SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » बहुआयामिक ब्यक्तित्व राष्ट्रकवि घिमिरे
बिभिन्न साहित्य/कला

बहुआयामिक ब्यक्तित्व राष्ट्रकवि घिमिरे

Sahitya SagarBy Sahitya SagarJuly 19, 2021No Comments28 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
डा. बच्चुराम भट्टराई
बच्चुराम भट्टराई  (२०२३ मङ्सिर १६, पनौती– अघाटोल) मूलतः समीक्षक हुन् । उनले नेपाली साहित्यमा नेपाल संस्कृत विश्वविद्यालयबाट विधावारिधि (२०७५) गरेका छन् । सिद्धार्थ वनस्थली इन्स्टिच्युट, त्रिचन्द्र क्याम्पस, पशुपति बहुमुखी क्याम्पस जस्ता विविध  ठाउँमा वि.सं.२०६२ देखि हालसम्म नेपाली विषय प्राध्यापनरत भट्टराईको  माध्यमिक नेपाली व्याकरण (सहलेखन) कृति प्रकाशित छ । उनका सिर्जनात्मक एवम् समीक्षात्मक लेखहरूगोरखापत्र, मधुपर्क, दायित्व, वाङ्मय, हिमाली सौगात एवम् अन्य विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । उनले शिक्षा र साहित्य सेवाबापत विविध मान सम्मान र पुरस्कार पनि पाएका छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा भट्टराईको बहुआयामिक व्यक्तित्व राष्ट्रकवि घिमिरे शीर्षकको लेख समेटिउको छ । यस लेखले माधव घिमिरेको व्यक्तित्व र कृतित्वका बहुआयामलाई समेटेको छ । यस लेखमा घिमिरेको समग्र व्यक्तित्वको मूल्याङ्कन गर्दै रसप्रवणता, स्वच्छन्दतावादी भाव र परिष्कारवादी शिल्प चेतना, जीवनजगत् र प्रकृतिको समन्वय, मौलिक नेपाली परिवेश, जीवनवादी दृष्टिकोण, आर्य सभ्यताको पुनर्आख्यान, छन्दोबद्धता, लयात्मकता, कल्पनाशीलता, राष्ट्रप्रेम, मानवतावादी दृष्टि, विश्वबन्धुत्व, प्रकृतिजगत्बाट टिपिएका बिम्ब, प्रतीक तथा अलङ्कारको अनुपम प्रयोग, जातीय गौरव गान, दार्शनिकता, संवेदनशीलता, सौन्दर्यप्रतिको अनुराग, सामाजिक–सांस्कृतिक महत्व, गुणात्मकता जस्ता प्रवृत्ति स्मरणीय रहेको निष्कर्षण गरेका छन् । घिमिरेलाई नेपाली साहित्यका बहुआयामिक अप्रतिम महान् काव्यशिल्पीका रूपमा चिनाएका छन्  । -सम्पा.
१. विषयप्रवेश
माधव घिमिरे (१९७६–२०७७, लमजुङ) सुपरिचित राष्ट्रिय साहित्यिक प्रतिभा हुन् । संस्कृत व्याकरण, काव्य, नीतिग्रन्थ, कोश र दर्शनको समेत गहन अध्ययन गरेका घिमिरेको लेखनकार्यको पृष्ठभूमि भने आफू जन्मेको स्थानकै लेक–बेँसी, वन, हरियालीबाटै तयार भएको पाइन्छ । नेपाली साहित्यको इतिहासमा वि.सं. १९९२ मा गोरखापत्रमा ज्ञानपुष्पलगायत दशओटा कविता प्रकाशन गर्ने घिमिरेको प्रथम प्रकाशित कविता भने ज्ञानपुष्प रहेको देखिन्छ । उनको पुस्तकाकार कृति भने वि.सं.१९९४मा प्रकाशित नवमञ्जरी कविता सङ्ग्रह हो । आफ्नो जन्मथलो छाडेर आएका घिमिरेले जीवन निर्वाहका लागि विभिन्न संस्थामा आबद्ध भएर काम गरेको देखिन्छ । वि.सं.१९९२ देखि प्रारम्भ भएको उनको काव्य साधना हालसम्म पनि निरन्तर रूपमा चलिरहेकै सन्दर्भमा उनी राष्ट्रद्वारा ‘राष्ट्रकवि’ को गरिमामय उपाधिद्वारा विभूषित भएका छन् । नेपाली साहित्यलाई फुटकर कविता, खण्डकाव्य, निबन्ध, कोषकाव्य, बालसाहित्य एवं अनमोल गीतिनाट्य कृतिहरू प्रदान गर्ने घिमिरे महाकवि लक्ष्मीप्रसाद देवकोटापछि स्वछन्दतावादी कविका रूपमा अग्रपङ्क्तिमा सम्मानित छन् । साहित्यिक लेखनका आधारमा उनको व्यक्तित्वलाई स्रष्टा र द्रष्टाका रूपमा लिन सकिन्छ । यस लेखमा घिमिरेका बहुआयामिक व्यक्तित्वको अन्वेषण र विश्लेषण गरिएको छ ।
२. स्रष्टा व्यक्तित्व
माधव घिमिरे आफ्नो जीवनका अधिकांश अनमोल क्षण नेपाली साहित्यको सिर्जजनामा बिताउने सर्जक हुन् । उनी आफ्नो लामो साहित्यिक यात्राका क्रममा साहित्यका विविध विधा, उपविधाको सिर्जनामा तल्लीन रही सफलता प्राप्त गर्ने शीर्षस्थ स्रष्टा हुन् । उनको मौलिक साहित्यको सिर्जनामा समर्पित रहेको व्यक्तित्वलाई स्रष्टा व्यक्तित्वका रूपमा लिनुपर्ने हुन्छ । उनको स्रष्टा व्यक्तित्व कवि, गीतकार, खण्डकाव्यकार, बालसाहित्यका स्रष्टा, गीतिनाट्यकार, निबन्धकार तथा कथाकारका रूपमा स्थापित भएको पाइन्छ ।
(क) कवि
माधव घिमिरेले आफ्नो काव्ययात्राको आरम्भ कविता सिर्जनाबाट गरेका हुन् । वि.सं. १९९२ मा गोरखापत्रमा ज्ञानपुष्पलगायत दशओटा कविता प्रकाशन गर्ने घिमिरेको प्रथम प्रकाशित कविता ज्ञानपुष्प हो । उनको पुस्तकाकार कृतिचाहिँ वि.सं.१९९४ मा प्रकाशित नवमञ्जरी कविता सङ्ग्रह हो । उनको दोस्रो कविता सङ्ग्रह चैत–वैशाख (२०६०) हो । उनी मूलतः शास्त्रीय छन्दमा कविता सिर्जना गर्ने कवि हुन् । यस सम्बन्धमा घिमिरे (२०५०:४४) ले म आफू छन्दमा लेख्ने हुनाले छन्दको महिमा मलाई राम्ररी थाहा छ । छन्दले कवितालाई स्थायित्व दिन्छ भन्ने विचार प्रस्तुत गरेका छन् । शास्त्रीय छन्दको मर्म बुझेका घिमिरे मूलतः अनुष्टुप्, उपजाति, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, वसन्ततिलका, शिखरिणी, वियोगिनी आदि छन्दलाई आफ्ना कवितामा अत्याधिक प्रयोग गर्छन् । पूर्वीय साहित्यशास्त्रका प्रबल अनुयायी एवं प्रयोक्ताका रूपमा आफूलाई चिनाउँदै आएका घिमिरे काव्यको आत्मा रस हो भन्ने मान्यतालाई आफ्नो पनि मान्यता भएको पुष्टि गर्दै रसकै केन्द्रीयतामा उनी आफ्ना कृतिलाई पूर्णता दिन्छन् । उनका कविता छन्द, शैली, विषय, भाव र संरचनाका दृष्टिले पूर्वीय साहित्यकै परम्परामा आबद्ध भएको देखिन्छ ।
नेपाली साहित्यका महान् स्रष्टा माधव घिमिरे (२०५८ : १५) ले जविन कविता हो, कविता जीवन हो । जुन जीवनमा निर्माण हुन्न, त्यसमा कविता हुन्न । जुन कवितामा जीवनको सपन्दन हुन्न, त्यो निष्प्राण हुन्छ भन्ने धारणा राखेका छन् । कवितालाई जीवन मान्ने घिमिरे राष्ट्रकविको गरिमामय सम्मानबाट विभूषित हुन पुगेका छन् । यसरी नौ दशक लामो काव्य साधनाका क्रममा उनका दुईओटा कविता सङ्ग्रह प्रकाशित भएको पाइन्छ भने त्यसका अतिरिक्त विभिन्न समयमा पत्रपत्रिकामा उनका कविता प्रकाशित भएको पाइन्छ । घिमिरेको पहिलो प्रकाशित पुस्तकाकार कृति नवमञ्जरी कविता सङ्ग्रह (१९९४) हो भने दोस्रो सङ्ग्रह चैत–वैशाख (२०६०) हो ।
(अ) नवमञ्जरी (१९९४)
माधव घिमिरेको प्रथम प्रकाशित यस सङ्ग्रहमा प्रार्थना, गीता, वैराग्य, दृष्टान्त, कीर्तिसार, उद्योग, विद्या, शरद्, दैवी इच्छा आदि नौ शीर्षकका कविता सङ्कलित छन् । यी रचनाहरू उनको काव्यलेखनको प्रारम्भिक अभ्यासको उपज मान्नु उपयुक्त हुन्छ । उनका आभ्यासिक अवधिका कविताका विषयवस्तु आध्यात्मिक, नीतिचेतना, औपदेशिकता, वैराग्यबोधजस्ता विषयमा आधारित छन् । यस अवधिमा उनी आफ्ना अग्रज कवि लेखनाथ पौड्यालबाट प्रभावित देखिए पनि उनका कृति अपरिष्कृत नै देखिन्छन् । घिमिरे (१९९४ : भूमिका) ले छात्रजीवनका अभ्यासकालमा आफूले ती कविता रचेको स्वीकारोक्ति दिएका छन् । अभ्यासकालमै उनी समाजसामु सांसारिक मायाजाल त्याग्नु पर्छ, ईश्वरमाथि आस्था राख्नु,गीता पढ्नु, सत्कार्यमा लाग्नु, उद्योगमा लाग्नु, विद्याध्ययनलाई महत्त्व दिनु भन्नेजस्ता मूलभावयुक्त कविताहरूको सँगालो नवमञ्जरी प्रस्तुत गर्दछन् । यस सङ्ग्रहका कवितामा अनुष्टुप्, वसन्ततिलका, शार्दूलविक्रीडितजस्ता शास्त्रीय छन्दको प्रयोग गरिएका छन् । नैतिक चेतना, भक्तिभाव एवं प्रकृतिप्रेम यस सङ्ग्रहका कविताको वैशिष्ठ्य हुन् । रसभावका दृष्टिले यी कवितामा भक्ति, शमभावको जागृति हुँदै भक्तिरस तथा शान्तरस उल्लसित भएका छन् । काव्यको आत्मा रस हो भन्ने आचार्य भरतको आदिसिद्धान्त नै आफ्नो अन्तिम सिद्धान्त मान्ने घिमिरेमा रसप्रति आभ्यासिक कालदेखि नै झुकाव रहेको देखिन्छ ।
(आ) चैत–वैशाख (२०६०)
माधव घिमिरेको काव्यसाधनाको लामो अन्तरालपछि वि.सं.२०६० मा चैत–वैशाख शीर्षकीय दोस्रो कविता सङ्ग्रह प्रकाशित भएको पाइन्छ । यस सङ्ग्रहमा वि.सं.१९९९ देखि २०६० सम्म रचना गरिएका तथा पत्रपत्रिका एवं पाठ्र्यपुस्तकहरूमा छापिएर प्रसिद्धिसमेत कमाइसकेका कविता सङ्कलित छन् । यस सङ्ग्रहमा घिमिरेका पचासीओटा प्रतिनिधि कविता रहेका छन् । संरचनात्मक ढाँचाका आधारमा हेर्दा चार हरफ (एक श्लोक) देखि बाउन्न हरफ (तेह्र श्लोक) सम्मका आयाममा विस्तारित कविता यसमा सङ्कलित छन् । पूर्वीय काव्यपरम्पराका अनुयायी घिमिरेका कविता अनुष्टुप्, वसन्ततिलका, मन्दाक्रान्ता, शिखरिणी, शार्दूलविक्र्रीडित, उपजाति, स्रग्धरा, मालिनी, पञ्चचामरजस्ता वर्णमात्रिक छन्दमा रचिएका छन् । यसैगरी मात्रिक छन्दको पनि सहज प्रयोग उनका कवितामा भएको पाइन्छ । यस दृष्टिले हेर्दा लेखनाथ र देवकोटाको छन्दगत प्रयोगको समन्वय घिमिरेका कवितामा भएको देखिन्छ । लेखनाथ पौड्यालको शिल्पपरिष्कार तथा देवकोटाको स्वच्छन्दतावादी भावको सन्तुलित प्रयोगका आधारमा उनी लेखनाथ र देवकोटाका मध्यबिन्दुका रूपमा देखिन्छन् । प्रस्तुत सङ्ग्रहका केही कविता वैदिक ऋचाबाट अनूदित अवस्थाका छन् ।
प्रस्तुत सङ्ग्रहमा राष्ट्रिय झण्डा, कलमवीर, नेपाल ठूलो भए, वैशाख, नवयुवक, चरीलमिनी, अन्नपूर्णा, कालीगण्डकी, दुलही हिमाल कञ्चनजङ्घाजस्ता कालजयी कविता समाविष्ट छन् । यसैगरी तँ वीर होस्, स्वदेशको सङ्ग्रेलो, फागुन सात गते, यात्री, हाइड्रोजन बम, घामपानी, राहुल यशोधरा, महात्मा गान्धीको सम्झनामाजस्ता उत्कृष्ट कविताको रचनाबाट उनी नेपालीका राष्ट्रकवि एवं लोकप्रिय कवि बन्न सफल भएको देखिन्छ ।
माधव घिमिरे नेपाली साहित्यका स्वच्छन्दतावादी काव्यधाराका विशिष्ट कवि हुन् । घिमिरेले स्वच्छन्दताववादी काव्यधाराकै परम्परामा अरू परिष्कृत शैली अँगालेर कविताको रचना गरेका छन् । बिम्ब, प्रतीक र अलङ्कारको स्वाभाविक प्रयोगबाट सबै कविता रसभावपूर्ण बनेका छन् । प्रकृतिलाई मानवीकरण गरिँदा स्वतः निर्माण हुँदै गएका अलङ्कारको प्रयोगबाट भावाभिव्यक्तिमा स्वाभाविकता थपेको पाइन्छ । उनका कविता सुकोमल एवं सुललित तत्सम तथा नेपाली मौलिक शब्दहरूको प्रयोगबाट पनि अर्थगाम्भीर्य देखिन्छन् ।अन्त्यानुप्रास,आदि–मध्यानुप्रास,आद्यान्तानुप्रासको कुशल प्रयोगबाट कविताकृति सुन्दर एवं उच्चस्तरका देखिन्छन् । सङ्ख्याभन्दा गुणात्मक सिर्जनालाई महत्त्व दिने घिमिरेको चैत–वैशाख कविता सङ्ग्रहभित्रका कवितामा माधुर्य गुण जताततै लहराएको पाइन्छ । सरल, सहज, सम्प्रेष्य उनका अधिकजसो कवितामा प्रसाद गुण यत्रतत्र पाइन्छ भने कुनै कवितामा उनको ओजपूर्ण कवित्व प्रवाहित भएको पाइन्छ । स्वच्छन्दतावादी, परिष्कारवादी कविको यस सङ्ग्रहका कविताका आधारमा उनमा जीवनजगत् र प्रकृतिको संयोजन, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय परिवेश, जीवनवादी दृष्टिकोण छन्दोबद्धता, लयात्मकता, राष्ट्रप्रेम, मानवतावाद, विश्वबन्धुत्व, जातीय गौरवगान, दार्शनिकता, नेपाली सांस्कृतिक–सामाजिक महत्त्व, रसप्रवणता, गुणात्मकताजस्ता काव्यगत वैशिष्ठ्य पाइन्छन् । लोकसंस्कृति र प्रकृतिको प्रत्यक्ष शब्दचित्र उतार्न सफल घिमिरेको मुख्य प्राप्ति कविता नै हो । अतः उनी नेपाली साहित्यजगत्का कालजयी अप्रतिम काव्यशिल्पीका रूपमा स्थापित छन् ।
(ख) गीतकार
कवि माधव घिमिरे नेपाली गीतिक्षेत्रका कहिल्यै नअस्ताउने नक्षत्रका रूपमा स्थापित छन् । उनले आफ्नो गीतिलेखन यात्रालाई वि.सं.१९९९ देखि नै निरन्तरता दिएको पाइन्छ । यस सम्बन्धमा भानुभक्त पोखरेल (२०५० :८२) ले १९९९ सालमा प्रकाशित कोइली करायो शीर्षकीय रचनालाई गायनोद्दिष्ट प्रथम गीत भन्ने उल्लेख गरेअनुसार उनको गीतियात्राको आरम्भ वि.सं.१९९९ बाट नै भएको देखिन्छ । वि.सं.१९९९ देखि २०३३ सम्मका उनका गीतिरचनाहरू किन्नर–किन्नरी गीतिसङ्ग्रह (२०३३) मा सङ्कलित छन् । प्रस्तुत कृतिभित्रका गीतलाई दुई भागमा विभाजन गरिएको छ । पूर्वार्ध भागलाई किन्नर र उत्तरार्ध भागलाई किन्नरी नाम दिई प्रत्येकमा क्रमशः छयहत्तरओटा र चौहत्तरओटा गरी जम्मा एक सय पचासओटा गीत सङ्कलित छन् । गीतका सम्बन्धमा घिमिरे (२०५८:१४३) ले गीतभित्र कविता हुन्छ । गीतको भाषा सहज र जीवन्त हुन्छ । त्यो भावनाको भाषा हो, हृदयको भाषा हो, मस्तिष्कको भाषा होइन । कविता जुनसुकै भाषामा पनि लेख्न सकिन्छ तर गीतका निम्ति जीवन्त भाषा नै चाहिन्छ । यसै गरी जुन भाषामा गीत हुन्छ त्यो जनताको सुखदुःखको भाषा हो र भाषाको हृदय हो (पृ.१५२) भन्ने परिचयात्मक विचार प्रस्तुत गरेका छन् । गीतलाई जनताको सुखदुःखको भाषा र भाषाको हृदय मान्ने घिमिरेका गीतमा प्रकृतिप्रेम, राष्ट्रवादी चिन्तन, नेपालीको गौरवमय इतिहासप्रति श्रद्धाभाव, मानवतावादी विचार, जीवनवादी दृष्टिकोण, आध्यात्मिक चेतना, नेपाली लोकसंस्कृतिप्रतिको मोह, नेपाली प्रकृतिको भव्य चित्रण, जातीय गौरवगान, मानवीय प्रेमप्रणयका भावजस्ता प्रवृत्ति जताततै देखिन्छ ।
गीतकार माधव घिमिरेका गीत विविध लोकलयले सिँगारिएका छन् । देशभक्ति, प्रेमप्रणय, नेपाली प्रकृतिका गाउँ, बैँसी, हिमाल, पहाड, तराई, नदीनाला, वनजङ्गल, पशुपन्छी, नेपालीको गौरव गाथा, नेपाली बाजा, सोरठी, घाँटु, चुड्का, भैली, ख्यालीजस्ता नृत्य आदि घिमिरेका गीतका कथ्यविषय हुन् । यिनै विषयवस्तुको प्रयोग गरी विभिन्न स्थायीभाव तथा रसलाई उद्दीप्त बनाउँदै एकएक शब्द कुँदेर गीतको रचना गर्नु घिमिरेको मूल वैशिष्ठ्य हो । यसको ज्वलन्त दृष्टान्त उनको किन्नर–किन्नरी गीत सङ्ग्रहलाई लिन सकिन्छ । थोरै शब्दमा भावको मुहान खोल्ने कलामा घिभिरे सिद्धहस्त छन् । उनले नेपाली प्रकृति, राष्ट्र र संस्कृतिलाई अत्यधिक महत्त्व दिएर कविता कृतिको रचना गरेका छन् । उनका फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा, नेपालै नरहे, सारङ्गी त रेटे पनि बोल्छ मीठै ध्वनि, लाग्दछ मलाई रमाइलो,ढुङ्गाको रास लाएको, यही हो मेरो मिथिला, गाउँछ गीत नेपाली, आजै र राति के देखेँ, नेपाल आमा कहीँ छ घाम, आज मेरो आँगनमा,क्षमा गर्न सक्तिन म आदिजस्ता गीत कर्णप्रिय, हृदयस्पर्शी,उच्चकोटिका र लोकप्रियताका आधारमा जीवन्त छन् । सरल भईकन गम्भीर भावले युक्त भाषाशैलीमा लोकथा, पुराण, सांस्कृतिक बिम्बहरूको कुशल संयोजन गरी उत्कृष्ट गीतको सिर्जना गर्ने घिमिरे नेपाली गीतिक्षेत्रका अद्वितीय सर्जकका रूपमा प्रतिष्ठित देखिन्छन् ।
(ग) बालसाहित्यकार
माधव घिमिरेको विविध व्यक्तित्वमध्ये बालसाहित्यकार व्यक्तित्व पनि प्रसिद्ध छ । उनले बालबालिकाका रुचि, उनीहरूको मनोविज्ञान, स्तरअनुकूलका विषयवस्तुको चयन गरी बालगीत/ कविताहरूको रचना गरेका छन् । घिमिरेका अहिलेसम्म प्रकाशित बालगीत/बालकवितासङ्ग्रह घामपानी (२०१०), बालालहरी (२०२६), राहुल यशोधरा (२०३५) र सुनपङ्खी चरी (२०५३) का साथै विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित छन् । गुणात्मकताका आधारमा उत्कृष्ट उनको घामपानीमा तेईस, बालालहरीमा चौबीसओटा र सुनपङ्खी चरीमा तीस गरी जम्मा सतहत्तरओटा कविता रहेका छन् । राहुल यशोधरा उनको बालकाव्य हो । यस कृतिका बारेमा भानुभक्त पोखरेल (२०५९) ले कविले बालकाव्य मात्र भनेर चिनाउन खोजेको बालखण्डकाव्य वा बाललघुकाव्य राहुल यशोधरामा अनुष्टुप् छन्दका बीस श्लोक वा चालीस पङ्क्ति छन् । यति सानो आकारको काव्य पनि सर्वथा बालहृदयस्पर्शी एवं करुणाभावले लदाबद भरिएको मात्र होइन यसमा लगभग करुणरसको निष्पत्ति भएको विचार व्यक्त गरेका छन् । यसमा बुद्धकी पत्नी यशोधरा र पुत्र राहुलको कारुणिक जीवनको चर्चा छ । सानै आयामको कथावस्तुभित्र पनि रसको परिपाक गराउन सक्ने घिमिरे रसप्रवीण कवि हुन् ।
नेपाली लोकलय र शास्त्रीय छन्दमा रचिएका घिमिरेका बालगीत तथा कविता अत्यन्त प्रभावकारी छन् । उनका बालकृति विषयवस्तुका दृष्टिले विविध देखिन्छन् । पशुपक्षी, घामपानी, पुतलीखेल, जूनतारा, देशप्रेम, संस्कृतिजस्ता विषयवस्तुलाई रोचक र सम्प्रेषणीय बनाउन सरल तथा सहज नेपाली शब्दको कुशल प्रयोग गर्नु घिमिरेको विशेषता हो । बालालहरी कविता सङ्ग्रहका सम्बन्धमा माधव घिमिरे (२०६६ भूमिका) ले यो बालकको लोरी हो, बालकको आफ्नै गीत हो । यो बालकहरूका निम्ति हामी बूढापाकाले दिने अर्ती–उपदेश हैन र शिशुका निष्पाप र कोमल प्रवृत्तिलाई स्वस्थ सुन्दरतिर ढल्काउनु मात्र यसको उद्देश्य हो भन्ने उल्लेख गरेका छन् । उनको कथन बालालहरीमै सीमित नरही हरेक बालसाहित्यिक कृतिको मूल अभीष्ट भएको पाइन्छ । उनी आफ्ना कृतिमार्फत् बालबालिकालाई नैतिक सन्देश भाषिक तथा व्यावहारिक ज्ञान, सीप र प्रशस्त मनोरञ्जन दिन सफल सर्वाधिक लोकप्रिय बालकवि हुन् । उनको सुनपङ्खी चरी सङ्ग्रहका सबै गीत सङगीतबद्ध भई बजारमा आएर पनि बालबालिकाका निम्ति सरल, सहज एवं सम्पे्रष्य कोसेली बनिसकेका छन् । यसरी बालमनोविज्ञानको गहिराइसम्म पुगेर सरल एवं सरस शब्दशैयाको प्रयोग गरी प्रकृतिका विविध सन्दर्भको चित्रण गर्न, नेपाली समाज र संस्कृतिको चित्र प्रस्तुत गर्न, दैनिक जीवनका क्रियाकलापबारे जानकारी दिन, कर्मशील बन्ने उत्प्रेरणा जगाउन र सबैले मिलेर बस्नुपर्छ भन्नेजस्ता सन्देश प्रवाह गर्न घिमिरेका बालकृति अत्याधिक सफल देखिन्छन् । अतः गुणात्मक, परिमाणात्मक एवं सन्देशात्मक दृष्टिले बालकवि घिमिरे बालसाहित्यका क्षेत्रमा पनि सफल तथा प्रसिद्ध व्यक्तित्वका रूपमा स्थापित छन् ।
(घ) खण्डकाव्यकार
माधव घिमिरे नेपाली साहित्यका सशक्त खण्डकाव्यकारका रूपमा प्रसिद्ध छन् । उनी नेपाली साहित्यमा महाकवि देवकोटापछिका शीर्षस्थ खण्डकाव्यकारका रूपमा स्थापित भएको पाइन्छ । उनका मौलिक र अनूदित गरी एघारओटा खण्डकाव्य प्रकाशित छन् । खण्डकाव्य लेखनको पूर्वचेष्टा वि.सं. १९९५ को रामविलास संस्कृत खण्डकाव्य र कृष्णभक्ति (१९९६) नेपाली खण्डकाव्य लेखनबाट भए पनि ती खण्डकाव्य प्रकाशनमा नआई अप्राप्य भएकाले उनको औपचारिक खण्डकाव्ययात्राको आरम्भ २००४ सालबाट भएको मान्नु उपयुक्त देखिन्छ । वि.सं. २००४ मा पत्नीवियोगमा आधारित उनको गौरी खण्डकाव्यका केही अंश प्रकाशित भएको देखिन्छ भने यसले पुस्तकाकारका रूप २०१५ सालमा मात्र प्राप्त गरेको पाइन्छ । यसरी नेपाली खण्डकाव्यकारितामा प्रवेश गर्ने घिमिरेका पापिनी आमा (२०१३), गौरी (२०१५), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३), धर्तीमाता (२०३०), इन्द्रकुमारी (२०५७), बोराको परदा (२०५७), गौँथली र गजधम्मे (२०५७) र दुर्गासप्तशती (२०५८) प्रकाशित छन् । यिनका अतिरिक्त वाणासुरकी पुत्री उषा र श्रीकृष्णका नाति अनिरुद्धको प्रेमप्रणयलाई विषयवस्तु बनाएर वि.सं.१९९८ मा प्रकाशित उषाचरित्रलाई पनि खण्डकाव्यका रूपमा लिने गरेको पाइन्छ । यथार्थमा उषाचरित्र चम्पुकाव्य हो । प्रस्तुत कृति घिमिरेको कवित्वको प्रारम्भिक अभ्यासका रूपमा लिन सकिन्छ । यसमा विविध छन्दका कविता तथा गीतको संयोजन गरिएको छ ।
घिमिरेको उषाचरित्र प्रथम प्रकाशित काव्य भए पनि यो गद्य र पद्य दुवै विधा मिश्रित चम्पूको रूपमा रहेको छ । उनको आभ्यासिक कालमा प्रकाशित उक्त काव्य पछिको पहिलो खण्डकाव्य पापिनी आमा (२०१३) हो । यसको रचना वि.सं.२०१० मा भए पनि प्रथम प्रकाशन इन्दे्रनी पत्रिकामा २०१३ सालमा भएको पाइन्छ । एउटी बालविधवाको जीवनका मार्मिक प्रसङ्गलाई काव्यको विषयवस्तु बनाइएको पापिनी आमा नेपाली लोकलय झ्याउरेमा रचिएको कृति हो । र्‍हासोन्मुख मातृत्व प्रकट हुँदा प्रकृतिको भयङ्कर रूप देखिनु र विधवामा मातृत्वको भावना पलाउँदा प्रकृति मुस्कुराएको, धर्ती हाँसेको, जीवनजगत् नै उमङ्गित हुन पुगेको सन्दर्भमा प्रकृतिजगत् पनि सृष्टिको सुन्दर संरचना हुर्केको /बाँचेको प्रसङ्गमा आनन्दित भएको भाव यसमा देखाइएको छ । सामाजिक सङ्कीर्णताबाट त्रस्त नारी मनोदशाको कुशल निरीक्षण गरिएको यस कृतिका सम्बन्धमा भानुभक्त पोखरेल (२०३९ :२२) ले लोकलयमा लेखिएका कविताकृतिमध्ये अर्थात् लोकलयाश्रित खण्डकाव्यहरूमध्ये पापिनी आमा मुनामदनपछिको दोस्रो स्थानमा बस्न समर्थ भएको उल्लेख गरेका छन् । आमाले जस्तोसुकै दुःख, कष्ट, पीडा सहेर पनि आफ्नो सन्तानको रक्षा गर्छन् भन्ने मूलभाव बोकेको पापिनी आमा पीडित वर्गप्रति सहानुभूति, प्रेम, प्रकृति र मानवबीचको भावनात्मक सम्बन्ध, प्रबल कवित्व, परिष्कृत भाषाशैली आदिका कारण उत्कृष्ट काव्य बन्न पुगेको देखिन्छ । प्रस्तुत कृतिमा वात्सल्यरसको प्राधान्यमा अन्य भाव तथा रस पनि उद्बुद्ध उद्दीप्त भएको देखिन्छ । यसैगरी गौरी (२०१५) घिमिरेको वैयक्तिक जीवनका दुःखद् पक्षलाई विषयवस्तु बनाएर रचिएको उत्कृष्ट शोककाव्य हो । आफ्नी पत्नी गौरीको निधनबाट अर्थात् पत्नीवियोगको पीडाजन्य छट्पटीहरूलाई वर्णमात्रिक छन्दमा ढालेर प्रस्तुत गरिएको यस खण्डकाव्यमा विप्रलम्भ शृङ्गारको पृष्ठभूमिमा करुणरसको परिपाक भएको देखिन्छ । घिमिरेलाई सर्वाधिक मनपर्ने कृति गौरीबाट उनलाई नेपाली साहित्यजगत्मा विशिष्टता र अमरता प्राप्त भएको देखिन्छ । यसरी पत्नीवियोगबाट उत्पन्न पीडा र प्रेमप्रणयका अनुभूति नै विषयवस्तु बनेको गौरी खण्डकाव्य स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शिल्पशैलीको अनुपम प्रयोग भएको कृति मुनामदनपछिको सर्वोत्कृष्ट नेपाली शोककाव्य सावित भएको पाइन्छ । घिमिरेको अर्को राजेश्वरी (२०१७) इतिहास सम्बद्ध नेवारी लोक कथन सती बिज्यायमालमा आधारित सशक्त खण्डकाव्य हो । शाह वंशीय राजा रणबहादुर शाहकी जेठी रानी राजेश्वरी पतिद्वारा उपेक्षित तथा परित्यक्ता भई निर्वासित जीवन बिताइरहेकै अवस्थामा राजाको निधनपश्चात् सती जान बाध्य पारिएको कथावस्तुमा यो काव्य केन्द्रित छ । मान्छेको जिजीविषालाई जबर्जस्ती हत्या गरिएको अमानवीय यथार्थको चित्रण सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । यसमा प्रस्तुत गरिएको जीवनबोध तथा मानवतावादी दृष्टिलाई वर्णमात्रिक छन्दमा अत्यन्त कलात्मक ढङ्गले चित्रण गरिएको छ । प्रखर राष्ट्रवादी तथा मानवतावादी भावनाले ओतप्रोत राजेश्वरी खण्डकाव्यमा करुणरसको परिपाक भएको देखिन्छ । माधुर्य गुणले युक्त घिमिरेका खण्डकाव्य परिष्कारयुक्त स्वच्छन्दतावादी भावधाराभित्र राष्ट्रप्रेम, प्रकृतिप्रेम, राष्ट्रिय संस्कृतिप्रतिको अगाध मोह, जीवनवादी–मानवतावादी चिन्तन, सुकोमल पद, पदावलीको कुशल संयोजन, प्राञ्जल भाषाशैलीजस्ता गुणले युक्त नेपाली साहित्यका महत्तम प्राप्ति बनेका छन् ।
घिमिरेको राष्ट्रनिर्माता २०२३ सालको कविता पत्रिकामा प्रथम प्रकाशित खण्डकाव्य हो । पुस्तकाकार रूपमा वि.सं. २०३० मा धर्तीमातासहित प्रकाशित ऐतिहासिक विषयवस्तुमा आधारित यस कृतिमा पृथ्वीनारायण शाह र उनका भाइ दलमर्दन शाहका बीचको संवादबाट नेपाल राष्ट्रको एकीकरणको महान् उद्देश्यको चर्चा गरिएको छ । नेपाल राष्ट्रको ऐतिहासिक तथ्य विषयका रूपमा प्रस्तुत हुँदा देशप्रेम तथा प्रकृतिप्रेमको भावना जताततै पाइन्छ । वीररसप्रधान प्रस्तुत काव्य प्राञ्जल भाषा तथा शास्त्रीय उपजाति छन्दको प्रयोग, कालिदासीय उपमा कौशल, विचारकेन्द्री भावनाको प्रबलताका दृष्टिले घिमिरेको राष्ट्रनिर्माता खण्डकाव्य नेपाली काव्यपरम्परामा आफ्नो उच्च स्थान कायम गर्न सफल भएको देखिन्छ । उनको अर्को खण्डकाव्य धर्तीमाताको प्रकाशन २०३० सालमा प्रकाशित राष्ट्रनिर्माता खण्डकाव्यमै समावेश गरी भएको हो । यसका सम्बन्धमा समालोचक भानुभक्त पोखरेल (२०५६:११०) ले धर्तीमाता अथर्ववेद द्वादश काण्डअन्तर्गत पृथ्वीसूक्तको अनुवाद हो । यसमा पृथ्वीसूक्तका १ देखि ६० सम्मका मन्त्रहरूमध्येबाट जम्मा ३३ मन्त्रहरूको अनुवाद गरिएको यस कृतिमा कुनै कथावस्तु नभए पनि धर्ती र मानवको अनादि कालदेखिको पारस्परिक सम्बन्ध–साहचर्यको कथा–गाथा सूक्ष्म रूपमा पाउन सकिन्छ भन्ने उल्लेख गरेका छन् । भक्तिरसले परिपाक हुने अवसर पाएको प्रस्तुत खण्डकाव्य पूर्णतः अनुवादमा आधारित नभई मौलिकताको आधिक्य कोश ढाँचामा रचित प्रार्थनागीत–काव्य वा सूक्तिकाव्यको अद्वितीय कृतिको रूपमा स्थापित छ । उनको अर्को काव्य बोराको परदा सामाजिक लघुकाव्य हो । यसको प्रकाशनका सम्बन्धमा माधव घिमिरे (२०५७ पूर्वपरिचय) ले बोराको परदा २०१० सालमा नै लेखिएको र यो काव्य पत्रपत्रिकामा प्रकाशित भैसकेको जनाएका छन् । २०१० सालमै लेखेर पत्रपत्रिकामा छापिए पनि पुस्तकाकार कृतिका रूपमा भने वि.सं. २०५७ मा प्रकाशित इन्द्रकुमारी खण्डकव्यमै सङ्गृहीत रूपमा भएको सामाजिक विषयवस्तुमा आधारित काव्य हो । अनुष्टुप् छन्दमा रचित प्रस्तुत कृति प्रेममा धोका पाएर पाटीको बास भएकी एउटी युवती र सडकमा मागेर हिँड्ने उसको छोराको अत्यन्त दयनीय एवं कारुणिक अवस्थाको चित्रणमा आधारित छ । समाजबाट धोका पाएर पाटीको बास हुन बाध्य नारी र सडकबालबालिकाको मार्मिक एवं दयनीय स्थितिलाई काव्यात्मक रूप दिइएको यस काव्यमा विभिन्न स्थायीभाव उद्बुद्ध भएका छन् ।
घिमिरेको गौँथली र गजधम्मे २०४५ सालमा रचित तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भए पनि पुस्तकाकारका रूपमा भने इन्द्रकुमारी (२०५७) मा गाभिएर प्रकाशित खण्डकाव्य हो । यस काव्यका सम्बन्धमा भानुभक्त पोखरेल (२०५९:३३०) ले अपाङ्ग दम्पतीको जीवनगाथामा आधारित प्रस्तुत गीतिकाव्य वा लोकलयको खण्डकाव्य हास्यरससम्बलित वा हास स्थायीभावद्वारा परिपोषित करुणरसको वा करुणा भावको एक मनमुग्धकारी कृति बनेको उल्लेख गरेका छन् । अपाङ्ग जोडीका बीच वैवाहिक सम्बन्ध गाँसी घरव्यवहार र सामाजिक सद्भाव देखाउने कार्यमा पछि नपरे पनि समाजले उनीहरूलाई उपहासका पात्र बनाएको दयनीय स्थितिको चित्रण यस काव्यमा गरिएको छ । अरूलाई सौहार्दता प्रकट गर्ने उनीहरूलाई समस्या पर्दा कसैले सहयोग नगरी उल्टै पत्नीवियोगको रन्कोमा परेको गजधम्मेलाई पागल भनी गाउँबाट लखेटेको हृदयविदारक कथावस्तु भएको प्रस्तुत कृति करुणरसप्रधान बन्न पुगेको छ । यसरी परेका बेलामा सबैलाई सहयोग गर्ने लङ्गडी बिरामी भएर थला परेको अवस्थामा पनि कसैले सहयोग नगर्दा उसको अकालमै मृत्यु भएको दारुण कथावस्तुका माध्यमबाट समाजमा देखिँदै आएका यस्ता अमानवीय प्रवृत्तिप्रति तिखो व्यङ्ग्य प्रस्तुत भएको यो काव्य मानवतावादी विचार बोकेको मर्मस्पर्शी उत्कृष्ट कृति बनेको पाइन्छ । घिमिरेको अर्को खण्डकाव्य इन्द्रकुमारी ऐतिहासिक विषयवस्तुमा रचिएको विप्रलम्भ शृङ्गाररसप्रधान कारुणिक कृति हो । वि.सं. २०५१ मा रचेर २०५७ सालमा प्रकाशित इन्द्रकुमारी काव्यकी नायिका इन्द्रकुमारी मकवानपुरका राजा हेमकर्णकी छोरी र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकी जेठी रानी हुन् । आफ्ना पिता र पतिका हठका कारण विवाहिता भए पनि भोगेच्छा, यौनेच्छाबाट बञ्चित अवस्थामा जीवनका अनमोल पल बिताउन बाध्य इन्द्रकुमारीका प्रेमविरहजन्य अनुभूतिहरूलाई कविले पत्रात्मक शैलीमा काव्यरूप दिएका छन् । अनुष्टुप् छन्दका सुन्दर पङ्क्तिमा एउटी युवतीको यौनेच्छा, भोगेच्छा, जिजीविषाबाट बञ्चित एवं कुण्ठित मनोदशालाई गहिराइसम्म पुगेर विश्लेषण गरिएको घिमिरेको इन्द्रकुमारी सुललित, उच्चस्तरीय खण्डकाव्यको रूपमा नेपाली साहित्यमा स्थापित छ ।
माधव घिमिरे परिष्कारयुक्त स्वच्छन्दतावादी खण्डकाव्यकार हुन् । उनका काव्यकृतिमा भावाभिव्यक्तिको स्वच्छन्द अवतरण पाइन्छ उनी जीवनजगत् र प्रकृतिको वर्णनमा सहज र स्वतस्फूर्त आत्माभिक्तिमा रमाउने कवि हुन् । स्वच्छन्दतावादी भावधाराभित्र राष्ट्रप्रेम, प्रकृतिप्रतिको अगाध मोह, मानवतावादी चिन्तन,आशावादी–जीवनवादी दृष्टिकोण, नेपाली संस्कृतिप्रति आस्था, विषयगत विविधता, बौद्धिक दार्शनिक चेतना, परिष्कृत, प्राञ्जल भाषिक अभिव्यक्ति, सुकोमल पद–पदावलीको कुशल प्रयोग, माधुर्य,प्रसादको प्राधान्यमा ओजगुणको कलात्मक प्रयोग, विविध बिम्ब र प्रतीकको संयोजन, आनुप्रासिकता, सङ्गेयता, गुणात्मकता, रसप्रवणता, ध्वन्यात्मकता, सङ्क्षिप्तता, आदि घिमिरेका खण्डकाव्यगत विशेषता हुन् । शास्त्रीय वर्णमात्रिक छन्दका साथै नेपाली लोकलयमा हृदयस्पर्शी भावात्मक तीव्रताले आतप्रोत उनका कृतिहरू सङ्ख्यात्मक एवं गुणात्मकताका दृष्टिले उल्लेख्य बनेका छन् । कवित्व र अनुभूतिको तीब्र प्रवाह तथा खण्डकाव्यगत तत्त्वका दृष्टिले आफ्ना पूर्ववर्ती खण्डकाव्यकार देवकोटापछि दोस्रो स्थानमा स्थापित कुशल काव्यशिल्पी माधव घिमिरेको खण्डकाव्यकार व्यक्तित्व नेपाली साहित्यजगत्मा विशिष्ठ एवं उच्च रहेको पाइन्छ ।
(ङ) गीतिनाट्यका स्रष्टा
माधव घिमिरेले आफ्नो काव्ययात्राको उत्तरार्धतिर गीतिनाट्यलेखनमा कलम चलाएको पाइन्छ । गीतिनाट्यलेखनको पूर्वचेष्टाचाहिँ वि.सं. २०१७–२०१८ देखि नै आरम्भ भए पनि उनले तीसको दशकदेखि मात्र नेपाली साहित्यमा अनमोल गीतिनाट्य कृति प्रदान गरेको देखिन्छ । उनका शकुन्तला (२०३८), मालती मङ्गले (२०३९), विषकन्या (२०५०), अश्वत्थामा (२०५३), हिमालपारि हिमालवारि (२०५४), देउकी (२०५५) र बालकुमारी (२०६१) जस्ता गीतिनाटकको प्रकाशन र केही प्रदर्शित पनि भएका छन् । उनका प्रदर्शित गीतिनाटकहरू देश तथा विदेशमा पनि अत्यन्त लोकप्रिय एवं चर्चाको चुलीमा पुगेको पाइन्छ । उनको शकुन्तला गीतिनाटक महाभारतको शकुन्तलोपाख्यानबाट कथावस्तु लिइएको दुष्यन्त र शकुन्तलाको प्रेम–कथामा आधारित शृङ्गाररसप्रधान कृति हो । यसको मञ्चनको सफलताबाट घिमिरे गीतिनाटकका क्षेत्रमा आकर्षित भएको बुझिन्छ । वि.सं.२०३९ मा प्रकाशित उनको अर्को गीतिनाटक मालती मङ्गले लोककाव्य र इतिहासमा आधारित शृङ्गाररसप्रधान कृति हो । यसको मञ्चन पनि स्वदेश तथा विदेशमा समेत अपार सफलता प्राप्त भएको देखिन्छ । दासप्रथाको अन्त्य हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल प्रस्तुत गीतिनाटक घिमिरेलाई विशिष्ट गीतिनाट्कारका रूपमा स्थापित गराउने प्रमुख कृति हो ।
घिमिरेको विषकन्या मध्ययुगीन राज्य अतिक्रमणकारी घात–प्रतिघातपूर्ण परिवेशमा आधारित करुणरसप्रधान गीतिनाटक हो । पौराणिक विषयवस्तुमा आधारित शान्तरसप्रधान गीतिनाटक अश्वत्थामाको प्रकाशनबाट अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उनको ख्याति फैलिएको पाइन्छ । घिमिरेको हिमालपारि हिमालवारि मनाङ जिल्लामा प्रचलित लोकमिथकमा आधारित शृङ्गारबाट वेष्टित शान्तरसप्रधान गीतिनाटक हो । मनाङमा प्रचलित किंवदन्तीलाई स्वैरकल्पनाका माध्यमबाट पुनः सिर्जन नै यस कृतिको मूल विषय बनेको देखिन्छ । देउकी घिमिरेको सामाजिक विषयवस्तुमा आधारित वात्सल्यरसप्रधान गीतिनाटक हो । यसले नेपालको सुदूर पश्चिमका केही जिल्लामा परम्पराका रूपमा चल्दै आएको रुढिग्रस्त देउकी बनाउने प्रथालाई विषयवस्तुको रूपमा ग्रहण गरेको छ । घिमिरेको हालसम्मको अन्तिम गीतिनाटक बालकुमारी विधवाहरूको पुनर्विवाह हुनुपर्ने सन्देश बोकेको सामाजिक विषयमा आधारित मार्मिक कृति हो । प्रस्तुत कृतिमा करुणरसको परिपाक भएको छ ।
यसरी काव्ययात्राको उत्तरार्धबाट गीतिनाट्य क्षेत्रमा कलम चलाउने माधव घिमिरे सङ्ख्यात्मक एवं गुणात्मक दुवै दृष्टिले विशिष्ट गीतिनाट्कारका रूपमा सम्मानित व्यक्तित्व हुन् । उनी नेपाली गीतिनाट्य परम्परामा अप्रतिम केन्द्रीय प्रतिभाका रूपमा स्थापित भएको पाइन्छ ।
(च) निबन्धकार
कवि माधव घिमिरेले साहित्यका विविध विधामा कलम चलाएर आफूलाई बहुआयामिक व्यक्तित्वको दरिलो परिचय दिएका छन् । उनको मुख्यप्राप्ति पद्य विधा भए पनि गद्य साहित्यमा पनि उनी परिचित छन् । नेपाली साहित्यमा उनको निबन्धकार व्यक्तित्व पनि सशक्त नै देखिन्छ । उनीद्वारा आफ्नै कविता, साहित्य, कविकर्मका सम्बन्धमा व्यक्त चिन्तनप्रधान लेखहरूलाई निबन्धरचनाका रूपमा लिँदा उनको आफ्नो बाँसुरी आफ्नै गीत (२०३०) निबन्ध सङ्ग्रह प्रकाशित भएको पाइन्छ । सङ्ग्रहभित्र शैली, साहित्यमा स्वदेशको ध्यान, साहित्य र विज्ञान, साहित्यमा शब्दशिल्प, साहित्यको सत्य, अमर कवि, कविता–तत्त्व, काव्य र कविता, सङ्गति, सामञ्जस्य र सहृदयता, कवि द्रष्टा हुन्छ, र कवि स्रष्टा हुन्छजस्ता आत्मपरक निबन्ध सङ्गृहीत छन् । यस सङ्ग्रहका बारेमा माधव घिमिरे (२०३०: प्रारम्भमा) ले आफ्नो बाँसुरी आफ्नै गीत कवितासम्बन्धी मेरा लेखहरूको सङ्ग्रह हो । यी लेखहरू इन्द्रेनी र कविता पत्रिकामा सम्पादकीयका रूपमा प्रकाशित भएका छन् । यिनमा सम्पादकको हैसियतले भनिएका एक दुई कुराको मात्र परिवर्तन गरिएको र अरू सबै जस्ताको तस्तै राखेको उल्लेख गरेका छन् । उनका अनुसार यो निबन्ध सङ्ग्रहका रचनाहरू गीत–कवितासम्बन्धी लेखहरू मात्र भएको र निबन्धकै रूपमा रचिएका होइनन् भन्ने अर्थ प्रकट भएको देखिन्छ । यिनै निबन्धका आधारमा उनको मूल्याङ्कन गर्दा उनी सङ्ख्यात्मकभन्दा गुणात्मकतामा विश्वास गर्ने निबन्धकार भएको देखिन्छ ।
निबन्धकार घिमिरेका यी निबन्धात्मक लेखहरूमा उनको आत्मबाोध, दिशाबोध एवं युगबोध कुशल ढङ्गले प्रस्तुत भएको पाइन्छ । उनले निबन्धमार्फत् साहित्यले पाठकमा आनन्दानुभूति गराउने, साहित्यमा समग्र राष्ट्र समाहित हुनुपर्ने, व्यक्तिमनका भावनालाई सही दिशाबोध गराउन सक्नुपर्ने, राष्ट्रहितलाई आत्मसात् गरेको साहित्य नै जीवन्त हुने आदि मूलभाव बोकेका आफ्ना अनुभूति, विचार, लेख, संस्मरणलाई निबन्धको रूप दिई आफूलाई निबन्धका क्षेत्रमा पनि गतिलो उपस्थिति जनाउन सफल भएको देखिन्छ ।
माधव घिमिरेको अर्को निबन्धात्मक सङ्ग्रह चारु चर्चा (२०५८) हो । यसमा परिशिष्टबाहेक एकसय साठी शीर्षकका वि.सं.२०२२ देखि २०५६ सालसम्ममा छापिएका लेख, रचना, विभिन्न सन्दर्भमा विभिन्न व्यक्ति, संस्थाहरूद्वारा लिइएका अन्तर्वार्ता सङ्कलित छन् भने परिशिष्टमा घिमिरेकी पत्नी महाकाली घिमिरेसँगको अन्तर्वार्तालाई प्रस्तुत गरिएको छ । यस कृतिका सङ्कलनकर्ता राजीव घिमिरे (२०५८: सङ्कलनकर्ताको तर्फबाट) ले चारु चर्चा कविवर माधव घिमिरेका ललित निबन्धको सङ्कलन हो । यसमा आफ्नो बाँसुरी आफ्नै गीतपछिका साढे तीन दशकका साहित्यचिन्तन सङ्कलित छन् । यसका साथै भाषा, सङ्गीत, कला, दर्शन र संस्कृति आदि विविध विषयउपर कविका आफ्ना अभिव्यक्ति र केही स्वतन्त्र निबन्ध पनि यसमा सङ्कलित भएको उल्लेख गरेका छन् । यस आधारमा हेर्दा प्रस्तुत कृति माधव घिमिरेको लामो साहित्य साधनाबाट प्राप्त तत्त्वज्ञान, आत्मज्ञान तथा जीवन भोगाइका क्रममा प्राप्त व्यावहारिक ज्ञान तथा विज्ञानसम्बन्धी अनुभवहरूको सङ्कलन हो र उनको निचोड हो भन्न सकिन्छ । निबन्धका सम्बन्धमा माधव घिमिरे (२०५८:८६) ले निबन्ध भन्नु बन्धनरहित रचना हो । त्यसमा सम्पूर्ण साहित्यविधाको निम्ति आवश्यक सामान्य निबन्धन मात्र रहन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । उनका विचारमा निबन्ध स्वतन्त्र विधा भएकाले उनी आफ्ना निबन्धमा स्वतन्त्र भई भाव उच्छलनमा रमाउन पुग्छन् । आफ्ना खारिएका चिन्तनका लहर लहराउन उनी कुशल देखिन्छन् । उनका प्रौढ मस्तिष्क कतै कर्मवादी बनेर, कतै जीवनवादी त कतै राष्ट्रवादी बनेर विनारोकटोक पोखिन पुगेको देखिन्छ । उनी राष्ट्रियता, मानवीय मूल्य र मान्यता, नेपाली सांस्कृतिक वैभवलाई आफ्ना निबन्धको विषयका रूपमा चयन गर्छन् । बिन्दुमा सिन्धु अटाउन सक्ने अद्भुत् कलाकारिता भएका घिमिरेका निबन्धरचना सङ्ख्याका दृष्टिले थोरै भए पनि गुणात्मकताका दृष्टिले गहन छन् । यसरी माधव घिमिरेको निबन्धकार व्यक्तित्व पनि नेपाली निबन्ध क्षेत्रमा प्रभावकारी रहेको देखिन्छ ।
(छ) कथाकार
नेपाली काव्यपरम्परामा अप्रतिम स्थान प्राप्त गर्ने काव्यशिल्पी माधव घिमिरेले कथा विधामा पनि आफ्नो उपस्थिति जनाएका छन् । वि.सं. २०५७ मा प्रकाशित उनको मनचिन्ते मुरली एउटै मात्र कथा सङ्ग्रह हो । सामाजिक जनजीवनलाई नै विषयवस्तु बनाइएका उनका देवी रुन्छिन्, अम्बा, देवकुमार, मनचिन्ते मुरली, पाले बा, र खडु बाउ गरी जम्मा छओटा कथा सङ्कलित छन् । वि.सं.२००४ देखि २०३७ सम्ममा रचना गरिएका उनका कथामध्ये मनचिन्ते मुरली शीर्षकीय कथा लामो आयामको छ भने अरू सबै कथा लघु आयाममा संरचित छन् ।
सङ्ग्रहमा सङ्कलित पहिलो देवी रुन्छिन् कथाले मानिसमा देखिने ईष्र्या, डाहा, छलकपट एवं कलुषित विचारलाई उजागर गरेको छ । समाजमा सत्यको अवस्था निरीह रहेको यथार्थलाई यसमा सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । दोस्रो कथा अम्बा निम्नवर्गीय जनजीवनको मार्मिक पीडाजन्य प्रसङ्गहरूको सन्दर्भका साथै बालमनोविज्ञानमा आधारित छ । वैधव्य जीवनका जटिलताको मार्मिक विश्लेषण प्रस्तुत कथाको उद्देश्य रहेको पाइन्छ । देवकुमार यस सङ्ग्रहको अर्को कथा हो । यसमा बालमनोविज्ञानमा पारिवारिक वातावरणले पार्ने प्रभावलाई कुशलतापूर्वक प्रस्तुत गरिएको छ । बालबालिका निश्छल, निष्कपट हुने भएकाले उनीहरूका अगाडि बाबुआमाले कलह गर्नु, अन्य व्यक्तिका नचाहिँदा टीकाटिप्पणी गर्नु, अरूसँगको आर्थिक व्यवहारमा गडबड गर्नुजस्ता निन्दनीय क्रियाकलापले कलिलो मस्तिष्कमा नकारात्मक असर पर्ने सन्देश बोकेको प्रस्तुत कथा पारिवारिक सामाजिक विषयवस्तुको उत्कृष्ट रचना हो । सबैभन्दा लामो आयाममा रचित घिमिरेको मनचिन्ते मुरली ग्रामीण परिवेशलाई अँगालिएको सडक बालबालिकाको दुर्दशालाई कलात्मक पाराले प्रस्तुत गरिएको मार्मिक कथा हो । उनको अर्को कथा पाले बा विधुर बन्नुपर्दा पुरुषले भोग्नुपर्ने दुःख, गरिबीका कारण आफ्नै सन्तानलाई अनाथालयमा लगेर राख्नुपर्ने कारुणिक अवस्थाको चित्रण गरिएको सामाजिक विषयवस्तुमा आधारित छ । मानिससले भित्रभित्रै पिल्सिएर पनि समाजमा हाँसोको नाटक रच्नुपर्ने विसङ्गतिपूर्ण दारुण अवस्थाको सटिक चित्रण गर्न प्रस्तुत कथा सफल भएको देखिन्छ । खडु बाउ यस सङ्ग्रहमा सङ्कलित छैटौँ तथा अन्तिम कथा हो । आत्मकथाको ढाँचामा रचित प्रस्तुत कथामा समाजको यथार्थ सन्दर्भलाई आधार मनिएको छ । यो सामाजिक विभेदको जाँतामा पिँधिएका ग्रामीण जीवनका मार्मिक प्रसङ्गलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको सामाजिक कथा हो ।
यसरी मानवतावादी चिन्तनमा आधारित उनका कथा सरल, सरस, सहज एवं मार्मिक छन् । विषयगत एवं परिवेशगत रूपमा मुख्यतः पहाडी जनजीवनले बढी महत्त्व पाएको देखिन्छ । समग्रमा उनको कथाकारिताले नेपाली साहित्यका फाँटमा त्यति चर्चा नपाए पनि उनी कथाकारका पङ्क्तिमा आफूलाई उभ्याउन भने सफल भएको पाइन्छ । आफ्नो वरिपरिका समाज, जनसमुदाय एवं परिवेशभित्र पीडादायी बनेर रहेका अमानवीय व्यवहारप्रति असन्तुष्टि जनाउँदै सभ्य समाजको आह्वान गरिएका उनका कथाले समाज सुधारमा योगदान दिन सहयोग पुर्‍याएको देखिन्छ । अतः कविताकाव्यका शीर्षस्थ स्रष्टा घिमिरेको कथाकार व्यक्तित्व पनि सुरक्षित रहेको दृष्टान्त उनका कथाले दिएको पाइन्छ ।
(ज) सिर्जनशील अनुवादक
बहुआयामिक व्यक्तित्वका धनी माधव घिमिरेको अनुवादक व्यक्तित्व पनि अस्तित्वमा रहेको देखिन्छ । उनी भाषानुवाद परिषद्मा जागिरे भएपश्चात् अनुवादतर्फ उन्मुख भएको पाइन्छ । वि.सं. २००२ मा उनले संस्कृत साहित्यका नाट्यकार श्रीहर्षद्वारा रचित नागानन्द नामक नाट्य कृतिको अनुवाद गरी प्रकाशित गरेका थिए । यसै गरी घिमिरेले बङ्गाली भाषामा रचित रवीन्द्रनाथ ठाकुरका गीतलाई नेपाली भाषामा अनुवाद गरेको पाइन्छ । उनले अथर्ववेद द्वादश काण्डअन्तर्गत पृथ्वीसूक्तको अनुवाद गरी वि.सं. २०३० मा धर्तीमाता खण्डकाव्य प्रकाशित गरेको देखिन्छ । उनले पृथ्वीसूक्तका एकदेखि साठीसम्मका मन्त्रमध्ये जम्मा तेत्तीस मन्त्रको मात्र अनुवाद गरेको देखिन्छ । यसका साथै उनले वैदिक मन्त्रको अनुवाद गरी ऋचाका केही अंश पनि प्रकाशित गरेका छन् । उनको अर्को महत्त्वपूर्ण अनुवाद दुर्गासप्तशतीका एक्काईस श्लोक जुन वसन्ततिलका छन्दबाट शार्दूलविक्रीडित छन्दमा परिवर्तन गरी देवीस्तुतिको प्रकाशन गरेको पाइन्छ । दुर्गासप्तशतीका सम्बन्धमा शैलेन्दुप्रकाश नेपाल (२०६१:२०) ले दुर्गासप्तशती (२०५८) लाई पनि घिमिरेले अनुवाद गरी खण्डकाव्यका रूपमा निकालेको उल्लेख गरेका छन् । घिमिरेका यी अनुवाद कृति शब्दानुवाद नभई भावानुवादका उपज हुन् । मूल कृतिका सार वा भावलाई नेपाली परिवेशका सुन्दर शब्दमा सम्प्रेषणीय बनाउन सक्नु उनको अनुवादकलाको सामथ्र्य हो । उनले विशेषतः संस्कृत, बङ्गाली र हिन्दीलाई आधार बनाएर कृतिहरूको अनुवाद गरेको देखिन्छ । अतः घिमिरेको कुशल अनुवादक व्यक्तित्व पनि परिचित रहेको पाइन्छ ।
माधव घिमिरेको नौ दशकभन्दा बढी समय काव्यसाधनामा तल्लीन व्यक्तित्वलाई विभिन्न आधारमा वर्गीकरण गरेर विश्लेषण गर्दा उनी साहित्यका हात हालेका सबै विधामा सफल र शीर्षस्थ स्वच्छन्दतावादी परिष्कारवादी आधुनिक कविका रूपमा सम्मानित भएको पाइन्छ । उनको काव्यसाधनाको मुख्यप्राप्ति कवि व्यक्तित्व रहे पनि साहित्यका अन्य विधामा पनि उच्च स्थानमा नै रहेको देखिन्छ । उनी कविता, खण्डकाव्यजस्ता विधामा देवकोटापछिको उच्च स्थान हासिल गर्न पूर्णतः सफल देखिन्छन् । यसै गरी गीतिनाट्य क्षेत्रका अप्रतिम एवं केन्द्रीय प्रतिभाका रूपमा प्रतिष्ठित छन् । उनका देशभक्तिपूर्ण मार्मिक गीत नेपाली साहित्यिक जगत्मा कालजयी बनेका पाइन्छन् । उनका कव्यकृतिमा पौराणिक,लोकआख्यानमूलक, ऐतिहासिक एवं सामाजिक विषयवस्तुको चयन गरी भावकको हृदयस्पर्श गराउने सामथ्र्यको प्रस्तुति जताततै पाइन्छ । उनी आफ्नो मूल प्रवृत्ति रसप्रवणताको सर्वत्र प्रदर्शन गर्न सफल देखिन्छन् । चाहे बालसाहित्य होस् या निबन्ध वा कथा जुनसुकै क्षेत्रमा पनि उनको उपस्थिति सराहनीय रहेको पाइन्छ । उनको महाकाव्य लेखनको पूर्वप्रयास वि.सं.१९९८–९९ तिर नै गोविन्द महाकाव्यको चार सर्ग मात्र पूरा भएपछि त्यसको निरन्तरता नभएको देखिन्छ भने उनको ऋतम्भरा महाकाव्यको लेखनकार्य पूर्ण भएको बुझिएकाले निकट भविष्यमै नेपाली साहित्यले एक उत्कृष्ट रचना प्राप्त गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । अत : गद्य, पद्य, स्रष्टा, द्रष्टा, सम्पादन, अनुवाद सबै विधामा आफ्नो संलग्नता देखाउने माधव घिमिरे कविताकाव्य, गीत एवं गीतिनाट्यका क्षेत्रमा गुणात्मक तथा परिमाणात्मक दुवै दृष्टिले नेपाली साहित्यजगत्मा सर्वाधिक लोकप्रिय एवं राष्ट्रकविका रूपमा सम्मानित छन् ।
३. द्रष्टा व्यक्तित्व
माधव घिमिरे नेपाली साहित्यका महान् स्रष्टाका साथै प्रभावशाली द्रष्टा पनि हुन् । उनको द्रष्टा व्यक्तित्वका बारेमा भानुभक्त पाखरेल (२०५९:१८६) ले माधव घिमिरेको समालोचक व्यक्तित्व सम्पादकीय, भूमिका लेखन र प्रकाशकीयमा सीमित प्रायः रहेको पाइन्छ । सम्पादक व्यक्तित्वअन्तर्गत उनले इन्द्रेनी र कविता पत्रिकाका सम्पादकीयहरू लेखेको पाइन्छ र तिनमा काव्यशास्त्रीय अनुचिन्तनको मात्रा बढी पाइन्छ भने प्रस्तावक व्यक्तित्वअन्तर्गत उनले कतिपय पुस्तकका भूमिका तथा धेरै पुस्तकको प्रकाशकीय लेखेको उल्लेख गरेका छन् । पोखरेलको भनाइअनुसार उनको द्रष्टा व्यक्तित्व सम्पादकीय, प्रकाशकीय एवं भूमिका लेखनमा नै सीमित रहेको देखिन्छ । उनका व्यावहारिक समालोचनात्मक कृति देखिँदैनन् भने सम्पादकीय, प्रकाशकीय र भूमिका सैद्धान्तिक समालोचनातर्फ मुखरित भएको पाइन्छ । उनको निबन्ध सङ्ग्रह आफ्नो बाँसुरी आफ्नै गीतभित्रका निबन्ध चिन्तनमूूलक छन् । उनको अर्को निबन्धात्मक कृति चारु चर्चा (२०५८) उनका विगतदेखिका विविध विषयमा आधारित लेखरचनाहरू सङ्गृहीत रूप हो । यसमा उनका विभिन्न समयमा पत्रपत्रिकामा प्रकाशित अन्तर्वार्ता, अन्य व्यक्तिका पुस्तकका भूमिकाहरू, लेखहरू, संस्मरणहरूमार्फत् विविध विषयका ज्ञान–विज्ञानसम्बन्धी लेखहरू सङ्कलित छन् ।
भूमिका र अन्तर्वार्ताको आधिक्य रहेको चारु चर्चामा एकसय साठीओटा चिन्तनप्रधान लेख सङ्कलित छन् । तिनमा घिमिरेले पूर्वीय काव्यसिद्धान्तलाई आधार मानी आफ्ना काव्यमान्यता प्रस्तुत गरेका छन् । उनका अन्तर्वार्तामा आफ्ना साहित्यिक मान्यता घनीभूत रूपमा प्रस्तुत गरेका छन् । पूर्वीय काव्यसिद्धान्तका आधारमा भूमिकालेखनमार्फत् कुनै पनि कृतिको समालोचनात्मक टिप्पणी गर्नु नै उनको द्रष्टा व्यक्तित्वको परिचायक बनेको पाइन्छ । समालोचकलाई साहित्यको फूलवारीको मालीका रूपमा लिने घिमिरे साहित्यमा समालोचनाको महत्त्वपूर्ण भूमिका रहेको भाव व्यक्त गर्छन् र आफ्ना रचना समालोचनाकै आडमा प्रस्तुत गर्छन् । उनले लेखेका भूमिका, प्रकाशकीय तथा सम्पादकीयका माध्यमबाट कृतिमा निहित गुणदोषको सचेत विश्लेषण गर्नु उनको कुशल द्रष्टा व्यक्तित्वको विशेषता हो । उनका सिर्जनात्मक कृति कालीगण्डकी, राष्ट्रनिर्माता, शकुन्तला, मालती मङ्गले, अश्वत्थामा आदिमा पनि उनको द्रष्टा व्यक्तित्व लहरिएको पाइन्छ । उनका समालोचनात्मक भूमिका, सम्पादकीय, प्रकाशकीय, भाषण, संस्मरण आदि सिर्जनाहरू कर्मवादी, जीवनवादी एवं राष्ट्रवादी चिन्तनमा आधारित देखिन्छन् । माधव घिमिरेका भूमिका, सम्पादकीय, प्रकाशकीय, अन्तर्वार्ता केवल शुभकामनाका रूपमा मात्र सीमित नभई कृतिको गुण र दोषलाई गहिराइमा पुगेर रेसा–रेसा केलाउन सफल समालोचनाकै रूपमा रहेको पाइन्छ । अतः घिमिरे आफ्ना सबै समालोचकीय कृतिद्वारा आफू काव्यस्रष्टा मात्र नभई विशिष्ठ द्रष्टाका रूपमा पनि स्थापित हस्ती भएको प्रमाणित हुन्छ ।
४. निष्कर्ष
उनी साहित्यका कलम चलाएका सम्पूर्ण विधामा अद्वितीय सफल, शीर्षस्थ आधुनिक कवि हुन् । कवित्व र शिल्प परिष्कारको चूडान्त प्राप्ति देखाएकै कारण उनी समाज तथा राष्ट्रमा सम्मानित एवं लोकप्रिय छन् । जातीय संस्कृति र लोककथनहरूको सन्तुलनबाट उत्कृष्ट रसात्मक काव्यकृतिको सिर्जनाद्वारा भावकको हृदयस्पर्श गराउने सामथ्र्य उनमा प्रशस्त देखिन्छ । नेपाली साहित्यको विशेषतः पद्यात्मक विधालाई जनमानसमा लोकप्रिय बनाउने उच्च श्रेय घिमिरेलाई प्राप्त छ । कविता विधाबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका घिमिरेको जीवनको प्रमुख उपलब्धि एवं मुख्य प्राप्ति उच्चस्तरीय कवित्व प्रवाह नै हो । रसप्रवणता, स्वच्छन्दतावादी भाव र परिष्कारवादी शिल्पचेतना, जीवनजगत् र प्रकृतिको समन्वय, मौलिक नेपाली परिवेश, जीवनवादी दृष्टिकोण, आर्षसभ्यताको पुनर्आख्यान, छन्दोबद्धता, लयात्मकता, कल्पनाशीलता, राष्ट्रप्रेम, मानवतावादी दृष्टि, विश्वबन्धुत्व, प्रकृतिजगत्बाट टिपिएका बिम्ब, प्रतीक तथा अलङ्कारको अनुपम प्रयोग, जातीय गौरव गान, दार्शनिकता, संवेदनशीलता, सौन्दर्यप्रतिको अनुराग, सामाजिक–सांस्कृतिक महत्त्व, गुणात्मकताजस्ता काव्यगत वैशिष्ठ्यका कारण उनी नेपाली साहित्यका बहुआयामिक अप्रतिम महान् काव्यशिल्पीका रूपमा प्रसिद्ध छन् ।

सन्दर्भ ग्रन्थसूची
घिमिरे, माधव. नवमञ्जरी . काठमाडौँ: सु. डिल्लीराम लामिछाने गुरुङ. १९९४ ।
. . ., आफ्नो बाँसुरी आफ्नै गीत . ललितपुरः साझा प्रकाशन. २०३० ।
. . ., इन्द्रकुमारी. ललितपुरः साझा प्रकाशन. २०५७ ।
. . ., चारु चर्चा. ललितपुरः साझा प्रकाशन. २०५८ ।
घिमिरे, राजीव. चारु चर्चा. ललितपुरः साझा प्रकाशन. २०५८ ।
पोखरेल, भानुभक्त. कवि घिमिरे र उनका काव्यचिन्तन. ललितपुरः साझा प्रकाशन. २०५० ।
. . ., माधव घिमिरेका विशिष्ट खण्डकाव्य. ललितपुरः साझा प्रकाशन, २०५६ ।
. . ., कवि घिमिरेको रचनायोग. ललितपुरः साझा प्रकाशन. २०५९ ।
नेपाल, शैलेन्दुप्रकाश. राष्ट्रकवि माधव घिमिरे. ललितपुरः साझा प्रकाशन.२०६१ ।

डा. बच्चुराम भट्टराई
   कामपा ७, चावहिल–काठमाडौँ
बच्चुराम भट्टराई  (२०२३ मङ्सिर १६, पनौती– अघाटोल) मूलतः समीक्षक हुन् । उनले नेपाली साहित्यमा नेपाल संस्कृत विश्वविद्यालयबाट विधावारिधि (२०७५) गरेका छन् । सिद्धार्थ वनस्थली इन्स्टिच्युट, त्रिचन्द्र क्याम्पस, पशुपति बहुमुखी क्याम्पस जस्ता विविध  ठाउँमा वि.सं.२०६२ देखि हालसम्म नेपाली विषय प्राध्यापनरत भट्टराईको  माध्यमिक नेपाली व्याकरण (सहलेखन) कृति प्रकाशित छ । उनका सिर्जनात्मक एवम् समीक्षात्मक लेखहरूगोरखापत्र, मधुपर्क, दायित्व, वाङ्मय, हिमाली सौगात एवम् अन्य विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । उनले शिक्षा र साहित्य सेवाबापत विविध मान सम्मान र पुरस्कार पनि पाएका छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा भट्टराईको बहुआयामिक व्यक्तित्व राष्ट्रकवि घिमिरे शीर्षकको लेख समेटिउको छ । यस लेखले माधव घिमिरेको व्यक्तित्व र कृतित्वका बहुआयामलाई समेटेको छ । यस लेखमा घिमिरेको समग्र व्यक्तित्वको मूल्याङ्कन गर्दै रसप्रवणता, स्वच्छन्दतावादी भाव र परिष्कारवादी शिल्प चेतना, जीवनजगत् र प्रकृतिको समन्वय, मौलिक नेपाली परिवेश, जीवनवादी दृष्टिकोण, आर्य सभ्यताको पुनर्आख्यान, छन्दोबद्धता, लयात्मकता, कल्पनाशीलता, राष्ट्रप्रेम, मानवतावादी दृष्टि, विश्वबन्धुत्व, प्रकृतिजगत्बाट टिपिएका बिम्ब, प्रतीक तथा अलङ्कारको अनुपम प्रयोग, जातीय गौरव गान, दार्शनिकता, संवेदनशीलता, सौन्दर्यप्रतिको अनुराग, सामाजिक–सांस्कृतिक महत्व, गुणात्मकता जस्ता प्रवृत्ति स्मरणीय रहेको निष्कर्षण गरेका छन् । घिमिरेलाई नेपाली साहित्यका बहुआयामिक अप्रतिम महान् काव्यशिल्पीका रूपमा चिनाएका छन्  । -सम्पा.
‘  

बहुआयामिक ब्यक्तित्व राष्ट्रकवि घिमिरे
समीक्षा
घिमिरे
विशेषाङ्क
​२०७७


  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 241
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.