SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जय भानुभक्त !
सम्पादकीय

जय भानुभक्त !

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • सम्पादकीय

राष्ट्रिय विभूति एवम् नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्य नेपालीहरूका लागि कम र भारतमा रहेका नेपाली मूलका नागरिकहरूमा र अझ विश्वमा छरिएर रहेका नेपाली जातिमा चर्चित र साझा प्रतीकका रूपमा रहेका छन् । भानु जयन्ती अर्थात् असार २९ गते नेपालमा सामान्य कविता गोष्ठीहरू हुनेबाहेक भानुभक्तलाई सम्झने प्रचलन कमजोर बनेको छ । भानुभक्तका नाममा राज्यस्तरका पुरस्कारहरू पनि राखिएका छैनन् बरु त्यति महत्त्व नदिँदा पनि हुने कतिपय प्रतिभाका नाममा पुरस्कार राखिएका छन् । यो किन भइरहेको छ ? यसका पछाडि के छ ? हाम्रो राष्ट्रियता कमजोर पो भएको हो कि ? भानुभक्त कुनै खास दिन र मौसममा मात्र सम्झिइने वा सम्झिनुपर्ने प्रतिभा हुन् ? यी विविध प्रश्नहरू निकै गम्भीर रूपमा उठेका छन् ।

नेपालमा कम चर्चा गरिने भानुभक्त भारतको दार्जीलिङ, सिक्किम, आसाम, कोलकाता, मेघालय, मणिपुरलगायतका नेपाली वस्तीहरूमा चर्चित छन् । उनी त्यहाँ रहेका नेपालीभाषी मनलाई जोडेर बसिरहेका छन् । किन त्यहाँ भानुजयन्तीलाई उत्सवकै रूपमा धुमधामका साथ मनाउने गरिन्छ ? किन त्यहाँ सरकारी विदा दिएर भानु जयन्ती मनाइन्छ ? यता भानुकै जन्मभूमि नेपालमा किन त्यसरी नै भानुजयन्ती मनाइँदैन । विहान जुलुस र शोभायात्रा, दिनभरि कार्यक्रम र त्यसको लहर हप्तादिनसम्म उता चल्ने तर यता किन नचल्ने ? यी विविध प्रश्न पनि त्यत्तिकै बिझ्दा छन् ।

एउटा गाउँठाउँमा जन्मिएका भानुभक्तका दुई सय वर्ष अघिका विचारहरू आज आएर केही नारी अधिकारकर्मीहरूले विदेशी चश्मा लगाएर हेरेका भरमा र भानुभक्त बाहुन् हुन् भन्ने आधारमै जातीय चश्माले हेरेर विवाद गर्नुपर्ने हो त । भानुभक्त जन्मिएको १८७१ असार २९ गते तनहुँको चुँदी रम्घाको चेतनासँग उनको चेतना र उनले त्यस बेला भाषासाहित्यका पक्षमा गरेको लोकहितलाई इतिहास दृष्टिका साथ हेरिनु पर्छ कि पर्दैन ? के उनलाई नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेकाले नै आदिकविका साथै राष्ट्रियविभूति मानिएको होइन । यस्तो विशेष प्रतिभा र ऊसँग जोडिएको बहुमुखी पक्ष कसरी छायामा पर्न सक्छ ? यी प्रश्नहरू पनि त्यतिकै बिझ्दा छन् ।

भानुभक्त पहाडेका कवि मात्र होइनन् । क्षेत्री बाहुनका मात्र कवि पनि होइनन् । उनको कर्म भनेको नेपाली जातिलाई भावनात्मक एकतामा बाँध्नु हो । पृथ्वीनारायण शाहको नेपाल मेची महाकालीमा सीमित छ । उनका सालिक ती सीमाभन्दा पर बन्न सक्तैनन् । भानुभक्तले एकीकरण गरेको नेपाल विश्वमा विस्तारित छ । विश्वमा छरिएर रहेका नेपाली भाषी वस्ती वस्तीमा विस्तारित छ । उनी विश्वका विभिन्न ठाउँमा गौरवसाथ उभिएका छन् । यो विशालतालाई शासक, लेखक, बुद्धिजीवीहरूले नबुझ्नु राष्ट्रियताप्रतिको असचेतता हो । भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक, आदर्श एवम् नैतिक चेतनाको विकास गर्न उल्लेख्य योगदान पुर्‍याएका छन् । उनका कृतिलाई आजको आँखाबाट होइन त्यस समयका आँखाबाट र नेपाली समाजको बौद्धिक र चेतना तहको तत्कालीन विन्दुबाट हेरिनुपर्दछ ।

भानुभक्त आचार्य राजगुरु भएकाले कुनै राजाका प्रभावमा राष्ट्रियविभूति वा आदिकवि भएका होइनन् । उनी कुनै राजाको प्रशस्ती गाएर त्यसवापत पनि आदिकवि भएका होइनन् । उनी राजधानीका खानदान परिवारका छोरा पनि होइनन् । उनी आफ्नो चेतना, प्रतिभा, सिर्जना र समर्पणले लोकहितका पक्षमा लागेका र आदिकवि एवम् राष्ट्रिय विभूति भएका हुन् । आचार्यका प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०) वधूशिक्षा (१९१९), रामगीता (१९२५) लगायत दर्जनौँ फुटकर कृति प्रकाशित छन् । यिनका रामायणका मात्रै दर्जनअधिक संस्करणहरू प्रकाशित छन् । भारतीय भूमिमा पचासौँ प्रकाशकबाट पचासौँ संस्करण प्रकाशन भइसकेका छन् । यो विशिष्टता नेपालकै अन्य राष्ट्रिय विभूतिहरूमा विरलै देखिन्छ । विरलै भन्दा पनि देखिँदैन ।

कतिपय जातीय अधिकारकर्मी एवं मधेसवादी विश्लेषकहरूले भानुभक्तलाई राष्ट्रिय विभूतिका रूपमा सहजताका साथ नलिएको भन्ने सुनिन्छ । भानुजयन्तीहरूमा यस किसिमको आभाष नभएको पनि होइन भानुभक्तको मूर्ति उनकै भूमिका सन्ततिले तोडफोड गर्नेसम्मका कार्यहरू नगरेका पनि होइनन् । यस्ता केही तत्त्वका हर्कतले भानुभक्तलाई बहसको घेरामा पार्न खोज्यो । तर त्यो मिथ्या थियो भन्ने कुरा अब लगभग पुष्टि भइसकेको छ । नेपालका राष्ट्रियविभूतिहरूका लहरमा भानुभक्त सर्वोपयुक्त देखिन्छन् ।

भानुभक्तको महत्त्व घटाउने प्रयत्नमा केही नारीवादी लेखक, पत्रकार र अधिकारकर्मीहरू रहेको पनि देखिन्छ । उनीहरूले भानुभक्तलाई बधूशिक्षा कृतिका केही अंशका आधारमा आलोचना गरेका छन् । खासगरी प्रश्नोत्तर र बधूशिक्षामा भानुभक्तले नारीहरूलाई गलत विम्बसँग तुलना गरेको आरोप महिलाअधिकारकर्मीहरूको छ । आजका आँखाले हेर्दा हामी पनि ती पक्ष देख्छौँ । हाम्रै घरभित्रका हजुरबा हजुरआमा पुस्तासम्म पनि यो चिन्तन निरन्तरित थियो । त्यो चिन्तन आजको नभएर आजभन्दा दुई सय वर्ष पहिलेको समाजको सापेक्षतामा अभिव्यक्त चिन्तन हो भन्ने कुरालाई बिर्सनु नालायकी पन मात्र हो । दुई सय वर्षपहिलाकै समाजका दृष्टिमा भानुभक्तलाई विश्लेषण गरिएन भने उनीमाथि अन्याय हुन्छ । उनको अवमूल्यन र इतिहासको पनि अवमूल्यन हुन्छ ।

सय वर्षअघिसम्म सती प्रथाका ज्वालामा डढिरहेको नेपाली समाजमा दुई सय वर्षअघिको लेखनमा रहेका केही अंशले भानुभक्तको विराट् प्रतिभालाई खुम्च्याउनु वा अपमान गर्नु नेपाली जाति र संस्कृतिकै अपमान हो । जात, लिङ्ग र धर्मका दृष्टिले अहिलेको सयमसँग भानुभक्तका विचारहरूको तुलना इतिहासशास्त्र र समाजशास्त्रका दृष्टिले पनि गलत हुन्छ । उनले आफ्नो समयमा नेपाली भाषाको विकासमा पुर्‍याएको योगदान मूल कुरा हो । नेपाली जातिको सांस्कृतिक एकताको प्रयत्न मूल कुरा हो ।

नेपाली समाजमा भानुभक्तका विषयमा सङ्कीर्ण विवाद भइरहे पनि भारतमा रहेका नेपालीभाषीले भने उनलाई उच्च सम्मान गर्दै आएका छन् । गत दुई वर्षअगाडिदेखि एनआरएनएको भाषासाहित्य उपसमितिले भानुजयन्तीलाई नेपाली भाषासाहित्य दिवसका रूपमा मनाउन थालेको छ । भानुभक्तले जोडेको नेपाली जातीय एकता आज अनलाइन सम्मेलनहरूबाट विश्वसँग जोडिँदैछ । भानुभक्तकै कारण नेपालको भूगोल जहाँ भए पनि विश्वका नेपालीले नेपाली भाषालाई माध्यम बनाएर अभिव्यक्ति दिने र आफ्नो भाषा संस्कृति सम्झने दिनका रूपमा भानुजयन्ती विकास भएको छ । उनकै कारण नेपाली जातिका विचारले क्षेत्रीयतालाई नाघेर विभिन्न गोष्ठीहरू राष्ट्रव्यापी एवं विश्वव्यापीस्तरमा गरिरहेका छन् । विश्व साहित्यका बजारमा र चर्चा परिचर्चामा नेपाली भाषा साहित्यले पनि विस्तारित हुँदै पूर्णतया विश्वस्तरीय प्रभाव छोड्न थालेको छ ।

भारत र बङ्लादेश फुटेर छुट्टाछुटै राज्य बने पनि दुवै मुलुकमा एकै प्रतिभा रवीन्द्रनाथ ठाकुरका गीत गाइन्छ । ठिक यस्तै नेपाल, भारत, भुटान, बङ्गलादेश, बर्मा र विश्वका अन्य मुलुकमा नेपाली भाषी नागरिक पुगेका ठाउँमा नेपाली भाषा बोलिन्छ र रामायण पढिन्छ । भानुले प्रश्नोत्तर र बधुशिक्षामा केही अंशमा नारीलाई आजका चेतनाका कोणबाट हेर्दा गलत दृष्टिले प्रस्तुत गरेका भए पनि उनले अगाडि सारेको भ्रातृत्व, मातृत्व, पितृत्व, विश्वबन्धुत्व, नेपाली समाजलाई दिएका नैतिक, सामाजिक, सांस्कृतिक आचरण आज पनि उपयोगी छन् । उनले तराईकी सीता र जनकको गाथा गाएका छन् । पहाडका घाँसीहरूलाई गुरु थापेका छन् । काठमाडौँको बालाजुलाई अमर बनाएका छन् । आफूले जानेसुनेका भारतका विभिन्न भुगोलका नाम अमर बनाएका छन् । तत्कालीन नेपाली समाजले भ्याउने भन्दा अग्रगामी चेतना र सिर्जनाबाट लोकहितका पक्षमा बहुमुखी योगदान दिएका छन् । उनी नेपालका राष्ट्रिय विभूतिका लागि पनि उपयुक्त र सर्वोपयुक्त पात्र हुन् भने सम्प्रेष्यता र सिर्जनशीलताका दृष्टिले आदिकवि, आदिमहाकवि पनि हुन् । उनी राजनीतिक भूगोलभित्र राष्ट्रिय विभूति हुन् भने नेपालीभाषी संसारका नागरिकका आद्यप्रणेता एवम् सिङ्गो नेपाली जाति एवम् महाजातिका एकताका प्रतीक हुन् ।

भानुक्त आचार्यलाई भानुजयन्तीका दिन मात्र नभई नेपाली जातिले दिनदिनै सम्झिरहेका छौँ । नेपाली भाषाका अध्येता र अनुसन्धाताहरूले सम्झिइरहेका छौँ । राज्यले कुनै विशिष्ट प्रतिभालाई राष्ट्रिय विभूति भनिदिएर मात्र पुग्दैन । उनका नाममा अध्ययन–अनुशन्धान केन्द्र, सङ्ग्रहालय र उनका मार्गका समाजसेवीहरूमा उनका नाममा स्थापित पुरस्कारहरू अर्पण गरिनुपर्छ । नेपालको संस्कृति मन्त्रालयबाट र त्यस मन्त्रालयका मातहतमा रहेका प्रज्ञाप्रतिष्ठानहरूबाट बाँडिने विभिन्न सांस्कृतिक पुरस्कारहरूमध्ये भानुभक्तको नाममा सबैभन्दा ठुलो पुरस्कार स्थापना गरिनुपर्छ । त्यो पुरस्कारको प्रारम्भिक रासि दश लाख वा यो भन्दा कम हुनुहुँदैन । ताकि उनका नामको पुरस्कार पाउने प्रतिभाले पुनः घर व्यवहार चलाउन चारो खोज्दै हिँडेर लोकहित गर्नबाट बञ्चित हनु नपरोस् । उनको प्रतिभा पनि उत्तरोत्तर आदरणीय र समादरणीय बनोस् । उनको आदिकवित्वको सम्मानका साथै नेपाली साहित्य, भाषा र राष्ट्रियतालाई राष्ट्रिय साझा विशिष्टतासहित अन्तरराष्ट्रिय स्तरमा उठाउन सकियोस् । जय भानु ।

– सम्पा.

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 454
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.