SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ​​नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
बिभिन्न साहित्य/कला

​​नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

Sahitya SagarBy Sahitya SagarJuly 19, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
​नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।
माधव घिमिरे हामीबाट जति टाढा भए उनका यी हरफहरू त्यति स्मरणीय र गाढा भए । यी र यस्ता अनेक हरफ पढ्दा लाग्छ, नेपाल राष्ट्रले नेपाली माटोको भाषा र भाका बोल्ने राष्ट्रकवि पाएको थियो : माधव घिमिरे । उनले कविता, गीतिनाटक, कथा, निबन्ध जस्ता बहुविधामा कलम चलाए । उनी कवि र गीतिनाटककार दुवै व्यक्तित्त्वमा सबल र सफल छन् । उनले आफ्ना दर्जनौँ सिर्जनाबाट नेपाली माटो, प्रकृति, इतिहास र संस्कृतिका बहुविध पक्ष अभिव्यक्त गरेका छन् । उनको समष्टि सिर्जनशीलताको सर्वाधिक मुख्य पक्ष कविता सिर्जना देखा पर्दछ । उनको यही प्रतिभा सामर्थ्यलाई राष्ट्रले सम्मान गर्‍यो र राष्ट्रकविको उपाधिले विभूषित पनि गर्‍यो । तत्कालीन अवस्थामा उनी सबभन्दा उपयुक्त प्रतिभा थिए र उनी आजीवन यो उपाधिमै रहे ।
माधव घिमिरे (वि.सं. १९७६ असोज ७ – २०७७ भाद्र २) नेपाली साहित्यका वरिष्ठ कवि प्रतिभाका साथै विश्वसाहित्यमा अनुवाद गरेर चिनाइनु पर्ने विश्वकवि पनि हुन् । उनी आफ्ना कवितामा राष्ट्रिय चेतनाका साथ सिर्जनाका क्षेत्रमा देखा परेको समय यो शताब्दीको आरम्भतिरै हो । उनको राष्ट्रिय झन्डा कविता २००४ सालमै राष्ट्रिय चेतनाकै कारण पुरस्कृत भएको थियो । त्यसपछि उनले निरन्तर राष्ट्रिय महत्त्वका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र सामाजिक विषयमा कलम चलाएर नेपाली कविता र गीतिनाट्य क्षेत्रलाई समृद्ध बनाए । उनको यही समृद्धशाली सिर्जन सामर्थ्यले नै उनी राष्ट्रकवि व्यक्तित्वको रूपमा सम्मानित बन्न सके ।
घिमिरेका छ कोरी (११७ वटा) बालकवितामा नेपाली बालखेल, नेपाली संस्कृति, नेपाली मौलिक जातीय लय र बहुमुखी राष्ट्रियताको स्वर छ । उनका पाँच दर्जन जति कविताको मूल स्वर नेपाल राष्ट्र र राष्ट्रियताका बिचमा रहेको छ । उनका नयाँ नेपाल, पापिनी आमा, गौरी, राजेश्वरी, राष्ट्र निर्माता, धर्तीमाता, इन्द्रकुमारी, बोराको पर्दा, गौँथली र गजधम्मे गरी नौ खण्डकाव्यमध्ये अधिकांशमा राष्ट्रियता नै छ । उनका शकुन्तला, मालती मङ्गले, विषकन्या, अश्वत्थामा, हिमालपारि हिमालवारि, देउकी, बालकुमारी जस्ता गीतिनाटकहरू राष्ट्रियताका गीत गाउँछन्; राष्ट्रियताकै झाँकी प्रस्तुत गर्छन् । उनका किन्नरकिन्नरी गीतसङग्रहका केही गीतमा प्रेम र जीवनका पक्षसँगै अधिकांश राष्ट्र र राष्ट्रियताका विषय गुञ्जाउँछन् । उनका गद्य रचनामा पनि देशको इतिहास, संस्कृति, कला र समाजको बहुमुखी सुगन्ध छ । राष्ट्रकवि उपाधि राजाले दिएको उपाधिका रूपमा केही लेखकहरूले विवादित अभिव्यक्ति दिए पनि राष्ट्र प्रमुखले दिएको पदवीका विषयमा आज आएर विवाद गरिरहनुको कुनै अर्थ छैन । त्यो पदवी राजाले दिएको भए पनि राष्ट्रपतिले दिएको भए पनि राष्ट्रप्रमुखका हैसियतले दिएको पदवीबारे आज आएर विवाद गरिनु कत्ति पनि सान्दर्भिक छैन । घिमिरेको पात्रता त्यस समयसम्म सही थियो । त्यो उनले पचासी वर्षको ज्येष्ठ उमेर र श्रेष्ठ चेतनाका लागि राज्यका तर्फबाट मान–सम्मान स्वरूप प्राप्त गरेका थिए ।
विश्व सन्दर्भमा हेर्दा राष्ट्रकविलाई विश्वकविसमेत मानिएको देखियो । कुनै कविलाई राष्ट्रले उच्चतम आदर नगरुन्जेल अरू मुलुकका लेखक कवि, समीक्षक, इतिहासकार आदिले खोजीनीति पनि गर्दा रहेनछन् । कतिपय मुलुकमा राष्ट्रकवि र महाकवि पदवीलाई पर्यायवाचीका रूपमा प्रयोग गरेको पनि पाइयो । एउटै मुलुकमा एकभन्दा बढी कविहरू राष्ट्रकवि भएको पनि पाइयो । अब यो बहस र प्रयोग नेपालमा पनि हुन आवश्यक छ । विश्वकविको पहिलो सर्त नै राष्ट्रकवि हुनु हो भन्ने मत र प्रयोग पनि अभ्यासमा रहेको पाइएको छ । राष्ट्रकवि घोषित भएपछि नै कुनै विशिष्ट कविलाई अन्य भाषाका स्रष्टाले चासो दिने, अन्तराष्ट्रिय जगत्ले खोजी र अध्ययन, अनुवाद र विश्लेषण गर्न थाल्ने गरेको पाइयो । यस अर्थमा कुनै राष्ट्रले कुनै विशिष्ट प्रतिभालाई राष्ट्रकविको घोषणा गर्नुलाई आफ्नो भाषासाहित्य र प्रतिभाको अन्तरराष्ट्रियकरण गर्नु पनि देखिन्छ । जसले राष्ट्रभित्रको अन्तरराष्ट्रिय तत्त्वलाई वाणी दिएको हुन्छ । राष्ट्रकविको उपाधि मात्र होइन साझा राष्ट्रिय मुद्दा र सांस्कृतिक  मुद्दामा हामीले छाती फराकिलो बनाउन सक्नुपर्छ । राजाका पालामा सुरु भएको परम्परा भए पनि गणतान्त्रिक मुलुकले यस परम्पराको चेतनालाई अझ गरिमामय र विस्तारित बनाएर लैजान सक्नुपर्छ ।
छिमेकी मुलुक भारतमा जातीय र भाषिक समुदायको ऐतिहासिक साझा व्यक्तित्वका रूपमा राष्ट्रकवि मानिएको देखिन्छ । शब्दकोश पल्टाउँदा राष्ट्रकवि शब्दका नेसनल पोयट, महाकवि (ग्रेट पोएट) र पोयट लरेट समानार्थी पदहरू फेला पर्छन् । सूक्ष्म दृष्टिले हेर्दा ‘राष्ट्रकवि र ‘पोयट लरेट’ मा केही फरक पक्ष पनि भेटिन्छन् । जस्तो कि राष्ट्रकवि पोयट लरेट हुने नै भए तर सबै पोयट लरेटले राष्ट्रकवि बन्ने सामर्थ्य राख्दैनन् । महाकाव्य लेख्ने कवि पनि पोइट लरेट नहुन सक्छन् र नलेख्ने पनि सम्प्रेष्यता र गुणवत्ताका आधारमा पोयट लरेट हुन सक्छन्। नेपालमा पोयट लरेट देवकोटाको एकल पदवी भयो । भारतमा अहिलेसम्म आठ जना कविले राष्ट्रकविको पदवी पाएका छन् । उनीहरू सुब्रमण्य भारती, एम गोविन्दा पै, मैथिलीशरण गुप्त, रामधारी सिंह दिनकर, कुवेम्पु, कवि प्रदीप, हरिवंश राय वच्चन र जीएस शिवरुद्रप्पा हुन्।

भारत धेरै ठुलो भाषाभाषीको देश हो र पनि यहाँ राष्ट्रकविलाई सबै भाषाभाषीका लेखकहरूले र सबै बुद्धिजीवीले राष्ट्रकविलाई बौद्धिक चेतनाको प्रतीकका रूपमा लिन्छन् । यस मुलुकका पहिलो राष्ट्रकवि सुव्रमण्य भारती तलिमभाषी स्रष्टा थिए । कन्नड कवि शिवरुद्रप्पाको मृत्यु भएपछि राष्ट्रकविका रूपमा कुनै पोयट लरेट र नेसनल पोयटको अन्तर हामी भारतमा विशिष्ट साहित्यकारलाई दिएका उपाधिबाट पनि बुझ्न सक्छौँ । उनीहरू बाल्मीकि, वेदव्यास, कालिदास, तुलसीदास, रवीन्द्रनाथ टैगोर आदिलाई महाकवि मान्छन् । उनीहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्दा पोइट लरेट भनेको पाइन्छ । उनीहरू विश्वकवि पनि हुन् र भारतवर्षका गौरवपूर्ण कवि पनि हुन् । उनीहरू देवनागरी लिपिका साझा कवि पनि हुन् । उनीहरूलाई यी लिपिचल्ने वा उनको भाषा बोल्ने मुलुकले राष्ट्रकवि भनेको देखिएन । राष्ट्रकवि नभनिए पनि उनीहरू विश्वकविका रूपमा पूज्य छन् । अलि परपरको अध्ययन गर्दा रुमी अफगानिस्तानका राष्ट्रकवि हुन् । उनी त्यस मुलुकका राष्ट्रकवि भएकाले उनलाई विश्वले चासो लिएर पढ्छ । बङगलादेशका राष्ट्रकवि काजी नजरुल इस्लाम हुन् । चिनियाँहरू आफ्ना कविहरूमध्ये डुफु, लिबेइ, लु सुनलाई राष्ट्रकवि मान्छन् । एसियाली मुलुकहरूमध्ये जापानका मात्सुओ बासो, कोइजुमी याकुमो र मुरासाकी शिकिबु राष्ट्रकवि हुन् । अलि परका उदाहरण खोज्दा लेबनानले खलिल जिब्रान, सइद अकललाई राष्ट्रकविका रूपमा आदर गरेको पाइन्छ । उनीहरू विश्वकविका रूपमा पनि चिनिन्छन् ।

राष्ट्रकवि उपाधि दिने चलन नेपाल र एसियाली मुलुकले मात्र बनाएको होइन । यो युरोप अमेरिकामा अगाडिदेखि चलिआएको छ । उनीहरूले राष्ट्रकवि घोषणा गरेकै कारण सम्बन्धित मुलुकका कविले विश्वप्रसिद्धि पाए र ती मुलुक पनि बौद्धिक रूपमा विश्वमा मानिएका छन् । त्यसैले उनीहरूलाई विश्वले आदरपूर्वक पढ्छ । अङ्ग्रेजी कविमध्ये बेलायतका जेफ्री चौसर, विलियम ब्लेक, विलियम सेक्सपियर, विलियम वर्डस्वर्थ र कलरिज राष्ट्रकवि हुन् । अमेरिकाका वाल्ट ह्विटम्यान, इमिली डिकिन्सन, रोबर्ट फ्रस्ट, ल्याङ्स्टन ह्युज, माया एन्जेलु राष्ट्रकवि मानिएका व्यक्तित्व हुन् । 

राष्ट्रकवि राष्ट्रको साझा चेतनाको प्रतीक हो । फ्रान्सको इतिहासमा कवि मात्र नभई आख्यानकार पनि राष्ट्रकविका रूपमा सम्मानित भएका छन् । भिक्टर ह्युगो, चार्लस बोद्लेयर आदि राष्ट्रकविका रूपमा सम्मानित भएबाट राष्ट्रकवि साझा बौद्धिक चेतना हो भन्ने बुझिन्छ । उनीहरू आफ्नो मुलुकको राष्ट्रकवि र विश्वप्रसिद्ध साहित्यकारका रूपमा पनि देखापर्छन् । यी कविलाई देशअनुसार पाँच वर्षका लागि, दश वर्षका लागि वा आजीवन राष्ट्रकविको उपाधि दिएका उदाहरणहरू भेटिन्छन् । हामीले तीमध्ये कुनै एउटा मोडल अपनाएर घिमिरेलाई दिइएको उपाधिको परम्परालाई निरन्तरता दिन सकिन्छ । माधव घिमिरको व्यक्तित्व त्यसै अग्लिएको र चुलिएको होइन ? उनी अग्लिँदै जाँदा काव्य गहिराइमा उतिनै प्रतिशत डुब्दै र उति नै प्रतिशत चुलिँदै पनि गएका हुन् । उनी कला र चेतनाको सघन अनुभूतिको उपल्लो चुली नापेर मात्र अग्लिएका र चुलिएका हुन् । उनले बयान, वर्णन र विवरणको छाया कवितामा मात्र होइन, गीत र गीतिनाटकमा पनि पर्न दिएनन् । उनी साहित्यकार मात्र होइन चिन्तन र कलाका पनि उपल्लो साधक हुन् । उनले सिर्जनाका क्रममा आफ्नो भावलाई शब्दशिल्पमा पूर्ण रूपमा समाहित नहुन्जेल निरन्तर लेख्नुमेट्नु, लेख्नुमेट्नु र फेरि लेख्नुमेट्नुको परिष्कार चेतनालाई व्यवहारत: लागू गरेर शब्दहरू कही कतै नबिझाउने कोमल र रसात्मक बनाएर प्रख्यात कवि बन्न सकेका प्रतिभा हुन् । यो पाटो उनको राष्ट्रकवि र सम्प्रेष्य विश्वकवि बन्ने उनको पात्रतालाई उजिल्याउने प्रमुख पक्ष हो । 
घिमिरेको संस्कृत पृष्ठभूमिबाट उठेको चेतनाचुली, अग्रज कवि लेखनाथ पौडेलको शास्त्रीयता र देवकोटाको बेजोड ज्ञान एवम् फराकिलो चेतना प्रवाहमा उठेको स्वच्छन्दतावादको अर्को चुली बनेर भावमा देवकोटाको शैलीमा भानुभक्तीय लौकिक भषा र परिष्कारमा लेखनाथपथका उत्तराधिकारी युगनिर्माता कवि बन्न सके । सूक्ष्म दृष्टिले हेर्दा उनी संस्कृत कवि कालीदासबाट बढी नै प्रभावित भएको पक्ष उनका रचना र अन्तर्वार्ताहरूबाट खुल्छ । सानोमा पनि सालिग्राम शैलीको आफैँमा पूर्ण र सङ्लोपन, लोकलयको कोकिल ध्वनि, लोकबिम्ब, पौराणिक, ऐतिहासिक विम्ब, ग्रामीण सन्दर्भ र जीवन भोगाइमाथिको बेदाग अनुभूति, निरन्तर नदी प्रवाहको शालिग्राम निर्मांणमुखी प्रवाहले उनी नेपालीका मात्र होइन, विश्वकवि सामर्थ्यका प्रतिभा हुन् । उनलाई छिमेकका विश्वकविका साथै रवीन्द्रनाथ ठाकुर, अङ्ग्रेजी साहित्यका मिल्टन, गेटे, सेली, टेन्निसन आदिसँग तुल्य कविका रूपमा चिनाउन सकिन्छ । यसका विषयमा विश्वविद्यालयका प्राध्यापक र शोधकर्ताहरू बोल्ने नै छन् ।
नेपालका सन्दर्भमा अघोषित रूपमै भानुभक्त, देवकोटा, लेखनाथ, सम आदि पोयट लरेटका उचाइका कवि हुन्। हामीले आजसम्म नेपाली जातीयकवि भानुभक्त र बौद्धिक एवम् विराट कवि देवकोटालाई विश्वकविका रूपमा चिनाउन सकेका थियौँ । यी उपाधि राज्यले दिए नदिए उनीहरू नेपाली जातिका साझा प्रतीक बनेको पक्ष नेपालीका रोमरोममा विस्तारित छ । यस शृङ्खलामा अब राष्ट्रकविको उपाधिले नेपालको राष्ट्रकविका साथै विश्वकविका रूपमा विस्तार पाएको अवस्था घाम जत्तिकै छर्लङ्ग छ । अब नेपालले राष्ट्रकविको उचाइ दिन मिल्ने माधव घिमिरे जतिको अर्को कवि पात्र खोज्न राज्यले सक्नुपर्छ । नभए त्यस्तो पात्र निर्माणमा राज्यले नै सघाउनुपर्छ । हाम्रो साहित्य पहिचानका नाममा, अन्य भाषाका साहित्यको सिकोका नाममा र अन्य दर्शनहरूका अनुयायीका नाममा देश र नेपाली जातीय उचाइविहीन बनिरहेको आभास हुन थालेको छ । यो विषय नेपाली राष्ट्रियता र जातीय एकताका लागि निकै पेचिलो बनिरहेको छ । यो विषयमा आधिकारिक विश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्राज्ञहरू, विशिष्ट लेखक र विद्वान्हरूबिच बहस गरेर घिमिरे पछिको उत्तराधिकारी खोज्ने वा नखोज्ने निर्क्योल गर्न ढिला गर्नु हुँदैन । यस्तो विषयको निर्क्योल गर्दा २००४ सालमा पुरस्कृत राष्ट्रिय झन्डा कवितादेखि विकसित हुँदै आएर छ दशक लामो थप अथक निस्वार्थ साधना र समर्पणबाट घिमिरेले पाएको राष्ट्रकवि उपाधिलाई उपहास गर्ने गरी नभई अझ गौरवमय बनाउने गरी प्रतिभा छनोट गरिनुपर्छ । कवि नभए आख्यान, नाटक वा निबन्धको प्रतिभा नै सही तर देशलाई विश्वामा चिनाउने प्रतिभा छानिनुपर्छ । घिमिरे आजसम्मको नेपाली राष्ट्रियताका साझा नेपाली विम्ब हुन् । अब अर्को राष्ट्रकविको खोजी गर्दा यस्तै नेपाली साझा विम्ब र विश्वकवि सामर्थ्यको विप्रतिभाको खोजी हुन आवश्यक छ । 
साहित्य सागरले घिमिरेको २०२ औँ जयन्ती पारेर उनी विशेष सामग्री पोस्ट गरेर उनको महान् सर्जक व्यक्तित्त्वलाई सम्मान गरेको छ । उनले हामीलाई छोडेर गएको धेरै भएको पनि छैन तर अब शोकभन्दा पनि उनका कृतिको पठन र उनका कृतित्वको स्मरण गर्नु सान्दर्भिक हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो । हामीलाई विश्वास छ आज साहित्य सागरमा पोस्ट गरिएका सामग्रीले घिमिरेलाई चिन्न र अध्ययन अनुसन्धान गर्न अझ सघाउँने छन् । साहित्य सागरका तर्फबाट राष्ट्रकवि घिमिरेप्रति हार्दिक श्रद्धा सुमन कवि घिमिरेकै एक पङ्क्तिसाथ :
कविबाहेक अर्काले जान्दैन कवि वेदना
गर्भिणी–वेदना केको ? जान्दथी नवयौवना !
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 209
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.