SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आधुनिक कवितामा छन्दको महत्त्व
Uncategorized

आधुनिक कवितामा छन्दको महत्त्व

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments17 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
माधव पोखरेलको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी नेपाली साहित्यका समीक्षक स्रष्टा, भषाशास्त्री एवम् इतिहासकार हुन् । साहित्यसागरको प्रस्तुत शृड्खलामा उनको ‘आधुनिक कवितामा छन्दको महत्त्व’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले छन्दशास्त्रको प्रयोग आधुनिक कवितामा हुन कतिको आवश्यक छ भन्ने पक्षलाई उजागर गरेको छ ।-सम्पा.

 

पाश्चात्य समालोचनाको यस सैद्धान्तिक चिनारीमा अङ्ग्रेजी साहित्यमा ‘आधुनिकता वादी’ (मोडर्निस्ट) र ‘नव समालोचना’ (न्यु क्रिटिसिज्म) भनेर चिनिएको बिसौँ शताब्दीको बेलाइती र अमेरिकाली समालोचनाका प्रवर्तक र पक्षधर ‘कवि समालोचक’ हरुले कवितामा छन्दको कस्तो भूमिका र महत्त्व हुन्छ भन्ने विषयमा लेखेका सशक्त विचारहरुलाई विषय बनाइएको छ । ती सबै समालोचकहरु जसले आफैँले कविता लेख्न सक्तैन, त्यो मान्छे कविताको समालोचक हुनै सक्तैन भन्ने ठान्दथे र आफैँ सिद्धहस्त कवि पनि थिए । आधुनिकता वादी ती सबैजसो कविहरु छन्दमै कविता लेख्थे । नेपाली साहित्यमा आधुनिकता वादी र बिम्ब वादी भनेर चिनिएका मोहन कोइराला तथा ईश्वरवल्लभ र वैरागी काइँला जस्ता कविहरु मूलतः गद्य कवितामै सिद्धहस्त भएकाले नेपाली साहित्यका विद्यार्थी र पाठकहरुलाई के भ्रम छ भने, टी०एस० इलियट, एज्रा पाउन्ड, एलेन टेट, इभोर विन्टर्स, क्लिन्थ ब्रुक्स, केनेथ बर्क र टी०ई० ह्युम जस्ता कविहरु पनि गद्य कविता मात्रै लेख्थे होलान्। त्यसलाई चिर्न यो समालोचना लेखिएको हो । इलियट र एज्रा पाउन्डले त गद्य कविताको विरोध गरेरै लेखहरूले प्रकाशित गरेका छन् ।

१. छन्दमै कविता (Davis, 2008, pp. xxi-xxviii)
इलियटका विचारमा कविता भनेको कुनै छन्दमा रचिएको उत्कृष्ट शब्दहरुको उत्कृष्ट सजावट हो, त्यसैले कुनै कविताको विश्लेषण र मूल्याङ्कन गर्न पुग्ने गरी कसी लगाउन समालोचकलाई विश्वका उत्कृष्ट कविताहरुको प्राविधिक ज्ञान हुनु पर्छ । त्यसै ज्ञानका आधारमा कविताको समालोचना र मूल्याङ्कन हुनु पर्छ ।

इलियटको यस भनाइबाट कविता मूलतः छन्दमै लेखिएको रचना मात्र हो अनि गद्य कविता नै पनि छन्द नजान्नेले लेख्ने नै होइन; बरु जुनसुकै कविले पनि राम्रा कविता लेख्न सक्ने हुन विश्व साहित्यमा इतिहासको जुनसुकै काल खण्डमा लेखिएका उत्कृष्ट कविता पढ्नु पर्ने र त्यस्तै प्रविधिका कविता आफु पनि लेख्न सक्छु कि सक्तिन भनेर अभ्यास गर्नु पर्ने कुरो बुझिन्छ ।

एज्रा पाउन्ड पनि गद्य कविता लेख्नेले पनि छन्दको अभ्यास गर्नु पर्छ (Pound, 1918, bls. 185-195) भन्दै कविले अरुका रचना पढेर विश्व साहित्यको इतिहासका हरेक प्रविधिको आफैँले अभ्यास गर्नु पर्छ भन्ने विचार राख्छन्। सिकारु कवि जस्तो कलाकार हुन चाहनेले विश्वको इतिहासमा कविता लेख्ने कस्तो कस्तो प्रविधि कविहरुले प्रयोग गरेछन् भन्ने चाल पाउन पढ्नु पर्छ र सबै प्रविधि आफैँले पनि सिक्नु पर्छ र अभ्यास गर्नु पर्छ । अध्ययन र साधना नभई आदर्श कवि हुन सकिँदैन । आधुनिक कविले पनि इतिहासमा रचिएका छन्द र अलङ्कार जस्ता प्रविधिहरूको अध्ययन र अभ्यास गर्नु पर्छ ।

२. गद्य कविताको विरोध
टी०एस० इलियट, एज्रा पाउन्ड र कनिङ्घमले गद्य कविताको विरोध र छन्द (पद्य) कविताको समर्थन गरेरै समालोचनाहरु प्रकाशित गरेका छन्, जस्तै, इलियटका विचार (Eliot, 1917, bls. 195-201) यस्ता छन् :

कतिलाई गद्य कविता कुनै दरो गुरु कुल होला, त्यसका केही निश्चित सिद्धान्त होलान्, त्यसको कुनै मण्डली होला र कुनै दिन त्यसले छन्द कवितालाई लाज मर्नु हुने गरी उछित्तो काढ्ला जस्तो लागेको होला, तर यो भ्रम मात्र हो। वास्तवमा गद्य कविताको अस्तित्वै छैन (Vers libre does not exist) । कलाको नयाँ सिद्धान्त बन्दा चार पैसाको माललाई लाखौँको विज्ञापन गरिन्छ । आफ्ना नयाँ माल बेच्न खोज्नेको सिद्धान्त झुटो, अल्मलिएको, बुझाउनै नसकिने र त्यसको कुनै अस्तित्व नै नभएको पनि हुन सक्छ । त्यसै गरी गद्य कवितामा निश्चित ढाँचा नै हुँदैन, अनुप्रास पनि हुँदैन, अनि छन्द पनि हुँदैन, त्यसैले गद्य कविता त्यसमा प्रयोग भएको भावका आधारमा मात्र मूल्याङ्कन गर्न सकिन्छ, त्यसको छन्दहीनता कुनै काव्यात्मक गुण होइन । गद्य कविताको वकालत गर्नेहरुले त्यसलाई उन्मुक्तिको बाटो मानेका छन्, तर कलामा उन्मुक्तिका लागि कुनै ठाउँ हुँदैन । (यो साधना र तपस्याको क्षेत्र हो ।)

धेरैजसो पाठकहरु कविताको एउटा हरफ अथवा एउटा श्लोकमा भएको वर्ण र वर्णगुच्छहरुको ढाँचाको आवृत्ति मात्र चाल पाउँछन् । (‘चिसो चूह्लो’ महाकाव्यमा बालकृष्ण समले प्रयोग गरे झैँ एउटै श्लोकमा बेग्ला बेग्लै छन्दका हरफ हाली दियो भने, त्यस श्लोक अथवा कवितामा भएको नियमितता श्रोता र पाठकले चालै पाउँदैनन्। सेक्सपियरले आफ्ना नाटकहरुमा छन्दको एउटै हरफलाई बेग्ला बेग्लै पात्रहरुका कुराकानीमा भाँची दिए । बालकृष्ण समले पनि त्यसको अभ्यास गरेका छन् ।) छन्द नभएको कुनै वाक्य नै हुँदैन । (जुनसुकै वाक्यमा भएका लघु गुरु अक्षरहरुको क्रमलाई पटकपटक दोहोर्‍याई दियो भने छन्द शास्त्रमा कतै उल्लेखै नभएको नयाँ छन्द बन्छ, तर छन्द शास्त्रको रूढिको ज्ञान हुनेले त्यहाँ छन्द भएको थाहै नपाउन सक्छ ।)

जानी जानी छन्दोभङ्ग गर्ने कति कविहरुले भङ्ग गरेको श्लोक भित्र पनि निश्चित ढाँचा बनाएको पाइन्छ । जोन वेब्स्टर र सेक्सपियरले पनि त्यस्तो प्रयोग गरेका छन् । झलक्क हेर्दा गद्य कविता जस्तो देखिने वेब्स्टरका कवितामा जानी जानी नयाँ ढाँचा (अथवा छन्द) बनेको पाइन्छ । छन्दको मनोवैज्ञानिक प्रयोजन भनेको एकै किसिमका ढाँचाहरुको अनेक पटकको आवृत्ति गरेर लय अथवा सङ्गीतात्मकताको निर्माण गर्नु हो । कविताका अनेक खण्ड खण्डले एकैनासको प्रभाव पार्न सके भने, त्यसलाई पनि छन्द मान्नु पर्ने हुन्छ ।

गद्य कविता पनि छन्दबाट मुक्त हुँदैन । कविता कि त सुललित छन्दमय, कि छन्द गड्बडिएको हुन्छ, कि छन्दहीन हुन्छ । गद्य कविताले कवितामा कुनै किसिमको काव्यात्मक गुण थप्तैन ।

कनिङ्घम (Cunningham, 2008, bls. 220-223) ले पनि गद्य कविताको विरोध गर्दै कवितामा छन्दको अनिवार्यता र अपरिहार्यता स्वीकार गरेका छन् । उनका विचारमा गद्य कवितामा स्वरूप र संरचनाको समस्या हुन्छ । छन्द, अलङ्कार, वक्रोक्ति, लक्षणा, ध्वनि र रस जस्ता परम्परागत कवितामा प्रशंसनीय गुण मानिएका शास्त्रीय कुराहरुलाई सामन्ती युगमा विकास भएको र राजा महाराजाहरुको गुणानुवादमा प्रयोग भएको देखेर त्यसको विरोध गर्दै नापजोख गर्नु पर्ने, निकै सोचेर योजना बनाउँदै, निकै मिहिनेत र कसरत गरेर लेख्नु पर्ने लक्षण सूत्रहरुलाई कृत्रिम र अस्वाभाविक ठानेर तिनीहरुलाई भाँचभुँच गरेर कविता लेख्ने रोमान्टिक आन्दोलनको ‘लोक तान्त्रिक’ प्रभावका रूपमा छन्द न बन्दको गद्य कविताको प्रयोग हुन थालेको हो ।

गद्य कविताको प्रयोग गर्नेहरु न्युटनका जस्ता तर्क र गणितले चल्ने नियमहरु त प्राकृतिक विज्ञानमा पो हुन्छन् त, साहित्य चाहिँ मानवीय चेतनाको अभिव्यक्ति पो हो त, त्यसैले त्यो स्वच्छन्द र अनियमित नै हुनु पर्छ, किन भने स्वच्छन्दता नै मानवीय स्वभावको द्योतक हो भन्ने ठान्छन् । यसरी छन्द र लक्षण सूत्रका नियमित संरचना अर्थात् रूपको भङ्गिमालाई नै कविताको आदर्श विशेषता ठानेर गद्य कविताको प्रयोग भएको हो, तर कवितामा नियम (अर्थात् रूप) त हुनै पर्छ ।

गद्य र पद्यमा के फरक हुन्छ भने, गद्यमा व्याकरणको नियम मात्रै भए पुग्छ, तर कवितामा त भाषाका व्याकरणको नियम मात्रले पुग्दैन । त्यहाँ छन्दको नियम पनि थपिन्छ । छन्दको नियम मिलाए पछि अनुप्रासको नियम थप्न सकिन्छ । अनुप्रासको नियम भन्दा माथि अर्थालङ्कारको नियम थप्न सकिन्छ । अलङ्कार भन्दा माथि कुन कुन विचार विरुद्ध बनाएर राखिएको छ, कुन कुन शब्द दोहोरिएको छ, कुन कुन शब्दका पर्यायहरु दोहोरिएका छन्, कुन कुन विचार दोहोरिएको छ, कुन कुन कुरालाई तुलना गरिएको छ, कुन कुन कुरालाई विरुद्ध पारेर राखिएको छ, वाक्यको लक्षार्थ अथवा व्यङ्ग्यार्थ के हो भन्ने अनेक किसिमका नियम (वा रूप) को सजावट कवितामा हुन्छ । त्यसैले परम्परागत छन्दको मात्र विरोध गर्दा गर्दै नयाँ नयाँ अर्थहरुको आविष्कार गर्ने भाषिक प्रविधिहरु पनि छन्दको नियम छोड्ने गद्य कविताबाट छुट्छन् ।

कवितामा नियम अथवा रूप नभई त हुँदैन, त्यसैले नियमहरु लथालिङ्ग छोडेर लेखिएको गद्य कविता कसरी लेख्ने भन्ने कुनै नियम कसैले नबनाएको हुनाले गद्य कविता आदर्श कविता बन्न सक्तैन (Cunningham, 2008, bls. 220-223) ।

३. छन्द कविताका विशेषता
छन्द कविताका विशेषता चिनाउँदै इभोर विन्टर्स (Winters, 2008 [1937]) के लेख्छन् भने, हरेक कविताले नौलो दृष्टि खोज्छ । परम्परामा अरुले लेखी सकेको दृष्टि दोहोर्‍याउँदा कवितै बन्दैन, त्यसैले हरेक कविताले विश्वका कविताले लगाएका गारामा एउटा नयाँ र नौलो इँट थप्नै पर्छ । त्यो नौलो दृष्टिले हामीले चिनेको जगत् नौलो लाग्न पनि सक्छ, हाम्रो आफ्नै अनुभव पनि कविता पढे पछि नौलो लाग्न सक्छ । हरेक कवितामा अगाडि कहिल्यै नदेखेको दृष्टि र दृश्य देखिनै पर्छ । कविले चाहिँ यो काम फत्ते गर्न भाषाका शब्दसँग, छन्दका लघु गुरुसँग मिल्ने शब्द रोजाइसँग, अनुप्रास मिल्ने शब्दको रोजाइसँग, प्रयोग गर्न रोजिएका सबै शब्द जोडिएर बन्ने वाक्य व्याकरणका नियमसित, शब्द शब्द र वाक्य वाक्य बटुल्दा निस्किने अर्थसँग, परम्परासित नमिल्ने हुनाले पाठकलाई नौलो लाग्ने अर्थसँग, पाठकलाई मन पर्ने र झस्काउने नौलो विचारसँग अनि समाजमा त्यस विचारले थप्ने मूल्यवान् दृष्टिको आविष्कारसँग युद्ध गर्नु पर्छ। जुन कविले यति सबै थोकको तपस्याबाट युद्ध जितेर सिद्धि पाउन सक्यो, त्यही मात्र सक्कली कवि हो । यस्तो तपस्या कविले मात्र गर्‍यो, तर पाठकले चाहिँ गरेन र सजिलो लाग्ने गद्य मात्र रोज्यो भने, उसले गद्यमा पनि पद्यकै जस्तो उच्चता हुन्छ भन्ने सोच्नु र खोज्नु भ्रम हो ।

फ्रान्सेली आधुनिकता वादी कवि मलाख्मेले कविताको हरफलाई नयाँ ‘शब्द’ हो भन्ने मानेर कवितामा कविले कोशमै (अर्थ) नभएको शब्द पनि प्रयोग गर्नु पर्छ भनेका छन् । त्यसको अर्थ के हो भने कवितामा प्रयोग भएको शब्दले कोशमा त्यस शब्दको जे अर्थ छ, त्यो दिई रहँदैन । कवितामा प्रयोग भएको शब्दले कोशको अर्थ मात्रै दिन सक्यो भने, त्यो कवितै हुँदैन । कवितामा प्रयोग भएको शब्दले आफ्नो कोशीय अर्थ बोक्ता बोक्तै अथवा कोशमै नभएको तर कविताको प्रसङ्गमा भएको अर्थ जति बोक्न सक्यो, त्यति त्यो कविता उच्च हुन्छ । कोशमा त जुनसुकै शब्दको अर्थ सामान्य र व्यापक मात्र हुन्छ । वाक्यमा प्रयोग भए पछि मात्र त्यस शब्दले निश्चित अर्थ दिन थाल्छ । कवितामा प्रयोग भएको शब्दले त सन्दर्भ र प्रसङ्गले निश्चित मात्रै होइन, जति अनिश्चित र दोधारे अर्थ दिन सक्यो, त्यति त्यसले कवितालाई अनेकार्थक, लाक्षणिक र ध्वन्यात्मक बनाउँछ । मलाख्मेले कविता मन्त्र जस्तो अनेकार्थक, लाक्षणिक र ध्वन्यात्मक हुनु पर्छ भन्ने आशय व्यक्त गरेका छन् । मलाख्मेका विचारमा एउटा सिङ्गो कवितालाई कोशमै नभएको शब्द जस्तो मान्नु हो भने त कविताको हरफलाई त्यस्तै शब्दको एउटा अक्षर जस्तो मान्नु पर्ने हुन्छ (Winters, 2008 [1937]) । प्रयोग भएका शब्द मात्रै बटुलबाटुल पार्दा आउने अर्थ भन्दा बढ्ता अर्थ दिन नसक्ने श्लोक वा रचना कविता होइन ।

पद्यमा दोहोरिने ध्वनि, अक्षर, मात्रा, अनुप्रास र ताल अथवा लय जस्ता वर्ण वैज्ञानिक तत्त्वहरुमा पनि अर्थ कुँद्‍न सकिन्छ, दोहोरिने शब्द, त्यसका पर्याय र विपर्याय जस्ता शब्द व्याकरणका अनेक तत्त्वहरुमा विचलन ल्याएर व्याकरणका नियमले दिने अर्थ भन्दा नयाँ अर्थ जड्न सकिन्छ, बोलचालका वाक्यमा कहिल्यै नजिक आउन नसक्ने शब्दहरुलाई नजिकै ल्याएर अथवा शब्द साहचर्यमा नौलो पन ल्याएर, पद क्रम बदलेर अनि वाक्यमा पद सङ्गतिका व्याकरणले दिने नियमहरु खल्बल्याएर अर्थात् वाक्य व्याकरणका नियमहरुलाई खल्बल्याएर पनि नयाँ अर्थ दिन सकिन्छ । त्यस्तै, शब्दकै कोशमा पाइने अर्थमा नौल्याइँ ल्याएर अथवा व्याकरणले दिने सबै अर्थका पर्खालहरु नाघेर नयाँ अर्थको निर्माण गर्न सकिन्छ ।

परम्पराले नै पद्यमा छन्दले दिएको जटिल संरचना र प्रविधिको प्रयोग मात्र गर्दा जति अर्थको निर्माण गर्न सकिन्छ, त्यति नै नौला अर्थको निर्माण गद्यमा गर्नु हो भने, जति छोटकरीमा कवितामा नौला अर्थको सिर्जना गर्न सकिन्छ, त्यति छोटकरीमा त गद्यमा कहिल्यै सकिँदैन । नौलो अर्थ निर्माण गर्न सक्ने क्षमतामा यसरी कविता र गीत गद्य जस्तो ठोस र टमक्क होइन, पानी जस्तो तरल र जटिल विधा हुन्छ । छन्दमा ताल र लयको निर्माण पनि छिटै र सहजै हुन्छ ।

माथि उल्लेख गरिएकै कारणले गद्य भन्दा पद्य स्वभावैले अप्ठ्यारो हुन्छ, किन भने पद्यमा प्रयोग भएका शब्दहरु बटुलबाटुल पार्दा आउने अर्थ निकाल्नु कविको प्रयोजनै हुँदैन, गद्यको चाहिँ अवश्य हुन्छ । एलेन टेटको कुनै कविता (जस्तै, The Subway) पढ्दा प्रयोग भएका शब्द बटुल्दा कवि बहुलाएको जस्तो मात्र लाग्छ, विश्लेषण नगरी कविताको गहिराइमा भएको अर्थ निस्किँदैन (Winters, 2008 [1937]) ।

छन्दमा अलिकति पनि विचलन आयो भने, मर्मज्ञले नियम भङ्ग भएको सुइँको पाई हाल्छ (Winters, 2008 [1937]) ।

४. कवितामा छन्दको महत्त्व
टी० ई० ह्युम (Hulme, 1955, pp. 77-100) ले कवितामा छन्दको महत्त्व निम्न लिखित कुराबाट प्रकाश पारेका छन्:

छन्द कविताले शब्द भण्डार जगाउँछ\बढाउँछ । विदेशी भाषा सिक्ता र आफ्नै भाषा विदेशीलाई पढाउँदा मात्र हामीलाई आफ्नै भाषा पनि कति आउँदो रहेनछ भन्ने थाहा हुन्छ । छन्दमा कविता लेख्ने कविलाई ठिक त्यस्तै हुन्छ, त्यसैले कविले आफ्नै शब्द भण्डार सके सम्म बढाई राख्नु पर्छ ।

कविले कवितामा आफ्नो मनमा उठेका भावनालाई व्यक्त गर्न जुन शब्दावली प्रयोग गर्न खोज्छ, पहिले ती शब्दावलीलाई सुहाउँदो (छन्दको) स्वरूप रोज्छ । त्यस पछि कविताको त्यो पहिलो हरफको (छन्दको) स्वरूपले त्यस पछि होड गर्न आउने शब्दावलीहरुको खटन गर्छ । त्यसरी कविका मनमा होड गर्न आउने शब्दहरुलाई छन्दका साँचामा मिल्ने गरी जड्दा जड्दै कवि आफैँले पनि त्यस भन्दा अगाडि कहिल्यै नसोचेको अर्थ लाग्ने बिम्बको रचना गर्न पुग्छ ।

५. छन्दको संरचनाले नै कविलाई कविता लेखाउँछ भन्ने भ्यालेरीको अनुभव
फ्रान्सका आधुनिकता वादी कवि पल भ्यालेरी आफुले ‘समुद्री चिहान’ भन्ने कविता कसरी रचेँ भन्ने अनुभव सुनाएका छन् । उनको अनुभव छन्दमा कविता लेख्‍ने सबै कविसित मेल खानु पर्ने हो (Burke, Towards post-Kantian verbal music, 2008 [1951])। भ्यालेरी लेख्छन् :

क. कसैले मलाई तैँले आफ्ना कवितामा के भन्न खोजेको भनेर सोध्यो भने, म के जवाफ दिन्छु भने, म कवितामा केही पनि भन्न खोज्दिन, तर केही बनाउन खोज्छु, अनि त्यो केही बनाउन खोज्ने रहरले नै मैले के भन्न खोजेको भन्ने कुराको ठेगान लगाउँछ ।

ख. मैले ‘समुद्री चिहान’ भन्ने कविता लेख्ता पहिले ध्यानमा छन्दको तालको गुनगुन भन्दा बढ्ता केही पनि थिएन। त्यस छन्दमा भएका अर्थहीन अक्षरहरु (का लघु, गुरु) कसरी मिलाउने भन्ने कुरो मेरो एक छिनको फिक्रीको विषय भयो । त्यस छन्दका श्लोकमा यति ओटा हरफ हुन्छन् भन्ने कुरो मेरा ध्यानमा त्यस पछि आयो । त्यस पछि कुन कुन अक्षरमा सुरको आरोह र अवरोह मिलेर लय बन्छ भन्ने कुरो मेरा ध्यानमा गयो । त्यति वेला सम्म मेरो कविता रित्तो थियो; त्यहाँ केही अर्थ नै थिएन । कवितामा जति ओटा श्लोक होलान् भन्ने अड्कल गरेँ, तिनीहरुमा एउटाबाट अर्को श्लोकका बिचमा अर्थको विविधता जड्न कि मेल राख्छु, कि बेमेल राख्छु भन्ने योजना बनाएँ । यति संरचनाको खाका बनाउँदा बनाउँदै यो कवितामा म आफैँसित बोल्नु पर्‍यो भन्ने सुर मैले कसेँ । त्यसो गर्दा मैले आफ्नो किशोर अवस्थामा आफुले बिताएको भूमध्य सागर तटको निश्चित ठाउँको पानी र प्रकाश मिसिएर आएको मेरो जीवनमा मेरो मन र मस्तिष्कमा सबभन्दा सरल तर दिगो र अडिलो प्रभावका रूपमा बुनिएर अनि बाझेर आउने कुराको वर्णन गर्ने विचार गरेँ । यी सबै कुराले मृत्युको विषय सम्म अर्थात् चोखो विषय सम्म पुर्‍याए । मैले रोजेको दश अक्षरको छन्दको अलिकति साइनो इटालीका कवि दान्तेसित लाग्थ्यो । मेरा कविताका हरफहरु छन्दका नियमका तालमा कठोरतासित बाँधिएका हुनु पर्थ्यो । त्यो कविता मेरो आफैँसितको संवाद भए पनि अरुले पढ्दा त्यो उनीहरुले आफैँसित कुरा गरे झैँ लागोस् भन्ने मेरो सक्तो प्रयत्न हुनु आवश्यक थियो । छन्दको संरचनाले मलाई भाव र शैलीमा थोरै मात्रै चट्पटाउने र खेल्ने छुट दिन्थ्यो। यसरी सामुद्रिक चिहान भन्ने कविताको गर्भ वास भयो, तर त्यसको गर्भ विकास भएर जन्म लिन निकै समय लाग्यो ।

ग. यसरी कविता रच्ता मलाई सृष्टि कर्ताले पनि आफ्नै सृष्टि अलि अलि गरेर निकै समय लगाएर फेला पारे जस्तै हुन्छ : पहिले म संरचना थाह पाउँछु, त्यसबाट थाल्छु अनि त्यसै संरचनाले मेरो कविताको विषय र रचनाको टुङ्गो लगाउँछ । कविता बनी सके पछि मात्र म आफ्नै कविताको दर्शन गर्छु र संरचनाले बाध्य पारेका ठाउँमा सम्झौता गर्दा गर्दै सृष्टि भएको मेरो कविताको अर्थ म आफैँ पहिलो पल्ट बुझ्छु ।

६. छन्द कवितामा ध्वनि, अनुप्रास (Rhyme) र ताल (Rhythm) को महत्त्व
टी०ई० ह्युम (Hulme, 1955, pp. 77-100) का विचारमा छन्दमा ध्वनिहरुको तालमेल धेरै महत्त्व पूर्ण हुन्छ । कवितामा प्रयोग भएका छन्दका ध्वनिहरु परस्पर मिलेर पनि कवितामा व्यक्त भएको भाव झन प्रस्ट र टड्कारो पार्न बिम्बहरुलाई सघाउने खालको हुनु पर्छ । त्यस काममा ध्यान नदिएर छन्दमा प्रचलित रूढिको पछि लाग्ने काम बिम्ब वादी कवितासित मिल्दैन (xviii)।

एज्रा पाउन्ड (Pound, 1918, bls. 185-195) का विचारमा कविताका सिकारुले गर्नु पर्ने अनेक किसिमका अभ्यास मध्ये एउटा अभ्यास हो अर्कै भाषाका कविले गरेको कविता पाठ ध्यान दिएर सुन्ने । यस अभ्यासले कविताको ध्वनि पक्ष र सङ्गीतात्मकतालाई शब्दका अर्थबाट छुट्याउने सामर्थ्य बढ्छ । सिकारुले अरु भाषाका कविता सुनेर त्यसको अनुतान (Intonation) मा, तालमा, लय (Melody) मा, सुर (Pitch) मा, तारत्व (चर्को पन) मा, बलाघात (Stress) मा, हरफ हरफमा दोहोरिने ढाँचा र ढर्रा (Pattern) मा, छन्दमा, (गणमा), अक्षर अक्षर (Syllable) मा, स्वर र व्यञ्जनका बिचको मात्रा जस्ता ध्वनि गुणको सङ्गति र विन्यासमा ध्यान दिएर सुन्नु पर्छ । सबै कविताले सङ्गीतकै आड लिनु पर्छ भन्ने छैन, तर सङ्गीतको आड लिएर रचना गरेको कविताको मर्म मर्मज्ञले चाहिँ बुझी हाल्छ । सिकारु कविले पनि आफुले नबुझ्ने भाषाका कवितामा भएको अनुप्रास (छेकानुप्रास, वृत्यनुप्रास, आदि) मा ध्यान दिन सक्छ। अनुप्रासको प्रयोग गर्दा के होस पुर्‍याउनु पर्छ भने, अनुप्रास कसरी प्रयोग गर्नु पर्छ भने, सुने पछि त्यसबाट निस्किने अर्थबाट श्रोता वा पाठक झस्कियोस् !

इभोर विन्टर्स (Winters, The morality of poetry. Primitivism and decadence, 233-243., 2008 [1937], bls. 75-84) पनि के भन्दछन् भने, कवितामा ताल (र लय) ले विशिष्ट र सूक्ष्म भाव अथवा लाक्षणिकता थप्छन् । बोलचालको भाषा वा गद्यमा निश्चित अर्थ दिन प्रयोग गरिएका शब्दहरुकै शाब्दिक अर्थ बटुलबाटुल पार्दा पुग्छ, तर कवितामा त छन्दले पनि, तालले पनि, वर्णले पनि, रूपले पनि, शब्दले पनि, शब्द साहचर्यले पनि वाक्यको अर्थ थप्ने हुनाले अर्थ लगाउँदा ती सबै तत्त्वहरुलाई बटुलबाटुल पार्नु पर्छ । (अनि मात्र कविताको व्यञ्जना र ध्वनि बुझ्न सकिन्छ ।) (Winters, Preliminary problems. The anatomy of nonsense, 2008 [1943], bls. 75-84)

७. छन्दमा लेख्ने बितिक्कै कविता बन्दैन
एज्रा पाउन्ड (Pound, 1918, bls. 185-195) के भन्दछन् भने, छन्दमा लेख्ने बितिक्कै कविता बनी हाल्छ भन्ने भ्रममा पर्नु हुँदैन । पाउन्डका विचारमा छन्दलाई कविता बनाउन निम्न लिखित दोष हटाउनु पर्छ :

क. छन्द कविताबाट वर्णन बहिष्कार

छन्दमा कुनै कुराको वर्णनै नगर्नु राम्रो हो, किन भने वर्णनले कविता चाहिँ बन्दैन । कविले भन्दा राम्रो वर्णन त चित्रकारले गर्न सकी हाल्छ नि । त्यस कामका लागि कवि नै किन चाहियो ? सेक्सपियरले ‘रातो पाल हालेको अरुणोदय’ भन्दा बुझिने कुरो कुनै चित्रकारले बनाउनै सक्तैन । कवितामा वर्णन यस्तो मात्र गर्न सुहाउँछ ।

ख. छन्दमा यति भङ्ग गर्नु हुँदैन । छन्दमा कविता लेख्नेले यति भङ्ग गर्नु हुँदैन, अर्थात् एउटै शब्दलाई विश्राम वारि पारि पर्ने गरी भाँच्नु हुँदैन । कविताका हरेक हरफमा वाक्य टुङ्ग्याएर एउटा श्लोक सिङ्गो अर्थ दिने नभएर अर्थ छरिने हुन सक्छ । छन्द मिलाउन जबर्जस्ती शब्दलाई भाँचभुँच पार्नु हुँदैन । सिकारु कविमा एकै चोटि पूर्ण सङ्गीतात्मक र लयात्मक बन्दै श्लोक र कविता आफैँ आदर्श बन्ने सम्भावना एकदम कम हुन्छ। त्यो सिद्धिका लागि निकै अभ्यास र मेहनत चाहिन्छ ।

८. आधुनिकता वादी छन्द कविताका विशेषता (Schwartz, 2008 [1941], bls. 151-160)
सबैजसो आधुनिकता वादी कविताहरु गीति (छन्द) कविता छन् । आख्यानात्मक र नाटकीय पद्य झन्डै हराई सकेका वेलामा आधुनिक कविहरुले चाहिँ किन गीतिमय र सङ्गीतात्मक (पद्यमय) कविता लेखे भन्ने कुराको व्याख्या पनि स्वार्चले गरेका छन् । छन्दमा नौलो पन चाहिँ आधुनिकता वादी कविहरुले थपेका छन्, किन भने आधुनिकता वादी कवितामा छन्दमा पाइने आख्यान र नाटकीयताको अभाव छ । उन्नाइसौँ शताब्दीको मध्य सम्मका (अङ्ग्रेजी?) कविता सबै छन्दमा लेखिन्थे, सबै गीतिमय थिए, सबैमा आख्यान हुन्थ्यो, सबैमा नाटकीयता हुन्थ्यो अनि आधुनिकता वादी कविता जस्तो किसिमका अप्ठ्यारा र अस्पष्ट छन्, ती कविता त्यस्ता थिएनन् ।

९. निष्कर्ष
अङ्ग्रेजी साहित्यका आधुनिकता वादी ‘कवि समालोचक’ हरुले छन्द र त्यसको महत्त्व बारे व्यक्त गरेका माथि उल्लेख गरिएका कुराहरुको अध्ययन गर्दा टी०एस० इलियटको प्रभाव परेर कविता लेख्ने नेपाली बिम्ब वादी र आयामेली कविहरुले गद्य कवितामा मात्र मूलतः आफ्ना कविता लेखेको कुरो चाहिँ आधुनिकता वादी अङ्ग्रेजी कविताको मूल धारसँग अनि इलियट र एज्रा पाउन्ड जस्ता उनीहरुका प्रेरणाका स्रोतसँग पटक्कै मेल नखाने देखिन्छ ।

References
Burke, K. (2008 [1951]). Towards post-Kantian verbal music. In G. Davis (Ed.), Praising it new: The best of New Criticism. Ohio: Ohio University Press.

Cunningham, J. (2008). The problem of form. 220-223. In G. Davis (Ed.), Praising it new: The best of New Criticism. Ohio: Ohio University Press.

Davis, G. (2008). Introduction: The golden age of poetry criticism. In G. Davis (Ed.), Praising it new: The best of New Criticism. Ohio, USA: Ohio University Press.

Eliot, T. (1917). Reflections on Vers Libre, 195-201. In G. Davis (Ed.), Praising it new: The best of New Criticism.

Eliot, T. (1920). Hamlet and his problems. In The sacred wood.

Eliot, T. (1920). Introduction to Sacred Wood. In G. Davis (Ed.), Praising it new: The best of the New Criticism. Ohio: Ohio University Press.

Eliot, T. (1920). The perfect critic. In G. Davis (Ed.), Praising it new. Ohio: Ohio University Press.

Eliot, T. (2008). The Metaphysical Poets. In Praising it new: The best of New Criticism. Ohio: Ohio University Press.

Hulme, T. E. (1955). Notes on language and style. In S. Hynes (Ed.), Further speculations by T.E. Hulme (pp. 77-100). Minneapolis, USA: University of Minnesota Press.

Hynes, H. (1955). Notes on language and style. In S. Hynes (Ed.), Further speculations by T.E. Hulme (pp. 77-100). Minneapolis, USA: University of Minnesota Press.

Logan, W. (2008). Forward into the Past: Reading the New Critics. In G. Davis, & G. Davis (Ed.), Praising it New: The Best of New Criticism. Ohio, USA: Ohio University Press.

Pound, E. (1918). A retrospect, Pavannes and divisions. In G. Davis (Ed.), Praising it new: The best of New Criticism (pp. 185-195).

Schwartz, D. (2008 [1941]). The Isolation of modern poetry. In G. Davis (Ed.), Praising it new: The best of New Criticism. Ohio: Ohio University Press.

Winters, Y. (2008 [1937]). The morality of poetry. Primitivism and decadence, 233-243. In G. Davis (Ed.), Praising it new: The best of New Criticism. Ohio: Ohio University Press.

Winters, Y. (2008 [1943]). Preliminary problems. The anatomy of nonsense. In G. Davis (Ed.), Praising it new: The best of New Criticism. Ohio: Ohio University Press

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 495
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हिंदी साहित्यका इतिहास (पुस्तक) ?

March 6, 2022

मैले पिएकोमा रिसाएका साथीहरू ?

February 28, 2022

कुम्भकुमारको निद्रा

August 10, 2021

फुल्न मन लाग्यो

July 20, 2021

भाषा साहित्यका विकासमा पुरस्कार

July 9, 2021

नयाँ साल नयाँ वसन्त

July 8, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.