SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भर्चुअल माध्यमबाट घिमिरेको १०२ औँ जन्मजयन्ती समारोह सम्पन्न
बिभिन्न साहित्य/कला

भर्चुअल माध्यमबाट घिमिरेको १०२ औँ जन्मजयन्ती समारोह सम्पन्न

Sahitya SagarBy Sahitya SagarJuly 19, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
साहित्य सागर डट नेटको आयोजनामा भर्चुअल माध्यमबाट राष्ट्रकवि माधव घिमिरेको १०२ औँ जन्म जयन्ती भव्यताका साथ मनाइयो । कार्यक्रममा सबै महादेशबाट साहित्यकार एवम् साहित्यानुरागीहरूको प्रतिनिधित्व र सहभागिता भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ट साहित्यकार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको उपस्थितिरहेको थियो । उप्रेतीले भर्चुअल माध्यमबाट घिमिरेजयन्तीको व्यानर उद्घाटनका साथै साहित्यसागर डट नेटको माधव घिमिरे विशेषाङ्क लोकार्पण गर्नुभयो । उहाँले घिमिरेको निधन भएको महिना दिन पनि नपुग्दै पत्रिकाले घिमिरे विशेषांक निकाल्न सकेकामा खुसी व्यक्त गर्दै पत्रिकाको निरन्तरताको कामना गर्नुभयो । उहाँले साहित्यसागरको कार्यको सराहना गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले भर्खरै चीनसँग नेपाली साहित्यका पुस्तकहरूलाई चिनियाँ भाषामा अनुवाद गर्ने बिषयमा सम्झौता भएको पक्ष जानकारी गराउनुभयो । यो बिषम परिस्थितिलाई प्रयोग गरी यस सञ्चारमाध्यमले संसारभरिका नेपाली साहित्यका शिल्पीहरूलाई एक ठाउँ जुटाएको छ । हामीले प्रविधिलाई प्रयोग गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो अनेसास, एनआरएन र अरू साहित्य सङ्घ सँस्थाहरूको योगदानको उच्च मूल्याङकन गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वदेश विदेशका विभिन्न सहित्यकार महानुभावहरूको उपस्थिति थियो । एनआरएनए भाषा साहित्य विभागका संयोजक साहित्यकार हिक्मत थापा अफ्रिकाबाट हुनुहुन्थ्यो । उहाँले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र विदेशमा रहेका नेपालीका साझा व्यक्तित्वका रुपमा घिमिरेलाई चिनाउनु भयो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनिर्वाचित अध्यक्ष श्री प्रकाश पौडेल माइला जापानबाट सहभागी हुनु भएको थियो । उहाँले अनेसासले घिमिरेका नाममा दुई हजार डलरको पुरस्कार स्थापना गरेर घिमिरेको सम्मान गरेको र साहितय सागरसँग पनि सहकार्य गर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा रुसको मस्को शहरबाट कवि एनआरएनए संस्कृति र सम्पदाका संयोजक श्री गोविन्दप्रसाद गौतम सहभागी हुनुहुन्थ्यो । रसाको मस्कोबाट नै बरिष्ट साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । अष्ट्रेलियाबाट युवाकवि गणेश घिमिरे र साहित्यकार डा. मणि पनेरूसहभागी हुनुहुन्थ्यो । मिडिलइस्ट कुवेतबाट एनआरएनए आइसिसिका सदस्य एवं संस्कृति तथा सम्पदा समितिका क्षेत्रिय संयोजक अमित चाम्लिङ राई सहभागी हुनुहुन्थ्यो । अमेरिकाबाट बरिष्ट साहित्यकार श्री होमनाथ सुवेदी, श्री इश्वरीप्रसाद भट्ट, अनेसासका महासचिव श्री सर्वज्ञ वाग्ले, बरिष्ट पत्रकार श्री किरण मरहठ्ठा र मणि नेपाली पनेरु सहभागी हुनुहुन्थ्यो । त्यस्तै गरी क्यानडाबाट कवि डा श्री भरतमान श्रेष्ठ कवि खगेन्द्र गौतम र सुरेन उप्रेतीको सहभागिता रहेको थियो ।
नेपालबाट बरिष्ट साहित्यकार ,प्राध्यापक श्री मोहन सिटौला, समालोचक भाषाविद् प्रा डा माधवप्रसाद पोख्रेल, समालोचक, कवि नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा श्री हेमनाथ पौडेल, डा रामप्रसाद ज्ञावली, डा बिन्दु शर्मा, प्राडा शैलेन्दुप्रकाश नेपाल, डा विष्णु केसी, डा. जयन्ती रुपाखेती, डा बच्चुराम भट्टराई, डा मुकुन्द पथिक, कवि रमेश शुभेच्छु, कवि भुवनहरि सिग्देल, कवि ठाकुर शर्मा भण्डारी, डम्बर घिमिरे, मेघनाथ खनाल बन्धु, विपिन अगस्ति, ऋषि बराल, कल्पना खनाल, गीतकार संगीतकार गायक रुपककुमार राई, कवयत्री गीता साप्कोटा आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्य सागरका प्रधान सम्पादक मणि पनेरुले स्वागत गरेपछि राष्ट्रकविको लोकप्रिय राष्ट्रिय भावनाले ओतप्रोत भएको “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” वोलको गीतलाई गायक रुपककुमार राईले गाएर कार्यक्रम अगाडि बढाउनुभयो । साहित्यसागरका सम्पादक रमेश शुभेच्छुले सहभागीहरूलाई स्वागत गर्दै राष्ट्रकविको बिशेषाङ्कको बारेमा विद्वान् साहित्यकार र समालोचकहरूबाट गहकिला खोजपूर्ण रचनाहरू सङ्ग्रहित भएको विशेषाङ्क प्रकाशन गर्न सकेकोमा सबै लेखकहरूलाई धन्यवाद दिनुभयो । उहाँलपे राष्ट्रकविलाई राष्ट्रमा मात्र सिमित नगरी विश्वकवितका रुपमा आजसम्म मानिँदै आएका भानुभक्त र लक्ष्मीप्रसाद देवकोटा जस्तै नेपाली आइकनका रूपमा विश्वमा चिनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले माधव पोखरेलको लेखमा रहेको विचार जस्तै र विश्वका अभ्यासहरूलाई पनि हेर्दा घिमिरे राष्ट्रकवि मात्र नभएर नेपाली जातिका साझा प्रतीक र विश्वकवि भएको बताउनुभयो । उहाँले विशेषाङ्कमा समेटिएका सामग्रीहरूको चर्चा गर्दै घिमिरेलाई राष्ट्रकविका रुपमा मात्र गर्नेकी विश्वकवि बनाउने बारेमा डा माधवप्रसाद पोख्रेलले उठाउनु भएको गहनताको चर्चा रहेको बताउनुभयो । उहाँले समेटिएका सामग्रीमध्ये प्राध्यापक राजेन्द्र सुवेदी मोहन सिटौला साहित्यकार कृष्णप्रकाश श्रेष्ठ आदिका लेख रचनाले राष्ट्रकविका विविध आयाम र विधाका बारेमा चर्चा भएको जानकारी गराउनुभयो । बिभिन्न लेख अनुभूति कविता र गजलहरू सङ्ग्रहित रहेको कुरा जानकारी गराउनु भयो । घिमिरे विषयक कविता गजल जस्ता रचनाले पनि घिमिरेको जीवनी व्यक्तित्व र कृतित्वलाई विम्ब र विषय बनाएर प्रस्तुत गरको चर्चा गर्नुभयो ।
राष्ट्रकवि माधव घिमिरेको गीतिनाटकको बारेमा प्रकाश पार्दै डा बिन्दु शर्माले घिमिरेको राष्ट्रियता र मानवीय चेतनालाई र र विविध जीवन दर्शनलाई सरल ढङ्गले प्रस्तुत गर्ने बिशिष्ट कवि तथा नाटककार भएको चर्चा गर्नुभयो । उहाँले शास्त्रीयता र क्लासिक चिन्तनलाई पनि लोकलयमा भिजाउने र सूत्तिमय काव्इ सामथ्र्यले गीतिकाव्यहरू गहन भइकन सरल रहेका छन् । मन्त्रहरू जस्तै गरी पढ्दा नै कण्ठ हुने कर्णप्रिय सरल, सहज र सम्प्रेष्य सातवटा गीतिनाटकहरू रहेको र हिमकमल गीतिनाटकको प्रकाशान हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले मालती मङ्गले ,हिमालपवारि हिमालपारि, बिषकन्या, देउकी अश्वत्थामा आफ्ने विषेशताले विशिष्ट रहेको चर्चा गर्नुभयो । उहाँले कवि शान्तिप्रेमी भएकोले कतै विद्रोह नभएको, शास्त्रीयलय चिन्तनलाई बोकेर सिर्जना भएका, सबैसँग सौहार्द भएर सिर्जना गर्न रमाउने राष्ट्रवादी कवि भएको चर्चा गर्नुभयो ।
कार्यक्रमका अर्का वक्ता प्रा.डा माधवप्रसाद पोख्रेलले कविको बैशाख कवितामा शैलीवैज्ञानिक विश्लेषण गरेर प्रभावित भएको कुरा सम्झँदै घिमिरेका लागि कविता तपस्या हो , उहाँबाट सिक्नुपर्ने कुरा भनेकै संसारभरिका कविताहरू पढेर कविता लेख्ने हो भने मात्र कविताको गहनता आउने कुरा राख्नु भयो । उहाँले घिमिरेले एउटै कविता लेख्न पनि बर्सौँ लगाएको प्रसंग उल्लेख गर्नुभयो । माधव घिमिरेले “ज्योतिको पंखा उचाली” कविता लेखनको समयावधिको चर्चा गर्नुभयो । कविहरूले उत्कृष्ट कविता लेख्न होड गर्नुपर्दछ भन्ने पनि घिमिरेबाट सिक्नुपर्ने कुरा राख्दै घिमिरे आफैसँग होड गर्ने कवि हुन् भन्दै घिमिरेकोकवित्व उत्कृष्ट भएको मूल्याङ्कन गर्नुभयो । माधव घिमिरे संस्कृतका शब्दहरू भन्दा पनि प्राकृत शब्दहरूलाई चयन गर्ने कवि, उच्चकोटिका गीतहरू रचना गर्ने पहिलो कविका रुपमा मूल्याङ्कन गर्नुभयो ।
साहित्यकार डा रामप्रसाद ज्ञवालीले माधव घिमिरेलाई औँठीमा मुगा हाल्न सफल कवि भनी चर्चा गर्नुभयो । माटाको काँस र सुनको तीन प्यालामा बालेको दीपको उधाहरण दिँदै महत्व भनेको ज्योतीको हो भन्नुभयो । एनआरएन भाषा साहित्यका संयोजक हिक्मत थापाले प्रवासमा रहेर साहित्य साधना गर्ने साधकलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गर्न लागेको कुरा जानकारी गराउँनभयो । वहाँले राष्ट्रकविलाई स्मरण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भयो । त्यस्तै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले साहित्यकारहरूलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गर्न र सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले साहित्यसागरलाई सफलतको लागि कामना पनि गर्नुभयो ।
साहित्यसागरका सल्लाहकार मोहन सिटौलाले घिमिरेका कृतिहरूलाई विश्वसामु अनुवाद गरेर पुर्‍याउनुपर्ने कुरामा जोड दिनुभयो । अग्रज साहित्यकारहरूका कृतिहरूलाई पुस्तकालयमा एकै ठाउँमा राख्ने व्यवस्था गरी अध्ययनलाई सहज बनाउनु पर्ने कुरामा जोड दिनु भयो । आफ्नो भनाई राख्दै एनआरएनएका संस्कृति तथा सम्पदा समितिका संयोजक गोबिन्दप्रसाद गौतमले नेपाली भाषा साहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनम बोष्टनमा भएको र त्यसबेला परिकल्पित यो यो अभियानलाई निरन्तरता दिएकोमा बधाइ तथा शुभकामना दिनुभयो । नेपाल प्रज्ञाप्रतिष्ठानका काव्यविभाग प्रमुख प्रा.डा हेमनाथ पौडेलले माधव घिमिरे प्रज्ञाको संस्थापकमध्येका एक जना हुनुहुन्छ भन्दै प्रज्ञाले निकाल्न लागेको कविता पत्रिकाको अन्तर्देशीय कविता अङ्कका लागि सबैलाई रचना पठाउन सूचित गर्नुभयो । उहाँले विदेशमा धेरै नेपालीहरू भाषासाहित्यका लागि लागिरहेकाले पनि प्रज्ञाप्रतिष्ठानले विदेशी लेखकहरूका लागि पुरस्कार स्थापना गरेको धारणा राख्नुभयो । कार्यक्रममा कृष्णप्रकाश श्रेष्ठले घिमिरेको रुस भ्रमणका संस्मरणहरूसहित घिमिरेको मूल्याङ्कन गर्नुभयो । कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, गणेश घिमिरे, सर्वज्ञ वाग्लेलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कवि गीता साप्कोटाले माधवप्रसाद घिमिरेको बैशाख कवितालाई लयबद्ध वाचन गरेर सुनाउनु हुँदै घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
कर्यक्रममा साहित्यसागरका प्रधान सम्पादक मणि नेपाली पनेरूले कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै साहित्यसागर पुस्तक र पठनीय सामाग्रीको सागर हो भन्नुहुँदै यसलाई यसलाई आफ्नो मरणोप्रान्त पनि अगाडि बढाउन आर्थिक रूपले सहयोग गर्न परिवारलाई इच्छापत्र लेख्छु, यो वालक छ यसलाई हुर्काउने सबै साहित्यकार र श्रस्टाहरूको दायित्व हो भन्नुभयो । साहित्यसागर डट नेटका प्रबन्ध सम्पादक सुरेन उप्रेतीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
     

भर्चुअल माध्यमबाट घिमिरेको १०२ औँ जन्मजयन्ती समारोह सम्पन्न
समाचार
घिमिरे
विशेषाङ्क
​२०७७


  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 213
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.