SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राष्ट्रिय पुस्तकालय
सम्पादकीय

राष्ट्रिय पुस्तकालय

Sahitya SagarBy Sahitya SagarJuly 20, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
मेरो पुस्तकालय एउटा विशाल ट्युक राज्य थियो।
– विलियम सेक्सपियर
​शताब्दीऔँ अघि सेक्सपियरले भनेको यो भनाई आज पनि मस्तिष्कको खेती गर्नेहरूका लागि उत्तिकै सान्दर्भिक छ। नेपालको ठुलो पुस्तकालयका रूपमा हामी त्रिभुवन विश्वविद्यालयको पुस्तकालयलाई चिन्दछौँ। त्यसमा प्रायः विश्वविद्यालयका पाठ्यसामग्री रहने हुँदा आम नागरिकका पहुँचमा रहने ठुलो र प्रयोग गर्न सकिने पुस्तकालय कुन हो भन्दा एउटा मात्र विशाल पुस्तकालयको नाम हो – नेपाल राष्ट्रिय पुस्तकालय। यो पुस्तकालय कहाँ छ भनेर खोज्न हिँड्यो भने कहीँ पनि भेटाइँदैन। नेपाली बौद्धिक जगत्मा यो निकै दुर्भाग्यपूर्ण घटना हो। यस विषयमा पर्ख र हेरको म्याद सकिँदै गएको छ।
नेपाल राष्ट्रिय पुस्तकालयको स्थापनाको आफ्नै कथा छ। तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य २०१३ सालमा चीनको भ्रमणमा जाँदा भारतको कोलकत्तामा बास बस्ने क्रममा त्यहाँको भारतीय राष्ट्रिय पुस्तकालयको अवलोकन गरेपछि त्यसैबाट प्रभावित बनेर नेपालमा पनि राष्ट्रिय पुस्तकालय चाहिन्छ भन्ने अवधारणा विकास गरी कार्यन्वयन गर्ने क्रममा नेपालले राष्ट्रिय पुस्तकालय प्राप्त गरेको थियो। भनिन्छ, प्रधानमन्त्री आचार्यले सो पुस्तकालयको आगन्तुक पुस्तिकामा नेपालमा पनि नेपाल सरकारको राष्ट्रिय पुस्तकालय स्थापना गर्ने सोच रहेको कुरा उल्लेख गरेर फर्किएका थिए। उनले त्यस भ्रमणबाट फर्केलगत्तै नेपाल सरकारले पूर्व नायब बडागुरु हेमराज शर्मा पाण्डेको निजी सङ्कलनमा रहेको भारती भवन पुस्तकालयमा भएका करिब ३०००० पुस्तकहरू तीन लाख भारतीय रूपैयाँमा खरिद गरेर सो सङ्कलनमा केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका ८००० पुस्तकहरूसमेत मिलाएर नेपाल सरकारले २०१३ साल पुस १९ गते तदनुसार सन् १९५७ जनवरी दुई तारिकका दिन तत्कालीन सिंहदरबारको सिक्रीढोकामा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना गरेको पाइन्छ। यस दिनलाई नेपाली बौद्धिक जगत्ले आदरपूर्वक सम्झने गरेको छ।
राष्ट्रिय पुस्तकालयको इतिहास आफ्नै गतिमा अगाडि बढेको छ। २०१८ सालतिर यस पुस्तकालयलाई सिंहदरवारबाट हरिहर भवनमा स्थानान्तरण गरिएको थियो। त्यहाँको सदस्य बनेर आफूलाई मन लागेको पुस्तक लिएर सर्वसाधारण पाठकले पनि पढ्न पाएको सुखद घटना नेपाली पठन संस्कृतिमा उल्लेख्य घटनाका रूपमा देखिन्छ। त्यस पुस्तकालयलाई पञ्चायतकाल वा बहुदल र गणतन्त्र कालको परिवर्तनले केही गर्न सकेको थिएन। पाठकहरू जाने आफूलाई आवश्यक पर्ने पुस्तक लिने पढ्ने फर्काउने क्रम चलिरहेकै थियो। २०७२ साल बैशाख १२ गतेको भूकम्पमा परी भवन क्षतिग्रष्त भएपछि सबै सामग्री पढ्न पाउने गरी पुस्तकालय सञ्चालन हुन सकेन। त्यो क्रम अहिलेसम्म रहिरह्यो। हाल हरिहरभवन परिसरकै बाल शाखाबाट आंशिक सेवा दिए पनि त्यो सेवा प्रभावकारी नभएको अनुभव त्यहाँ जाने जोकोहीलाई प्रत्यक्ष रूपमा हुन्छ।
राष्ट्रिय पुस्तकालय भन्ने बित्तिकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशका समग्र पुस्तकालयहरूको प्रतिनिधित्व गर्ने एक मात्र गौरवमय ज्ञानभण्डार भन्ने चित्र हाम्रो मस्तिष्कमा आइपुग्छ । नेपालमा यो पुस्तकालय सरकारको पूर्ण स्वामित्वमा रही सरकारद्वारा नै निर्देशित र सञ्चालित रहेकाले यसमा ऐतिहासिक र राष्ट्रिय महत्त्वका दस्तावेज तथा अन्यत्र पाउन नसकिने मूल्यवान् पाण्डुलिपिहरूको सङ्कलन व्यवस्थित रूपमा भएको दाबी गरिन्छ। यसलाई एउटा पुस्तकालयका रूपमा मात्र नभई राष्ट्रको बौद्धिक एवम् सांस्कृतिक विरासतको साझा भण्डारको रूपमा चिन्दै र चिनाइँदै आएको गौरवमय इतिहास छ। ज्ञानको तिर्खामा रहेका ज्ञानप्यासीहरूको तृप्ति गर्ने सागरका रूपमा यसलाई बुझ्ने र चिनाउने गरिन्थ्यो। यो देशको बौद्धिक सम्पदाको जगेर्ना गर्दै सभ्य र समुन्नत राष्ट्र निर्माणको आराधना स्थल हो भन्ने आम बुझाइ रहँदै आएको छ। यस पुस्तकालयलाई १५०००० अधिक पुस्तक तथा पत्रपत्रिकाहरूको सङ्कलका रूपमा लिइन्छ। यो डाटा केही तलमाथि भए पनि पठन संस्कृति कमजोर बनिरहेको वर्तमान अवस्थामा राष्ट्रिय, प्रादेशिक र स्थानीय तहसम्म राज्यका स्वामित्वका पुस्तकालय स्थापना गरी बौद्धिक चेतनाको उज्यालो छर्नुपर्ने बेलामा एउटा भएको राष्ट्रिय पुस्तकालय पनि सञ्चालनमा नरहनु बढो बिझ्दो र अनुत्तरित प्रश्न बनेर रहेको छ।
कुनै पनि मुलुकको उन्नति भौतिक संरचनाबाट मात्र सम्भव हुन सक्तैन। अब्बर्ड हब्बार्डले भनेका थिए चुइङ्गममा भन्दा पुस्तकमा बढी खर्च नगरेसम्म सम्भय मुलुक बन्ने छैन। उनको यो भनाई बालबालिकामा अभिभावकको लगानीतर्फ लक्षित थियो। थोरोको पुरानो कोट लगाऊ नयाँ किताब किन आम मानिसको जागरणको स्रोत पुस्तकमा छ भन्नेतिर लक्षित छ। विकसित मुलुकहरूले ठाउँ ठाउँ, रेल स्टेसन र बसपार्कहरूमा पुस्तकालय स्थापना गरेर नागरिकलाई सचेत बनाएका उदाहरण अनेक छन्। हामी यसका उदाहरण हाम्रै छिमेकी मुलुक चीन र भारतलाई हेरेर पनि केही सिक्न सक्छौँ। विश्व सन्दर्भमा प्रत्येक राष्ट्रमा राष्ट्रकै स्वामित्वमा एउटा राष्ट्रिय पुस्तकालय रहेको देखिन्छ। विश्वको शक्ति र सम्पन्न राष्ट्र मानिने संयुक्त राज्य अमेरिकामा विश्वको ठुलो पुस्तकालयको रूपमा परिचित लाइब्रेरी अफ कङ्ग्रेसका साथै नेसनल लाइब्रेरी अफ मेडिसिन, नेसनल एग्रिकल्चरल लाइब्रेरी, नेसनल लाइब्रेरी अफ एजुकेसन, नेसनल ट्रान्सपोटेसन लाइब्रेरीलगायत आधादर्जन जति विधागत राष्ट्रिय पुस्तकालयहरू छन्। यो अवस्था अन्य मुलुकमा पनि विकसित देखिन्छ। अर्को विकसित मुलुक जर्मनीमा जर्मन नेसनल लाइब्रेरीका साथै विधागत पुस्तकालयहरूको विकास गरिएको देखिन्छ। त्यस्ता पुस्तकालयहरूमा जर्मन नेसनल लाइब्रेरी अफ इकोनमिक्स, जर्मन नेसनल लाइब्रेरी अफ मेडिसिन, जर्मन नेसनल लाइब्रेरी अफ टेक्नोलोजी आदि त्यस देशको मात्र होइन अन्य देशका अध्यताको पनि ध्यान खिच्ने सामर्थ्यसाथ रहेका छन्। दक्षिण कोरियामा नेसनल लाइब्रेरी अफ कोरियाका साथै नेसनल डिजिटल लाइब्रेरी अफ कोरिया, नेसनल लाइब्रेरी अफ चिल्ड्रेन एन्ड युथ एडल्ट्स आदि रहेको पाइन्छ। विकसित राष्ट्रले पुस्तकालयलाई कति महत्त्व दिने गरेको छ भन्ने बुझ्नका लागि यी केही नमुना राष्ट्रका साथै रुस र अरू थुप्रै मुलुकका राष्ट्रिय पुस्तकालयहरूलाई हेर्न सकिन्छ। चिनले नेपाललगायत आफ्ना मित्रराष्ट्रहरूमा चीन अध्ययन केन्द्रको विकास गरेको छ। रुसले नेपाललगायत अन्य मुलुककमा रुसी सांस्कृतिक केन्द्रका माध्यमबाट आफ्ना बौद्धिक सम्पदाको रक्षाका साथै विस्तार गरिरहेको छ। यो अभ्यास विश्वका सम्पन्न मुलुकहरूले बाक्लै गरिरहेका छन्। नेपालजस्तो पहिलो दोस्रो शिक्षित पुस्ता जन्मँदै गरेको विकासशील राष्ट्रलाई समृद्ध बनाउनका लागि टोलटोलमा पुस्तकालयको विकास गर्नुपर्ने अवस्थामा भएको एउटा राष्ट्रिय पुस्तकालयजस्तो बौद्धिक भण्डारका सामग्री बोरामा कोचिएर, सजिएर बस्ने भवन नपाएर बस्नु पर्ने अवस्था सुन्दैमा लाजमर्दो छ। भुइँचालोपछि सानो गौचरस्थित महेन्द्र मा.वि.को दुईवटा कोठामा बोरामा थन्क्याएर राखिएको, त्यसमध्ये केही पुस्तकहरू पुनः भक्तपुरको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा लगेर राखिरहेको समाचारले नेपाली बौद्धिक जगत्लाई निकै चिन्तित बनाउँदै आएको छ। ऐतिहासिक र पुरातात्विक महत्वका दुर्लभ दस्तावेज तथा पुस्तकहरू बोरामा राख्दा बिग्रने डरले आम बौद्धिक जगत्ले सरकारलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा झक्झक्याइरहेको अवस्थामा २०७५ असोज २८ गते मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको समाचार आउँदा केही आशाका किरण छरिएका थिए। यसले बौद्धिक जगत्मा आशा र विश्वासको ढोका खुलिरहेका बेला अहिले फेरि पुस्तकालय भवन निर्माण स्थगन भएको कुराले पुनः तुषारापात भएको छ। निजीतवरबाट चलिरहेका मदन पुरस्कार पुस्तकालय जस्ता पुस्तकालय छोटो समयमै पुनः निर्माण भई सञ्चालनमा आउनु र राष्ट्रिय पुस्तालय जस्तो गरिमामय पुस्तकालय आधा दशकसम्म गुम्राहामा पर्नु अदूरदर्शी योजना र कार्यन्वयन हो। यसले अझै पनि नेपालको बौद्धिक सम्पदा राज्यभन्दा व्यक्ति र सचेत नागरिककै पोल्टामा संरक्षित छ भन्ने देखाउँछ। गणतान्त्रिक बहुमतको सरकारका पक्षमा झनै नसुहाउने नजिर बनेर रहन्छ।
नेपालको राष्ट्रिय पुस्तकालय स्थापनाको साढे छ दशकपछि पनि आफ्नै स्वामित्वको भवन नहुनुले नेपालका शासकहरूको अदूरदर्शी चिन्तन र व्यवहारलाई देखाउँछ। पुस्तकालयको वेबसाइटमा राखिएको प्रस्तावित राष्ट्रिय पुस्तकालयको सात र चार तलाको विशाल दुईवटा भवनका साथै भित्री भागको आकर्षक एनिमेसन तस्बिरमा मात्र सीमित भएको समाचार सुन्दा लाग्नु नमजा लागिरहेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रस्तुत गरेको योजनाअनुसार सरकारले सुन्दर र समृद्ध शहर निर्माणका लागि बृहत् गुरुयोजना बनाउन लागेको समाचार सुनिन्छ। त्यसो भए पनि राष्ट्रिय पुस्तकालय कुन स्थानमा बनाउने भन्ने विषयमा बेलैमा सोचिएन भने इतिहासले गुरुयोजनाका सबै पक्षलाई धिकार्ने छ। शहरलाई भौतिक सुन्दरताले झकिझकाउ मात्र गराएर देशको उन्नति हुँदैन। यहाँ भौतिक निर्माण भन्दा आम नागरिकको चेतना विकास गर्ने पुस्तकालय र विधागत पुस्तकालय स्थापना गरेर देशको विकासमा उनीहरूको चेतनालाई पनि उपयोग गर्नुपर्ने देखिन्छ। भ्युटावर, टुँडिखेल, धरहरा, नयाँ दरबार पछि नबनाए पनि बिग्रिइहाल्दैन तर पुस्तकालयको सामग्री चाहिएका बेला पढ्न नपाउनुले देशलाई दशक मात्र होइन शताब्दी पछाडि धकेल्छ। राष्ट्रिय गौरवका आयोजनामा पुस्तकालयलाई पनि समेटेर अगाडि बढ्नुपर्छ। कार्लाइलले शताब्दीअघि पुस्तकालयलाई विश्वविद्यालय मानेका थिए।
देशको विकास अध्ययन अनुसन्धान र योजनाअनुसार हुने हो। अध्ययन, अनुसन्धान र योजनाकारहरूलाई स्वतन्त्र र शान्त रूपमा खोज, अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने उपयुक्त स्थान भनेकै पुस्तकालय हो। अनुसन्धानकर्ताहरूलाई अध्ययन अन्वेषण गर्नका लागि राष्ट्रमा एउटा पनि राष्ट्रिय पुस्तकालय नहुनु, पार्टी राजनीतिमा शिक्षित जनशक्ति विकास गर्न सक्ने राजनीति सिद्धान्त र व्यवहारिकता भन्दा अन्य पक्षका कार्यकर्ता र नेताहरूको बाहुल्य रहनु, योग्यता क्षमताभन्दा अन्य प्रभाव र शक्तिका भरमा पद र प्रतिष्ठा थपिँदै जानु, उच्च पदस्थ व्यक्तित्त्व र उनका सल्लाहकारहरूमा विषयगत दक्षता भन्दा अरूनै पक्षको प्रभाव र हर्कत देखिनु गणतन्त्रात्मक युगमा पनि युगानूकुल सचेत जनशक्ति देशले बनाउन नसक्नु नै देखिन आउँछ। यी बहुमुखी क्षेत्रका व्यक्तित्त्व कमजोर देखिनु आदिको मूल कारण नै पठन संस्कृति र बौद्धिक क्षमताको विकास गर्न नसक्नु र पुस्तकालयप्रतिको दृष्टिकोणको अभाव नै हो भन्ने देखिन आउँछ। तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले देशमा यस्तो पुस्तकालय छैन भन्नुभन्दा बन्दैछ भनेर हतार हतार स्थापनाको पहल गरेझैँ अहिलेका प्रधानमन्त्रीले पनि यस मुद्दालाई सम्बोधन गर्नुपर्ने देखिन्छ। टल्सटलयले पुस्तकलाई साँघुरो गुफासँग तुलना गर्दै भनेका थिए पुस्तक ज्ञानको साँघुरो गुफा हो, जहाँबाट घस्रेर यात्रा गर्न सके सुन्दर संसार देख्न सकिन्छ। हामी यही गुफाको यात्रा गर्न नसक्नाले हाम्रा छिमेकीका बौद्धिक, कलागत सांस्कृतिक चेतनाका आगाडि आफ्नो मुलुकको छवि समानान्तर रूपमा उभ्याउन सकिरहेका छैनौँ। केही सांस्कृतिक सम्पदा निर्माण गर्दा पनि अरू दातृ मुलुकका झन्डा ती सम्पदाका धुरीमा टाँग्ने अवसर दिइरहेका छौँ। सांस्कृतिक र बौद्धिक सम्पदा संरक्षण र त्यस्ता सम्पदाका निर्माणमा होइन विदेशी सहयोग लिए अन्य भौतिक कुरामा मात्र लिनुपर्छ भन्ने पनि हामी थाहा पाउँदैनौँ। हामी चुक्तै चुक्तै आएका यस्ता धेरै उदाहरणहरू छन्। राज्य तहबाट हुने यस्तै ससाना कमजोरीले विश्व सन्दर्भमा शून्य उपस्थिति र छिमेकी मुलुकमा पनि आफ्नो बौद्धिक कलात्मक र सांस्कृतिक सामर्थ्य खस्कँदो देखिनु मुलुकका लागि शुभसङ्केत हुँदै होइन । राष्ट्रिय पुस्तकालयमा सङ्कलित महत्त्वपूर्ण र दुर्लभ पुस्तक, पाण्डुलिपि, दस्तावेजलगायतका अन्य ज्ञान–सामग्रीहरूको छिट्टै उचित व्यवस्थापनको वातावरण होस्। यसतर्फ सरोकारवाला निकायको शीघ्रातीशीघ्र ध्यान जान सकोस्।
–सम्पादक
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 457
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.