SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आप्रवासीय कला चिन्तन
बिभिन्न साहित्य/कला

आप्रवासीय कला चिन्तन

Sahitya SagarBy Sahitya SagarJuly 20, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
भनिन्छ : आप्रवासीका समस्या आप्रवासीबाहेक अरूलाई थाहा हुँदैन । आप्रवासी अर्थमा निहित आधुनिक डायस्पोरा शब्दको शाब्दिक एवम् कोशीय अर्थ भाषा, साहित्य, संस्कृति, धर्म राजनीति आदिका अधिकारको उपयोग गरेर एक ठाउँमा बसिरहेको मान्छे विभिन्न कारणबाट विस्थापित भई अर्को ठाउँमा पुग्नु र रहनु भन्ने हुन्छ । इसापूर्व ५८६ देखि ५३८ सम्म लगभग चारदशक समयमा प्यालिस्टान निवासी यहुदीहरूलाई बेबिलोनियामा गरिएको दण्ड स्वरूपको निर्वासनका अर्थमा पहिलोपल्ट डायस्पोरा शब्द प्रयोग भएको इतिहास छ । यो मानिसको विस्थापनलाई बुझाउने विशेषणमूलक पदका रूपमा प्रयोग हुँदै र ग्रहण गरिँदै गएर आज विभिन्न कारणबाट संसारभरि छरिएर बसेका मान्छेलाई बुझाउन प्रयोग गरिने साझा शब्द बन्न लागेको छ । यस समुदायका मानिसले आफ्नो जन्मभूमि र देशसँग जोडेर दिएको अभिव्यक्तिलाई समेट्ने साहित्यलाई प्रवासी साहित्य (डायस्पोरिक साहित्य) भन्ने गरिएको छ ।
ऐतिहासिक दृष्टिले हेर्दा यहुदीहरूको राज्य आजको जेरुसेलममा स्थापना भएपछि र बेविलोनियाबाट जेरुसेलम जान वा जहाँसुकै जान पनि स्वतन्त्र भइसक्दा पनि ती निर्वासित बनेका र बाँकी रहेका प्यालिस्टानी यहुदीहरू त्यस पुरानो ठाउँमा जान अनिच्छुक रहेका कारण सबैतिर छरिएर आफ्नो बाँकी जीवन बिताउने अठोट गरेर छरिएपछि आफ्नो मौलिक भाषा, साहित्य, संस्कृति, धर्म आदिको संरक्षणको समस्यामा बाँच्नु परेको अवस्था बिझ्दो अवस्था देखिन्छ । उनीहरूले भोग्नुपरेको त्यस स्थितिलाई डायस्परोरा शब्दले प्रारम्भतिर समबोधन गरेको थियो तर आज यही शब्द अर्थ विस्तार भई विश्वभर छरिएर रहेका जातिका सस्यालाई सम्बोधन गर्ने र ती जातिलाई नै चिनाउने शब्द बनेको छ । यही चिन्तनअनुरूप आप्रवासीहरूको चिन्तनलाई आत्मसात गर्ने साहित्य आप्रवासी साहित्य बन्यो र त्यसलाई अध्ययन विश्लेषण गर्ने शास्त्रका रूपमा ‘आप्रवासीयतावादी समीक्षा’ सिद्धान्तको पनि विकास भयो ।
विश्वासाहित्य सन्दर्भमा हेर्दा अङ्ग्रेजीको ‘Diasporic Criticism’ को विकासले यस किसिमको साहित्य अन्वेषणमा सघायो । यसको मूल अर्थ एक ठाउँको मान्छे अवसरको खोजी, बाध्यता, बसाइँसराई, देश निकाला आदि विविध कारणले यायावरीयवृत्तिका कारण कुनै अर्को ठाउँमा पुग्दा उनका आचरणमा आएका परिवर्तन, पुरानो ठाउँ छोड्नु पर्दाको न्यास्रो, आफन्तहरूको सम्झना, अभाव, चिन्तन आदि भाव र त्यहाँ उब्जिएका चिन्तन प्रभाव र तिनका प्रजननबाट जन्मिएका चिन्ता र उद्विग्नतालाई सृजनामा प्रतिबिम्बित गर्ने कृतिहरू आप्रवासीय साहित्यमा पर्दछन् भने त्यस्ता कृतिहरूको अध्ययन विश्लेषण गर्ने समीक्षा शास्त्र ‘आप्रवासीयतावादी समीक्षा’ हो । यसको प्रयोग अहिले बढ्दो देखिन्छ ।

मान्छे एक ठाउँबाट अर्को ठाउँमा गएर बसोबास गर्दा सबै कुरा राम्रै भए पनि उसका पारिवारिक वा वैयक्तिक जीवनमा कुनै न कुनै किसिमको आघात परिरहेको हुन्छ । यस्ता आघातको प्रभाव उच्च वर्गीय पूँजीपतिहरूमा भन्दा पनि निम्न र निम्नमध्यमवर्गीय आम नागरिकमा चर्को देखिन्छ । त्यस प्रभावको प्रतिक्रिया नै साहित्य सृजना र चिन्तनको कारणका रूपमा विकास हुने हुँदा प्रायः गहिरो साहित्य एवम् कला सिर्जना आप्रवासीहरूका कलम, कुची, बाजा र छिनोमा हुने गरेको देखिन्छ । मानव जातिको आप्रवासन सभ्यताको प्रारम्भिक चरणदेखि नै मानव जीवनसँग अन्तर्सम्बन्धित बन्दै विकासको एक पाटोकै रूपमा रहँदै आएको विषय हो तर यसको कलात्मक अभिव्यक्ति भने आधुनिक कलाका साधन र छापाखाना विकासपछि मात्र सम्भव भयो । यसचिन्तनको कला उपजलाई आजका सन्दर्भमा विश्वसाहित्यमा सिर्जनाको विषय र समीक्षाको एक नयाँ किसिमको प्राप्तिका रूपमा आत्मसात गरिएको छ ।

आजको मानव जाति विश्वमा चाहेको ठाउँमा आउजाउ गर्ने भिसा प्रथाको उपयोग गरिरहेको भए पनि यो मानव यात्रामा स्वतन्त्रताको मात्रा ज्यादै न्यून छ । आज नेपाल गणतान्त्रिक मुलुक भए पनि यहाँबाट काम र शिक्षाका लागि जापान, बेलायत र खाडी जाने मुलुकहरू राजतन्त्रात्मक छन् । गणतान्त्रिक मुलुकमा पनि प्रवाशी नागरिकलाई अनेक बन्धनहरूबिच बस्न दिएको हुन्छ । यसरी भिसा प्रचलन विकास भए पनि आजको विश्व भनाइमा खुला र व्यवहारमा बद्ध बन्दै गएको पक्ष आप्रवासनमा पुगेका मानिसले राम्ररी बुझेका छन् । आजका तुलनामा इतिहासमा भनिने गरेको प्राचीन एवम् प्राथमिक र मध्यकालीन युगमा विश्व परिभ्रमणका निम्ति खुला र त्यतिकै स्वतन्त्र थियो । जहाँसुकैको मान्छे आफ्नो इच्छा र आवश्यकताअनुसार जहाँसुकै पनि जान र आफ्नो रुचिको पेसा र आचरणमा बस्न सक्थ्यो । रहर, परिस्थिति, बाध्यता जुनसुकै कारणले भए पनि एक मुलुकको व्यक्ति अर्को मुलुकमा पुगेर जीवनयापन गर्नुपर्दा ऊभित्र जन्मने तरङ्गगत उहापोह, पीडाव्यथा र सुर्ता, न्यास्रोपन आदिका साथै तिनका प्रतिक्रियाहरू उत्कृष्ट कला बनेका उदाहरणहरू विश्वप्रसिद्ध साहित्यकार एवम् कलाकारहरूका जीवनी पढ्दा पाइन्छन् । त्यस्ता साहित्य र कलामा मातृभूमिको महिमा, मातृभाषा र संस्कृतिको उपल्लो चर्चा हुने गरेको देखिन्छ ।

विरानो परिवेशमा रहँदा जन्मिएका संवेगहरू निकै तीव्र हुन्छन् । त्यस्ता संवेग कुनै माध्यमबाट प्रकट भएका अवसरमा मान्छे न्यास्रो, विस्मात् र चिन्तको भावको कलात्मक अभिव्यक्ति प्रवल हुन्छ । मान्छे सकेसम्म आफ्नो अतीत सम्झनाबाट मुक्ति चाहिरहेको हुन्छ। त्यही मुक्तिको अपेक्षा वर्तमानको चिन्ता, अतीत सम्झना र सुर्ताका स्थितिहरूबाट मान्छे प्रताडित भएर आउने सिर्जना आप्रवासी चिन्तनको सिर्जना हो । स्वभूमिको सम्झनाले जन्माएका उकुसमुकुसलाई साहित्य र कलाका रचना प्रक्रियाबाट प्रकट गरेर आफ्नो मनको जलन पनि शान्त पार्ने र कला वा साहित्यको भण्डार पनि भर्ने हेतुले अनेक साहित्य कलाका सिर्जना भइसकेका छन् । त्यसरी सिर्जनात्मक अभिव्यक्ति हुने क्रममा कलाका अन्य पक्षभन्दा साहित्य र सङ्गीतमा यसको प्रभाव र प्रयोग बढी भएको देखिन्छ । मान्छे आफू पराई देशमा रहनाका कारण जन्मिएका संवेदना र आग्रह, अनुरोध, सन्देश, आत्मालाप, दैनिकी आदि अन्य जनसमक्ष प्रस्तुत गर्ने प्रयत्नमा आप्रवासी साहित्य र कलाको जन्म हुन्छ । त्यस साहित्य र कलामा स्वदेशी साहित्यकार वा कलाकारको भन्दा तीव्र देश, भाषा, धर्म, संस्कृति, सभ्यताजन्य र मुक्त गहिरा स्मृतिविम्बहरू रहन्छन् । ती विम्बले मातृभूमिमा रहनेलाई र मातृभूमिबाट टाढा रहने दुवैलाई भावनात्क सूत्रमा जोडिरहन्छ ।

साहित्यको मात्र कुरा गर्दा आप्रवासनमा रहेर सिर्जना गरिएको साहित्यमा आप्रवासीय पीडा, व्यथा, अभाव, हीनता, अस्तित्व आदिका छटपटीजन्य अनुभूति प्रवल पाइन्छ । आफू र आफ्नो परिवार र संस्कृतिक संरक्षणका आतुरी दोहोरिइरहन्छ । यस किसिमको साहित्यको स्रष्टा आफू आफ्नो पुख्र्यौली थलोबाट विस्थापित हुनु परेको पीडा, न्यास्रो, स्मृति, चिन्ता, सम्भावनाको चिन्तन, फर्कने कि नफर्कने मनस्थितिको सामना गर्दै आफ्नो मौलिक भूमि र परिवेशका विभिन्न मूल्यबाट विस्थापित हुनु पर्दा जन्मिएको कष्टलाई निकै गहिरो गरी अभिव्यक्त गरिरहेको हुन्छ । यसमा मनोविज्ञान, अस्तित्वचेत, विसंगतिचेत आदि बहुमुखी साहित्यले ग्रहण गरिसकेका चेतनाहरू मिश्रित रूपमा आएका हुन्छन् ।

आजसम्म देखिएको आप्रवासी साहित्यमा मोटामोटी नयाँ ठाउँमा आफ्नो स्थिति दुर्बल रहँदाको भय, नयाँ ठाउँमा स्थापित हुने प्रयत्न र असफलताको भय, पुर्ख्यौली भूमिको स्मृतिमा आएको तीव्रता र शिथिलता, नयाँ ठाउँमा आफ्नो हैसियत स्थापित हुँदै गरेको अवस्थाको सामान्यीकरण, नयाँ ठाउँप्रति जागेको विश्वासको अनुभूति र शङ्का उपशङ्कालाई समेटेको देखिन्छ । यस्तो साहित्यमा देखिने साझा विशेषताहरूमा पूर्वभूमि र नवभूमिको स्थिति बोध, नवभूमि र पूर्व वा मातृभूमिमा विभाजित मानसिक सङ्घात, नवभूमिमा अल्पसङ्ख्यक हुनुको पीडा, नवभूमिका अन्य नागरिकले सीमान्तीय व्यवहार गर्नुको पीडा, विरानो भूमिमा रहनु पर्दाको शारीरिक एवम् मानसिक छटपटी, आफू व्यक्ति र पारिवारिक सुरक्षाको आन्तरिक चिन्ता, अस्तित्व रक्षाका रणकौशल, फरक फरक सम्बन्ध सूत्रको वरण, अतीत सम्मोहनको मनोवैज्ञानिक भार आदि प्रवल देखिन्छ । प्रवासी पात्रमा देखिने यो पीडा पहिलो पुस्ताको मूल पीडा हो । दोस्रो तेस्रो पुस्ताले यसलाई विस्तारै अलि भिन्न रूपमा स्वीकारर्दै र आफ्नो अस्तित्व प्रवल बनाउँदै जान्छन् । उनीहरू जतिसुकै प्रवल बन्दा बन्दै पनि नस्लीय विभेदमा परिरहेका हुन्छन् र नयाँ पीडाका रूपमा व्यहोरिरहेका र अभिव्यक्त गरिरहेका हुन्छन् ।

आप्रवासीय पीडा आज शिक्षा, रोजगारी, डी.भी., शरणार्थीलगायतका माध्यमबाट विश्वका विभिन्न कुनामा पुगेका नेपालीहरूले भोगिरहेका छन् । यो पीडा नेपाली जातिको छिमेकी मुलुकदेखि तेस्रो मुलुकसम्म फैलिएको साझा पीडा बनिरहेको छ । यस पीडा र भोगाईभित्रको साहित्य निकै गहिरो संवेदनासहित बाहिर आइरहेको छ । यही संवेदना र नेपालको माटोका सुवासलाई जोड्न साहित्यसागर ई सञ्चारमाध्यम लागिपरेको छ । हाम्रो उद्देश्य र प्रयत्न छ : नेपाली जातिका स्वदेशको मोफसलदेखि प्रवासनसम्मका भावना हामी समेट्न सकूँ ।
– सम्पादक
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 936
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.