SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » साहित्यको एक स्वरूप साधारणीकरण हो : राष्ट्रकवि घिमिरे
बिभिन्न साहित्य/कला

साहित्यको एक स्वरूप साधारणीकरण हो : राष्ट्रकवि घिमिरे

Sahitya SagarBy Sahitya SagarJuly 19, 2021No Comments15 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

प्रस्तुति : हरिहर खनाल

हरिहर खनाल (२००३, कास्की, फल्याङकोट ) नेपाली साहित्यका कुशल स्रष्टा, द्रष्टा र सङ्गठक प्रतिभा हुन् । उनले बहुमुखी ढङ्गले नेपाली साहित्यका आख्यान, कविता, निबन्ध र समीक्षाका बहुआयामबाट नेपाली साहित्यको विकासमा योगदान पुर्‍याउँदै आएका छन् । उनका अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८), देश परदेश (२०४६), बमको छिर्का (२०४७), विगत आगत (२०५५), देशभित्र देश खोज्दै (२०६०) विघटन (२०६३), हरिहर खनालका छोटा कथाहरू (२०६४), अस्तित्वको खोजी (२०६५), युद्धको पीडा (२०७२) सहिदगेटकी आमा (२०७५) जस्ता नेपाली कथाकृतिहरु प्रकाशित छन् । यहाँले अङ्ग्रेजी भाषातर्फ द भ्वाइस अफ माउन्टेन (सन् २०००) र गोल्डेन ड्रिम्स एन्ड द न्यारो लेन (सन् २०१७) जस्ता कथाकृति प्रकाशित छन् । उनका उज्यालोको खोजीमा (२०६५), समयको रेखाचित्र (२०६५) जस्ता महत्वपूर्ण औपन्यासिक कृतिहरू प्रकाशित छन् । यी कृतिबाट नेपाली आख्यानका कथा र उपन्यास दुवै विधा समाजवादी यथार्थवादी चेतनाका उल्लेख्य कृति मानिन्छन् । उनको कलम नियात्रा, संस्मरण, दैनिकीमा पनि त्यत्तिकै सत्रिय छ । उनका निबन्ध विधाकेन्द्रित युगका पदचापहरू (निबन्ध २०५९), चीनको डायरी (दैनिकी २०६६),. बेलाइती दैनिकी (दैनिकी २०६७), ब्राइटनमा सूर्यस्नान (नियात्रा र संस्मरण २०६९), भूकम्पकालीन दैनिकी (दैनिकी २०७२ आदि कृतिहरु उल्लेख्य छन् । यहाँका थुप्रै समीक्षाहरू पत्रपत्रिकामा छरिएर रहेका छन् भने केही समीक्षाहरू अन्य स्रष्टाका कृतिमा भूमिकाका रूपमा रहेका छन् । उनका सृष्टि : दृष्टि (२०७५), साहित्य वार्ता (अन्तर्वार्ताः २०७५) जस्ता कृतिले नेपाली साहित्यका केही महत्वपूर्ण पक्षको उजागर गरेका छन् । उनको कलम सिर्जना, समीक्षाका साथै अनुवादका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छ । उनका म्याक्सिम गोर्की, (जीवनी,: २०३७), आगन्तुक (२०७२) माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरू (२०७२) चिनियाँ राष्ट्रपति सि चिनफिङ्का भाषणहरू (२०७२), पाकिस्तानी महिला लेखन (२०७३), चिनियाँ राष्ट्रपति सि चिनफिङ्का भाषणहरू दुई (२०७५) जस्ता बहुविध कृतिहरू प्रकाशित छन् । उनले अफ्नो नेपाली र अङ्ग्रेजी भाषाको दोहोरो सामथ्र्यलाई अनुवादका माध्यमबाट बाहिर ल्याइराखेका छन् । यसरी सिर्जना, समीक्षा, अनुवाद, सङ्गठन, सञ्चारसमेतका बहुमुखीमाध्यमबाट सम्पूर्ण रुपमा साहित्य क्षेत्रमै सक्रिय खनालको अन्तवार्ता सामथ्र्य निकै सशक्त छ । उनले वार्ता गर्ने क्रममा वार्तानायकका विचारहरु दुहुन सक्ने सामथ्र्यका प्रश्न सोध्ने र त्यसलाई निबन्धात्मक एवम् सिर्जनशील संवादात्मकशैलीमा प्रस्तुत गर्ने सामथ्र्य निकै लोभ लाग्दो छ । साहित्य सागरको प्रस्तुत शृङ्खलामा खनालले घिमिरेसँग लिएको वार्तालाई समेटिएको छ । यस वार्ताले घिमिरेका जीवनी व्यक्तित्व र कृतित्व एवम् चिन्तनका बहुमुखी पक्षहरु उजागर गरेको छ ।   – सम्पा.
विक्रम सम्वत् २०७३ सालको जेठ महिनाको अन्तिम साताको एक शान्त अपरान्ह । आकाशमा कताकति बादलका टुक्राहरू देखिएका छन् । मध्यान्नपछिको घाम विस्तारै पश्चिमको बाटो ओरालोतिर ढल्कन थालेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको लैनचौरस्थित अलकाबस्ती आवासको पश्चिमतिर रहेको मूलद्वारबाट हामी भित्र छिर्दा अगाडिपट्टि मान्द्रे बुटामा बिछ्याइएका इँटाको फराकिलो आँगन, त्यस वरपरको फूलबारी र दाहिनेतिर हरियो दूबोको चउर हाम्रा आँखामा पर्छन् । दश कदमजति अगाडि बढेर देब्रेतिर फर्कने बित्तिकै सानो सीँढीको खुड्किलो उक्लेर हामी घरभित्र पस्छौँ । हाम्रो प्रवेशको सङ्केत पाएका राष्ट्रकवि माधवप्रसाद घिमिरे हाम्रो सामने भरेङ्को सिरानमा सेतो कमेज सुरुवालमा देखिनु हुन्छ । हामी कर जोरी सस्वर नमस्कार भन्दै अभिवादन गर्छौं । “नमस्कार, बस्तै गर्नोस्, म आउँछु ।” अलिकति कम्पनयुक्त स्वरमा कविज्यू भन्नुहुन्छ । त्यसपछि हामी दाहिनेतिरको बैठक कोठामा प्रवेश गर्छौं । लाम्चो खालको मझौला आयतन भएको कोठा, कोठामा उत्तरतिर रातो रङ्का दुइटा सिङ्गल सोफा र पूर्वपट्टि त्यही सेटको तीनसिटे लामो सोफा, बीचमा एउटा टी टेबल । ढोकाबाट पस्ने बित्तिकै देब्रे कुनाको भित्तामा जोडेर सीसाभित्र राखिएको कविज्यूको अर्धकदको सेतो प्रतिमा । भित्ताको चारैचिर एकाध तस्बिर टाँगिएका छन्, कुनै कविज्यूका र कुनै अरू दृश्यपटहरू । एकै छिनपछि परिवारजनको सहयोगमा बैठकमा प्रवेश गर्नुभएका कविज्यूलाई हामी सादर स्वागत गर्छौ ।
त्यसपछि सुरु हुन्छ अन्तर्वार्ताको शृङ्खला । यहाँ हामी भन्नाले मैले म हरिहर खनाल र डा. खेम कोइराला बन्धुलाई सङ्केत गरेको हुँ । यहाँ प्रश्नको अनौपचारिक र अप्रत्यक्ष शैली अवलम्बन गरिएको हुनाले अन्तर्वाताकारले आफैलाई सम्बोधन गर्दासमेत कतिपय अवस्थामा तृतीय पुरुषका रूपमा गरिएको हुनाले यो यस विधाको एउटा नवीन पद्धति पनि हुनसक्छ भन्ने मेरो बुझाइ छ ।) सानु सोफा नजिकै भुर्इँमा ओछ्याएको चकटीमा पलेटी कसेर बसेका कोइराला र पूर्वपट्टिको लङ्मा सोफामा बसेका खनाल दुवैका हातमा कलम र नोटबुक छन् र ती दुवै आफ्ना जिज्ञासु नजर कविज्यूमाथि राखिरहेका छन् । मूल विषयबस्तुमा प्रबेश गर्न एक प्रकारले भन्दा हतारिएका जस्ता छन् तिनीहरू ।
ल भन्नोस्, के सोध्नु छ ? कविजीबाटै जिज्ञासा जाहेर हुन्छ । त्यसपछि उनीहरू पालैपालो स्वतःस्फुर्त रूपमा प्रश्नहरू राख्दै जान्छन् र आएका उत्तरहरू यथावत् टिप्ने प्रयत्नमा तल्लिन हुन्छन् । ९८ वर्षिय स्रष्टा, राष्ट्रकवि माधवप्रसाद घिमिरेसित तिनै दुई स्रष्टा हरिहर खनाल तथा प्रा. डा. खेम कोइराला “बन्धु” ले लगभग अढार्ई घन्टा गरेको कुराकानीको सम्पादित र परिमार्जित अंश यहाँ प्रस्तुत गरिएको छ ।)
यस कुराकानीलाई सहज, सरल र अनौपचारिक बनाउने प्रयत्नमा स्वरूप बिना भूमिका राखिएको अहिले देवकोटा भएको भए कस्तो हु“दो हो ? पहिलो प्रश्नबाट पनि अनुमान गर्न सकिन्छ । प्रत्युत्तरमा राष्ट्रकवि घिमिरेको “एक वाक्यमा, देवकोटा भएको भए हामी त्यही उनकै युगमा फर्केजस्तो हुन्थ्यो । रोमान्टिक युग । शैलीको युगमा फर्केजस्तो हुन्थ्यो । त्यसपछिको नयाँ सोच पनि देवकोटा जत्तिको हुन्थ्यो ।” भन्ने उत्तर सुनेपछि एक क्षणका लागि उनी चुप लाग्छन् ।
उत्तर आधुनिकता के हो ? भन्ने प्रश्नमा उत्तर आउँछ, “यस विषयमा अलिकति विस्तारमा भनुँ । म कवि मात्र नभएर दार्शनिक पनि हुँ । दर्शन काल सापेक्ष हुन्छ । युग परिवर्तनअनुसार युरोपमा जुन किसिमको विचार चित्रकला र साहित्यमा प्रवर्तित भयो त्यो उनीहरूकै देश र उनीहरूले भोगेको दोस्रो समरको परिणाम हो । तर हाम्रो विचारमा जगत् पृथ्वीमा उसको रूपमा कस्तो छ, उसैको सत्ताले जानोस् । तर सौन्दर्य र सत्य पलपल परिवर्तित भैकन पनि नित्यको अनुभूति हुने विषय हुन् । प्रत्येक विहान उषाको उदय हुन्छ, तर कुनै पनि दिन त्यो पुरानो हुँदैन । त्यसरी नै वास्तविक कविताको रूप दिएको रचना कहिल्यै पनि पुरानो हुँदैन । र, केही सन्दर्भहरू फरक छन् । युग अनुसार ती सन्दर्भ पनि त्यही नवीनतामा समाहित हुन्छन् । उदाहरणका निम्ति कालिदास कहिल्यै पुराना हुँदैनन् । उनको शाकुन्तल साहित्यकै रूपमा सधैँ नवीन भैरहन्छ । ऋषिहरूको सन्दर्भमा आजभोलिका रचनाप्रतिको दृष्टिकोणले हेर्दा नमिल्ने खालको जस्तो लाग्छ, तर साहित्यको कान्तिमा त्यतिलाई हामी साहित्यकै रूपमा लिन्छौं । साहित्यको एक स्वरूप साधारणीकरण पनि हो । साधारणीकरणको शक्तिले गर्दा शकुन्तला त्यो युगको मात्रै नभएर त्यसपछिका सबै युगको उपलव्धी हुन सक्छ । त्यसैले यो काव्य साहित्यको लक्षणसापेक्ष अपूर्ण लक्षण हो । र पूर्वको रसवादी सिद्धान्त, साहित्यिक सिद्धान्त नै पूर्ण सिद्धान्त हो । अलङ्कार र ध्वनीले त्यसलाई झन् संवेद्य बनाउँछ, रसोघृत बनाउँछ ।”
सौन्दर्यबारे हालै प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हरिहर खनालको अनुदित कृति माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरूलाई पृष्ठभूमिमा राख्तै खेकोबबाट साहित्यमा सौन्दर्य के हो ? भन्ने प्रश्न आउँछ । उत्तरमा कविजी भन्नुहुन्छ, “केही चिज अनुभूति हुन्छ, भन्न सकिँदैन । निलो रङ् रङ्गहरूकै रूपमा त्यो के हो हामी भन्न सक्तछौं, तर रङ्गहरूकै सम्मिश्रणबाट निस्केको चमक वा कान्ति के हो त्यो भन्न गाह्रो हुन्छ । सौन्दर्यहरूको बीचमा पनि अझ राम्रो सौन्दर्यलाई सुषमा अथवा परमास्वभा भनिन्छ । त्यो परमास्वभाको हामी, हाम्रो मनले जे गर्छ त्यो सौन्दर्य हो । फूल अथवा सूर्योदय, सूर्यास्त कुनै मानिसको रूपको अनुभूतिको निम्ति विषयहरू आवश्यक पर्छन्, तर अनुभूतिमा बिलिन भएपछि त्यहाँ तिनीहरू छुट्टै रूपमा रहँदैनन् । एउटा अनुभूति जे भन्नोस्, हामीले जे सोच्छौं, त्यो हो सौन्दर्य । एउटा रेखा छाया र छविको थुप्रो मात्र होइन । हाम्रो मनमा एउटा विलक्षण अनुभूति हुन्छ । त्यो सौन्दर्य हो भन्ने फेरि धारणा हुन्छ । कालिदासबारे एउटा कविको विश्व कविका दृष्टिकोणमा सौन्दर्य भन्ने के थियो ? उनले केलाई सौन्दर्य भनेका थिए, त्यो म यहाँ उल्लेख गर्छु । कालिदासको एउटा स्लोक छ : रम्याणि विक्ष…, त्यसको मैले गरेको अनुवाद :
“देख्ता सुन्दर दृश्य केही दिल छुने संगीत सुन्दा पनि ।
कल्पन्छन् किन हो सुखी जन पनि कल्लाई बिर्सें भनी ।
त्यो के हो कुन जन्मको प्रिय सखा ? सम्झेर संझन्न यो ।
भाषा गीत बन्यो अषेश जसको आकार सौन्दर्य हो ।।

कवि माधव घिमिरे स्वयम्ले अनुवाद गरेको श्लोकका माथिका यी पङ्तिहरू सुनाउनु हुन्छ । हरिहर खनालको अभिव्यक्ति आउँछ– “अभिप्राय पक्डेको त छँदै छ– सौन्दर्य खुलेको ।” शास्वत पक्ष यही हो ।
“कला, साहित्य, ‘सत्य’का कुरा आइरहन्छन्– सत्यका रूप के हुन् ?” अर्को प्रश्नको जवाफमा कवि शिरोमणि घिमिरे प्रशन्न हुँदै भन्नुहुन्छ, “सत्यका दुई रूप हुन्छन्– चल र अचल । अचल ब्रह्म हो । ऋतुहरू आउँछन्, परिवर्तन हुन्छन्, जान्छन्, आउँछन् । सुख, दुःखजस्तै । चक्रबत् परिवर्तन, दुखानी च सुखानी च । तर ब्रह्म अटल हुन्छ । त्यसको महत्व आफ्नै छ । कल्पना, सौन्दर्य, सत्य, भावनाका कुरा गर्दा एउटा उदाहरण, प्रकृतिको सार्वभौम पक्ष ।
कविको धारा प्रवाह व्यञ्जित हुँदैजान्छ । वैशाख कविताका यी पङ्क्ति । कवितामा व्यञ्जनाको महत्व टिप्न कठिन । त्यो उमेरमा नथाकी धारा प्रवाह, डायरीमा अङ्कन गर्न असंभव लाग्ने । मानौं छङ्छङ् गर्दै छहराबाट तलतिर हामफालेको झरनाजस्तो, निर्झर पानी । कविवर भन्नुहुन्छ, “प्रकृतिमा पनि प्रेम हुन्छ । विवाह, बिछोड, खुसियाली ।”
“व्यञ्जना र ध्वनीबाट बुझ्नु पर्ने ।” हरिहर खनाल भन्दै थिए । कवि घिमिरे नरोकिई भन्नुहुन्छ :
आई कहिल्यै पनि नसकिने चैत वैसाख मेरो ।
लाई कहिल्यै पनि नसकिने प्रित नौलाख मेरो ।।
आफ्नै प्रकारको आवाजले समयलाई, वातावरणलाई झन् गम्भीर बनाउँछ । उहाँ भन्दै जानुहुन्छ, टिपोट, केही खेकोब र केही हरिहर खनालको । दुवै कलम कापी लिएर बसेका छन्, उत्सुकतापूर्वक । कविजी धेरै उत्साहसाथ तलका पङ्तिहरू नथाकी, स्पष्टसँग दोहोर्‍याएर भन्नुहुन्छ :
कोइलीको कुहुँकार सुन्यो राति जति जति ।
उति उति नयाँ लाग्छ यो सारा सृष्टि पद्धति ।।
जनजिभ्रोमा भिजेका कैयौं कविताका पङ्तिहरू कवि घिमिरेका स्मृतिमा धेरै आउँछन् । ती कविता कविजीले सस्वर भन्न थालेपछि खेकोब र हरिहर खनाल कविजीसित स्वरमा स्वर मिलाएर आफू पनि गाउन थाल्छन् । एउटा रसमय, कवितामय वातावरण सृजना हुनजान्छ । हरिहर खनाल प्रश्न गर्छन्, “कविज्यूलाई कालिदासको प्रभाव बढी परेको छ जस्तो अनुभूति हुन्छ भन्दा कसो होला ?” प्रश्नको उत्तरमा कविज्यूको प्रत्युत्तर आउँछ, “हो यो सत्य नै, तर मैले अरु पनि अध्ययन गरेको छु, तीमध्ये यो पङ्तिले मलाई बढी प्रभाव पारेको छ :– क्षणे क्षणे यन्नवता मुपैति, तदेव रूपम् रमणीयतायः क्षण क्षणमा नवीनता देखिने रूप साहित्यमा देखा पर्नुपर्छ भन्ने पक्षको म ।” उहाँको कथन । “सौन्दर्य, सत्य, यथार्थ, कल्पनालाई पक्डने समय, सन्दर्भ आआफ्नै हुन्छन् ।” उहाँको कथन हुन्छ– “यसलाई आफ्नो तात्कालीन मानसिक स्थितिअनुसार हेरिनु पर्छ । मानौं रातकै कुरा– के रात्रिको आफ्नै सौन्दर्य हुँदैन र ? कविले आफ्नै रूपले चित्रण गर्न सक्ने ।”
एकै छिनपछि हरिहर खनाल प्रश्न गर्छन्, गौरी (२००४) लाई हरेक पाठकले कसरी लिने ?” उत्तरका रूपमा कविजीबाट प्रतिप्रश्न आउँछ, तपाईहरू मुना मदनलाई कसरी लिनुहुन्छ ? तपाईहरू गौरीलाई साधारणीकरण गरी हेुर्नहोस् त । पत्नी मरिन्, पत्नीलाई दिएको दागबत्ती, पत्नीको श्रीखण्डलाई । ‘कात्रो’ कसरी भन्ने ? मृत्यु शैयाको ‘शृङ्गार’ हो एउटा जीवन अर्को जीवनमा यात्राको रूपान्तरण । तपाईँहरू कल्पना गर्न सक्नुहुन्छ, प्रकृतिसित नै कवि रोइरहेको, प्रकृतिसँग कवि हाँसीरहेको । गौरीकै यी अंश हेर्नेस् :
जानेलाई छ सुख आज उसको लेखा यहाँ के छ र ?
बस्नेलाई छ पीर रात दिन नै छन् संझना निष्ठुर ।।
केही औषधी भैदिए भुलिदिने रोएर ज्युने थिएँ ।
जानेलाई म विर्सिएर सुखले हाासेर ज्युने थिएँ ।।
यौटा मानिस जो गयो हृदयको सर्वस्व मेरो थियो ।
यौटा पुस्तक लेखियो हृदयको रुञ्चे कुना देखियो ।।

साँचो जीवन त्यो गुमाई कसरी झूटो कथा यो भनू ?
बैरीलाई समेत लेख्न नपरोस् यस्तो अरू के भनू ?

कविवर धाराप्रवाह रूपमा कविता भन्दै जानुहुन्छ, लाग्छ– सोध्न नै फुर्सद नपाइने । बल्लतल्ल एक प्रश्न उभ्याउँछन् हरिहर खनाल, “जीवन के हो त ?” कवि घिमिरेको कविता छ :

जिन्दगी यो फूलैफूल हो
यो पनि हामी भन्दैनौं
जिन्दगी यो भूलैभूल हो
यो पनि हामी मान्दैनौं ।

“मान्छे भएपछि मान्छेप्रति समर्पित हुन सक्नुपर्छ” भन्ने दृष्टिकोण राख्ने मानवतावादी कवि घिमिरे “कविता के हो ?” प्रश्नको छोटो उत्तरमा भन्नुहुन्छ, “कविता कविको भभिव्यक्ति हो, अभिव्यक्ति आनन्दमय हुन्छ ।” उहाँको भनाइ, राष्ट्रिय चरित्रको गौरव पक्षलाई जीवन्त बनाउने” छ । ‘आफूलाई विर्सेर मात्र कवितामा समर्पित बन्न सकिन्छ’ । स्पष्ट किटान छ उहाँको । छन्दको प्रश्न उठ्ता उहाँको कथन– “छन्दमा अब विचार, अभिव्यक्ति, दर्शन हुनुपर्ने ।”

फेरि कवितातर्फ नै एकोहोरिन्छौँ हामी । छलफल हो, हामी जिज्ञासु– उत्तर आउँछ, “कविता न प्राचीन न आधुनिक । कविता त चीर नवीन आत्माको हुन्छ । शास्वत । तृप्ति दिने कला नै सास्वत हुन्छ । वसन्त ऋतु सधैँ वसन्त नै हुन्छ । ऋग्वेदको उषासूक्त, कालिदासको मेघदूत, रविन्द्रको चित्राङ्गदा, देवकोटाको मुनामदनको शास्वतता, राष्ट्रियताले परिपूर्ण भए पनि अन्तर्राष्ट्रियता उपेक्षित छैन ममा ।” वार्णिक छन्दमा अत्यन्त सहज, संवेद्य मीठा कविता लेख्ने घिमिरेको एक वैशिष्ठ्य हुँदो हो– भाव र कलाले भरिपूर्ण, (अर्को प्रश्न सोध्न पूर्व उहाँ भन्दै अघि बढ्नुहुन्छ–
“चौतारीमा बर पीपलको बोट नौलो लगाउँ ।
छहारीको तलतिर बसी गीत यौटा म गाउँ ।
आई कहिल्यै पनि नसकिने चैत वैसाख मेरो
लाई कहिल्यै पनि नसकिने प्रित नौलाख मेरो ।”

‘अन्तर्राष्ट्रियताको नि ?’ खेकोवको प्रश्नमा उहाँ भन्नुहुन्छ :–

“अणु बम अब हानी जिन्दगानी रहन्न,
नर रगत बगाई शान्ति सङ्लो बहन्न ।
मनुज मनुज एकै एउटै प्रश्न हाम्रो
कुन तरह बनाऔं विश्व सन्सार राम्रो ।

भावात्मक कोमलता र अनुभूतिको प्रकाशनमा सशक्तता भएका कविवरको कविता जति पढे पढौं, जति सुने सुनौं लाग्ने छन् । करुणाले कविता सशक्त, संवेद्य दुवै हुन्छ– कवि घिमिरेको विचार छ । राजेश्वरीको एउटा कविता उद्घृत् गर्न भ्याउनु हुन्छ उहाँ– उही भावमा निर्लिप्त हुँदै, युवा जोश साथ :–
“एक्लो कोमल प्याउली कुसुम यो एकलासमा फुल्न द्यौ ।
सन्ध्यामा छलिने कुनै किरण यो कैलाशमा डुल्न द्यौ ।।
मान्छेबाट नकाट दुःखसुखको यौटै पनि यो क्षण ।
सारा सृष्टि सिँगार्छ इन्द्रधनुको यौटै पनि यो कण ।।”
लाग्छ, ‘राजेश्वरी’को यो पद्यले माधव घिमिरेको मानवताको दर्शन बोकेको छ– स्पष्ट छ । कविवर जति बोल्दै जानुहुन्छ, अब के सोध्न बाँकी छ ? सोधे हुन्छ भन्नुहुन्छ । हरिहर खनालको प्रश्न छ, “राष्ट्र निर्माताको रूचिबल पद्य कुन हो कविज्यू ?” कविवर कवितांश पढ्नुहुन्छ :–
“आएर कहिल्यै ऋृतु सिद्धिदैन
लाएर माया मुटु रित्तिदैन
स्वीकार मात्रै गर एक बार
संसार तिम्रै अनि बार बार

मलाई त सुन्दर लाग्छ भाइ
हिमाल सर्वोपरि मुस्कुराई ।

राष्ट्रिय गीतको प्रशङ्ग निकाल्छन् हरिहर खनाल । भन्छन्, “हामी २०१५ सालमा प्राइमरी स्कुलमा पढ्दा ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली…’ प्रार्थना गाउँथ्यौं । यसको रचना कहिले कसरी गरिएको थियो ?” उनको जिज्ञासालाई शान्त गर्न कविज्यू त्यसको रचनागर्भबारे अलिकति कुरा गर्नुहुन्छ, “१० सालको कुरा हो । आधार शिक्षाको तालिम लिँदै थिएँ, ६ महिना लागेछ , त्यो गीत तयार गर्न ।” त्यसको भावपक्षबारे विश्लेषण गर्दै भन्नुहुन्छ, “गीतले राष्ट्र छोओस्, राष्ट्रियता छोओस्, जन जन छोओस् । यसले त्यही गरेको छ । त्यसैले यो जन जनको बनेको छ । अमूर्त नहोओस्, गीतमा भूगोल, इतिहास, संस्कृति, वीरत्व, मनोविज्ञान, गौरव चित्रित हुनुपर्छ । किल्ला काँगडा बिनाको राष्ट्रिय गीत ! गान !!” उहाँ भावपूर्ण मुद्रामा प्रश्नसूचक दृष्टि फ्याँक्नु हुन्छ । आजको भूगोल, वृहत् नेपाल । हामी सहजै बुझ्न सक्छौं । हिजोसँग आजको भूगोल, वृहत् नेपाल । शिव, सीता, जनक, भृकुटी, हिमबत् खण्ड बिनाको…। खेकोबको भनाइ– “इतिहासको कुरा, वीरताका कुरा । आज..,” त्यति भन्न नपाउँदै उहाँले भन्नुभयो,

“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ?
उचाइ हाम्रो रहन्छ कहाँ हिमालै नरहे ?
हामीसँग प्रश्नका पेटाराहरू धेरै धेरै छन् –कविज्यू, धारा प्रवाहमा । रोक्न पनि गाह्रो । नरोक्न त्यत्तिकै अप्ठेरो । समयको सीमा । दुई घण्टा बितिसकेछ । यस बीचमा दुई पटक पानी पिइ सकिएको छ । कविज्यू, एकोहोरो बगिरहनु भएको छ, नदी प्रवाहमा । खेकोबको मोडिईदै प्रश्न उभियो, “२०७२ को भूकम्पले कस्तो झड्का दियो ?” हरिहर खनालको ‘भूकम्पकालीन दैनिकी’को भूमिकामा उनले उद्घृत गरेको कविता तीनै जनाको संयुक्त स्वरमा निस्कन्छ – बहत्तरको भूइँचालो कति धेरै साह्रो, मर्न पनि गाह्रो भयो, बाँच्न पनि गाह्रो ।
जिवेम शरद शतम् भन्ने अवस्थामा पुगेका कविवरको कथन, “जीवनलाई अत्यन्त आन्तरिक अनुभूति मान्छन् । यो ईश्वरीय बरदान । राम्रो रूपमा लिए जे पनि पुग्ने, राम्रोसित लिन नसकिए त्यो अभिशाप हो ।”
हरिहर खनाल तत्कालै भन्छन्– जीवन त प्रकृतिको सुन्दर उपहार होइन र ?
“त्यो त कुरा एउटै हो, ईश्वरीय बरदान भन्नोस् या प्रकृतिको उपहार । ती एउटै कुरा हुन् । अस्तित्व बोध । ‘तेस्रो आँखा’ नखुलेको ।”
ऋतुम्भराको प्रशङ्ग । बहु प्रतिक्षित महाकाव्य महान् काव्य हुने । लाग्छ, यो कृति मानवता, विश्वबन्धुत्व, राष्ट्र्यिताको दृष्टिमा अवश्य विशिष्ठ हुन्छ । यस कथनका सन्दर्भमा कविवरको उत्तर हुन्छ– “पृष्टभूमि त नेपालकै, यही माटोको उपज, हावा, पानी, माटो, आकाश, यस्तै । एक उदाहरण दिउँ, कालीगण्डकी भूगोल हो या इतिहास ? या जल वा शालग्राम पाइने स्थल ? या हिमाली पानी बग्ने ? त्यो त जीवन हो, सतत् प्रवाहशील । यसरी बुझ्नुपर्छ जीवन । कालीगण्डकी सृजना, शालग्राम सृजना । कलात्मक सृजना गर्नेहरूले बुझ्नुपर्छ । मैले नेपालका सन्दर्भमा लेखेका कृति पनि विश्व मानवीय सन्दर्भमा बुझ्न सक्नुपर्दछ । मैले भनें, नील नदी कालीगण्डकी भन्दा फरक । कर्मशील, राम्रो जीवन । त्यही हो मोक्ष ।”
“मेरा सृजनाले दार्शनिकता बोक्छन् भनिसकेको छु । यस युगमा देखिएको त्रासदीपूर्ण अणु आतङ्क, आइन्स्टाइनले पछि बुझे, कवि कलाकार, संगीतकार पहिले बुझ्छन्– अणुबमको सृजना नभए धरती स्वर्ग हुन्थ्यो । हामी साहित्यकारले वातावरण विनाश, जलवायु प्रदुषण विचार गर्नु परेन र ? आणविक बमलाई अभिशापमय बनाउने कि बरदानमय ? के मानव सभ्यता नष्ट गर्ने अधिकार कसैलाई छ ? हामी साहित्यकारले नै युद्ध सम्भावना टार्न सक्नुपर्छ । अश्वस्थामा नाटकमा तपाईहरू हेर्न सक्नुहुन्छ– ब्वाँसोपन यत्रतत्र छ – प्रेम, करुणाको अभाव । मलाई डर लागेको छ, विस्तारै हृदयपक्ष हराउने डर । माया, ममता, स्नेह हराउने…, बाह्य चक्षुमात्र हुने, आन्तरिक चक्षु हराउने अवस्था नहोस् ।”
अहिलेसम्म कविजीका कुन कुन कृति अङ्ग्रेजी भाषामा अनुदित भएका छन् भन्ने हरिहर खनालको प्रश्नको उत्तरमा कविजी भन्नुहुन्छ, “अश्वस्थामा, देवकोटाका छोराले अनुवाद गरेको । नोभेल पुरस्कारका लागि पनि पठाएको हो, तर त्यहाँ समितिमा भएका मानिसहरूलाई पूर्वीय दर्शन के हो थाहा छैन । तिनीहरू हाम्रो दर्शन र संस्कृति बुझ्दैनन् । रचनाको अन्तर्य नै नबुझ्नेहरूले हाम्रा कृतिहरू मूल्याङ्कन गर्नसक्ने पनि भएन । यही कारणले यो कृति अघि बढेन भन्ने देख्छु म । ”
युग बदलियो । यसको अर्थ हो– हाम्रो आर्य सभ्यता, पूर्वीय सभ्यता,ज्ञानका पक्षहरू, तिनका विशिष्ठ तहहरूबारे हरिहर खनालको प्रश्नको उत्तरमा कविजी भन्नुहुन्छ, “हाम्रो सभ्यता नबुझ्दा हामी त्यसै पिछडिन पुगेका छौं ।” अब कुन कृति अनुवाद भए हुन्थ्यो भन्ने लाग्छ कविज्यूलाई भन्ने उनको पुरक प्रश्नको उत्तरमा कविजी प्रतिप्रश्न गर्नुहुन्छ, “तपाईँ गर्ने ?” जसले गरे पनि हुन्छ त्यो, आफैले नै गर्ने भनेको पनि होइन, कविज्यूको इच्छामात्र जान्न खोजेको हो भन्ने उत्तरमा कविजी थप्नुहुन्छ, “त्यही गर्नुस् न, ‘गौरी’ । त्यही ।”
कविवर घिमिरेको महाकाव्य कृति यति ढिलो किन ? आशयको प्रश्न छ पाठकहरूको, भन्ने प्रश्नको जवाफमा सानो कविता अंश आयो :
मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ ।
यौटै सानु सरल कृतिमा पूर्ण सन्सार देऊ ।।
देवकोटा र लेखनाथका उत्तराधिकारी मानिइने सचेत स्रष्टा द्रष्टा, विविध आयामका धनी घिमिरेको नयाँ कृति कस्तो हुन्छ ? त्यो हेर्न बाँकी छ । प्रकाशोन्मुख कृति ऋतुम्भराका यी दुई पङ्क्ति :
यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी ।
नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी ।।
हाल चलिरहेको नेपाली भाषाको वर्ण विन्यासबारे कविजीको धारणा बुझ्न गरिएको प्रश्नको उत्तरमा उहाँ भन्नुहुन्छ, “यो विवादमा म पर्न चाहन्न । एउटा कुरा के भने, समय परिवर्तनशील छ । हिजोको आज छैन र आजजस्तो भोलि रहँदैन । तर यो त भाषाको कुरो, भाषाविज्ञहरूले निर्धारण गर्नुपर्‍यो । हामी लडेर हुने कुरा होइन यो ।” धारा प्रवाह लगातार अढाई घण्टा बोलिसकेका बृद्ध कविको श्वास प्रश्वास अलिकति बढेको सहजै अनुभव गर्न सकिन्छ । क्लान्त भैसकेका कविजीको गलाबाट सानो आवाज निस्कन्छ, “भो, अब पुग्यो । धेरै थाकें । अरू पछि ।” कविजीको यस्तो अभिव्यक्तिपछि कुराकानीको शृङ्खला त्यहीँ रोकिन्छ । कोठामा फेरि गहिरो शान्ति छाउँछ । तिनै जना शान्त मुद्रामा निःशव्द एक अर्कालाई हेर्छन् । यसरी एउटा अत्यन्त उपयोगी वार्ताको पटाक्षेप हुन्छ ।
(हरिहर खनाल : साहित्य वार्ता २०७४ बाट : सामान्य रूपमा परिमार्जनसहित साभार)
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 240
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.