गजलकार (खगेन्द्र दाहाल, २०३८असार ०८, रतुवामाई न.पा.–७, कपरसुका, मोरङ, सुपुत्र : शशिधर दाहालर नरमाया दाहाल) नेपाली फुटकर कविता र जगल रचनाका क्षेत्रमा निकै सफल प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयबाट भाषा शिक्षणमा वी. एड र नेपाली साहित्यमा एम.ए गरी शिक्षण पेसामा संलग्न दाहलले क्याम्पस जीवनबाट साहित्यिक सङ्गत र सिर्जनामा निरन्तरता दिएको पाइन्छ । ‘सधैँभरि हेरौँ लाग्छ हिमालको छाया’ बोलको गीत इलामबाट प्रकाशित सामना पत्रिकामा २०५८ सालमा प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका दाहालो अनुत्तरित प्रश्न (गजलसङ्ग्रह, २०६१ सह) प्रकाशित छ । उनका फुटकर रूपमा विभिन लेखरचनाहरू पत्रपत्रिकामा छरिएर प्रकाशित भइरहेका छन् भने उनले शिक्षा र साहित्य क्षेत्रमा केही सम्मान पनि पाइसकेका छन् ।साहित्यसागरको प्रस्तुत शृङ्खलामा दाहालको शृङ्गारिक चेतनाको गजल रचना समेटिएको छ ।
-सम्पा
तिम्रो मनको बगैँचामा, फुल्न मन लाग्यो
मौरी बनी त्यो दिलमा, डुल्न मन लाग्यो
मौरी बनी त्यो दिलमा, डुल्न मन लाग्यो
एक्लो जीवन बगरको, ढुङ्गाजस्तै हुन्छ
जोडी बनी सारा पीडा, भुल्न मन लाग्यो
एक्लो मान्छे सधैँभरि, बेसाहरा बन्छ
तिमीसित मेरो दिल, घुल्न मन लाग्यो
निराशाको बादलभित्र, किन बस्नु गुम्सी ?
उघ्रिएको आकाशझैँ, खुल्न मन लाग्यो
सधैँ यहाँ एक्लो हुँदा, लक्ष्य चुमिँदैन
दिलभित्र ’पूर्णिमा’लाई, हुल्न मन लाग्यो ।
रतुवामाई न.पा.-६,सौँठा, मोरङ
हाल : विद्याधिश्वरी मा.वि., आश्राङ, ललितपुर ।
हाल : विद्याधिश्वरी मा.वि., आश्राङ, ललितपुर ।