नुसरह हुन पुग्ला । विकललाई मैले जुन रूपमा चिनेको छु, त्यसको आधारमा के भन्न सकिन्छ भने उनी आफ्नो ढाक्रे जीवनमा कसैप्रति भार बन्नु नपरोस्, आफ्नै वर्गतले बाँच्न सकियोस् भन्ने मान्यता राख्थे । यस अर्थमा उनी स्वावलम्बी थिए ।’

विकल रोचकसँगको सच्चा मित्रतालाई आफ्नो समग्र जीवनको एउटा महìवपूर्ण पाटो ठान्दै अगाडि लेख्नुहुन्छ, ‘मेरो जीवनका विभिन्न चौतारीमा कति सहयात्री आए, तीमध्ये कति तुरुन्तै छुट्टिएर गए, कति अलि परसम्म सँगै हिँडेर आफ्नो अर्कै गन्तव्यतिर मोडिए, कतिले मेरो पाइलासँगै पाइला चाले, कति अघि र पछि गर्दै हिँडे, कतिले मलाई छाडेर गए, कतिलाई मैले नै छाडेर अगाडि बढेँ तर रोचक घिमिरे नै एउटा यस्तो साथी रह्यो, जो मिलनको प्रथम बिन्दुदेखि आजसम्म शाद्विक र भावनात्मक दुई रूपमा ‘साथी’को परिधिभित्र परेको छ । हो ऊ र म यदाकदा यात्राको कुनै बिन्दुमा पुगेर छुटेका पनि छौँ तर फेरि आएर अर्को बिन्दुमा जुटेका छौँ तर संयोगको बिन्दुदेखि आजसम्म हाम्रो मित्रतामा कहिल्यै कुनै भेद रहेन, कुनै छिद्र देखिएन । (धूमशिखाको लयमा सल्लाको सुसेली)
एकसे एक व्यक्तिहरूसँग जान पहिचान भए पनि विकलले सुख, दुःख सबै क्षणमा रोचककै साथ खोज्नुभयो । विकल र रोचक दुवैका आत्मीय रहेका रचनाका सहयात्री चर्चित व्यङ्ग्यकार भैरव अर्यालको २०३३ साल असोज १९ मा भएको पीडादायी अवसानमा यो जोडीले अत्यन्त कारुणिक ढङ्गले आपसमा व्यथा साट्नुभएको थियो । यसबाहेक पनि विकल जीवनमा पटक–पटक रुनुभयो त केवल रोचकसँग । रोचकलाई सम्झना भएसम्म विकल उहाँसँग तीन पटक रुनुभयो । माहिलो छोरा शेखरको पौडी खेल्ने क्रममा निधन हुँदा, पत्नी सुशीलाले यस लोक छोड्दा र रोगले थलिएर निधन हुनु १०–१२ दिन अगाडि फोनमा वार्तालाप गर्दा । २०६५ पुस २ गते विकलको निधनको खबर पाएर रोचक स्तब्ध हुनुभयो । विकलको इच्छाअनुसार उहाँको अन्त्येष्टि गोकर्णघाटमा गरिँदै थियो । टङ्गालबाट रोचकलाई गोकर्णघाटमा ल्याउने जिम्मा साहित्यकार वसन्त रिजाललाई दिइयो । रिजालले चलाएको मोटरसाइकलमा पछाडि बसेका रोचक बौद्ध आइपुगेपछि रुन थाल्नुभयो । रिजालका अनुसार विकलको निधनसँगै सुखदुःखमा साथ दिने अब आफ्नो अन्य आत्मीय साथी कोही नभएको भन्दै रोचक मर्माहत भई रुनुभएको थियो । विकल र रोचकसँग अत्यन्त निकट रहेका साहित्यकार रिजाल उक्त भावुक क्षणलाई यसरी सम्झिनुहुन्छ, ‘एक मित्रको निधनमा अर्को मित्रले पीडाबोध गरी त्यसरी रोएको प्रत्यक्ष दृश्य मैले देखेको थिइनँ । रोचक दाइको रुवाइले मलाई स्तब्ध बनाए पनि स्वार्थै स्वार्थले जकडिएको अहिलेको समाजमा विकल–रोचकको उदाहरणीय मित्रता देखेर म नतमस्तक भएँ, साथै यी दुवै सत्पात्रसँग दशकौँ अघिदेखि निकट सम्पर्कमा रहन सकेकोमा गर्व महसुस गरेँ ।’

विकल र रोचक दुवैका प्रिय रहेका साहित्यकार मञ्जुलले आफ्नो साहित्यिक यात्रामा धेरै पटक उहाँहरू दुई स्रष्टालाई एकसाथ देख्नुभयो । मञ्जुल भन्नुहुन्छ, ‘विकल दाइ र रोचक दाइको सम्बन्ध नङ र मासुको जत्तिकै थियो, घामछायाँजस्तै लाग्थ्यो उहाँहरूको जोडी ।’ साहित्यकार शैलेन्द्र साकारले पनि विकल र रोचकलाई प्रायः सधैँ टङ्गाल, नक्साल आसपासको क्षेत्रमा लामो समयसम्म एउटै फ्रेममा देखिरहनुभयो । साहित्यकार साकार भन्नुहुन्छ, ‘विकल दाइले नै मलाई रोचक दाइ र भैरव अर्याल दाइसँग चिनापर्ची गराइदिनुभएको हो ।’ साहित्यकार गोविन्द वर्तमान रोचक घिमिरेलाई उद्धृत नगरी कसैले रमेश विकलबारे लेखेमा त्यो विश्वसनीय नहुने बताउनुहुन्थ्यो । साहित्यकारसमेत रहनुभएका विकलका ज्येष्ठ सुपुत्र विजय चालिसे झन्डै पाँच दशकसम्म जिन्दगीका आरोह–अवरोहमा आफ्ना पिताजी र रोचक दाइ एकसाथ रहनु आदर्श मित्रताको उच्चतम नमुना भएको टिप्पणी गर्नुहुन्छ । ‘पाँच दशकसम्म त्यसरी स्वार्थरहित असल मित्रको सम्बन्ध टिकाउनु जो कोहीका लागि उदाहरणीय हो,’ चालिसे भन्नुहुन्छ । उता रोचक पुत्र तथा रचनाका हालका सम्पादक प्रतीक घिमिरे पनि आफ्ना पिता र विकलको सम्बन्ध अति घनिष्ठ रहेको बताउनुहुन्छ । ‘कार्यालय जाँदा होस् वा फर्कंदा, अनुकूल भएसम्म विकल बा टङ्गालस्थित हाम्रो घरमा पसेर कहिले चिया त कहिले मकै भटमास खानुहुन्थ्यो, विकल बा हाम्रो बारीमा टन्न फल्ने मकै भटमास खान औधी रुचाउनु हुन्थ्यो, हामी सपरिवार पनि कहिलेकाहीँ आरुबारीस्थित उहाँको घरमा खानपिन गर्न जान्थ्यौँ, बुवासहित हामी सबैलाई उहाँले अति स्नेह गर्नुहुन्थ्यो ।’

यो नश्वर चोलामा विकलको भौतिक शरीर अहिले उहाँका आत्मीय रोचकबाट टाढिएको छ तर रमेश विकल साहित्य प्रतिष्ठानमा अध्यक्षको कार्यभार कुशलतापूर्वक सम्हाल्दै रोचकले विकललाई आफ्नो र देश–विदेशमा रहेका साहित्यप्रेमीहरूको स्मृतिबाट किञ्चित् विचलित हुन दिनुभएको छैन । यसको एक ज्वलन्त उदाहरण हो– विकलको इच्छापत्रबमोजिम उहाँका परिवारद्वारा प्रतिष्ठानलाई प्रदान गरिएको पाँच आना जग्गामा नवनिर्मित भव्य भवन र त्यस अगाडि रहेको विकलको आकर्षक सालिक । रोचकको निर्देशनमा प्रतिष्ठान कार्यसमितिका सदस्यहरूको सक्रियतामा ठडिएको यो भवन अहिले साहित्य अनुरागीहरूका लागि एउटा महìवपूर्ण सङ्ग्रहालय नै बन्न पुगेको छ । प्रतिष्ठान परिसरमा रहेको सालिक अगाडि पुग्दा लाग्छ, विकल आफ्नो पावरवाला चश्मामार्फत आफ्ना आत्मीय रोचक अर्थात् उहाँकै शब्दमा ‘एउटा साधु साहित्यिक पत्रकार’लाई यत्रतत्र खोजिरहनुभएको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,008
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.