SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मौलिक समीक्षा दृष्टि
सम्पादकीय

मौलिक समीक्षा दृष्टि

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • सम्पादकीय

सामान्य बुझाइमा समीक्षाको विकास सिर्जनाभन्दा पछि भएको हो । यो सबैले भन्न सक्छन् । समीक्षा सिर्जनाको मात्र हुँदैन । समीक्षा सिर्जनाको मात्र हुँदैन भनेपछि सिर्जना भन्दा समीक्षा जेठो बन्न थाल्छ । मान्छेमा प्रिय, अनुकूल र सकारात्मक वस्तु एवं भाव पहिल्याउन सक्ने संवेदना कहिले आरम्भ भयो समीक्षा तहिले आरम्भ भयो ।

पश्चिमका मान्यताको चर्चा गर्नेहरू उतै छन् । कति छन् कति हामीले नगरे पनि पुग्छ । पूर्वमा ईक्षण अर्थात् अवलोकन अर्थको हेराइमा ‘सं’ उपसर्ग लागेर निर्माण भएका शब्दहरू वैदिक समयबाट नै प्रचलनमा आए । पूर्वीय व्यवहार र चिन्तनमा प्रकृति जगत्का समग्र सत्यलाई मैत्री भावबाट निरूपण गरिने परम्परा इतिहासदेखि आजसम्म छ । यस परम्परा वा प्रवृत्तिको सन्तुलित रूपको अनुवीक्षण गरिने सन्दर्भले समीक्षाको इतिहास वा पृष्ठभूमिको काम गर्न सक्छन् ।

ऐतिहासिक दृष्टिले हेर्दा यजुर्वेदको छत्तिसौँ अध्यायको अठारौँ मन्त्रले मैत्री दृष्टिलाई नै समीक्षाको मूल आधार मानेको छ । मैत्री आशयमा अभिव्यञ्जित हुँदै आएको समीक्षाको अर्थ कालान्तरमा आलोचना पनि बन्यो । समीक्षाका समानार्थी शब्दका रूपमा आज आलोचना, समालोचना आदि व्यवहृत छन् । यसको विकास यजुर्वेददेखि भएको कुरा तलको अभिव्यक्तिले देखिाउँछ :

दृते दृ:ह मा मित्रस्य चक्षुषा सर्वाणिभूतानि समीक्षमात्
मित्रस्य चक्षुषा सर्वाणि भूतानि सीक्षे
मित्रस्य चक्षुषासर्वाणि भूतानि समीक्षामहे ।। (यजुर्वेद, ३६/१८)

यजुर्वेदको उक्त मन्त्रमा समग्र विश्व प्रकृतिलाई मैत्री दृष्टिले हेरियोस् र मलाई अरूहरूले पनि मित्रका आँखाले हेरून् र म पनि मित्रका आखाँबाट हेरियूँ । समग्र विश्व प्रकृतिलाई पनि हामी मित्रका दृष्टिबाट हेर्ने गरौँ भन्ने भाव अभिव्यक्त छ । समीक्षाशास्त्रको वाङ्मयिक प्रथम चिनारी यही हो । यस सूत्रले समीक्षण गरिने कार्यको सन्तुलित विधि पनि प्रदान गर्दछ । समीक्षक समदृष्टिचेत सम्पन्न हुनु पर्ने पक्ष पनि देखाउँछ ।

आज समालोचना, आलोचना, शोध जे भनिए पनि यस शब्दको पूर्वस्रोत समीक्षा हो र पछिल्ला चरणमा व्युत्पादन तथा द्वितीय व्युत्पादन भएर निर्माण भएका आलोचना र समालोचना शब्दका सन्दर्भहरू विविध किसिमका देखिन्छन् । संस्कृत भाषाबाट विकसित आर्य भाषाहरूको आधुनिक काल आरम्भ भएपछि र तिनका शब्द निर्माण विधि र पारिभाषिकीकरणका सन्दर्भहरूको उपस्थिति पछिका समयका हकमा संस्कृत व्याकरण सिद्ध नेपाली बङ्गाली, हिन्दी, मैथिली, मराठी, अवधी, भोजपुरी जस्ता भाषामा यस शब्दको समानान्तर व्यवहार हुँदै आएको छ । यो शब्द पनि (सम् ईक्षा.समीक्षा अर्थात् सम्यक् र सन्तुलित, समग्र अवलोकन पारख, मूल्यङ्कन आदि अर्थमा प्रयोग भएको देखिन्छ । पाश्चात्य सन्दर्भमा प्लेटोपूर्वको समयमा प्रकृति जगत्का वस्तुलाई विमर्श गरिने प्रचलन कायम भएको थियो । त्यसलाई प्लेटोका समयमा आएर शास्त्रीय रूप प्रदान गरियो । यसरी पूर्व र पश्चिम दुवैमा समीक्षाको विकास साहित्य वा कला सिर्जनापछि मात्र होइन मानव व्यवहारबाटै भएको पक्षलाई बिर्सनु हुँदैन ।

समीक्षा शब्द साहित्यमा बढी प्रचलनमा रहे पनि ज्ञान र विज्ञानका, सिर्जित र नैसर्गिक विषयलाई विमर्श गर्ने आधार समीक्षा नै हो । कुनै ज्ञानविज्ञान, कला, वस्तु, व्यक्ति, प्रवृत्ति आदिको मूल्य पहिचान गर्ने, तिनको योगदान र प्रभावको निरूपण गर्ने समग्र कार्य समीक्षा हुन् । समालोचना, आलोचना, विवेचना, विमर्श सबैले कुनै मूल्यको निरूपण, पारख वा विवेचना गर्नमा प्रयोग हुने पद हुन् । आज साहित्यको एकाधिकारिक पारिभाषिक शब्द बनेर प्रयुक्त भए पनि समीक्षा ऐतिहासिक शब्द हो । यसले बहुल पक्षलाई मूल्याङ्कन गर्ने सामर्थ्य राख्दछ । समीक्षाका कार्यलाई साहित्यशास्त्रले मूलभूत पाँच भागमा विभाजित गरेका छन् :

क) मूल्य निर्णय
(ख) व्याख्या विश्लेषण,
(ग) सैद्धान्तिकीकरण
(घ) शोधपरकता
(ङ) समालोचनाको पद्धति ।

पूर्वीय दृष्टिले हेर्दा यी पाँच ओटा प्रकार्यहरूमध्ये पहिलो चरण इसापूर्व भरतपूर्वका आचार्यहरूले रचनाको उक्ति विवेचना अर्थात् औक्तिक चिन्तनका आरम्भहरू व्यवस्थित ढङ्गले अध्ययन गरेका उदाहरणहरूबाट पुष्टि हुन्छ । उनीहरूले उक्तिमा अभिव्यञ्जित हुने अर्थमा सृजना जीवन्त रहन्छ भन्ने कुरा ठम्याइसकेका थिए । पूर्वीय दृष्टिमा उक्तिको समीकरण नै कृति हो र कृतिको अर्थमा निहित स्रष्टाको चिन्तन मूल्यका रूपमा उपस्थित रहन्छ ।

नाट्यशास्त्रका प्रणेता भरतले कृतिमा काव्यिक मूल्य चयनको प्रयत्न गरेका थिए । उनका आधारभूत संवेदना उक्तिमै रहने तत्त्व हुन् र सृजनाका भाववाहक उक्तिलाई सौन्दर्य तत्त्व हुन् भन्ने कुरा भरतपूर्वका आचार्यहरूले प्रस्तुत गरिसकेका थिए । त्यतिखेरसम्म सौन्दर्यलाई रस र अलङ्कारमा विभाजित गरेर अध्ययन गर्ने परम्परा बनेको थिएन तर उनीहरू ती पक्षका पारख गरिरहेका थिए ।

पूर्वीय समीक्षा परम्परामा सकय क्रममा रीति र ध्वनिका नाममा व्याख्या र विश्लेषण गर्ने, वक्रोक्ति र औचित्यका नाममा समीक्षा गर्ने परम्परा विकास भए । यी कोणबाट व्याख्या र विश्लेषण गर्नु अघि पनि काव्यिक मूल्यलाई उक्तिका सीमामा राखेर निर्णय दिने प्रचलन भने विकास भइसकेको थियो । मुकुल भट्ट जस्ता आचार्यहरूले उक्तिको सरल, वक्र र गम्भीर तह पहिल्याएर सरला (उक्ति), वक्रा (उक्ति) र गभीरा (उक्ति)का आधारमा कथनको तात्पर्य विश्लेषण गर्दै निष्कर्षण गर्ने परम्परा बसाइसकेका थिए । यो पक्षलाई अझ सिलो सँगालो गरेर पूर्वीय समीक्षाशास्त्रको परम्परागत जरो पहिल्याउन सकिन्छ ।

शब्दशक्तिवादीहरूको आगमनपछि मात्र उक्तिको वर्गीकरण भएको देखिन्छ । उक्तिको सरलतालाई अभिधा, वक्रतालाई लक्षणा र गभीरालाई व्यञ्जना भनेर संज्ञान्तरण गर्ने काम क्रमश: विकास भएको देखिन्छ ।

ध्वनिवादीहरूले यसै चिन्तन निकटबाट ध्वनिकाव्य, गुणीभूत व्यङ्ग्य र चित्रकाव्यका नामबाट त्रितहमा राखेर काव्यको व्याख्या गरेपछि विस्तारै समीक्षा साहित्यको विषय बन्दै आयो । क्रमश: रस र अलङ्कार, रीति र वक्रोक्ति, ध्वनि र औचित्यको विमर्श हुन थाल्यो । तर यी पक्षको विश्लेषण विधिमा पनि कुनै न कुनै कोणबाट उक्तिको तहमा पुग्नै पर्ने आन्तरिक सत्यलाई बिर्सनु हुँदैन । यो पूर्वको देन हो ।

ऐतिहासिक दृष्टिले हेर्दा नवौँ शताब्दीपछिका व्याख्याताहरूले साहित्यको भाषिक सौन्दर्य र भावगत सौन्दर्यलाई अध्ययनको केन्द्र बनाए । यही केन्द्रबाट देहवाद र आत्मवादको प्रश्न उठाए पनि रचनाका उक्तिको तहबाट काव्यिक अर्थ खोजिने गरेको सन्दर्भ मूल सन्दर्भ बनेर रह्यो । कुनै पनि रचनाको व्याख्या गर्ने तौरतरिका, सैद्धान्तिकीकरण गरेर त्यसकै परिवृत्तमा रचनाको व्याख्या, विश्लेषण र मूल्याङ्कन गरिने सन्दर्भहरूलाई हेर्दा ती सबै उक्तिकै आधारमा प्रस्तुत भएका देखिए यो पूर्वीय देन हो । शोधपरक समालोचनालाई पछिल्लो र वैज्ञानिक समालोचनाको नमुना मानिए तापनि यसको तथ्यीकरणका निम्ति उक्तिकै सहायता अनिवार्य देखियो । आज विकसित समीक्षाका विभिन्न पद्धतिहरू प्रकारान्तरले उक्तिकै परिधिमा रहेर निर्माण भएका देखिए । यो हामीले वेस्सरी चर्चा गर्नुपर्ने पक्ष हो ।

उक्त लघु विमर्शबाट समीक्षाशास्त्रलाई पाश्चात्य चश्माबाट मात्र भन्दा पूर्वीय खुला आँखाबाट हेरिनुपर्ने देखिन्छ । हामी हाम्रै पुर्खाले तयारपारेका औजार छोडेर पराइका औजार लिएर उनीहरूसँग प्रशिक्षण लिइरहेको पक्षलाई बोध गर्न ढिला भइसकेको छ । अरूले भनाइदिएका रङ्गीन चश्मा भन्दा आफ्नै प्राकृतिक आँखाले यथार्थ हेर्न र पहिल्याउन यजुर्वेददेखिको वाङ्मयिक परम्परा र त्यसपूर्वको लोकपरम्परा पनि अन्वेषण र प्रयोग गर्न ढिला गर्नुहुँदैन ।

– सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 176
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.