SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जसले दिए, दिए र दिइ नै रहे !
बिभिन्न साहित्य/कला

जसले दिए, दिए र दिइ नै रहे !

Sahitya SagarBy Sahitya SagarJuly 19, 2021No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

 

डा. लेखप्रसाद निरौला

लेखप्रसाद निरौला (२०२८, श्रावण ०१, सुपुत्रः यशोदादेवी र नीलमणि निरौला, मत्स्यपोखरी ४, सङ्खुवासभा) नेपाली सिर्जना र समीक्षाका क्षेत्रमा परिचित प्रतिभा हुन् । उनले माधव घिमिरेका खण्डकाव्यक कृतिमा विद्यावारिधि (पिएचडी., नेपाली, २०६४) गरेका छन् । उनी नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् । उनको पहिलो रचना सावधान शीर्षकको कविता २०५३ सालको प्रलेस पत्रिकामा प्रकाशन भएको थियो । उनका घाँटी हेरी हाड निल्नु ? (निबन्धसङ्ग्रह) मालती (खण्डकाव्य), राष्ट्रकवि घिमिरेको खण्डकाव्यकारिता (समालोचना), माधव घिमिरेका खण्डकाव्यमा अलङ्कार (समालोचना), दृष्टिकोण (समालोचना), दृष्टिविम्ब (समालोचना), आरोहण (महाकाव्य ः संयुक्तलेखन), नेपाली साहित्यमा नेपाली साहित्यप्रचार समिति सिलगढीको योगदान (समालोचना) भूमिकामामानसाग्नि (सम्पादन) जस्ता कृतिहरूप्रकाशित छन् । उनले कक्षाएकदेखि स्नातकसम्मका विभिन्न तहका डेढ दर्जन पाठ्यसामग्री एवम् सन्दर्भ पुस्तक एकल तथा संयुक्त रूपमा लेखन÷सम्पादन गरेका छन् । उनका विभिन्न लेख, समीक्षा, भूमिका, कविता र निबन्ध र हाइकुहरू पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । उनले ःप्रवासनअन्तर्राष्ट्रिय जर्नल, साहित्यवर्ष पुस्तक, शोध जर्नल, कुञ्जिनी, महोत्तरीबोध, मर्यादा, गन्तव्य आदि ग्रन्थ र पत्रपत्रिकाहरुको सम्पादन गरेका छन् । उनी समकालीन साहित्य प्रतिष्ठान बेलायत, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, दायित्ववाङ्मय प्रतिष्ठान, महोत्तरी साहित्य परिषद्, जलेश्वर, महोत्तरी, साहित्य संवद्र्धन केन्द्र, नेपाल जस्ता विविध सङ्घ संस्थासँग आबद्ध छन् । उनले साहित्य सेवावापत वैजयन्ती स्रष्टा सम्मान, श्री दोभान पुस्तकालय चितवनद्वारा सम्मान, रेडिएन्ट इन्फोटेक नेपालद्वारा सम्मान, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा प्रशंसापत्र, सैन्यध्वज नन्दकुमारी विद्वत्वृत्ति पुरस्कार, नेपाल विद्याभूषण क, पं.छविलाल बालमायापोखरले पुरस्कार (२०४९) र (२०५०), प्रा.मुकुन्दनाथ भट्टराई निबन्ध पुरस्कार, प्रतिभा पुरस्कार, दिल्लीस्तरीय अन्तर महाविद्यालयल श्लोकान्त्याक्षरी प्रतियोगितामा प्रथम जस्ता अनेक सम्मान पदक र पुरस्कार पाएका छन् । साहित्य सागरको प्रस्तुत अङ्कमा निरौलाको ‘जसले दिए दिए र दिइ नै रहे’ शीर्षकको घिमिरे माथि लेखिएको व्यक्तिपरक निबन्ध समेटिएको छ । यस निबन्धमा घिमिरेका प्रमुख आयाम र जीवन संघर्षलाई वस्तुपरक र भावनापरक ढङ्गले प्रस्तुत गरिएको छ । —सम्पा.

बहुआयामिक व्यक्तित्त्वका पर्यायवाचीहुन्– राष्ट्रकवि माधव घिमिरे (१९७६–२०७७) । सङ्घर्षशील जीवनयात्राका सफल दृष्टान्त पनि हुन् । यही २०७७ आश्विन७ गते १०२ वर्षमा प्रवेश हुँदै थिए । तर, अचानक आएको भाद्र २ गतेको दुःखद समाचारबाट सबै स्तब्ध हुन पुग्यौँ । हरेक सहृदयी मानव मनमा एकाएक शोकको लहर फैलियो । भावुकता, मौनता, भावपूर्ण श्रद्धाञ्जली र समवेदना… !
दौपदीदेवी र गौरीशङ्करका पहिलो सन्तान– घिमिरे । आफू तीन वर्षको हुँदा नहुँदै मातृवियोगमा छटपटिएका बालक । आर्थिक अभावको प्रभावबाट मुस्कान छर्न नसकेको जसको बाल्यकाल । बुबाको पिठ्युँमा बुइ चढ्दै घरगोठ गर्नुपरेको विगत । पुस्तुनदेखि जगराको गोठसम्म सीमित रहेको बाल्यकालीन सङ्घर्ष । मानौँ अभाव र सङ्घर्षका बिच नेपाली प्राकृतिक माटोमा मौलाउँदै गएका पीपल ।
घरमा भित्रिएकी सौतेनी आमा । आफ्नै आमाको जस्तो न्यानो काख कहाँ होला र ! तैपनि हजुरआमाको वात्सल्यले जसलाई स्पर्श गरिरह्यो । धारापानी र कुवापानीका चौतारीहरूले आश्रय दिइरह्यो । उमेरसँगै पढ्नुपर्ने र सङ्घर्ष गर्नुपर्ने मन्त्रलाई जसले कहिल्यै भुलेनन् । प्रतिकूल परिवेशलाई अनुकूल बनाउन कहिल्यै चुकेनन् । चण्डी होस् किरुद्री, गीता होस् किभास्वती आखिर पढ्नु थियो जसले पढे, पढिरहे । बिहे नहुन्जेलसम्म यस्तै ग्रन्थहरू पढिरहे ।
चौधपन्ध्र वर्षे उमेर र वैवाहिक जीवन । पढाइ र गृहस्थी धर्मको समन्वय । चुनौतीहरूका चाङैचाङ । अहँ, हिम्मत हारेनन् जसले । बरु ससुरालीको भरथेग र आत्मविश्वासको अटल स्तम्भले साथ दिइरह्यो । न त कठिन सङ्घर्षमा पछि हटे । बरु लघुकौमुदी, रघुवंश, हितोपदेश, गोरखाशिक्षा दोस्रो जस्ता किताबहरू साथमै रहे ।
लमजुङपछि काठमाडौँको बसाइ । अध्ययनको खोजी र रानीपोखरी संस्कृत पाठशालाको अध्ययन । गुरु, गुरुकुलीयशिक्षा र उपयुक्त परिवेश । मानौँ मरुभूमिमा वर्षा । मानौँ सङ्घर्षशील चेतना बल्ल मौलाउन थाल्यो । बहुआयामिक व्यक्तित्त्व फस्टाउन थाल्यो । पठनपाठनको प्रक्रियासँगै लेखन र वाचनको क्रम थपिन थाल्यो । अध्ययनको सफलताले उज्यालो छर्दै लग्यो । काठमाडौँ वरपरको परिवेशले साथ दियो । त्यतिखेरको शास्त्री (स्नातक) सम्मको अध्ययन । किन कसले कम आँक्ला र !
लेकबेँसी होस् कि गाउँसहर । समस्या हुन् कि समाधान । हरेक अवस्थामा सङ्घर्ष र सफलताको मार्ग पहिल्याउने क्षमता । साँच्चिकै प्रशंसनीय र अनुकरणीय । सायदउपदेश मञ्जरी, रामायण, विरक्त पुष्पाञ्जली, वसन्तकोकिल आदि तत्काल उपलब्ध काव्यकृतिहरूको प्रभाव होला । उनले पढे, सिके र मनन मात्र हैन अभ्यास पनि गरिरहे । कालिदास, रवीन्द्रनाथ टैगोर, लेखनाथ र लक्ष्मीप्रसादको काव्यसरणीलाई नियालिरहे । स्वयंले पनि कविता लेखे, काव्य लेखे र लेखिरहे ।
घिमिरेले बाह्र वर्षदेखि लेख्न थाले । सोह्रदेखि प्रकाशनगर्न थाले । र, लेखन तथाप्रकाशनको शृङ्खलालाई कहिल्यै टुटाएनन् । जीवनयात्राका अनेकौँ आँधीहुरीमा समेत झन् झन् बलिया हुँदै गए । शोकलाई शक्तिमा परिवर्तन गरे । निजी शोकलाई साधारणीकरण गरे । आखिरमा यति गरिमामय सिर्जना दिए किजसलाई कसैले चाहेर पनि भुल्न सक्दैन ।
सधैँ अभावै–अभाव र सङ्घर्षै–सङ्घर्ष । जसको ऊर्वर समय अभावलाई सहकालमा र सङ्घर्षलाई सफलतामा परिणत गर्नकै लागिबितिरह्यो । जसले आफ्नो अभावबिर्सिएर नेपाली साहित्यको अभावलाई परिपूर्ति गरिरहे । भाव र शिल्पको उच्चतम सन्तुलन र समन्वय । बालसाहित्यको मानकीकरण र गीतिनाटकको अभिनय । अनुवादर सम्पादनको प्राथमिता र प्रश्रय । मानौँ घिमिरेको जीवनसङ्घर्षले नेपाली साहित्यको अभावलाई सहकालमा परिणत गरिरह्यो ।
जतिजति घिमिरेमाआर्थिक अभाव हट्दै गयो,त्यतित्यति नेपाली साहित्यको पनि अभाव हट्दै गयो । जतिजति उनको जीवन–सङ्घर्षले चरम पीडाबोध गर्दै गयो, त्यतित्यति नेपाली साहित्यले आफ्नो पीडालाई भुल्याउँदै गयो । घिमिरे पग्लिँदा नेपाली साहित्य ठोस हुन थाल्यो । घिमिरे जोसिँदा नेपाली साहित्य चम्किन थाल्यो । मानौँ घिमिरे र नेपाली साहित्यको जीवनगाथा बादल र समुद्रजस्तै एकअर्कालाई भर्ने र भरिने वस्तुझैँ बनिरहे ।
न त गौरीको संस्मरणलाई नेपाली साहित्यले भुल्न सक्छ । न त मालतीमङ्गले र शकुन्तलाको प्रभावलाई कसैले अभिनय र अनुभूतिबाट हटाउन सक्छ । न त राजेश्वरी, इन्द्रकुमारी र पापिनीआमाको नारीत्त्व र मातृत्त्वलाई अस्वीकार गर्न सक्छ । न त चैत्रवैशाखको प्रीति, राष्ट्रनिर्माताको राष्ट्रियता र अश्वत्थामाको स्वाभिमान कसैबाट हट्न सक्छ । देउकी होस् किहिमालपारि हिमालवारि, धर्तीमाताहोस् किबालकुमारी , घामपानी होस् किकिन्नर किन्नरी, चारुचर्चा होस् किसुनपङ्खी चरी । अहँ कसैले भुल्नै सक्दैन । अझ घिमिरेको सङ्घर्ष र सफलतामा पाइने अनुकरणीय र उदाहरणीय पक्षलाई त कसैले पनि कहिल्यै भुल्न चाहेर पनि भुल्ने छैन ।
सङ्घर्ष, साधना, आशावादिता र दीर्घ जीवशैलीका उच्चतम उदाहरण हुन्– माधव घिमिरे । जसले दिए, दिए र दिइ नै रहे । नेपाली साहित्यलाई उपहार, सर्जकलाई प्रेरणा, साधनारतलाई साधना उर्जा, निराशावादितालाई आशावादिता… आदिआदि । कसैलाई केही बाँकी राखेनन् । कसैलाई केही लुकाएनन् ।
मलाई पनि यस्ता धेरै कुराहरू दिए र खासगरी मेरो ज्ञान र उपाधिलाई अतुलनीय उपहारहरू दिए । उनी जहाँ भए पनि म सम्झिरहन्छु । मुहारमा, अनुहारमा, व्यवहारमा र सिर्जनाका हरेक हरफ हरफहरूमा । मेरा परम श्रद्धेय राष्ट्रकवि ! अमर विभूति !
(dr.lekh@nsu.edu.np)
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 190
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.