SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » स्मृतिमा कविवर माधव घिमिरे
बिभिन्न साहित्य/कला

स्मृतिमा कविवर माधव घिमिरे

Sahitya SagarBy Sahitya SagarJuly 19, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

सुरेन उप्रेती

सुरेन उप्रेती (सुभाङ ४ हाल हिलिहाङ ५ पाँचथर, मेची, सुपुत्र : निर्मला उप्रेती र प्रेमप्रसाद उप्रेती) समाजशास्त्रमा स्नातकोत्तर साहित्य र समाजसेवामा समर्पित प्रतिभा हुन् । उनी रोजगारीका सिलसिलामा अहिले क्यानडाको अटवामा बसोबास गर्छन् । उनले समाज उत्थानका लागि सङ्गठित समूह, महिला आधारशीला जस्ता नेपालका सामाजिक संस्थामा रहेर सेवा गरेका छन् । उनले विदेशमा रहेर एन.आर.एन ए क्यानडा, क्यानडा नेपाल सोलिडारिटी फर पिस, अटवाका नेपालीहरुको सङ्गठन, एन आरएन ए आइ सी.सी भाषासाहित्य उपसमिति, एन.आर.एन.ए आइ.सी.सी संस्कृति र सम्पदा क्षेत्रीय संयोजक अमेरिका जस्ता सामाजिक संस्थामा रहेर समाजसेवा गरेका छन् । उनको साहित्यिक संलग्नता भैरव अर्याल साहित्यिक गुठी, युद्धप्रसाद मिश्र प्रतिष्ठान, दायित्व वाङमय प्रतिष्ठान, साहित्य सदन, अन्तराष्ट्रिय वालसाहित्य प्रतिष्ठान, अनेसास वासिङटनडिसी आदि संस्थाहरुसँग संलग्न रहेर साहित्य सेवा गरिरहेका छन् । उनी भानुपत्रिकाका कार्यकारी सम्पादकका रूपमा पनि सक्रिय थिए । उनी नेपालका संघ संस्थामध्ये साहित्य सस्थासँग पनि संलग्न थिए र छन् । अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रीय समिति र सस्थापक अध्यक्ष अनेसास क्यानडा (२००४देखि२०१०) हुँदै हाल सल्लाहकारका रूपमा सेवा गरिरहेका छन् । उनको सम्पादनमा भानु मासिक, प्रतिध्वनि भाग १ र २, २०११ र २०१२), साहित्य सन्ध्या जस्ता पत्रिकाको सम्पादन गरेका छन् । नेपाली भाषाको शैक्षिक विकासमा पनि उप्रेतीको योगदान रहेको छ । उनले नेपाली भाषा पाठ्यपुस्तक प्रकाशन क्यानडाको संयोजक भएर काम गरेका छन् । उनले यस समितिमा रहेर प्रवासमा नेपाली शिक्षा भाग १ (कक्षा १ देखि कक्षा ४ (२०१७) भाग २ ( ५ दखि कक्षा ८ ) लेखनका साथै एन.आर.एन.क्यानडाका स्मारिका (२०१८) पनि सम्पादन गरेका छन् । उनका सम्पादित कृतिहरुमा नेपाली कथाकारहरुको अनुवादित अंग्रेजी कथाहरुको संग्रह म्ष्कतबलत क्गलचबथक (गैरआवाशीय नेपाली संघ उत्तरअमेरिका,२०१९) अन्तरदेशीय नेपाली कथाहरू(२०१९) महत्वपूर्ण छन् । हाल उनी साहित्य सागर. नेट डिजिटल साहित्यिक पत्रिकाका प्रबन्ध सम्पादक हुन् । उप्रेतीको साहित्य यात्रा सन् १९९३ सालमा छलफल साप्ताहिक पत्रिकामा प्रकाशित केशवराज पिँडालीलाई चिठ्ठी शीर्षकमा लेखबाट भएको थियो । उनका आजका स्वरहरू(कवितासग्रह, सन्.१९९७) अजम्मरी माया वालकथासङ्ग्रह, सन्. २००१), पछुतो (वालकथासङ्ग्रह, २००६), आकाशे परी (बालकथासङ्ग्रह, सन् २००६), झिलिमिली तारा (बालगीतसङ्ग्रह सन्.२००६), अनन्त यात्रा (कथासङ्ग्रह, २०१२) । बधशालाको डिस्को धुन (निबन्धसङ्ग्रह २०१८) आदि हुन् । उनको एउटा बालकथासङ्ग्रह डटर्स अफ एभरेष्ट (सन्२०१९) अंग्रेजी भाषामा पनि प्रकाशित छ । उनी देशभन्दा टाढा क्यानडामा रहेर पनि निरन्तर साहित्य र नेपाली समाजको उत्थानका पक्षमा लागिरहेका छन् । उनका सामाजिक चेतना र विदेशी नेपालीहरूकेन्द्रित लेख, कविता, गजल, कथा, निबन्ध, संस्मरण आदि विधाका रचनाहरूनेपालका विविध पत्रिकामा प्रकाशित छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा उप्रेतीको माधव घिमिरेसँगको संस्मरणलाई समेटिएको छ । यस संस्मरणले घिमिरेका गुण गरिमालाई उजागर गरेको छ । -सम्पा.

ठ्याक्कै तिथिमिति भने बिर्सिएँ । म सानै अमेरको थिएँ । त्यस्तै चार पाँच कक्षामा पढ्थे हुँला । त्यसबेला दाजु दिदी खै कसले हो । एउटा पातलो पुस्तक घरमा ल्याएको थियो । त्यो पुस्तकलाई दिदीहरूले लय हाली–हाली पढेको सुन्थँ । मलाई पनि त्यो लय सुन्दासुन्दै पढौंपढौँ लाग्न थाल्यो । मैले त्यो पुस्तकलाई मौका पारेर पढेँ । पढ्न थालेपछि म त चुम्बकमा टाँसिएको फलामको धुलो जस्तै बनेँछु । त्यो पुस्तक पढी नसकेसम्म छोड्न नै सकिनँ ।
त्यो पुस्तक नै गौरी शोककाव्य रहेछ । त्यस किताबभित्र शान्ति र कान्ती नामका दुई बालिकाहरू थिए । ती साना बालिकाहरूकी आमा मरेको कुरा रहेछ । त्यो दुःखान्त कुराले मेरो बालह्रृदयलाई पनि बिक्षिप्त बनायो ।
मैले त्यो गौरी किताब पढ्न पाएको समयभन्दा ठिक एक बर्षअगाडि हाम्रो गाउँमा एउटा घटना घटेको थियो । छिमेककी एकजना महिलाको कम उमेरमा नै मृत्यु भयो । ती महिलाको मृत्यु भएपश्चात उनका बच्चाहरूले स्कुल जान पाएनन् । अरू मानिसका घरमा घरेलु कामदार बन्नु पर्यो । मलाई तिनै कुराहरूले पनि बढी दुःखी बनाएको थियो । मैले स्कुल जाँदा बाटोमा पनि गौरी पढेँ । टिफिन भएका बेलामा पनि लुकाएर पढेँ । यसरी त्यो किताबलाई नसकुन्जेलसम्म पढी नै रहेँ । कती हरफहरू पढेर आउँदो पनि बनाएँ । अझै पनि तीमध्ये केही पङ्क्तिहरू सम्झन्छु ।
    तिम्रो अन्तिमको श्रृङ्गार सँगिनी कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो टिलो कसोरी भनूँ
गाली होइन भन्नु किन्तु कसरी यो अन्न बुर्की भनी
मुर्धानी कसरी भनौ जुन तिमी मेरी थियौ जीवनी ।।
त्यसबेला शार्दूलबिक्रिडित छन्दलाई लयबद्ध भन्न जान्ने गुरुहरूको अभाव नै थियो । त्यसमा पनि म बच्चालाई छन्दज्ञान हुने कुरै भएन । यो सबै शब्द र अक्षरहरूको मेल भएर होला मलाई पढ्न र सम्झन सजिलो भएको थियो । त्यसपछि पनि माधव घिमिरेले रचेका र लेखेका धेरै गीत र कविताहरू पढ्न पाएँ । तर म गौरी पढ्दा जति भाबुक बनेको थिएँ । जति हृदयको भित्र कुनासम्म छोएको थियो र रोएको थिएँ । चलचित्र हेरेझैँ आँखामा दृश्यहरू नाचेका थिए । त्यसरी अरू कुनै कृतिहरूले रुवाएनन् ।
म जन्मिएको पाँचथरमा नै मेरो शिक्षारम्भ भएको थियो । पढ्ने क्रममा धरान हुँदै काठमाडौँ आएर शिक्षालाई निरन्तरता दिएँ । काठमाण्डौँमा करिब दुई दशकसम्म साहित्यिक गतिविधिमा संलग्न भएर रहने मौका मिल्यो । भवानी घिमिरे, बैरागी काइँला ,केदारमान व्यथित, पण्डित छविलाल पोख्रेल, मनुजबाबु मिश्र, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, वासुदेव लुइटेल , बशन्त शर्मा, श्यामदास वैष्णव, केवलपुरे किसान, शान्तदास मानन्धर, जनकप्रसाद हुँमागार्इं जस्ता धरोहर व्यक्तित्त्वहरूसँग साक्षातकार हुने अवसर मिल्यो । ती व्यक्तित्त्वसँग आन्तरिक वार्ताहरू पनि भए । वहाँहरूका भावनाहरू अभिव्यक्तिहरू र विचारहरूलाई पाठक समक्ष बाँड्न पनि पाएँ । तर सो अवधिमा राष्ट्रकविसँग साक्षात्कार गर्न चाँजो मिलेको थिएन ।
आजभन्दा करिब अठार बर्ष पहिला मेरो जीवनमा समयको ठूलो छाल आयो । त्यही छालले हुत्याएर मलाई पृथ्वीको उत्तरी गोलार्धको क्यानडामा ल्याएर पछारिदियो । त्यसपछि पनि मैले परदेशको जाडोमा कठाङ्ग्रिदै नेपाली भाषा र साहित्यमा लिन हुन छोडिन । रातभरि नसुतेर पनि लेखन पठनपाठन र प्रकाशनमा निरन्तर लागिरहेँ । क्यानडामा आएपछि धेरैपटक मातृभूमिमा पाइला राखेँ । केही साहित्यकारहरूसँग र साहित्यिक सङ्घसंस्थाको आमन्त्रणमा सहभागी पनि भएँ ।
२०१८ मा तीन दिनका लागि मात्रको छोटो समय लिएर नेपाल पुगेँको थिएँ । नेपाल पुगेको दोस्रो दिनमा नै राष्ट्रकवि माधव घिमिरेको फोन खोजेर डराई डराई डायल गरेँ । उताबाट नारी आवाजमा कसलाई खोज्नुभएको हो भन्ने आवाज आयो । मैले राष्ट्रकवि माधव घिमिरेज्यूलाई खोजेको भन्दै आफ्नो परिचय दिएँ । मेरो परिचय सुनेर राष्ट्रकविले आफै फोन लिनुभयो । तपाईँ त्यति टाढा विदेशबाट आउनुभएको रहेछ । आउनुहोस् भेट गरौँ भन्नुभयो । मैले करिब आधा घण्टामा आइपुग्ने प्रतिबद्धता जाहेर गरेँ । म कविवरको घरमा पुगेँ । वहाँकी धर्मपत्नीले बस्नका लागि सोफा देखाएर प्रतीक्षा गर्न भन्नुभयो । कविबर माथ्लो तलामा बसेर महाकाब्य लेखिरहेको थिएँ भनेर ओर्लनुभयो ।
मैले आदरपूर्वक ढोगभेट गरेँ । आफ्नो जन्मस्थानदेखि त्यस समयसम्मको आफ्नो साहित्यिक संलग्नतासहित परिचय दिएँ । मैले क्यानडाबाट लगेको उपहार पनि प्रदान गरेँ । कविबर सारै खुसी हुनुभयो । वहाँले बिभिन्न स्थानहरूको भ्रमण गर्दा प्राप्त उपहार, पदक, सम्मान पत्र, प्रमाण पत्र आदि रहेछन् । ती सबैलाई सम्हालेर ठूलो कोठामा आर्ट ग्यालरी जस्तै बनाएर राख्नुभएको रहेछ । बिभिन्न जातजातिका संस्कार र संस्कृति झल्कने फोटोहरू चित्रहरू झाँकीहरू सारै व्यवस्थित गरेर राख्नुभएको रहेछ । वहाँले ती सबैलाई कुन ठाउँ र कुन मितिमा प्राप्त गरेको सबिस्तार सुनाउनुभयो ।
हामी फेरि बैठक कोठामा नै फर्कियौँ । मैले फोटो खिच्न मन गरेको महसुस गर्नुभएछ क्यारे । ल फोटो खिचौँ न त भनेर अझ नजिक आएर बस्नुभयो । मैले फोनको क्यामेरा अन गरेर सेल्फी लिएँ ।
मलाई उहाँलाई भेट्ता र सँगै फोटो खिच्ता अपूर्व खुसी लाग्यो । बाल्यकालमा पढेको कृतिले विह्वल बनाउने पृय कविसँग साक्षातकार हुन पाउँदा मन पनि प्रफुल्ल भएको थियो ।
एकाएक ७७ भाद्रमा वहाँ दिवङ्गत भएको खबर सुनेर मन चिसो भयो । उहाँले नेपाली साहित्यलाई एक उचाइमा पुर्याउनुभएको छ । राष्ट्रलाई नै उचाल्ने कवि सारा नेपालीहरूका मनमा कहिलै नअस्ताउने गरी बास बस्नुभएको छ । अब उहाँका कृतिको अध्ययन र ती कृतिअनुरूपको जीवनदर्शनको अनुशरण नै उहाँप्रतिको श्रद्धाञ्जली होला । राष्ट्रकविलाई हार्दिक श्रद्धासुमन ।
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 205
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.