देवकी तिमल्सिना समीक्षा (सुपुत्रीः मनमाया तिमल्सिना र जीवनाथ तिमल्सिना , बलेफी, ७ गैह्रीगाउँ सिन्धुपाल्चोक, हालः सर्केगाड, ८ रादेउ हुम्ला) नेपाली साहित्यका कविता विधामा परिचित प्रतिभा हुन् । कर्णाली साहित्य समाज, सुर्खेत, संवाद डवली प्रेस क्लव काठमाडौँ, कुटनीतिक अध्ययन संस्था, जनयुद्ध स्मृति संग्रहालय, जनसाँस्कृतिक महासंघ, समाजवादी पत्रकार मञ्च, तिमिल्सिना समाज कर्णाली प्रदेश, अन्तर्राष्ट्रिय साहित्य समाज, घुम्ती मुक्तक काठमाडौँलगायत विभिन्न सामाजिक, साहित्यिक, सञ्चार र सांस्कृतिक संघसंस्थासँग संलग्न भई बहुमुखी सामाजिक एवम् बौद्धिक काममा सक्रिय छन् । रेडियो मिर्मिरेमा कार्यक्रम प्रस्तोता (२०६५ देखि २०६६) कार्यकारी सम्पादक, नयाँ कर्णाली मासिक (२०६४ देखि २०६६) संवाददाता, जनादेश साप्ताहिक भेरी कर्णाली संस्करण (२०६२ देखि २०६४), रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रशारण सेवा (२०६० देखि २०६२) जस्ता सञ्चार माध्यमबाट अनेक सञ्चार अनुभव पनि बटुलेकी छन् । उनको एक मात्र कवितासङ्ग्रह योद्धाको सपना (२०७६) का साथै छुटेका सपना (२०७७) मुक्तकसङ्ग्रह प्रकाशित छ । उनका तीनवटा जति कवितासङ्ग्रह प्रकाशनको उज्यालो पर्खिइरहेका छन् । जनयुद्ध लडेर पार्टीको केन्द्रीय कमिटीमा समेत रहेर राजनीतिक सेवा पनि गरिसकेकी तिम्सिना पछिल्ला दिनमा साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा सक्रिय छन् । उनका कवितामा प्रगतिशील चेतना पाइन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘यो कथा भैसक्यो’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपालमा भएको दशवर्षे जनयुद्धलाई आजका शासकहरूले बिर्सँदै गएको पक्ष उजागर गरेको छ । वर्गीय चेतनालाई भुल्दै गएको यथार्थलाई समेटेको छ ।
-सम्पा.
धेरै लामो युगपछि उभिएका थियौं एकैसाथ
अग्लो पहाड बनेर यो दुनियाँमा ।
अग्लो पहाड बनेर यो दुनियाँमा ।
पृथ्वी लोकमा तेरो मेरो सबैको साम्य हुनेछ र हुनेछ केवल राम्रो हामी सबैको समान अधिकारमा बाँच्ने आफ्नो अस्तित्व बचाउन यहीँ माटोमा लागेका थियौं हामी ।
अचेल सबै उठेका छन्
बस्तीमा अधिकार आएको छ
भनिन्छ लड्न पर्ने छैन
सबैका दुस् ख दर्द अझै फुच्चे हुनेछन् ।
अचेल सबै उठेका छन्
बस्तीमा अधिकार आएको छ
भनिन्छ लड्न पर्ने छैन
सबैका दुस् ख दर्द अझै फुच्चे हुनेछन् ।
तर पनि काम गर्नेले काम पाएका छैनन्
आखिर बाँच्नकै लागि
यो साझा धर्तीमा जतिसुकै भेल उर्ले पनि तर्नुछ स
बै एकै साथ यहाँ कुनै सीमा छैन ।
आखिर बाँच्नकै लागि
यो साझा धर्तीमा जतिसुकै भेल उर्ले पनि तर्नुछ स
बै एकै साथ यहाँ कुनै सीमा छैन ।
युरी गागरिनको अन्तरीक्ष यात्राको अनुभवझैँ अर्थात् माथिबाट राजनीतिक सीमारेखा देखिँदैन
तर समाज, वर्ग विभाजित भएर चलिरहेछ मान्छेको सही पहिचान बनाउन
मान्छेले साँचो परिचय दिन
बिहानीको लालीसँगै झुल्केघाममा रमाउन
समानताको बिगुल फुक्न निस्केका थियौँ
हिजो हाम्रो वर्ग थियो
जनता थिए हाम्रो साथ
जनताकै हितमा बनाउँथ्यौँ योजना
सबै भुइँमान्छेहरू सँगै थियौँ।
तर समाज, वर्ग विभाजित भएर चलिरहेछ मान्छेको सही पहिचान बनाउन
मान्छेले साँचो परिचय दिन
बिहानीको लालीसँगै झुल्केघाममा रमाउन
समानताको बिगुल फुक्न निस्केका थियौँ
हिजो हाम्रो वर्ग थियो
जनता थिए हाम्रो साथ
जनताकै हितमा बनाउँथ्यौँ योजना
सबै भुइँमान्छेहरू सँगै थियौँ।
तर आज वर्ग फेरिएको छ
ती सबै अर्थहीन भएका छन्
खुसीमा बजेका तालीहरू
घाम पानीमा बचाउने पालीहरू
भोकै नराख्ने अन्नबालीहरू
पराई भएका छन्।
ती सबै अर्थहीन भएका छन्
खुसीमा बजेका तालीहरू
घाम पानीमा बचाउने पालीहरू
भोकै नराख्ने अन्नबालीहरू
पराई भएका छन्।
साँच्चै भनुँ भने
यो सबै कथा भैसक्यो
हुँदाहुँदा म पनि त कथाको पात्र भइ सकेँ।
यो सबै कथा भैसक्यो
हुँदाहुँदा म पनि त कथाको पात्र भइ सकेँ।
सर्केगार्ड-८ हुम्ला